- सरुवाले चोरी र चुहावट नियन्त्रण गर्न सहयोग पुग्छ : प्राधिकरण
- विद्युत चोरीमा पक्राउ परेका कर्मचारीहरूसँग अस्वभाविक सम्पत्ति
काठमाडौं, १४ माघ– विद्युत प्राधिकरणले मिलोमतोमा हुने बिजुली चोरी नियन्त्रण गरी बढो चुहावट घटाउने उद्धेश्यले क्षेत्रीय वितरण कार्यालयका करिब २५ सय कर्मचारीलाई सरुवा गरेको छ । कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि प्राधिकरणले चिुहावट घटाउन ८ वटै क्षेत्रीय वितरण केन्द्रहरूलाई दिएको लक्ष्यअनुरूप काम हुन नसकेपछि ती कर्मचारीहरूलाई सरुवा गरिएको हो ।
विद्युत चुहावट लक्ष्यअनुरूप नघट्नुमा एउटै वितरण केन्द्रमा कार्यरत कर्मचारीहरूको विभिन्न उद्योग र बढी खपत गर्ने ठूला ग्राहकहरूसितको मिलोमतो कारण हुन सक्ने निष्कर्षमा पुगेर प्राधिकरणले ठूलो संख्यामा सरुवा गरेको हो । प्राधिकरणको विद्युत चुहावट झन्डै २५ प्रतिशतको हाराहारीमा छ । चुहावटमा ठूला ग्राहक र कर्मचारीहरूको मिलेमतोमा हुने विद्युत चोरीको अंश बढी रहेका जानकारी प्राधिकरणका अधिकारीले दिए ।