Saturday, April 13, 2013

‘मधेसमा भए पनि महासमिति मधेस केन्द्रित भएन’

‘मधेसमा भए पनि महासमिति मधेस केन्द्रित भएन’
आङगेलु शर्पा सभापति एवं महासमिति सदस्य, सोलु

काठमाडौं, ३१ चैत– हरेक वर्ष हुनुपर्ने पार्टीको महासमिति बैठक पार्टी महाधिवेशन भएको तीन वर्षपछि पहिलोपठक हुनु आफैंमा उपलब्धिमूलक हो । महासमिति सदस्यहले आ–आफ्ना विचार राख्न पाए, आमजनताका कुरा राख्न पाए । महासमिति बैठकमा राजनीतिक, सामाजिक, आर्थिक मुद्दामा जुन मुद्दा उठेका थिए, ती विचार र धारणा आगामी संविधानसभा चुनावका लागि घोषणापत्र निर्माणका लागि महत्वपूर्ण आधार बन्न सक्छन् भन्ने मेरो विश्वास हो । जिल्ला समिति, क्षेत्रीय समितिका लागि जुन विधान संशोधन भयो, त्यसले पार्टीलाई जनस्तरमा अझ बढी लोकतान्त्रक र सहभागितामूलक बनाउनेछ ।
महासमिति बैठकका लागि जुन ठाउ“ छनौट भयो, त्यो गलत भयो । खर्च र व्यवस्थापनका लागि सस्तो होला भनेर नवलपरासीको त्रिवेणीजस्तो जनता बसोबास नगर्ने ठाउ“ छनौट भयो, त्यो गल्ती थियो । पछिल्लो संविधानसभा चुनावमा कांग्रेसले आफ्नो परम्परागत रूपमै जनाधार रहेको तराई–मधेसमा चुनाव हार्न पुग्यो । बढी जनसम्पर्क हुने जनकपुर, वीरगन्ज र सर्लाही या बढी मधेसी जनतास“ग प्रत्यक्ष सम्पर्क हुने ठाउ“मा महासमिति बैठक गरेको भए मधेसमा संगठन सुदृढीकरण र मधेसी जनतालाई पार्टीमा आकर्षित गर्न सहज हुन्थ्यो । नवmपरासीको छेउ त्रिवेणीमा महासमिति बैठक गरेर कांग्रेसबाट टाढिएका मधेसी जनतासित सोझो सम्पर्क हुन सकेन । जनकपुर, वीरगन्जजस्ता मधेस केन्द्रित ठाउ“मा महासमिति बैठक गरेको भए मधेस केन्दित र मधेसी जनतालाई आकर्षित पार्न सफल हुन्थ्यो ।  त्रिवेणीमा भएको सम्मेलन मधेस केन्दित हुन सकेन । मधेसको राजनीतिलाई जुन सम्बोधन गर्नुपथ्र्यो, महासमिति बैठक त्यसमा असफल हुन पुग्यो ।

त्रयनेताबीच एकता देखिनु नै उपलब्धिमूलक
भूपेन्द्रजंग शाही, महासमिति सदस्य कालीकोट

महासमिति बैठक तीन वर्षदेखि विभिन्न कारणे हुन सकेको थिएन, तीन वर्षमा महासमिति बैठक हुनु आफैंमा उपलब्धिमूलक हो । देशरभरका महासमिति सदस्य सबैले सबै जिल्लाका सम्भावना र कमजोरी बुझ्न पाए । पार्टीैमा कोइराला र देउवाबीच जुन विवाद थियो भनिथ्यो, महासमितिमा पार्टीको विवाद देखिएन । महासमिति बैठकमा त्रयनेताबीच एकता देखियो । तीनै जना नेताले एक भएर जान्छु भने, महासमितिको बैठकमा गुटका कुरा आएन । त्यो नै राम्रो संकेत हो । संघीयताका विषयमा देशभरका कांग्रेस एक देखिए । तनिै जना नेताले एकस्वरमा संघीयताको एउटै मोडेलका बारेमा बोला । एकल जातीय आधारमा होइन सबै जातजाति र धर्मावलम्बीको समान पहिचान, असर र प्रतिनिधित्व हुने गरी राज्य पुनर्संरचना हुने गरी प्रदेशको बा“ढफा“डका कुरा आए । संघीयताजस्तो गम्भीर सवालमा देशको अर्थतन्त्रले धान्न सक्ने र तराई, मधेस पहाडका जनताको पहिचान हुने गरी प्रदेशको बा“डफा“ड हुने कुरमा कांग्रेसमा एकता देखियो ।
शासकीक स्वरूपका सवालमा संसदीय प्रणालीमा नै जानुपर्ने सबैको धनाइ रह्यो । महासमित सदस्यहरूले चिन्ता प्ँँर्टि संंगठनलाई सुधार गर्नुपर्छ , महासमिति बैठकमा कांग्रेस चुनावमा जानुपर्छ भन्ने देखियो चुनावमा कांग्रेसलाई एकीकृत र एकजुट बनाउनुपर्छ भन्ने कांग्रेस महासमिति जुन एकता र एकीकृत हुने भावना देखियो त्यो आफैंमा सकारात्मक र उपलब्धिमूलक छ ।

‘महासमितिले महत्वपूर्ण एजैनडामा निर्णय लिन सकेन’
मीन विश्वकर्मा, केन्द्रीय सदस्य एवं महासमिति सदस्य

जुनरूपमा सोचिएको थियो, त्यस हिसाबले महासमितिको बैठक सफल हुन सकेन ।  राष्ट्रिय राजनीतिमा देखापरेका विवाद र एजेन्डामा कांग्रेस स्पष्ट हुन चाहेको थियो । तर, महासमिति बैठकमा टुंग्याउन नसकी उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा यी विषयलाई अन्तिम रूप दिन समिति गठन भएको छ । यस अर्थले महासमिति बैठक अपुर्ण रह्यो। तथापि पार्टीको तल्लो तहसम्म राय सुझाव संकलन गर्ने काम आफैंमा महत्वपुर्ण उपलव्धि हो । शक्ति पृथकीकरणको सिद्धान्तलाई छाड्न हु“दैन भन्ने कुरा राष्ट्रव्यापी रुपमा आयो । अब आउने निर्वाचनमा रणनीतिक रूपमा अघि बढ्न जातीय, क्षत्रीय, लैगिक सवालमा घनिभूत छलफल भयो । आदिवासी जनजातिको परिभाषाका विषय, राज्यको पु्नर्संंरचनाका विषयमा केही मतान्तर छन् । यी सबै विषयलाई राजनीतिक समितिले अन्तिम रुप दिनेछ ।
  नीतिगत रूपमा कांग्रेस बहुदलीय संसदीय व्यवस्थामा नै अडिएको छ । तर, त्यसैभित्र केही सुधारको पक्षमा देखिएको हो । जस्तो संसदीय प्रणालीमा रहेर राष्ट्रपतिलाई केही अधिकार दिनेगरी मिश्रित प्रणालीको शासकीय स्वरूप कांग्रेसले स्विकार गरेको छ । समावेशीकरणलाई स्वीकार गर्नेगरी मिश्रित निर्वाचन प्रणाली स्वीकार गरिएको हो । संघियताका सवालमा महासमिति बैठकले दुई खालका अवधारणा ल्याएको छ । जातीय पहिचानका आधारमा जाने हो भने १३, आर्थिक सामथ्र्यताको आधारमा जाने हो भने ६ देखि ७ प्रदेश हुनुपर्छ भन्ने विषय घनिभूत रूपमा छलफल भएको छ । संंघीयताका विषयमा अहिल्य ैनै यतिनै प्रदेश भनेर अडान राख्ने दिशामा जान हु“दैन धेरैको राय थियो । राजनीतिक निकासका लागि कांग्रेसको भूमिकामात्रैले हु ण्ज्ञद्धठदैन । अरू पार्टीको भूमिका पनि त्यसमा महत्वपूर्ण हुन्छ । त्यसैले छलफलमा उठेका रायसुझावहरुलाई समायोजन गरेर कांग्रेसले चा“डैनै राष्ट्रिय मुद्दालाई सम्बोधन गर्नेछ । जसले राष्ट्रय निकास दिन सहयोग पु¥याउनेछ ।

‘महासमितिले मधेसी, दलित र जनजातिका बारेमा विशेष निर्णय लिनेछ’
सुरेन्द्र चौधरी, सभापति एर्व महासमिति सदस्य पर्सा

धेरै लामो अन्तरालपछि महासमिति बैठक बस्नु नै आफैंमा सकारात्मक पक्ष भयो । बैठकले आगामी संविधानसभा निर्वाचनमा  कार्यकर्तालाई मनोगत रूपमा लाग्न उत्साह दिएको छ । निर्वाचनमा आउने हरेक चूनौतिको सामना गर्न र  पार्टीभित्रको अनुशासनलाई कायम राखेर अघि बढ्न पार्टी एक ढिक्का हुनुपर्छ भन्ने अर्को सन्देश हो । के कारणले संविधान  बन्न सकेन ? फेर पनि संविधान नबन्ने परिस्थिति सृजना नहोस् भन्नेबारेमा कांग्रेसले गहन छलफल गरेको छ । अहिले संघियताका नाममा दुई थरी षड्यन्त्र भइरहेका छन् । संघीयताको नाममा संविधान बनाउन नदिने या बने पनि लोकतान्त्रिक शक्तिले रुचाएको संविधान बन्न नदिने षड्यन्त्र चलिरहेको छ । अर्को पक्ष संघीयताकै नाममा मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र भईरहेको छ । संंघीयता राष्ट्रिय आवश्यकता हो । यसलाई कांग्रेसले गंभिरतापूर्वक छलफल गरेको छ । आगामी निर्वाचनमा जा“दा कांग्रेस संंघीयता र शासकीय स्वरूपका विषयमा प्रष्टताका साथ जनतासमक्ष जानेछ । कांग्रेसलाई संघीयता विरोधी भनेर भ्रम फैलाइए पनि अहिले माओवादी र मधेश केन्द्रित दलहरु नै संंघीयता चा“हदैनन भन्ने कुरा जनताले बुझिसकेका छन् । यदि संघीयता चाहेको भए एउटा संविधानको खाका आउने थियो । कांग्रेसले अबको निर्वाचनमा जानुअघि नै संघियताको स्वरुप, संख्यालगायतका विषयमा प्रष्ट धारणा ल्याउनेछ । 
 एमाओवादीलगायतका एकथरी शक्ति अहिले पनि निर्वाचनमा जान चाहेका छैनन् । संविधानसभाको निर्वाचन हु“दैन भनेर हिडेका छन् । कांग्रेस महासमितिले निर्वाचनमा जान नचाहने र विपक्षमा रहेका सबै शक्तिस“ग वार्ता गरेर कुन ैपनि हालतमा आगामी मंसिरसम्ममा निर्वाचनमा जाने अठोट व्यक्त गरेको छ । यसले मुलकभर नै निर्वाचनको माहोल खडा गरेको छ । विकास, रोजगारी,  आदिबासी, जनजाति, महिला, मधेसी जनता, अल्पसंख्यक मुस्लिमलगायत सबैको सवालमा कांग्रेसले गहन छलफल गरेर स्पष्ट कार्यदिशा ल्याउने तयारी गरेको छ । यो आफंैमा महत्वपूर्ण र सकारात्मक पक्ष हो । निर्वाचनलाई कसरी धा“धलीरहित बनाउने भन्ने विषयमा समेत कांग्रेसभित्र गहन छलफल भएको छ । एमाओवादीले पूर्वमाओवादी लडाकुका शिविरमा भएको अर्बौं भ्रष्ट्राचार, नातावाद, कृपावादलाई समेत कांग्रेसले चुनावी एजेन्डा बनाउने तयारी गरेको छ । त्यसस“गै विदेशी तत्वसंग सां“ठगां“ठ गरेर मुलुकको राज्य ढुकुटी लुट्ने गरेको यथार्थलाई समेत कांग्रेसले विशेष महत्वका साथ बाहिर ल्याउनेछ । 
 ‘महासमितिले कांग्रेसलाई एकताबद्ध बनायो’
यज्ञबहादुर थापा,  सभापति एवं महासमिति सदस्य कास्की

महासमितिमा भएको चार दिनको छलफलले कांंग्रेसलाई एकताबद्ध बनाएको छ । आगामी चुनौतीको सामाना गर्न मिलेर जानुपर्छ भन्ने अठोट र प्रतिज्ञा नेताहरूले व्यक्त गर्नुभएको छ । अबको निर्वाचन संसदको नभएर  संविधानसभाको भएकाले यसलाई जीवनमरणको सवाल बनाएर अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ । कांग्रेस पराजित हु“दा या लोकतान्त्रिक शक्तिले हार ह“ुदा संविधान बन्दो रहनेछ र संविधानसभा नै विघटन हुदो रहेछ भन्ने हामीले देखे भोगेकाले अबको निर्वाचनमा कांग्रेसले मुलकका सामु रहेका सबै मुद्दा र एजेन्डाहरुमा स्पष्ट भएर अघि बढ्नेछ ।
सैद्धान्तिक रूपमा कांग्रेसले आफूलाई प्रष्ट बनाउ“दै लैजानेछ । महासमिति बैठकमा चौधै अञ्ंचलको छलफलबाट आएका सुझावलाई एकैठाउमा राखेर अध्ययन गरी राजनीतिक प्रस्तावलाई अन्तिम रूप दिन उपसभापति रामचन्द्र पौडेलको संयोजकोत्वमा समिति बनेको छ । त्यसले संघीयता, शासकीय स्वरूपलगायतका मुद्दामा स्पष्ट दृष्टिकोण बनाउनेछ । विगतमा पार्टीभित्र केही अन्यौल देखिएका कारण कांग्रेसलाई संघीयता विरोधी भनेर भ्रम सिर्जना गरिएको छ । जनआन्दोलनको परिवर्तनलाई संस्थागत गरी संंघस्य लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउन संधिानसभाको निर्वाचन नै एकमात्र विकल्प हो । निर्वाचनमा पुग्नका लागि कांग्रेसले कुनै पनि कसर बा“की राख्ने छैन । महासमिति बैठकमा व्यक्त भएका सुझावलाई कुदेर हामी स्पष्ट दृष्टिकोणका साथ निर्वाचनको एजेन्डा लिएर गाउ“गाउ“ जानेछौं । महासमितिकै म्यान्डेट अनुसार गाउ“ केन्द्रित कार्यक्रमहरू आजैदेखि सुरु भइसकेको छ । निर्वाचनको उत्साह लिएर हामी गाउ“ फर्केका छांै ।   

‘संघीयता विषयमा प्रस्ट हुन महासमितिले पार्टीलाई सहयोग गरेको छ’
भीमसेनदास प्रधान, सभापति एवं महासमिति सदस्य, काठमाडौं

संघीयताको विषयमा कांग्रेस यसअघि केही अलमलमा थियो । तर, महासमिति बैठकले त्यसलाई प्रष्ट बनाउने काम गरेको छ । संघीयताको स्वरूप र संख्याका बारेमा अझै स्पष्ट हुन बा“की छ । तैपनि हरेक पार्टीमा संघियताका पक्षधर र विरोधी थिए । कांग्रेसभित्र पनि त्यस्तो अवस्था थियो । तर, अहिले महासमिति बैठक  संघीयताको विकल्प छैन भन्नेमा एक मत देखियो । यो नै सबभन्दा सकारात्मक पक्ष हो । अब कांग्रेसले संघियता र शासकीय स्वरूपमा प्रष्टताका साथ अघि बढ्छ र बढ्नुपर्छ । अब पनि स्पष्ट दृष्टिकोण दिन नसके अप्ठ्यारो पर्छ । अहिलेसम्म नेताहरूको निर्णय थियो । तर, अहिले संस्थागत निर्णय भएको छ । यसलाई प्रष्ट पारेर घोषणापत्रमा उल्लेख गर्नुपर्छ । महासमिति बैठकले घोषणापत्रमा उल्लेख गर्नुपर्ने विषयमाथि समेत छलफल गरेको छ । राजनीतिक, आर्थिक, सामाजिक सबैमा कांग्रेसले नेतृत्व लिने खालका रणनीति तय गर्नुपर्छ भन्ने जोड महासमितिका सदस्यहरूले दिएका छन । त्यही अनुसार महासमितिले गठन गरेको राजनीतिक आयोगले राजनीतिक प्रस्तावमा प्रष्टताका साथ नीति ल्याउनुपर्छ । 
 महासमितिले निर्वाचन हुने कि नहुने भन्ने अन्यौल खडा भइरहेका बेला निर्वाचनको पक्षमा माहोल खडा गरेको छ । निर्वाचनमा जानका लागि पार्टीले संगठनात्मक कार्यत्रम र रणनीति ल्याएको छ । निर्वाचनस“ग असहमत पक्ष र दलहरूस“ग वार्ता गरेर निर्वाचनमा ल्याउनुपर्छ भन्ने मुख्य मार्गनिर्देश महासमितिले गरेको छ । यो अर्को उपलब्धि हो । 

‘महासमितिले चुनावी माहोल तयार गरेको छ’
रिता खनाल, महासमिति सदस्य मोरङ

ढिलै भए पनि कांग्रेसको महासमिति बैठकले चुनावी माहोल तयार गरेको छ । अहिलेको तरल राजनीतिक अवस्थामा लोकतान्त्रिक सिद्धान्त र पार्टीभित्रकै अभिमतविपरीत नेतृत्व तहले प्रधानन्यायधिशको नेतृत्वमा अन्तरिम चुनावी सरकार बनाउन गरेको सम्झौतालाई लिएर खुलेर समीक्षा भएको छ । महासमितिले नेताहरूले गरेको त्यस किसिमको सम्झौतालाई लिगबाट बाहिर गएको राजनीतिलाई फर्काउनका लागि बाध्यात्मक कदम हो भन्ने कुरा ठहर गरेको छ । कांग्रेसको आफ्नै छ दसक लामो लोकतान्त्रिक सिद्धान्त र अहिलेको विषम परिस्थितीलाई बचाउन पनि निर्वाचनलाई अर्जुन दृष्टिका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ भन्ने सन्देश नै महासमिति बैठकको महत्वपूर्ण उपलब्धि हो । अर्को अलोकतान्त्रिक शक्तिहरूबाट मुलुकलाई बचाउन लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउनुपर्छ र त्यसका लागि निर्वाचनमा जानुपर्छ भन्ने दिशामा महासमितिले केन्द्रदेखि गाउ“ इकाइसम्म स्पष्ट निर्देश गरेको छ । क्षेत्रीय, वर्गीय, लौगिक, आदिबासी जनजाती, दलित, अल्पसंख्यकलगायत सबै वर्ग र समुदायको राज्य शक्तिमा समावेशी र पह“च दिलाउन कांग्रेस उदार हुनुपर्छ भन्ने दिशामा पनि कांग्रेसले स्पष्ट दृष्टिकोण लिएको छ । 
  महिलालाई पार्टीको गाउ“ इकाइदेखि केन्द्रीय तहसम्म र राज्यको हरेक संयन्त्रमा ३३ प्रतिशत महिला सहभागित सुनिश्चित गराउने, सम्पत्तिमा समान अधिकार र आमाको नामबाट नागरिकता बनाउने कानुनीरूपमा सहज व्यवस्था गर्ने प्रतिबद्धता महासमितिले गरेको छ । पछिल्लो चरणमा कांग्रेसले मजदुरको बारेमा कांग्रेसले केही बेवास्ता गरेकोजस्तो देखिएको थियो । यसपालिको महासमितिले त्यसलाई सम्बोधन गर्दै पार्टीको आन्तरिक संगठनभित्र २ सय ४० निर्वाचन क्षेत्रमा नै श्रमिकलाई सहभागिता गराउने, गाउ“ इकाईदेखि केन्द्रीय तह र राज्य संयन्त्रमा कम्तीमा दश प्रतिशत श्रमिकलाई सहभागिता गराउने नीति लिएको छ । परिवर्तनलाई संस्थागत गर्ने दिशा र सबैको साथी कांग्रेस हो भन्ने एजेन्डालाई कांग्रेसले अघि बढाउने छ । 

‘महासमितिबाट कांग्रेसद्वारा चुनावमा जाने उदघोष’
सीता गुरुङ, केन्द्रीय सदस्य एवं महासमिति सदस्य 

 महासमिति बैठकले मन, वचन र कर्मबाटै निर्वाचनमा जाने उद्घोष गरेको छ । माथिल्लो तहका नेतादेखि तल्लो गाउ“स्तरका नेतसम्मले कुनै पनि हालतमा मंसिरभित्र निर्वाचन गराउनुपर्छ भन्ने धारणा आउनु नै महत्वपुर्ण कुरा हो । कांग्रेस निर्वाचन चाह“दैन भन्ने आरोपलाई महासमितिको बैठकले गतिलो सन्देश दिएको छ । निर्वाचनमा जानका लागि पार्टीले आन्तरिक संगठन विस्तार र रणनीतिक योजनाका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । यसले निर्वाचनको माहोल खडा गर्ने काम गरेको छ ।  अहिलेको चुनौती र सन्दर्भमा निर्वाचनका एजेन्डा कस्तो तय गर्ने भन्नेबारेमा राम्रो छलफल भएको छ । राजनीतिक एजेन्डासं“गै कांग्रेसले आर्थिक र सामाजिक परिवर्तनको नेतृत्वसमेत लिनुपर्छ भन्ने निष्कर्ष महासमितिले दिएको छ ।
 महासमितिमा आदिबासीको व्याख्या कसरी गर्ने भन्नेबारेमा केही अन्यौल खडा छ । पार्टीले ल्याएको राजनीतिक प्रस्तावमा नेपाल एकीकरण हु“दा सबै समुदायलाई आदिबासी उल्लेख गर्ने भनेर ल्याइयो । आदिबासीको परिभाषा गर्दा अन्तर्राष्ट्रिय मान्यतालाई पनि हेर्नुपर्दछ । अहिले हतार गरेर यस्तो प्रस्ताव गरिएकोजस्तो लाग्यो । तर, त्यसमा थुप्रै सुझाव आएका छन् । राजनीतिक प्रस्तावलाई अन्तिम स्वरूप दिइ“दा यसलाई अन्तर्राष्ट्रिय मान्यता र सबैको सबैको सम्मान पहिचान हुने गरी आउनेछ भन्ने विश्वास छ । संघीयताको मुद्दामा ठूलो विवाद देखिएन । पहिचान र सामाथ्र्यताको आधारमा जानुपर्छ भनेर हिजो पनि निर्णय भएको हो । महासमिति बैठकले पनि त्यसैलाई मुख्य आधार बनाएर संघीयता बनाउनुपर्छ भन्ने अधिकार दिएको छ । थोरै बनाउ“दा सातसम्म र धेरै बनाउ“दा १३ वटासम्मका प्रस्ताव आएका छन् । यी दुई प्रस्तावका बीचबाट सहमति गर्न सकिन्छ । पहिचानलाई नकार्ने कोही पनि छैन । पहिचानलाई स्वीकार गर्दा सामाथ्र्यतास“ग कसरी तालमेल गर्ने भन्ने विषयमात्रै कांग्रेसभित्र बहस भए पनि निष्कर्ष मिश्रित पहिचानलाई समातेर जानुपर्छ भन्ने छ । यसमा कसैको विमति होलाजस्तो लाग्दैन ।

 





   

सहसचिवहरूद्वारा मन्त्रिपरिषदका अध्यक्षलाई ज्ञापन

काठमाडौं, ३० चैत– निजामती सेवाका सहसचिवहरूले न्याय सेवाका प्रथम श्रेणी अधिकृतलाई प्रशासन सेवामा समेत सचिव बढुवा गर्न सर्वोच्च अदालतले दिएको आदेश अन्यायपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई कानुन संशोधन गरी सच्याउन सरकारसमक्ष माग गरेका छन् ।
सर्वोच्चले केही समयअघि निजामती सेवातर्फको सचिव बढुवा गर्दा कानुन सेवा (न्याय, कानुन र वकालत समूह) का प्रथम श्रेणीका अधिकृतहरूलाई समेत उम्मेदवार बनाउन सरकारलाई आदेश दिएपछि निजामती सेवाका सहसचिवहरू त्यसको विरोधमा उत्रिएका हुन् ।
निजामती सेवा ऐनको एउटा दफालाई मात्र टेकेर सर्वोच्चले त्यस्तो फैसला गरेको हो । निजामती सेवाको परिभाषा गरिएको एउटा दफामा कानुन सेवालाई समेत उल्लेख गरेको छ, अदालतले संवैधानिक व्यवस्था, निजामती सेवा ऐनको समग्र व्यवस्थालाई नहेरी त्यही एउटा दफलाई मात्र हेरेर फैसला गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
सहसचिवहरूको एउटा टोलीले शुक्रबार चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र मुख्यसचिव लीलामणि पौडेललाई ज्ञापनपत्र दिई अन्तरिम संविधान र निजामती सेवा ऐनको व्यवस्थाभन्दा बाहिर गएर त्रुटिपूर्ण फैसला आएको उल्लेख गर्दै त्यसलाई सच्याउन माग गरेका हुन् ।
ज्ञापनपत्रमा कानुन सेवाका प्रथम श्रेणीका अधिकृत आफ्नो सेवा र निजामती सेवा दुवैतर्फ सचिवमा बढुवा हुन पाउने, निजामती सेवाका सहसचिवहरू भने आफ्नो सेवामा मात्र पदोन्नति हुन पाउने फैसलाले आफूहरूले अन्याय भएको उनीहरूले उल्लेख गरेका छन् ।
कानुन सेवाका सहसचिवहरूमध्ये कानुन समूहका कानुन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कानुन सचिव र कानुन आयोगका सचिवमा, वकालत समूहका सहसचिवहरू चारवटा नायव महान्यायाधिवक्ता (विशिष्ट श्रेणी), न्याय समूहका सहसचिवहरू रजिष्टार र न्याय सेवा आयोगका सचिवमा बढुवा हुन्छन् ।
‘हामीलाई पनि दुईतिर आफ्नो र कानुन सेवामा सचिव बनाऊ भनेका होइनौं । त्रुटिपूर्ण फैसलाका कारण कानुन सेवाका सहसचिवलाई निजामती सेवामा समेत बढुवा हुने दोहोरो अवसर पाएका छन् । यसले निजामती प्रशासनको मनोबल गिर्न र वृत्ति विकासमा नकारात्मक असर पर्न नदिन निजामती सेवा ऐन संशोधन गरी कानुन सेवाका प्रथम श्रेणीका अधिकारीलाई निजामती सेवामा बढुवा हुन नपाउने व्यवस्था गर्न मन्त्रिपरिषका अध्यक्षलाई ध्यानाकर्षण गराएका हौं’ अभियानमा सहभागी एक सहसचिवले भने ।
न्याय सेवाका प्रथम श्रेणी अधिकृतलाई समेत निजामती सेवाको सचिव बढुवा गर्दा निजामती सेवाका सम्पूर्ण कर्मचारीहरूको वृत्ति विकासमा नकारात्मक असर पार्ने र अन्तरिम संविधान र निजामती सेवा ऐनको उल्लंघन हुने जिकिर ज्ञापनपत्रमा गरिएको छ । निजामती सेवाका सहसचिवहरूको आफ्नो सेवाभित्रको सचिवमा बढुवा हुने दायरा खुम्चिंदा उपसचिव, शाखा अधिकृत, नायव सुब्बादेखि खरिदारसम्मको पदोन्नति ठूलोमात्रामा अवरुद्ध हुने र त्यसले सिंगो प्रशासनको मनोबल घट्नेसमेत उनीहरूले उल्लेख गरेका छन् ।
अन्तरिम संविधानमा न्यायालयको स्वतन्त्रताका लागि छुट्टै न्याय सेवा हुनेछ भन्ने उल्लेख भएकाले त्यसलाई निजामती सेवाभित्र ल्याउनु संविधानविपरीत भएको र दुई छट्टाछुट्टै प्रक्रियाबाट कार्यसम्पादन मूल्यांकन हुने दुईथरी कर्मचारीलाई एउटै प्रक्रियामा ल्याएर विशिष्ट श्रेणीमा बढुवा गर्न नमिल्ने ज्ञापनपत्रमा उल्लेख छ ।
न्याय सेवा ऐनमा कानुन सेवाका कर्मचारीहरूको सरुवा र बढुवाको निर्णय न्याय सेवा आयोगबाट र निजामती सेवा ऐनमा निजामती सेवाका कर्मचारीको पदोन्नति लोकसेवा आयोगका सदस्यको संयोजकत्वमा रहने बढुवा समितिबाट हुन्छ । एउटा कानुनबाट गठित न्याय सेवाबाट बढुवा भएका प्रथम श्रेणीका अधिकृतहरूलाई अर्कै कानुनद्वारा गठित निजामती सेवामा बढुवा गर्न नमिल्ने जिकिरसमेत ज्ञापनपत्र गरिएको छ ।
मन्त्रिपरिषका अध्यक्ष रेग्मीले फैसला र ज्ञापनपत्र दुवैको अध्ययन गरी एउटा सेवालाई दोहोरो फाइदा र अर्को सेवालाई मर्का हुने व्यवस्थालाई सच्याउने पहल गर्न आश्वासन दिएको जानकारी एक सहसचिवले दिए ।


मन्त्रिपरिषदद्वारा सेनालाई हतियार खरिद गर्न अनुमति

काठमाडौं, ३० चैत– सरकारले नेपाली सेनालाई नियमित प्रक्रियाअनुरूप हातहतियार खरिदका लागि अनुमति दिएको छ । अन्तरिम चुनावी मन्त्रिपरिÈदको शुक्रबार बिहान बसेको बैठकले विशेष समितिको सिफारिसमा नेपाली सेनालाई नियमित प्रक्रियाभित्र रहेर हतियार खरिदका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मन्त्री पौडेलले जानकारी दिएका छन् ।
माओवादी र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच २०६३ मा भएको विस्तृत शान्ति सम्झौताले नेपाली सेनालाई हतियार खरिद गर्न प्रतिबन्ध लगाएको थियो । सेना समायोजन विशेष समितिको हालै बसेको बैठकले शान्ति प्रक्रिया टुंगोमा पुगेको निष्कर्ष निकाल्दै सरकारलाई सेनालाई हतियार खरिद गर्न दिन सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठकले त्यसलाई औपचारिकता दिएको हो ।
मन्त्रिपरिषदले एक सय २ वटा नियमावलीमा रहेका ‘श्री ५’, ‘श्री ५ को सरकार’ ‘अधिराज्य’, ‘महाराज’ जस्ता शब्दावलीहरू गणतन्त्रको मर्म र भावनाबमोजिम नभएकाले त्यसलाई एकमुष्ठ रूपमा संशोधन गर्ने प्रस्ताव थप छलफलका आफ्नो मातहतको विधेयक समितिमा पठाएको छ । विधेयक समितिले त्यो प्रस्तावलाई पारित गरेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले ती एक सय दुई नियमावली संशोधन गर्ने अध्यादेश जारी गर्नेछ । सरकारले राजतन्त्र अन्त्य भएको ५ वर्षपछि नियमावलीमा रहेका राजतन्त्रकालीन शब्द हटाउन लागेको हो ।
भारतले स्यालो ट्युबवेल जडान गर्न सहयोग गर्ने
भारत सरकारले तराईका विभिन्न जिल्लामा २ हजार ७ सय स्यालो ट्युवेल जडान गर्न २५ करोड ६७ लाख २० हजार रुपैया“ सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदले उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पौडेलले दिए ।
बैठकले आयात प्रतिस्थापन तथा निकासी प्रवद्र्धन विस्तारका लागि नगद प्रोत्साहन दिनेसम्बन्धी कार्यविधि मस्यौदा थप छलफलका लागि मन्त्रिपरिषदमातहतको आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषदले हुलाकी राजमार्ग निर्माणका लागि चितवन र पर्सा जिल्लामा पर्ने राष्ट्रिय निकुञ्ज क्षेत्रमा डोजरलगायत उपकरण सञ्चालनको अनुमतिसमेत दिएको छ ।
मन्त्रिपरिषदले हालै पदोन्नति पाएका सशस्त्र प्रहरी बलका पाँच जना नायब महानिरीक्षकको पदस्थापना तथा सोही पदमा सेवारत छ जनालाई विभिन्न स्थानमा सरुवा गरेको छ ।


Saturday, April 6, 2013

अख्तियारमा कार्कीको प्रस्ताव संविधानविपरीत

संविधानअनुसार नैतिक चरित्र नभएका कार्की अख्तियार प्रमुखका लागि अयोग्य
काठमाडौं, २५ चैत– भ्रष्टाचारजन्य विभिन्न विवादमा परेका अख्तियारकै अभियुक्त पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त गर्नु अन्तरिम संविधानविपरीत हुने टिप्पणी संवैधानिक कानुनका जानाकारहरूले गरेका छन् । उनीहरूले संविधानमा उच्च नैतिक चरित्र कायम भएको व्यक्तिमात्र अख्तियारको प्रमुख आयुक्त र आयुक्तका लागि योग्य हुने प्रस्ट व्यवस्था रहेको उल्लेख गर्दै थुप्रै नैतिक पतन देखिने क्रियाकलाप गरेका काकीलाई अख्तियारमा नियुक्ति गरिएमा संविधानको ठाडो उल्लंघन हुने बताए ।
चार दलीय संयन्त्रले विवादास्पद कार्कीलाई सार्वजनिक पदमा रहेका व्यक्तिबाट हुने भ्रष्टाचार र अख्तियार दुरुपयोगको छानबिन गरी अदालतमा मुद्दा दायर गर्ने महत्वपूर्ण भूमिका भएको अख्तियारको नेतृत्व सुम्पन अन्तरिम चुनावी मन्त्रिपरिषदलाई सिफारिस गरेको हो ।
भन्सार विभागको महानिर्देशक हु“दा ७२ लाख रुपैया“ बराबरको सुन तस्करी गराएको र मुख्यसचिव हु“दा तत्कालीन राजा ज्ञानेन्द्र प्रत्यक्ष शासनका क्रममा शान्तिपूर्ण जनआन्दोलन–०६२÷६३ मा निहत्था सर्वसाधारण जनतामाथि शक्ति, सत्ता र आर्थिक दुरुपयोग गरी दमन गर्ने कार्यमा प्रमुख भएका निर्वाह गरेका कारण कार्की नैतिक पतन भएका व्यक्ति भएका कारण उनलाई अख्तियारमा नियुक्ति गर्नु संविधानविपरीत हुने संवैधानिक कानुनका जानाकारले बताए ।
‘अन्तरिम संविधानको धारा ११९ को दफा ५ (ङ) मा ‘प्रमुख आयुक्त र आयुक्त नियुक्तिका लागि उच्च नैतिक चरित्र कायम भएको व्यक्तिमात्र योग्य हुने’ व्यवस्था छ । संविधानले उच्च नैतिक चरित्र कायम भएको व्यक्ति भनेको कुनै पनि विवादमा नपरेको, कसैले प्रश्न उठाउन नसक्ने स्वच्छ छविको निष्कलंक व्यक्ति हो । भ्रष्टाचारमा मुछिएको, अख्तियारको अहिले पनि अभियुक्त रहेका कार्की नैतिक पतन भएका व्यक्ति हुन् । नैतिक पतन भएका कार्कीलाई प्रमुख आयुक्तमा नियुक्ति गर्नु अन्तरिम संविधानको अक्षर, भावना र मर्मविपरीत हुन्छ’ डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष एवं संवैधानिक कानुनका जानाकार यदुनाथ खनालले भने ।
उनले चार दलीय संयन्त्रले अन्तरिम संविधानविपरीत गएर भ्रष्टाचारमा मुछिएका विवादास्पद छविका कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गरेको बताए । संवैधानिक परिषदले संवैधानिक निकायमा नियुक्तिका लागि तयार गरेको मापदण्डमा उच्च नैतिक चरित्र कायम भएको भन्ने संविधानको व्यवस्थालाई ‘समाजमा प्रतिष्ठित, स्वच्छ, निष्कलंक र नैतिक पतन देखिने कुनै अभियोग नलागेको योग्य व्यक्ति’ हुने व्याख्या गरेको छ । परिषदका तत्कालीन सदस्य एवं प्रधानन्यायाधीश खिलराज रेग्मीको अगुवाइमा नै यो मापदण्ड तयार गरिएको स्रोतले उल्लेख गरेको छ । रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषद र संवैधानिक परिषद दुवैको अध्यक्ष छन् ।
जनआन्दोलन–२०६२÷६३ मा निहत्था जनतामाथि सत्ता, शक्ति र आर्थिक दुरुपयोग निहत्था जनतामाथि दमन गर्न प्रमुख भूमिका निर्वाह गरेकामा पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन आयोगले कार्कीलाई सेवाबाट हटाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी अभिलेखमा राख्न सिफारिस गरेको थियो । अख्तियारले समेत रायमाझी आयोगले गरेको सिफारिसलाई हुबहु अनुमोदन गरी कार्कीलाई सरकारी सेवाबाट हटाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी अभिलेखमा राख्न सरकारलाई निर्देशन दिएको थियो ।
कार्कीले रायमाझी आयोग र अख्तियारको सिफारिसविरुद्ध सफाइ पाउन अदालतमा रिट दिन नगएकाले समेत उनी अख्तियार प्रमुखका लागि अयोग्य भएको कानुनविद् बताउ“छन् । रायमाझी आयोगले जनआन्दोलन–०६२÷६३ का बेला गृहमन्त्री रहेका कमल थापालाई संविधानसभा चुनावका लागि अयोग्य घोषित गरेको थियो । थापाले सर्वोच्चमा रिट दिएर आफूलाई अयोग्य भन्ने घोषणाालाई बदर गराएका थिए । तर, कार्की सर्वोच्चमा नगएका कारण उनलाई सरकारी सेवाका लागि अयोग्य घोषित गर्ने आयोग र अख्तियारको निर्णय र निर्देशन मान्नु सरकारका लागि संविधानतः बाध्यकारी छन् ।
प्रमुख चार दलका प्रमुख नेताहरूले आफूहरूमा सत्तामा रह“दा गरेका सार्वजनिक पदको दुरुपयोग र भ्रष्टाचारजन्य कार्यबाट उन्मुक्ति पाउन आर्थिक विवादमा मुछिएका कार्कीलाई अख्तियारको प्रमुख आयुक्त नियुक्ति गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको स्रोतले बताएका छन् । कार्कीलाई सिफारिस गर्दा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेसका सभापति सुशील कोइराला र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता केपी ओली, मधेसी मोर्चाका पूर्वउप्रधानमन्त्री विजयकुमार गच्छदारलगायका नेता सहभागी थिए । निर्णयकर्ता कोइरालाबाहेक बा“की सबै सत्तामा पुगिसकेका र धेरैजसोको भ्रष्टाचारजन्य अभियोगमा अख्तियारले उनीहरूविरुद्धको उजुरी मुल्तबीमा राखेकाले उनीहरूले उन्मुक्ति पाउन कार्कीलाई राजेको स्रोतले उल्लेख गरेको छ । मुल्तबीमा राखिएको उजुरीमाथि अख्तियारले जुनसुकै बेला छानबिन गर्न सक्छ ।
कार्की माओवादीबाट प्रस्तावित भई चार दलबाट प्रमुख आयुक्तका लागि सिफारिस भएका हुन् । माओवादी सेनाका शिविरमा हु“दै नभएका तीन हजार लडाकुको पा“च वर्षसम्मको मासिक तलब र रासनभत्ताबापतको करिब ३ अर्ब हिनामिना भएको यथार्थ सार्वजनिक भइसकेको छ । उक्त काण्डको छानबिन नहोस् भन्ने उद्धेश्यले माओवादी नेताले कार्कीलाई उम्मेदवार बनाएको र सत्तामा रह“दा आर्थिक विवादमा परेका कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताले त्यसलार्य समर्थन गरेर उनलाई प्रमुख आयुक्तमा सिफारिस गरिएकोसमेत स्रोतले उल्लेख गरेको छ । कार्कीलाई नियुक्ति गर्न सिफारिस गरिएकामा चारै दलभित्र नेतृत्वको तीव्र विवाद भए पनि विभिन्न काण्डमा उन्मुक्ति पाउन नेताहरूले कुनै सुनुवाइ नगरेको ती पार्टीका नेताहरू नै बताउ“छन् ।
प्रमुख चार दलले अख्तियारद्वारा नै ‘भविष्यमा सरकारी सेवामा अयोग्य घोषित’ विवादास्पद कार्कीलाई अख्तियारकै प्रमुख आयुक्त नियुक्त गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेर संवैधानिक निकायकै अपमान गरेको कानुनविद् बताउ“छन् । तत्कालीन राजा ज्ञानेन्द्रको भक्त भएर कार्कीले जनआन्दोलन दबाउनका लागि कर्मचारीहरूलाई राजनीतिक नेताले जस्तो पदीय मर्यादाबाहिर गएर निर्देशन दिएपछि उनी त्यति बेला निकै विवादमा परेका थिए । त्यही कारण जनआन्दोलन सफल भई मुलुकमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उनलाई मुख्यसचिवबाट हटाई दायित्वविमुख बनाएर योजना आयोगको विशेष अधिकृत नियुक्त गरेको थियो । त्यसपछि कार्की राजिनामा दिएर सेवाबाट बाहिरिएका थिए ।
उनले मुख्यसचिवको मर्यादाविपरीत गएर कर्मचारीहरूलाई राजभक्त हुन निर्देशन दिनुका साथै नमान्ने आधा दर्जनबढी सचिवलाई खेदेर अतिरिक्त समूहमा राखेका थिए । तत्कालीन राजा ज्ञानेन्द्र २०६१ मा अफ्रिका भ्रमण गरी फर्कंदा भव्य स्वागत गर्ने नाउ“मा कार्कीले सिंहदरबारभित्र रहेका सम्पूर्ण कर्मचारीलाई सबै गेट बन्द गरेर एक घन्टा थुन्ने हर्कतसमेत गरेको जानकारी तत्कालीन पीडित कर्मचारीले बताए । चार बजे कार्यालय समय सकिएपछि सिंहदबारमा एक घन्टा थुनिएका सम्पूर्ण पा“च बजे जबर्जस्ती हप्काएर सर्वोच्च अदालत अगाडि उभिएर ज्ञानेन्द्रको स्वागत गर्न बाध्य पारेका थिए । उनले ज्ञानेन्द्रलाई रिझाउन सिंहदबारभित्रका १० हजारभन्दा बढी कर्मचारीलाई एक घन्टा थुनेर पछि स्वागत लाइनमा बस्न बाध्य पारेका हुन् ।
कार्कीलाई दायित्वविमुख गर्ने निर्णय गर्दा तत्कालीन कोइराला सरकारमा माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेता (तत्कालीन कांग्रेस, एमाले र सद्भावनाका नेता) सत्तामा थिए । तिनै दलका नेताले कार्कीलाई प्रमुख आयुक्त बनाउन सिफारिस गरेर अख्तियार र उच्चस्तरीय जा“चबुझ आयोगको सिफारिसको उल्लंघन गरेका छन् । ‘कार्कीलाई मुख्यसचिवका लागि अयोग्य भनेर हटाउने दल र तिनका नेताहरूले त्योभन्दा महत्वपूर्ण पदका लागि योग्य देख्नु आफैंमा रहस्यमय छ’ एक सरकारी अधिकारीले भने । ती अधिकारीले गणतन्त्रवादी दलहरूलाई सम्भाव्य सबै योग्यलाई छाडेर सक्रिय राजतन्त्रवादी कार्कीलाई नियुक्तिको सिफारिस गरेर आफ्नै सिद्धान्त, विचार र दर्शनको समेत उपहास गरेको बताए ।
अख्तियारद्वारा सुन तस्कारीमा प्रमुख अभियुक्त ठह¥याई अदालतमा मुद्दा दायर गरिएका कार्कीलाई चार दलले अख्तियारकै प्रमुख आयुक्त नियुक्त गर्न सिफारिस गरेर संवैधानिक निकायकै अपमान भएको सरकारी बताउ“छन् । अख्तियारले कार्कीलाई भन्सार विभागका महानिर्देशक हु“दा २०५१ सालमा भ्रष्टाचार गरी ७२ लाख रुपैया“बराबरको तस्करीको सुनलाई वैधता दिएकामा दोषी ठह¥याई २०५१ सालमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ‘अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको व्यक्तिलाई त्यसैको प्रमुख बनाउन सिफारिस गर्नु अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको उल्लंघनमात्र नभई संवैधानिक निकायकै अपमान हो’ एक सरकारी अधिकारीले भने ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०५१ सालमा ७२ लाख रुपैया“बराबरको बेवारिसे सुन बरामद गरेको थियो । भन्सार विभागका तत्कालीन महानिर्देशक कार्कीले नक्कली सुन धनी खडा गरी भन्सार तिराएर तस्करीको सुन छुटाएका थिए । नक्कली सुन धनी भविन्द्र बुढाथोकीलाई बनाइएको थियो । कार्कीको निर्णयबाट सरकारको ढुकुटीमा आएको ७२ लाख रुपैया“ बराबरको सुन गुम्न पुगेको थियो ।
पुनरावेदनले सरकारवादी सरकारी वकिलले मुद्दा दायर गर्नुपर्नेमा अख्तियारले दायर गर्नु त्रुटिपूर्ण भएको भन्दै मुद्दा खारेज गरी कार्कीलाई बचाएको थियो । अख्तियारले आफ्नो २०५७÷०५८ को वार्षिक प्रतिवेदनमा संवैधानिक निकायले मुद्दा दायर गर्न मिल्दैन भनी कार्कीलाई बचाउन मुद्दा खारेज गर्ने पुनरावेदनको निर्णय त्रुटिपूर्ण रहेको टिप्पणी गरेको छ । अख्तियार कार्कीको सुन तस्करीका बारेमा पुनरावेदनले गरेको फैसलामा चित्र नबुझी त्यसविरुद्ध सर्वोच्चमा गएको थियो । २०५६ सालमा तत्कालीन प्रधानन्यायाधीश मोहनप्रसाद शर्माले कार्कीद्वारा आयोजित कार्यक्रममै सहभागी भएको भोलिपल्टै सर्वोच्चबाट रहस्यमय ढंगले उनलाई सफाइ दिएका थिए । त्यतिबेला कार्कीले शर्मालाई प्रभावमा पारेर सर्वोच्चबाट सफाइ पाएका थिए । आयोगले शर्माको निर्णय त्रुटिपूर्ण भएको उल्लेख गर्दै उक्त मुद्दाको फैसलामा पुनरावलोकन गर्न सर्वोच्चमा निवेदन दिएको र त्यसमा निर्णय आउन बा“की रहेकाले  कार्की अहिले पनि अख्तियारका अभियुक्त हुन् ।

कोइरालाको पार्टीमा शक्तिशाली हुने सपना तुहियो

बैठकद्वारा महासमिति बैठकका एजेन्डा तय
काठमाडौं, २३ चैत– कांग्रेस सभापति सुशील कोइरालालाई एकाएक आफ्ना पूर्ववर्ती सभापतिहरूजस्तै पार्टीमा शक्तिशाली बन्न महत्वाकांक्षा जागेको थियो । कोइरालाद्वारा मनोनीत महामन्त्री कृष्ण सिटौलाले कांग्रेस केन्द्रीय समितिमा विधान संशोधनमार्फत् सभापतिलाई पुनः शक्तिशाली बनाउन प्रस्ताव राखेका थिए । बिहीबार मध्यरातसम्म बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि कोइरालाको शक्तिशाली बन्ने सपना तुहिन पुग्यो । विधान संशोधन प्रस्तावमा सभापतिलाई शक्तिशाली बनाउन कार्यसमितिमा निर्वाचित केन्द्रीय सदस्य संख्या बराबर नै एकलौटी आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गरी बैठकमा सहभागी गराउन सक्ने अधिकार प्रदान लागिएको थियो । तर, केन्द्रीय समितिले उक्त प्रस्तावलाई अस्वीकृत गरेपछि कोइरालाको सपना तुहिएको हो ।
बैठकले कांग्रेसमा केन्द्रीय कार्यसमितिको अधिकार कटौती गरी सभापतिलाई शक्तिशाली बनाउने प्रस्ताव अस्वीकृत गरेको छ । महामन्त्री सिटौलाले आमन्त्रित सदस्यहरू मनोनीत गरी बैठकमा बोलाउने कार्यसमितिको अधिकार कटौती गरी सभापतिलाई दिने प्रस्ताव गरेका थिए । कांग्रेस कार्यसमितिको बिहीबार राति एक बजेसम्म बसेको बैठकले सभापतिलाई शक्तिशाली बनाउन राखेको पार्टीको विधान संशोधन प्रस्ताव अस्वीकृत गरेको हो । विधानले केन्द्रीय कार्यसमितिलाई आवश्यकताअनुसार आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गरी बैठकमा बोलाउने अधिकार दिएको छ  । विधान संशोधन प्रस्तावमा केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य मनोनीत गर्ने अधिकार कटौती गरी सभापतिलाई दिने प्रस्ताव गरिएको थियो ।
बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका सबै र कोइराला समर्थक केही सदस्यले समेत कार्यसमितिको अधिकार कटौती गरी सभापतिलाई दिंदा केन्द्रीय नेतृत्व निरंकुश हुने भन्दै विरोध जनाएपछि प्रस्ताव अस्वीकृत भएको जानकारी स्रोतले दिए । उनीहरूले सभापतिय प्रणालीबाट अघिल्लो महाधिवेशनबाट पार्टीलाई सामूहिक नेतृत्वमा चल्ने लोकतान्त्रिक बनाइएको उल्लेख गर्दै पुनः सभापतिलाई शक्तिशाली बनाउने नाउ“मा निरंकुश बनाउन नहुने अडान राखेका थिए ।
केन्द्रीय समितिले बैठकले जिल्ला सभापतिलाई पदाधिकारी निर्वाचित गर्ने दायरा फराकिलो बनाउने विधान संशोधनको प्रस्ताव भने पारित गरेको छ । महासमितिमा प्रस्तुत गर्न बैठकबाट पारित प्रस्तावमा जिल्ला सभापतिले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यबाट पार्टीको जिल्ला समितिमा पदाधिकारी मनोनीत गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि जिल्ला सभापतिले निर्वाचित जिल्ला सदस्यबाट मात्र जिल्ला समितिको उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षलगायतका पदाधिकारी नियुक्त गर्न सक्ने व्यवस्था थियो ।
कांग्रेसमा सबैजसो जिल्लामा पार्टीका स्थानीय नेता र वरिष्ठ कार्यकर्तामध्ये अधिकांश निर्वाचन लडी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका छन् । जिल्ला कार्यसमिति सदस्यहरू भने धेरैजसो कनिष्ठ कार्यकर्तामात्र चुनिएका छन्, त्यही कारण जिल्ला सभापतिहरूलाई कार्यसमितिमा वरिष्ठ कार्यकर्तालाई पदाधिकारी मनोनयन गर्न समस्या परेको थियो । कांग्रेसका जिल्ला सभापतिहरूको सिन्धुपाल्चोकमा भएको भेलाले विधान संशोधन गरी पदाधिकारी निर्वाचनको दायरा फराकिलो बनाउन प्रस्ताव पारित गरी नेतृत्वसित माग गरेको थियो । महासमितिले विधान संशोधन प्रस्ताव पारित गर्नासाथ कार्यान्वयनमा आउने जानकारी केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले दिए ।
कार्यसमिति बैठकले सोमबार नवलपरासीमा छलफल हुने उपसभापति रामचन्द्र पौडेलद्वारा प्रस्तुत १३ पुष्ठ लामो राजनीतिक प्रस्ताव पारित गरेको छ । बैठकले महासमितिमा आगामी संविधानसभा चुनावमा बहुमत प्राप्त गर्न, निर्वाचन क्षेत्र बढी रहेको तराईका जिल्लामा कांग्रेसको प्रभाव बढाउन, मुलुकमा लोकतान्त्रिक संविधान बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न तथा चुनावमा सबै दललाई सहभागी गराउने वातावरण बनाउन पार्टीले लिनुपर्ने रणनीति तय गर्ने एजेन्डा तय गरेको छ ।
बिहीबार मध्यरातसम्म चलेको बैठकमा राजनीतिक प्रस्तावमा पूर्वउपसभापति गोपालमान श्रेष्ठसहित २२ केन्द्रीय सदस्यले शक्ति पृथकीकरण र न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि अन्तरिम चुनावी मन्त्रिपरिषदका खिलराज रेग्मीले राजिनामा दिनुपर्छ भनी राखेको प्रस्ताव राख्ने÷नराख्नेबारेमा पार्टीमा तीव्र विवाद भएको थियो । ती २२ केन्द्रीय सदस्यले रेग्मीले प्रधानन्यायाधीशबाट राजिनामा दिनुपर्ने विषय राजनीतिक प्रस्तावमा समेट्नुपर्ने र नेतात्रय सभापति सुशील कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति पौडेललगायतका समेट्न नहुने भनी अडान नछाडेपछि मध्यरातसम्म चलेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । नेतात्रयले बाध्यात्मक अवस्थामा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन स्वीकार गरिएको उल्लेख गर्दै २२ सदस्यलाई मनाउने प्रयास गरेका थिए ।
उपसभापति पौडेललगायतका नेता र २२ केन्द्रीय सदस्यबीच शुक्रबार अपराह्न छलफलपछि बीचको बाटो निकालेर सहमति गरिएको छ । लामो छलफलपछि राजनीतिक प्रस्तावमा पूर्वउपसभापति श्रेष्ठसहित २२ केन्द्रीय सदस्यले रेग्मीले प्रधानन्यायाधीशबाट राजिनामा दिनुपर्ने भनी राखेको प्रस्तावमाथि बैठकमा गम्भीर छलफल भएको र त्यसलाई पार्टीको सम्पत्तिका रूपमा स्वीकार गरिएको उल्लेख गर्ने सहमति भएको जानकारी केन्द्रीय सदस्य शंकर भण्डारीले दिए । २२ जनाको प्रस्तावमाथि पार्टीको महासमिति बैठकमा सदस्यहरूले चाहेमा छलफल हुन सक्नेछ ।
लोकतान्त्रिक शक्ति हारेकै कारण्ँ संविधान आउन नसकेको हो ः राजनीतिक प्रस्ताव
बैठकद्वारा पारित राजनीतिक प्रस्तावमा विगतको संविधानसभा निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूको हारकै कारण्ँ नै संविधान बन्न नसकेको ठहर गरिएको छ । ‘गएको संविधानसभामा अलोकतान्त्रिक शक्तिहरूको विजय भयो । जसका कारण्ँ हाम्रो हातमा केही भएन । अलोकतान्त्रिक संविधान आउनबाट रोक्नमात्रै सक्यांै, संविधान ल्याउन सकेनौं’ राजनीतिक प्रस्तावमा छ– ‘माओवादीले चाहेको भए संविधान बन्थ्यो । तर माओवादीले संविधान बनाउन चाहेन ।’ यही कारण काग्रेसलाई आगामी संविधानसभा चुनावमा जनताले बहुमत दिनुपर्छ भन्ने यो राजनीतिक प्रस्तावको मुख्य निष्कर्È भएको जानकारी जोशीले दिए ।
राजनीतिक प्रस्तावमा पृथ्वीनारायण्ँ शाहले नेपाल एकीकरण्ँ गर्दा नेपालमा रहेका सबै जातजाति नेपालीलाई आदिवासी मान्नुपर्ने र आत्मनिणर््ँयको अधिकारलाई व्यक्तिको मौलिक अधिकारको रूपमा लिनुपर्ने उल्लेख छ । संघीयताका विषयमा तराईलाई तीन र पहाडलाई चार प्रदेश बनाउनुपर्ने या आवश्यकताअनुसार सहमतिमा केही प्रदेशको संख्या बढाउन सकिने कांग्रेसको धारणा छ । कांग्रेसले एकल जातीय पहिचानका आधारमा नभई  सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीको समान पहु“च, पहिचान, अवसर र प्रिितनिधित्व हुने गरी राज्यको पुनर्संरचना गर्ने प्रस्ताव गरेको छ । पछाडि परेका दलितलगायतका विभिन्न जातजाति र भाषाभाषीलाई विशेष अवसर र आरक्षण दिनुपर्नेसमेत राजनीतिक प्रस्तावमा उल्लेख छ ।

विवादले कांग्रेस बैठक राति अबेरसम्म जारी

काठमाडौं, २२ चैत– कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक नवलपरासीमा सोमबारदेखि हुने महासमिति बैठकमा पेस गर्ने राजनीतिक प्रस्ताव र विधान संशोधनको प्रस्तावमाथि विवाद भएकाले बिहीबार रातिसम्म छलफल जारी रहेको छ ।
राजनीतिक प्रस्तावमा अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट राजिनामा गराउनुपर्ने विषय महासमितिको छलफलका लागि राख्नुपर्ने २२ केन्द्रीय सदस्यको अडान र सभापतिलाई आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गर्न अधिकार दिने विधान संशोधन प्रस्तावमा विवाद भएकाले बैठक लम्बिएको जानकारी एक सहभागीले दिए ।
ती सहभागीका अनुसार बैठकमा उपसभापति रामचन्द्र पौडेलद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा रेग्मीलाई प्रधानन्यायाधीशबाट राजिनामा गराउने÷नगराउने विषयमा चर्को विवाद भएको छ । रेग्मीलाई शक्ति पृथकीकरण र न्यायालयलाई हस्तक्षेपमुक्त राख्न प्रधानन्यायाधीशबाट राजिनामा गराउनुपर्ने विषय राख्नै पर्ने अडान २२ सदस्यले राखेका छन् । अरू सदस्यले भने रेग्मीलाई प्रधानन्यायाधीशबाट राजिनामा गराउने विषय राजनीतिक प्रस्तावमा नराखी अनुमोदन गर्नुपर्ने अडान राखेका छन् ।
महामन्त्री कृष्ण सिटौलाद्वारा विधान संशोधन प्रस्तावमा केन्द्रीय सभापतिलाई कार्यसमितिमा आमन्त्रित केन्द्रीय सदस्य तोक्ने र बैठकमा बोलाउने अधिकार दिन प्रस्ताव गरिएको छ । विधानमा आमन्त्रित केन्द्रीय सदस्य तोक्ने अधिकार कार्यसमितिलाई छ । आमन्त्रित केन्द्रीय सदस्य तोक्ने र बोलाउने अधिकार दिंदा सभापति निरंकुश हुने दाबी वरिष्ठ नेता शेरबहादुर देउवा निकट सदस्यहरूको छ । जिल्ला, क्षेत्रीय र गाविस इकाइका सभापतिलाई अधिकार बढाउनेबारेमा भने विवाद भएको छैन ।
बिहीबारको बैठकमा ३७ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन् भने अरू सदस्यले धारणा राख्ने क्रम राति अबेरसम्म जारी रहेको एक सहभागीले जानकारी दिए ।

Thursday, April 4, 2013

स्ववियु चुनावको माग गर्दै नेविसंघ आमरण अनसनमा

काठमाडौं, २२ चैत– कांग्रेसको भातृ संगठन नेविसंघले तत्काल स्वतन्त्र विद्यार्थी युनियनको चुनावको  माग गर्दै बिहीबारदेखि राजधानीमा आमरण अनसन सुरु गरेको छ । कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय अगाडि बाह्र दिनदेखि रिले अनसन गर्दै आएको नेविसंघले मागको सम्बोधन नभएको भन्दै आमरण अनसन सुरु गरेको हो  ।
त्रिवि, कीर्तिपुरका इकाइ सभापति कैलास कोइराला, त्रिचन्द्र क्याम्पसका इकाइ सभापति कृष्ण जैसी, शंकरदेवका हरिश भण्डारी, विश्वभाषा क्याम्पसका भीम गौतम र पब्लिक युथ क्याम्पसका सञ्जीव न्यौपाने आमरण अनसनमा बसेका छन् ।
नेविसंघले तत्काल स्ववियु चुनावको मिति घोषणा गरिनुपर्ने, विद्यार्थीका मौलिक हक लागू गरिनुपर्ने र त्रिवि शैक्षिक क्यालेण्डर लागू हुनुपर्ने माग राखेको छ । १२ दिनसम्म जारी २४ घन्टे रिले अनसन बस्दा समेत त्रिविले मागको सुनुवाई नगरेकोले बाध्य भएर आमरण अनसन सुरु गर्नुपरेको नेविसंघले जनाएको छ ।
नेविसंघ नेता भीम गौतमले त्रिविले स्ववियुको मिति घोषणा नगरेसम्म आमरण अनसन जारी राख्ने बताए । विभिन्न बहानामा त्रिवि स्ववियु निर्वाचन नगराउने षड्यन्त्रमा लागेकाले बाध्य भएर आमरण अनसन सुरु गर्नुपरेको जानकारी उनले दिए ।