Saturday, June 4, 2011

गृहद्वारा ५० जनाभन्दा बढी अधिकारीको सरुवा

काठमाडौं, २१ जेठ– गृह मन्त्रालयले ३० प्रजिअ र दुई महानिर्देशकसहित मन्त्रालयमातहतका करिब ५० जना अधिकारीको सरुवा गरेको छ । यसअघि एमालेका नेता भीम रावलले सम्हाल्दै आएको मन्त्रालयमा माओवादी नेता कृष्णबहादुर महरा मन्त्री भएर आएको एक महिनामै ठूलो संख्यामा गृहका उच्च अधिकारीहरुको हेरफेर गरिएको जानकारी स्रोतले दिएको छ । रावलको पालाका गृह सचिव गोविन्द कुसुम र नेपाल प्रहरीका महानिरीक्षक रमेशचन्द ठकुरीलाई अन्यत्र सारी सचिवमा लीलामणि पौडेल र महानिरीक्षकमा रवीन्द्रप्रताप शाहलाई ल्याएपछि मन्त्री महराले ठूलो मात्रामा सरुवा गरी मन्त्रालय विभाग र जिल्ला प्रशासनजस्ता महत्वपूर्ण निकायमा आफू अनुकूलका अधिकारीलाई जिम्मेवारी दिएका हुन् । सरुवा भएका सबै जनालाई फ्याक्समार्फत् पत्र पठाई शनिबार नै जानकारी दिइएको स्रोतले उल्लेख गरेको छ ।
रावलको पालामा महत्वपूर्ण विभाग महाशाखा कार्यालय र आकर्षक जिल्लाका प्रमुख रहेकामध्ये केहीलाई अतिरिक्त समूह र धेरैजसोलाई कम आकर्षक ठाउँमा सरुवा गरिएको छ । प्रथम श्रेणी सहसचिव प्रमुख रहने ३० जिल्लामध्ये काठमाडौं मोरङ ललितपुर चितवन र कास्कीको प्रजिअको मात्र सरुवा गरिएको छैन । उपसचिव प्रमुख हुने बाँकी धेरैजसो जिल्लाका प्रजिअको सरुवा गर्ने तयारीसमेत भइरहेको जानकारी स्रोतले दिएको छ ।
स्रोतका अनुसार गृह मन्त्रालय मातहतका अध्यागमनसहित दुई विभागका महानिर्देशक सरुवा गरिएको छ । अध्यागमन विभागका महानिर्देशक नारायण साजेललाई दायित्वविमुख गरी गृह मन्त्रालयमा अतिरिक्त समूहमा सारिएको छ भने उनको ठाउँमा सहसचिव जन्मजय रेग्मीलाई महानिर्देशकको जिम्मेवारी दिइएको छ । रेग्मी यसअघि प्रहरी किताबखानाका महानिर्देशक थिए । क्षेत्रीय प्रशासन कार्यालय हटौंडाका सहक्षेत्रीय प्रशासक लवराज श्रेष्ठलाई प्रहरी किताबखानाको महानिर्देशकमा सरुवा गरिएको छ ।
गृह मन्त्रालयको महत्वपूर्ण मानिने कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सहसचिव मोहनकृष्ण सापकोटालाई ल्याई छ । उक्त महाशाखा प्रमुख प्रेम राईलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएपछि रिक्त पदमा श्रम विभागका महानिर्देशक सापकोटालाई सरुवा गरी ल्याइएको हो ।
गृह मन्त्रालयले रातो पोसपोर्ट दुरुपयोगमा सभासदहरुलाई सहयोग गरेको अभियोग लागेपछि फरार भएका त्रिभुवन विमानस्थल अध्यामन कार्यालयका प्रमुख षडानन्द ढकाल र चीनमा ुनेसनल डिफेन्स कोस्रु अध्ययनमा गएका धनकुटामा पदाधिकार भएका सहसचिव यादवप्रसाद कोइरालाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धानमाथि ढकालविरुद्ध सभासदको रातो पासपोर्ट नक्कली व्यक्ति विमानस्थलबाट विदेश उड्दा सहयोग पुर् याएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
धनुषाका प्रजिअ डा। कमलेशकुमार सिन्हालाई कपिलवस्तुमा क्षेत्रीय प्रशासन कार्यालय पूर्वााचलका वीरेन्द्रकुमार यादवलाई धनुषाको प्रजिअमा कपिलवस्तुको प्रजिअ लक्ष्मणकुमार थापालाई रुपन्देहीमा रुपन्देहीका प्रजिअ तारानाथ गौतमलाई पसा्रमा सरुवा गरिएको छ । पसा्रका प्रजिअ नागेन्द्र झालाई भूमिसुधार मन्त्रालयमा फिर्ता गरिएको छ उनी नापीका प्राविधिक सहसचिव हुन् ।
नवलपरासीका प्रजिअ हरिराज पन्त क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतको सहक्षेत्रीय प्रशासकमा झापाका प्रजिअ शशिशेखर श्रेष्ठलाई नवलपरासीमा उदयपुरका कुमार श्रेष्ठलाई धनकुटामा नयाँ सहसचिवद्वय गेहनाथ भण्डारीलाई झापा र वीरबहादुर राईलाई उदयपुरको प्रजिअमा पदस्थापन गरिएको छ ।
सुनसरीका प्रजिअ रामप्रसाद थपलियालाई सर्लाहीमा कैलालीका प्रजिअ नारायणप्रसाद बिडारीलाई सिराहामा बाँकेका प्रजिअ वासुदेव दाहाललाई काचनपुरमा काचनपुरका प्रजिअ बुद्धिबहादुर खड्कालाई रौतहटमा सरुवा गरिएको छ भने नयाँ सहसचिवहरु गोकणमणि दवाडीलाई सप्तरीमा कैलाशकुमार बजिमयलाई कैलालीमा कृष्णचन्द्र घिमिरेलाई बाँकेमा चूडामणि शर्मालाई सुनसरीमा शंकर अर्याललाई महोत्तरीमा रुद्रनाथ बस्याललाई काभ्रेमा प्रेमबहादुर खापुङलाई डोटीको प्रजिअमा पदस्थापन गरिएको छ ।
सहसचिवहरु वसन्त भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय अध्यागमन कार्यालय प्रमुख ध्रुवप्रसाद ढकाललाई क्षेत्रीय प्रशासन कार्यालय हटौंडा खड्गबहादुर चापागाईंलाई क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा शिवहरि उपाध्यायलाई क्षेत्रीय प्रशासन कार्यालय पोखरामा सरुवा गरिएको छ । गृह मन्त्रालयले पहिलोपटक सबै जिल्लामा प्रथम श्रेणीका अधिकृतलाई कन्फर्म प्रजिअ बनाएको छ । सशस्त्र द्वन्द्व सुरु भएयता विभिन्न जिल्लामा कामु प्रजिअ रहने गरेका थिए ।
पछिल्लोपटक सात जिल्लामा कायममुकायम प्रजिअ चलाइरहेका सात जना उपसचिवलाई मन्त्रालयमा तानिएको छ । कामु प्रजिअबाट काजमा सरुवा भएकामा कैलाशनाथ खरेल भवानी पराजुली वीरेन्द्रबहादुर बानियाँ शम्भुप्रसाद घिमिरे तेजप्रसाद पौडेल रामप्रसाद घिमिरे र कालीप्रसाद पराजुली छन् उनीहरु क्रमशः सप्तरी डोटी सिराहा सर्लाही महोत्तरी रौतहट र धनकुटामा कामु प्रजिअ थिए ।

Friday, June 3, 2011

प्रजातन्त्र सेनानी गुरुङ रहेनन्

काठमाडौं, २० जेठ- प्रजातन्त्र सेनानी एवं मनाङ कांग्रेसका संस्थापक नेता नन्दराम गुरुङको बिहीबार निधन भयो । मनाङ कांग्रेसका अनुसार जिल्लाको धारापानी-९ घ्यालान्चोकस्थित आफ्नै निवासमा ८१ वर्षको उमेरमा उनको निधनको भएको हो ।
२०१५ सालदेखि राजनीतिमा लागेका गुरुङ २०१७, २०३६ र २०४६ सालको आन्दोलनमा सकि्रय सहभागी भएका थिए । मनाङ कांग्रेसले शुक्रबार वक्तव्य जारी गरी गुरुङको निधनप्रति शोक प्रकट गरेको छ । वक्तव्यमा गुरुङको निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।

Thursday, June 2, 2011

कांग्रेस बैठक : विरोधका बीच पाँचबुँदे सहमति अनुमोदन

सहमति कार्यान्वयन गर्न सबैसित वार्ता थाल्ने निर्णय
काठमाडौं, १९ जेठ- प्रमुख प्रतिपक्षी कांग्रेसले शान्ति प्रकि्रया मूलभूत आधार आफ्नो पार्टीले अघि सारेको १० बुँदे मार्गचित्रलाई बनाउनुपर्ने ठहर गर्दै पाँचबुँदे सहमति तत्काल कार्यान्वयन गर्न सबै दलसित अविलम्ब वार्ता प्रारम्भ गर्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले संविधानसभाको म्याद थप गर्दा प्रमुख तीन दलबीच भएको पाँचबुँदे सहमतिलाई विरोधका बीच अनुमोदन गरी त्यसलाई कार्यान्वयन गर्न पार्टीले अग्रसरता लिने निर्णय गरेको हो ।
कांग्रेसले पाँचबुँदे सहमतिभित्र रहेका शान्ति प्रकि्रयालाई अघि बढाउने संविधानको मस्यौदा र तत्काल राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने विषयवस्तुलाई कार्यतालिकासहित तत्काल बनाउन पहल गर्ने निर्णयसमेत गरेको छ । कांग्रेसले सहमतिलाई कार्यतालिका बनाएर कार्यान्वयन गर्नका लागि तत्काल काम थाल्न सम्बद्ध सबै दललाई आग्रह गरेको छ ।
कांग्रेसले संविधान निर्माण शान्ति प्रकि्रयाको अन्तिम कार्य भएकाले शान्ति प्रकि्रयाका विषय समाधान नभएको अवस्थामा राष्ट्रिय सहमतिका साथ संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान जारी हुन नसक्ने ठहरसमेत गरेको छ ।
दुई दिन बसेको बैठकमा बोल्ने ४२ जनामध्ये अर्जुननरिसंह केसीसहित २० जना केन्द्रीय सदस्यले कांग्रेसले अघि सारेको १० बुँदे मार्गचित्रअनुसार सहमति गर्न नसकेकामा अरु दलसित वार्तामा संलग्न नेताहरुप्रति रोष प्रकट गरेका थिए ।
पार्टीका वार्ताकारहरु आफैंमा विभाजित भएको र वार्तामा उनीहरुको प्रस्तुति कमजोर भएको तर्कसमेत उनीहरुको थियो । उनीहरुले बाह्रबुँदे समझदारी शान्ति सम्झौतादेखि हालसम्म भएका कुनै पनि सहमतिको पालना नगर्ने माओवादीलाई हतियार नबुझाईकन कसरी विश्वास गरेर सहमति गरेको भन्दै आलोचना गरेका थिए ।
ुपार्टीका नेताहरुले मुलुकमा ६ वटा प्रमुख सहरमा आयोजित आमसभाहरुमा दसबुँदे मार्गचित्रअनुसार माओवादी सेनाका शिविर खाली गर्ने र उनीहरुका हतियार राज्यलाई बुझाउनेलगायतका कार्य भएपछिमात्र संविधानसभाको म्याद थप गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए दसबुँदेका एउटा पनि माग पूरा नभई जनताका सामु गरेको वाचा र पार्टीलाई निर्णयलाई बिसे्रर किन सम्झौता गर्नुभएको ु भन्ने प्रश्न उनीहरुले गरेका थिए । पार्टी संविधानसभा विघटनकै पक्षमा जानुपथ्र्यो भन्ने अडान भने कसैले पनि नरोखेको स्रोतले उल्लेख गरेको छ ।
पार्टीका नेताहरुले शान्ति प्रकि्रयाको मूलभूत आधार आफ्नो दसबुँदे मार्गचित्रलाई बनाउने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरुले सहमतिलाई अनुमोदन गर्ने निर्णयमा लिखित असहमति जाहेर नगरेको जानकारी बैठकका एक सहभागीले दिए ।
कांग्रेसले ुशान्ति लोकतन्त्र र लोकतान्त्रिक संविधान ः नेपाली कांग्रेसको राष्ट्रिय अभियानु नाराका साथ पार्टीले देशका विभिन्न भागमा गरेका ७ वटा केन्द्रीय आमसभा र ३८ वटा जिल्लास्तरीय आमसभा जनताको विशाल सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ ।
ती कार्यक्रमबाट शान्ति लोकतन्त्र र लोकतान्त्रिक संविधानको पक्षमा व्यापक जनमत निर्माण भएको ठहरसमेत कांग्रेसको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको अर्को बैठक सोमबार पुनः बस्ने जानकारी पार्टीको केन्द्रीय कार्यालयले दिएको छ ।

कांग्रेसद्वारा आफ्नो दसबुँदे शर्तलाई शान्ति प्रकि्रयाको मूल आधार बनाउन आग्रह

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।
१।संविधानसभाको निर्वाचनपछि गणतन्त्र कार्यान्वयन पश्चात २०६५÷३÷११ मा दलहरुबीच भएको सहमति बमोजिम ६ महिनाभित्र शान्ति प्रकृया सम्पन्न गरिसक्नु पर्नेमा ३ वर्ष व्यतित भैसक्दा पनि यस विषयमा ठोस उपलब्धी हासिल हुन सकेको छैन । संविधान निर्माणमा देखिएका मूलभूत विवादका विषयमा पनि सहमति बन्न सकेको छैन । संविधान निर्माण शान्ति प्रकृयाको अन्तिम कार्य भएकोले शान्ति प्रकृयाका विषयहरु समाधान नभएको अवस्थामा राष्ट्रिय सहमतिका साथ संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान जारी हुन सक्दैन भन्ने कुरा स्पष्ट छ । यसै पृष्ठभूमिमा नेपाली कांग्रेसले शान्ति प्रकृया कार्यनीति र १० वुँदे प्रस्ताव पारित गरी एनेकपा माओवादी लगायत सबै राजनीतिक दलहरुसँग सम्वाद अघि बढाएको थियो । लामो छलफल पछि संसदमा ५ वुँदे सहमतिका आधारमा शान्ति प्रकृयालाई ३ महिनामा सम्पन्न गर्ने सहितको सहमति बमोजिम ३ महिनाका लागि संविधानसभाको कार्यकाल थप भएको छ । नेपाली कांग्रेसले प्रस्तुत गरेको १० वुँदे मार्गचित्र बमोजिम कार्यहरु सम्पन्न गरेर नै शान्ति प्रकृयाका मूलभूत काम सम्पन्न हुन्छ भन्ने नेपाली कांग्रेसको ठहर छ । यसै ठहर बमोजिम संसदमा भएको ५ वुँदे सहमति कार्यान्वयन गर्ने कार्य सम्पन्न गर्न अग्रसरता िलंदै नेपाली कांग्रेस सबै राजनीतिक दलहरुसँग वार्ता प्रारम्भ गर्ने निर्णय गर्दछ । ५ वुँदे सहमति भित्र रहेको अन्तरनिहित विषयवस्तुहरुलाई कार्यतालिका सहित तत्काल कार्यान्वयन गर्ने काम शुरु गर्न सम्बद्ध पक्षहरुलाई नेपाली कांग्रेस आग्रह गर्दछ ।
२।शान्ति लोकतन्त्र र लोकतान्त्रिक संविधान - नेपाली कांग्रेसको राष्ट्रिय अभियान नाराका साथ पार्टीले मिति २०६८÷१÷११ मा पोखराबाट शुरु गरी विभिन्न ठाउँहरुमा आमसभा गर्दै जेठ ६ गते काठमाडौँमा सम्पन्न भएका केन्द्रीय आमसभाहरु र ३८ वटा जिल्ला स्तरीय आमसभाहरु जनताको विशाल सहभागिता सहित सफलतापूर्वक सम्पन्न भएका छन् । पार्टी भातृ संस्था शुभेच्छुक संस्थाका सबै तहका साथीहरु यी कार्यक्रमहरुमा सम्पूर्ण रुपले कि्रयाशील रहनु भएको छ । प्रचार-प्रसारमा पत्रकार जगतको अत्यन्त ठूलो सहयोग प्राप्त भएको छ । यी कार्यक्रमहरुबाट शान्ति लोकतन्त्र र लोकतान्त्रिक संविधानको पक्षमा व्यापक जनमत निर्माण भएको छ । देशव्यापी रुपमा सम्पन्न गरिएका उक्त कार्यक्रमहरुमा सहयोग पुर् याउने सहभागी हुने कि्रयाशील हुने सबैमा नेपाली कांग्रेस हार्दिक धन्यवाद प्रकट गर्दछ । आगामी दिनहरुमा संचालन गरिने पार्टीका कार्यक्रमहरुमा अझ बढी सशक्त सहयोग र सहभागिताका लागि यो बैठक सम्बन्धित सबैसँग हार्दिक अपील गर्दछ ।

समवेदना
नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका पूर्व कोषाध्यक्ष एवं नेपालका प्रसिद्ध उद्योगपति तथा टीएम दुगड ग्रुपका अध्यक्ष तोलाराम दुगडको ८१ वर्षको उमेरमा गत जेठ १५ गते नक्साल काठमाडौँमा भएको निधन र प्रसिद्ध उद्योगपति समाजसेवी एवं नेपाली कांग्रेसका शुभचिन्तक कृष्णगोपाल टण्डनको ९६ वर्षको उमेरमा आज जेठ १९ गते नेपालगाज स्थित आफ्नै निवासमा भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख प्रकट गर्दछ । साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनप्रति कार्यसमितिको यो बैठक हार्दिक समवेदना प्रकट गर्दछ ।

केन्द्रीय कार्यसमितिको बैठक २०६८ जेठ २३ गते सोमबार दिनको १ः०० बजे पुनः बस्नेछ ।

वसन्तकुमार गौतम
मुख्य सचिव

जेठ १९ २०६८

Wednesday, June 1, 2011

प्रहरी महानिरीक्षक ठकुरी हटाइए, शाह नयाँ महानिरीक्षक

बलराम बानियाँ÷केदार ओझा
काठमाडौ, १८ जेठ- सरकारले नेपाल प्रहरीका प्रमुख रमेशचन्द्र ठकुरीलाई दायित्वविमुख गरी उक्त ठाउँमा अतिरिक्त प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहलाई बढुवा गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलाई जिम्मेवारीमुक्त गरी प्रधानमन्त्री कार्यालयको हुँदै नभएको सुरक्षा सल्लाहकार पदमा सरुवा गरेको छ । मन्त्रिपरिषदले नयाँ प्रहरी महानिरीक्षकमा शाहलाई नियुक्त गरेको जानकारी सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरले जानकारी दिए ।
सरकारले प्रहरी महानिरीक्षकमा २०६६ साल फागुन १ मा तीन वर्षका लागि नियुक्त भएका चन्दलाई पदावधि १५ महिना बाँकी छँदै हटाएर शाहलाई जिम्मेवारी दिएको हो । माओवादी-एमाले गठबन्धन सरकारले महानिरीक्षक नियुक्त गरेको भए पनि कमजोर नेतृत्व क्षमता र सुडान घोटाला प्रकरणमा विवादमा मुछिएका कारण उनलाई सोही गठबन्धनले सुरक्षा सल्लाहकारका नाममा जिम्मेवारीबाट हटाएको हो ।
वरिष्ठताका आधारमा यसअघि नै शाह चन्दभन्दा पहिल्यै नै शाह महानिरीक्षक हुनुपर्ने थियो । वरिष्ठताको मतलब नगरी माओवादी-एमाले गठबन्धन सरकारले २०६६ फागुन १ मा वरियताक्रममा पहिलो नम्बरमा रहेका शाहलाई छाडेर दोस्रो नम्बरमा रहेका ठकुरीलाई महानिरीक्षकमा बढुवा गरेको हो । त्यही माओवादी-एमाले गठबन्धन सरकारले ठकुरीलाई हटाई शाहलाई नियुक्त गरेको हो ।
सुडानस्थित शान्ति मिसनमा रहेको प्रहरीलाई आवश्यक सामान खरिदमा ३० करोड रुपैयाँ घोटाला प्रकरणमा छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवतीकुमार काफ्लेलाई महानिरीक्षक ठकुरीले आफू अभियोगबाट बच्न ५० लाख रुपैयाँ दिएको खुलासा भएपछि सरकारले उनलाई कारबाहीस्वरुप जिम्मेवारीबाट हटाएको गृह मन्त्रालयको उच्च स्रोतले उल्लेख गरेको छ । ठकुरीले ५० लाख रुपैयाँ घूस दिएको आरोपमा अख्यितारका सचिव काफ्लेमाथिसमेत कारबाहीको तयारी भइरहेको दाबी मन्त्रिपरिषद स्रोतले उल्लेख गरेको छ ।
नवनियुक्त शाह प्रष्ट वक्ताका रुपमा चिनिन्छन् । उनमा धेरै जिल्लामा रहेर कार्य गरेको अनुभव छ । नवनियुक्त महानिरीक्षक शाह सेवा अवधिका आधारमा १५ महिना ११ दिन महानिरीक्षँक हुनेछन् । त्यसपछि प्रहरी महानिरिक्षँकका रोलक्रममा कुवेर राना नवराज ढकाल दिनकर शमशेर भीष्म प्रसाईं छन् । यसअघि सुडान घोटालाको प्रकरण सार्वजनिक भएपछि प्रधानमन्त्री झलनाथ खनालले पटकपटक ठकुरीलाई पदबाट राजिनामा दिएर सहयोग गर्न आग्रह गरेका थिए । भ्रष्टाचार र अनियमितताको अभियोगमा प्रहरी प्रमुखले बयान दिन जाँदा सम्पूर्ण प्रहरीको मनोबल गिर्ने भएकाले राजिनामा दिन खनालले ठकुरीलाई सल्लाह दिएका थिए । सुडान घोटला प्रकरणमा अख्तियारमा बयान दिदै आएका ठकुरीले प्रधानमन्त्रीको आग्रहलाई अटेर गर्दै आएका थिए । कमजोर नेतृत्वका बाबजुद २०६६ साल फागुन १ गते नियुक्त भएका चन्दले प्रहरीको नेतृत्व दुई वर्ष चार महिना गरे । सेवाअवधि अनुसार उनी अझै १५ महिना महानिरीक्षँक पदमा बस्थे ।
ठकुरीलाई प्रहरीभित्रै मातहतका अधिकृतहरुको विश्वास लिन नसकेको नेतृत्व क्षमता कमजोर भएको सुडान घोटला प्रक्ररणमा भुक्तानी दिएर मुछिएको जस्तो आरोप लागेको थियो । केही दिन अघिमात्रै गृहमन्त्री महराले प्रहरी मुख्यालयको भ्रमण गर्दा केही उच्च प्रहरी अधिकृतले ठकुरीको कार्यशैली र लाचारीपनबारे ठकुरीकै अगाडि खुलेर बोलेका थिए । चन्दलाई प्रहरी भित्रै निर्णय लिन सक्ने क्षमता नभएको तल्लो निकायका लागि प्रष्ट निर्देशन दिन नसक्ने र माथिका लाई पनि संगठनका हितमा उपयोग गर्न नसक्ने आरोप लाग्दै आएको थियो । उनी संगठनको सम्पूर्ण सरुवा बढुवा र प्रहरी संगठनभित्रको खरीद प्रकि्रयासमेत राजनीतिक नेताको निर्देशनमा गर्दथे ।
पछिल्लो समयमा ठकुरीले गृहमन्त्रीलाई भ्रममा पारी असहयोगीका रुपमा रहेको एआईजीहरुलाई उपत्यकाबाट हटाउन क्षेत्र पठाउने निर्णय गराएका थिए । प्रहरी मुख्यालयमा रहेको सात एआईजीमध्ये ठकुरीको पक्षमा एकजना मात्रै साथ थिए । बाँकी छ जना ठकुरीको कार्यशैलीको खुलेआम विरोध गर्दथे । सहमतिको राष्ट्रिय सरकार बनाउने तीन दलबीच सहमति भइरहेको बेला प्रधानमन्त्री खनालले मन्त्रिपरिषदको बैठकमा ठाडो प्रस्ताव लगी यो निर्णय गराएका हुन । ुठकुरीलाई जति दिन बढी राख्यो उति देशको सुरक्षा स्थिति बिग्रँदै गएको देखिएपछि उनलाई हटाउने निर्णय गरिएको होु प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोत भन्छ ुठकुरीलाई निकैअघि नै हटाउने समझदारी भएको थियो तर जेठ १४ अघि नगरौ भन्ने समझदारीका कारण यो निर्णयमा ढिलाइ भएको हो ।ु
प्रजातन्त्र पुनर्बहालीपछि कमजोर नेतृत्व क्षमता र राजनीतिक पूर्वाग्रहका आधारमा महानिरीक्षकलाई दायित्वविमुख गरिएको यो तेस्रोपटक हो । यसअघि राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र तत्कालीन गृह मन्त्री बामदेव गौतम नेतृत्वका पालामा तत्कालीन महानिरीक्षक अच्युतकृष्ण खरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी ध्रुव प्रधानलाई महानिरीक्षक बनाइएको थियो । चन्द सरकार सात महिनामै ढलेपछि तत्कालीन प्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष सूर्यबहादुर थापा नेतृत्वको कांग्रेस सम्मिलित सरकारले प्रधानलाई महानिरीक्षकबाट हटाई पुनः खरेललाई महानिरीक्षक नियुक्त गरेको थियो । चन्द-गौतमको पालादेखि चरम राजनीतिक विभेदका आधारमा महानिरीक्षकको बर्खास्ती र पुनर्बहालीको क्रम सुरु भएपछि अनुशासित प्रहरी संगठनभित्र अस्वभाविक खालको राजनीति प्रवेश गरेको हो ।

ओएचसीएचआरको म्याद छ महिना थप

काठमाडौं, १८ जेठ- सरकारले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्चायुक्तको कार्यालय ओएचसीएचआर को म्याद छ महिना थप गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरका अनुसार मन्त्रिपरिषदको बुधबार बसेको बैठकले एक सातापछि म्याद सकिन लागेको ओएचसीएचआरको म्याद छ महिनाका लागि थप गरिएको छ ।
मानव अधिकार आयोगको विरोधका बाबजुद सरकारले ओएचसीएचआरको म्याद थप गरेको हो । नेपालको मानव अधिकारको स्थितिको सुपरिवेक्षण गरी कारबाहीको सिफारिस गर्न आफू सक्षम रहेको उल्लेख गर्दै आयोगले त्यही प्रकृतिको काम गर्न ओएचसीएचआरको म्याद थप्नु आवश्यक छैन भन्दै सरकारलाई दबाब िदंदै आएको थियो । आयोगको आपत्तिलाई बेवास्ता गरी सरकारले ओएचसीएचआरको म्याद थप गरेको हो ।
सरकारले जुम्लास्थित कर्णाली अाचल अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने निर्णय गरेको छ । सबभन्दा विकट स्थानमा रहेको अाचल अस्पतालको विस्तार र अध्ययन÷अध्यापन गराई चिकित्सक उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने निर्णय गरेको हो ।
कर्मचारी आरोहीलाई २÷२ लाख
सरकारले सबभन्दा उच्च शिखर सगरमाथाको हालै सफल आरोहण गरेका नौ जना निजामती कर्मचारीलाई जनही २÷२ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । तुलाधरका अनुसार सगरमाथाको सफल आरोहण गर्ने कर्मचारीलाई प्रोत्साहनस्वरुप मन्त्रिपरिषद्ले जनही २÷२ लाख रुपैयाँ दिने निर्णय गरेको हो । सगरमाथाको सफल आरोहण गर्ने निजामती कर्मचारीमा ज्ञानेन्द्रकुमार श्रेष्ठ सन्तकुमार महर्जन हरि गुरागाईं हरि ढकाल सुविर श्रेष्ठ तुलसीराम भण्डारी सुरज पोखरेल पदम भण्डारी र खिमलाल गौतम छन् ।
भट्टराई आश्रमलाई ट्रष्ट बनाइने
स्व। पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई जीवनको अन्तिमकालमा ललितपुरको बाँडेगाउँमा बस्दै आएको आश्रमलाई ट्रष्ट बनाउन सरकारले समिति गठन गरेको छ । सरकारका प्रवक्ता तुलाधरले भट्टराई आश्रमलाई ट्रष्ट बनाउन नियमावली बनाउन संसदीय व्यवस्था मन्त्रालयका सचिव प्रमोद कार्की संयोजक मोदराज डोटेल सहसंयोजक रहेको समिति गठन गरेको छ । समितिमा कृष्णगोपाल श्रेष्ठ अरुण सायमी अमिता कपाली छन् । समितिलाई नियमावली बनाउन तीन महिनाको म्याद दिइएको छ ।
प्रेस सल्लाहकारमा भारती
सरकारले सूचना तथा साचार मन्त्रालयको प्रेस सल्लाहकारमा विदुर भारतीलाई नियुक्त गरेको छ । सूचना तथा साचार मन्त्री अग्नि सापकोटाको प्रस्तावमा उनको गृह जिल्ला सिन्धुबासी भारतीलाई प्रेस सल्लाहकारमा नियुक्त गरिएको हो । भारती पत्रकारभन्दा पनि माओवादीका मुखपत्रमा बेलाबेलामा लेखरचना लेख्ने जनयुद्ध सुरु हुनुभन्दा अघिदेखिका पार्टीका कार्यकर्ता हुन् ।
इराकमा शान्ति सेना पठाउने निर्णय
सरकारले इराकको किर्कु र बासरा सहरमा राष्ट्रसंघीय शान्ति मिसनमातहतमा नेपाली सेना पठाउने निर्णय गरेको छ । तुलाधरका अनुसार मन्त्रिपरिषद्ले इराकका दुई ठाउँमा गरी १ सय ५० जना नेपाली सेनाको डफ्फा पठाउने निर्णय गरेको छ ।
दुई संस्थानमा नियुक्ति
मन्त्रिपरिषदले टिम्बर कर्पोरेसन र जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा अघिल्लो सरकारका पालामा नियुक्त अध्यक्ष र महाप्रबन्धकलाई हटाई नयाँ नियुक्त गरेको छ । सरकारले टिम्बर कर्पोरेसनको अध्यक्षमा कर्णबहादुर खड्का र महाप्रबन्धकमा भैरवबहादुर िसंहलाई नियुक्त गरेको छ । त्यसैगरी जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको महाप्रबन्धकमा चन्द्रबहादुर शाहीलाई नियुक्त गरिएको छ ।
मन्त्रिपरिषद्ले निवर्तमान अर्थराज्यमन्त्री ल्हारक्याल शेर्पाका बारेमा छानबिन गर्न गठित समितिको म्याद आगामी असार १८ गतेसम्मका लागि थप गरेको छ । सरकारले ललितपुरमा मनाइने बाह्रबर्षे खड्गसिद्धि जात्राका लागि १५ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।



सूचना विभागको महानिर्देशकमा कोइराला मुद्रणमा अर्याल

काठमाडौं, १८ जेठ- सूचना तथा साचार मन्त्रालयले सहसचिव लक्ष्मीविलाश कोइरालालाई सूचना विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । विभागका यसअघिका महानिर्देशक श्रीधर गौतम सचिवमा बढुवा भएपछि रिक्त पदमा हालै सहसचिवमा बढुवा भएका कोइरालालाई नियुक्त गरेको हो ।
कोइराला उपसचिव हुँदा पनि साचार मन्त्रालयमै थिए । सूचना विभागको महानिर्देशक कोइरालाले नेपाल प्रेस काउ_िन्सलको सदस्यसचिव र सार्क सूचना केन्द्रको निर्देशकको जिम्मेवारीसमेत सम्हाल्नेछन् ।
सूचना तथा साचार मन्त्रालयले अर्का सहसचिव एकनारायण अर्याललाई मुद्रण विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । विभागका यसअघिका महानिर्देशक श्रीवत्स घिमिरेले ५८ वर्ष पुगी अनिवार्य अवकास पाएपछि रिक्त पदमा नयाँ सहसचिव अर्याललाई नियुक्त गरिएको हो । लामो समय गृह प्रशासनमा रहेका अर्याललाई सहसचिवमा बढुवा भएपछि साचार मन्त्रालयमा पदस्थापन गरिएको हो ।