‘तत्काल ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति गर’
काठमाडौं, १६ पुस– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्क शिखर सम्मेलनका क्रममा राजधानीमा निर्माण तथा मर्मत गरिएका सडक, पेटी, पार्क तथा दुवैतर्फ लगाइएका बोटबिरुवा तथा दुवोको बगैंचाको उचित संरक्षण गर्न सम्बन्धित निकायलाई बुधबार निर्देशन दिएको छ ।
सार्क सम्मेलनको तयारीका क्रममा निर्माण गरिएका भौतिक संरचना भत्कन थालेको र बोटबिरुवा तथा दुवोको बगैंचा नास हुन थालेको सार्वजनिक हुन थालेपछि प्रधानमन्त्री कार्यालयले सम्बन्धित मन्त्रालय तथा मातहतका निकायका अधिकारीहरूलाई बोलाई तत्काल संरक्षणको काम थाल्न निर्देशन दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा जारी विज्ञप्तिका अनुसार सडकको दुवैतर्फ लगाइएका बोटबिरुवा र दुवोमा नियमित रूपमा पानी हाल्न तथा गोडमेल गर्नसमेत सम्बन्धित निकायलाई निर्देश गरिएको छ ।