Monday, May 6, 2013

कार्की, आचार्य र यमी प्रमुखमा सिफारिस

काठमाडौं, २३ वैसाख– संवैधानिक परिषदले तीन संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परिक्षकको कार्यालय र लोकसेवा आयोगमा लामो समयदेखि रिक्त प्रमुख पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
परिषदको आइतबार बसेको बैठकले अख्तियारको प्रमुख आयुक्तमा पूर्वमुख्यसचिव लोकमानसिंह कार्की, महालेखा परिक्षकमा पूर्वअर्थसचिव भानुप्रसाद आचार्य र लोकसेवा आयोगको अध्यक्षमा कयोंदेवी यमीलाई नियुक्ति गर्न सिफारिस गरेको हो । यमी लोकसेवामा कार्यवाहक अध्यक्ष थिइन् ।
महालेखा परिक्षक र अख्तियार २०६३ देखि र लोकसेवा आयोग २०६६ देखि नेतृत्वविहीन थिए । परिषदले लोकसेवा आयोगमा रिक्त दुई सदस्य, अख्तियारमा रिक्त तीन सदस्यमा भने नियुक्तिका लागि सिफारिस गरेन । राष्ट्रपतिले परिषदको सिफारिसमा ती तीन जनालाई नियुक्त गरेमा अख्तियारमा तीन वर्षअघि आयुक्त नियुक्त भए पनि सपथग्रहण नपाएकाले पद बहाली गर्न नपाएका पूर्वडीआईजी केशव बरालले कार्यभार सम्हाल्न पाउनेछन् ।
संवैधानिक निकायका प्रमुखले प्रधानन्यायाधीशसमक्ष र आयुक्तले प्रमुख आयुक्तसमक्ष सपथ खाएपछिमात्र पद बहाली हुने संवैधानिक व्यवस्था छ । त्यही संवैधानिक व्यवस्थाका कारण प्रमुख आयुक्त नभएकाले सपथग्रहण गर्न नपाएर बरालले पदबहाली गर्न नपाएका हुन् । प्रमुख आयुक्त नियुक्ति भएपछि उनीसमक्ष सपथ खाएर बरालले आयुक्तका रूपमा कार्यभार सुरु गर्न पाउनेछन् ।


कार्कीको सिफारिस संविधानविपरीत

  • नैतिक पतन देखिने व्यक्ति संविधानको धारा ११९ (५) अनुसार प्रमुख आयुक्तका लागि अयोग्य
  • संवैधानिक परिषद ऐन, पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्डको उल्लंघन
  • अख्तियारकै अभियुक्तलाई त्यसकै प्रमुखमा सिफारिस गर्नु अख्तियारकै अपमान
  • राजावादी एवं जनआन्दोलनका दोषीको सिफारिसले जनआन्दोलन, गणतन्त्र र सहिदकै उपहास
  • जनआन्दोलन दबाउन कार्कीद्वारा साढे १९ करोड दुरुपयोग
  • ७२ लाखको सुन तस्करीका प्रमुख अभियुक्त
  • दरबारको हुकुम प्रमांगीका अन्तिम अवशेष
काठमाडौं, २३ वैसाख– संवैधानिक परिषदले अन्तरिम संविधानको व्यवस्थाविपरीत जनआन्दोलनका दोषी एवं चरम आर्थिक विवादमा मुछिएका पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

परिषदको आइतबार बसेको बैठकले संविधानको धारा ११९ को दफा ५, संवैधानिक परिषद ऐन र संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड उल्लंघन गरी नैतिक पतन देखिन विभिन्न विवादमा परेका कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
पटकपटक भ्रष्टाचारजन्य कार्यमा मुछिएका कार्कीलाई प्रमुख आयुक्त बनाउन प्रमुख चार दलले गरेको प्रस्तावलाई मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा बसेको परिषद बैठकले अनुमोदन गरेको हो ।
संविधानको धारा ११९ को दफा ५ (क) मा ‘प्रमुख आयुक्त या आयुक्त हुन उच्च नैतिक चरित्र कायम भएको’ व्यक्ति हुनै पर्ने अनिवार्य वयवस्था छ । आर्थिक विवादमा मुछिएका र जनआन्दोलनका दोषीलाई नियुक्तिको सिफारिस गर्दा संविधान, संवैधानिक परिषद ऐन र परिषदले बनाएको संवैधानिक निकायका पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्डको उल्लंघन भएको संविधानविद् बताउ“छन् ।
संवैधानिक परिषद ऐनको दफा ५ र संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्डमा संविधानले प्रमुख आयुक्त र आयुक्तका लागि योग्य हुन उच्च नैतिक चरित्र कायम भएको व्यक्ति भन्ने कुरालाई परिभाषित गरी ‘कुनै पनि विवादमा नपरेको, कसैले प्रश्न उठाउन नसक्ने, सामाजिक प्रतिष्ठा भएको, स्वच्छ छविको निष्कलंक व्यक्ति’ भन्ने उल्लेख गरेको छ ।
भ्रष्टाचारमा मुछिएको, अख्तियारको अहिले पनि अभियुक्त रहेका कार्की नैतिक पतन भएका व्यक्ति हुन् । अख्तियारका अभियुक्त कार्कीलाई त्यसकै प्रमुखमा सिफारिस गरेर परिषदले संवैधानिक निकाय अख्तियारै अपमान गरेको छ । परिषदले नैतिक चरित्र पतन भएका कार्कीलाई सिफारिस गरेर आफैंले बनाएको मापदण्डसमेत उल्लंघन गरेको छ ।
कार्कीले सिफारिस गरेका परिषदका सदस्यहरू सार्वजनिक रूपमा त्यसका बारेमा बोल्न लजाए भने उनीहरूको अनुहार निन्याउरो थियो । पत्रकारले निर्णयबारेमा सोध्दा परिषदका सदस्य ऋघिबाबा प्रधान र माधव घिमिरेले अर्का सदस्य एवं सरकारका प्रवक्ता माधव पौडेललाई देखाए । पौडेलले ‘म सरकारको प्रवक्ता हो, परिषदको होइन’ भन्दै निर्णयबारे जानकारी दिएनन् । 
नैतिक पतन भएका कार्कीलाई प्रमुख आयुक्तमा सिफारिस गर्नु अन्तरिम संविधानको मात्र होइन संवैधानिक परिषद ऐनसमेतको अक्षर, भावना र मर्मविपरीत भएको डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष एवं संवैधानिक कानुनका जानाकार यदुनाथ खनालले बताए । ‘संविधानको धारा ११९ (५) र संवैधानिक परिषद ऐनको दफा ५ मा प्रमुख आयुक्त र आयुक्त हुन उच्च नैतिक चरित्र कायम भएको व्यक्ति हुनुपर्ने व्यवस्था गरेको छ । नैतिक पतन देखिने कार्कीको सिफारिस संविधानको धारा ११९ (५) को प्रमुख आयुक्त र आयुक्तको योग्यतासम्बन्धी व्यवस्था र संवैधानिक परिषद ऐनको दफा ५ को ठाडो उल्लंघन हो’ उनले कान्तिपुरसित भने ।
सर्वोच्चका पूर्वन्यायाधीश टोपबहादुर रायमाझीको संयोजकत्वमा गठित आयोगले कार्कीलाई जनआन्दोलनका क्रममा शक्ति, सत्ता र राज्यको ढुकुटीको चरम दुरुपयोग गरी सर्वसाधारणलाई दमन गरेकामा दोषी ठह¥याई सरकारी सेवाबाट हटाएर भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी अभिलेखमा राख्न सरकारलाई सिफारिस गरेको थियो ।
अख्तियारले २०६३ भदौमा रायमाझी आयोगको प्रतिवेदनलाई हुबहु अनुमोदन गरी जनआन्दोलनका क्रममा राज्यको ढुकुटीको चरम दुरुपयोग गरेका कार्कालाई सेवाबाट हटाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी अभिलेखमा राख्न सरकारलाई सिफारिस गरेको थियो । अख्तियारले आफ्नो उक्त निर्णय वक्तव्य जारी गरी सार्वजनिकसमेत गरेको थियो । संवैधानिक निकाय अख्तियारको सिफारिस कार्यान्वयन गर्नु संवैधानिक परिषद र सरकारलाई बाध्यकारी हुन्छ । तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा कार्कीले जनआन्दोलन दबाउन मुख्यसचिव पदको दुरुपयोग गरी राज्यको ढुकुटीबाट साढे १९ करोड रुपैया“ हिनामिना गरेको ठहरसमेत आयोगको छ ।
संवैधानिक परिषदले संवैधानिक व्यवस्था र अख्तियारको सिफारिसलाई बेवास्ता गरी कार्कीलाई प्रमुख आयुक्तमा सिफारिस गर्नु अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र अन्तरिम संविधानविपरीत हो । अख्तियारद्वारा ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य घोषित’ विवादास्पद कार्कीलाई अख्तियारकै प्रमुख आयुक्त नियुक्त गर्न सिफारिस गर्नु अख्तियारकै समेत उपहास हो ।
परिषदले जनआन्दोलन–०६२÷६३ मा निहत्था सर्वसाधारणलाई दमन गरेकामा दोषी ठहरिएका राजावादी कार्कीको प्रमुख आयुक्तमा सिफारिस गर्दा जनआन्दोलनका सहिद र घाइते, जनआन्दोलन र त्यसको उपलब्धि संघीय गणतन्त्रकै अपमान भएको सरकारी अधिकारी बताउ“छन् ।
जनआन्दोलनपछि गठित सरकारले मुख्यसचिवका लागिसमेत अयोग्य भनी दायित्वविमुख गरिएका कार्कीलाई चार दलको सहमतिमा सरकार प्रमुख बनेका रेग्मी अध्यक्षतामा बसेको परिषद बैठकले त्योभन्दा ठूलो पद अख्तियार प्रमुखका लागि योग्य देखेर सिफारिस गर्नु आफैंमा रहस्यमय भएको सरकारी अधिकारी बताउ“छन् ।
‘कार्कीलाई मुख्यसचिवका लागि अयोग्य भनेर हटाउने प्रमुख चार दल र तिनको सहमतिमा बनेको सरकारले त्योभन्दा महत्वपूर्ण पदका लागि योग्य देखेर सिफारिस गरेपछि उनीहरूको नैतिकता र राजनीतिक मर्यादामाथि गम्भीर प्रश्न उठेको छ’ ती अधिकारीले भने ।
सरकारी पदमा रह“दा कार्की पटकपटक गम्भीर आर्थिक विवादमा मुछिएका थिए । भन्सार विभागको महानिर्देशक हु“दा कार्कीले २०५१ सालमा बरामद भएको तस्करीको ७२ लाख रुपैया“ बराबरको सुनलाई वैधता दिएर भ्रष्टाचार गरेका थिए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०५१ सालमा ७२ लाख रुपैया“बराबरको बेवारिसे सुन बरामद गरेको थियो । तस्करले समातिने डरले उक्त सुन विमानस्थलमै बेवारिसे अवस्थामा छाडेको तत्कालीन भन्सार कार्यालयका एक अधिकारीले भने ।
भन्सार विभागका तत्कालीन महानिर्देशक कार्कीले नक्कली सुन धनी खडा गरी भन्सार तिराएर तस्करीको सुन छुटाएका थिए । तस्करीको सुन अवैध रूपमा भन्सार लिएर छुटाउने निर्णय महानिर्देशक कार्कीले गरेका थिए । नक्कली सुन धनी भविन्द्र बुढाथोकीलाई बनाइएको थियो । कार्कीको निर्णयबाट सरकारको ढुकुटीमा आएको ७२ लाख रुपैया“ बराबरको सुन गुम्न पुगेको थियो । कार्कीले नक्कली सुन धनी खडा गरी मोटो रकम लिएर तस्करीको सुनलाई वैधता दिई भन्सार तिराएर छोडाएका हुन् ।
कार्कीले तत्कालीन प्रधानन्यायाधीश मोहनप्रसाद शर्मालाई प्रभावित पारी सर्वोच्चबाट सुन प्रकरणमा सफाइ पाएका थिए । शर्माले कार्कीका बाबुका नाममा रहेको प्रतिष्ठानको विराटनगरमा भएको कार्यक्रममा सहभागी भएको भोलिपल्टै आफ्नो इजलासबाट कार्कीलाई सफाइ दिने निर्णय गरेका थिए । अख्तियारले कार्कीलाई सफाइ दिने न्यायालयको निर्णय त्रुुटिपूर्ण भएको उल्लेख गर्दै उक्त मुद्दाको फैसलामा पुनरावलोकन गर्न सर्वोच्चमा निवेदन दिएको र त्यसमा निर्णय आउन बा“की रहेकाले उनी अहिले पनि अख्तियारका अभियुक्त हुन् ।
कार्की शक्ति केन्द्र रिझाएर पद प्राप्ति गर्न खप्पिस मानिन्छन् । कार्की दरबारको हुकुम प्रमांगीबाट सरकारी सेवामा प्रवेश गरेका अन्तिम अवशेष हुन् । उनी २०४१ सालमा तत्कालीन राजा वीरेन्द्रलाई रिझाएर हुकुम प्रमांगी सिधै राजपरिषद सेवामा उपसचिव नियुक्ति भएका थिए । उनी २०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री महेश आचार्यलाई रिझाएर राजपरिषद सेवा खारेज भएपछि निजामती प्रशासनमा प्रवेश गरेका हुन् । कोइराला र आचार्यले त्यतिबेला राजपरिषद सेवाबाट निजामती प्रशासनमा आउन नपाइने कानुनी व्यवस्थालाई उल्लंघन गरी कार्कीलाई ल्याएका थिए । शक्ति केन्द्र रिझाउन सक्ने त्यही खुबीका कारण ज्ञानेन्द्रकालमा मुख्यसचिव र अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित चार दलका नेतामार्फत परिषदलाई रिझाएर प्रमुख आयुक्तमा सिफारिस हुन सफल भएका हुन् ।


तीन संवैधानिक प्रमुखमा कार्की, आचार्य र यमी सिफारिस
कान्तिपुर संवाददाता
काठमाडौं– संवैधानिक परिषदले तीन संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परिक्षकको कार्यालय र लोकसेवा आयोगमा लामो समयदेखि रिक्त प्रमुख पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
परिषदको आइतबार बसेको बैठकले अख्तियारको प्रमुख आयुक्तमा पूर्वमुख्यसचिव लोकमानसिंह कार्की, महालेखा परिक्षकमा पूर्वअर्थसचिव भानुप्रसाद आचार्य र लोकसेवा आयोगको अध्यक्षमा कयोंदेवी यमीलाई नियुक्ति गर्न सिफारिस गरेको हो । यमी लोकसेवामा कार्यवाहक अध्यक्ष थिइन् ।
महालेखा परिक्षक र अख्तियार २०६३ देखि र लोकसेवा आयोग २०६६ देखि नेतृत्वविहीन थिए । परिषदले लोकसेवा आयोगमा रिक्त दुई सदस्य, अख्तियारमा रिक्त तीन सदस्यमा भने नियुक्तिका लागि सिफारिस गरेन । राष्ट्रपतिले परिषदको सिफारिसमा ती तीन जनालाई नियुक्त गरेमा अख्तियारमा तीन वर्षअघि आयुक्त नियुक्त भए पनि सपथग्रहण नपाएकाले पद बहाली गर्न नपाएका पूर्वडीआईजी केशव बरालले कार्यभार सम्हाल्न पाउनेछन् ।
संवैधानिक निकायका प्रमुखले प्रधानन्यायाधीशसमक्ष र आयुक्तले प्रमुख आयुक्तसमक्ष सपथ खाएपछिमात्र पद बहाली हुने संवैधानिक व्यवस्था छ । त्यही संवैधानिक व्यवस्थाका कारण प्रमुख आयुक्त नभएकाले सपथग्रहण गर्न नपाएर बरालले पदबहाली गर्न नपाएका हुन् । प्रमुख आयुक्त नियुक्ति भएपछि उनीसमक्ष सपथ खाएर बरालले आयुक्तका रूपमा कार्यभार सुरु गर्न पाउनेछन् ।












हचुवाको भरमा सुरुङमार्ग निर्माणको अनुमति दिने तयारी

काठमाडौं, २३ वैसाख– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक प्राविधिक शर्त पूरा नगरे पनि नेपाल पूर्वाधार विकास कम्पनीलाई ६० किमी लामो ‘काठमाडौं–कुलेखानी हेटौंडा सुरुङ मार्ग’ निर्माण गर्ने स्वीकृति दिन मन्त्रिपरिषदमा प्रस्ताव लाने गृहकार्य अघि बढाएको छ ।
मन्त्रालयले आफैंले गठन गरेको प्राविधिक मूल्यांकन समितिले कम्पनीमाथि वित्तीय स्रोत जुटाउने आधार प्रस्तुत गर्न नसकेको, सुरुङ मार्गको अध्ययन प्रतिवेदनमा सुधार गर्नुपर्ने थुप्रै प्राविधिक कमीकमजोरी रहेको भन्दै उठाएको गम्भीर प्रश्नलाई बेवास्ता गरी मन्त्रालयले उक्त कम्पनीलाई निर्माण गर्न दिन तयारी गरेको हो ।
समितिले उठाएको प्रश्नको जवाफ दिनुभन्दा कम्पनीले एमाओवादी र कांग्रेसका शीर्ष नेतामार्फत् मन्त्री छविराज पन्त र सचिव तुलसीप्रसाद सिटौलालाई व्यापक दिएपछि मन्त्रालयले उसलाई निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा निर्माणको अनुमति दिने प्रस्ताव मन्त्रिपरिषदमा लान लागेको जानकारी उच्च अधिकारीले दिए । पन्त कांग्रेसको सिफारिसमा मन्त्री भएका हुन् ।
समितिले कम्पनीको अध्यययन प्रतिवेदनमा कुलेखानी जलविद्युत् आयोजनाको जलाशयभन्दा मुनिबाट सुरुङ निर्माणका क्रममा गरिने ब्लास्टिङले आयोजना नै खतरामा पर्न सक्नेलगायतका दर्जनभन्दा बढी प्राविधिक कमजोरी रहेको, त्यसमा चित्तबुझ्दो विकल्प र सुधार नभएसम्म निर्माणको स्वीकृति दिन नहुने प्रतिवेदन मन्त्रालयलाई दिएको छ ।  मन्त्रालयको वैदेशिक महाशाखा प्रमुख हरिओम श्रीवास्तव, सडक विभागका महानिर्देशक दिनकर शर्मा, विज्ञ सल्लाहकार वीरेन्द्रबहादुर देउजा, विशेषज्ञ भोजबहादुर ढकाललगायतका प्राविधिक रहेको समितिले उठाएका गम्भीर प्रश्नमा कम्पनीले हचुवा जवाफ दिएको छ । मूल्यांकन समितिमा पदाधिकारी र मन्त्रालयका सबै प्राविधिक सहसचिवले यथास्थितिमा कम्पनीलाई निर्माणको अनुमति दिन अडान मन्त्री पन्त र सचिव सिटौलासमक्ष राखिरहेका छन् ।
तर, समितिलाई बेवास्ता गरी मन्त्रालयले कम्पनीलाई निर्माण गर्न प्रस्ताव अघि बढाउन लागेको स्रोतले उल्लेख गरेको छ । जबकि मन्त्रिपरिषदले कम्पनीलाई सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न दिंदा नै उसको अध्ययन प्रतिवेदनको मूल्यांकन गरेपछि मात्र निर्माणको स्वीकृति दिने निर्णय गरेको थियो ।
राष्ट्रिय गौरवको आयोजना काठमाडौंबाट तराईको निजगढ जोड्ने द्रुत मार्गमा सरकारको तीन अर्बभन्दा बढी खर्च भइसकेको छ भने उक्त मार्ग निर्माणका लागि गरिएको विश्वव्यापी खुल्ला प्रतिस्पर्धामा बुट प्रणालीमा १ अर्ब अमेरिकी डलरभन्दा बढीको भौतिक पूर्वाधार सफलतापूवर्क निर्माण गरिसकेको अनुभव भएका र १ सय ५० मिलियन डलर खुद सम्पत्ति भएका तीनवटा भारतीय कम्पनीले प्रस्ताव हालेका छन् । सुरुङ मार्ग निर्माणका लागि पहिल्यै स्वीकृति दिने हो भने प्रतिस्पर्धामा आएका तीनवटै ठूला कम्पनी फर्कने र द्रुत मार्गको भविष्य नै अन्यौलमा पर्ने प्राविधिक समितिमा रहेका एक अधिकारीले बताए ।
प्राविधिक मूल्यांकन समितिका विशेषज्ञ सल्लाहकार देउजाले सुरुङ मार्गको सम्भाव्यता अध्ययन प्रतिवेदनमा थ्रुपै प्राविधिक कमजोरी रहेको र त्यसलाई कम्पनीले पुनः अध्ययन गरी डिजाइन सुधार नगरेसम्म उसलाई निर्माणको अनुमति दिन नहुने बताए । सडक विभागका महानिर्देशक देउजा निजी–सार्वजनिक साझेदारी निर्माण (बुट) ऐन तर्जुमा, फास्ट ट्रयाकसमिति विभिन्न आयोजनाको अवधारणा तयार पार्नेदेखि त्यसको बिड डकुमेन्ट बनाउने कार्यमा संलग्न विज्ञ हुन् ।
देउजाका अनुसार अध्ययन प्रतिवेदनमा सुरुङ मार्गको प्रस्तावित सडक रेखांकनको करिब साढे ७ किमी भाग फास्ट ट्रयाकभित्र परेको छ । फास्ट ट्रयाकभित्रको उक्त भागमा गुड्ने गाडीको टोल (सडक शुल्क) कसले लिने भन्ने विवाद हुने भएकाले मूल्यांकन समितिले कम्पनीले सुरुङमार्गको छुट्टै रेखांकन निर्धारण गरी अध्ययन प्रतिवेदन पुनरावलोकन गरेसम्म उसलाई निर्माण गर्न दिन नहुने प्रतिवेदन समितिले दिएको छ ।
कम्पनीको अध्ययन प्रतिवेदनमा सडकमा एक सय मिटरसम्म कटिङ हुने ‘हाइ कट’ र उच्च फिलिङ भएको सडक बनाउने प्रस्ताव गरिएको छ । त्यति धेरै हाई कट भएको र उच्च फिलिङ भएको सडक भू–क्षयको चपेटामा पर्ने भएकाले त्यसको विकल्पमा समितिले रेखांकन परिवर्तन गर्न या ती ठाउ“मा सुरुङ निर्माण गर्नुपर्ने उल्लेख गर्दै त्यसअनुरूप नया“ डिजाइन तयार गर्न कम्पनीलाई भनेको छ । कम्पनीले त्यसलाई अस्वीकार गरेको छ ।
कम्पनीले कुलेखानीदेखि भीमफेदीसम्म ४.५५ किमी लामो चार लेनको सुरुङ निर्माण गर्ने प्रस्ताव गरेको छ । सुरुङ मार्गसम्बन्धी अध्ययन प्रतिवेदनमाथि समितिले गम्भीर प्राविधिक कमजोरी र लागत अनुमानमाथ गम्भीर प्रश्न उठाएको छ । कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमुनिबाट सुरुङ निर्माणका क्रममा ब्लास्टिङ गर्दा आयोजना खतरामा पर्ने अवस्था रहेको र त्यसतर्फ कम्पनीको अध्ययन प्रतिवेदनमा ध्यान नदिइएको देउजाले बताए ।
उनका अनुसार सुरुङभित्र २४ सै घन्टा पर्याप्त प्रकाश र हावा हुने व्यवस्था गर्न ‘पावर ब्याकअप’ का रूपमा कम्तीमा ६ मेगावाटको विद्युत् प्लान्ट राख्नुपर्ने भए पनि कम्पनीको अध्ययन प्रतिवेदनमा त्यस्तो प्लान्ट राख्ने कुनै योजना छैन । समितिले कम्पनीका अधिकारीलाई सोध्दा सुरुङ निर्माण गर्दासम्म मुलुकमा पर्याप्त बिजुली उत्पादन हुने र त्यस्तो प्लान्ट आवश्यक नपर्ने हचुवा प्रत्युत्तर दिएको देउजाले बताए । उनले मुलुकमा धेरै वर्षसम्म बाह्रैमास बिजुली निर्बाध हुने अवस्था नै नरहेको र भएछ भने पनि बेलाबेलामा प्रसारण प्रणालीमा विद्युत् अवरुद्ध हु“दा ब्याकअप प्लान्ट नहुने हो भने सुरुङभित्र प्रकाश र हावाको अभाव भई गम्भीर दुर्घटना निम्तिन सक्ने खतरा रहेको, तर कम्पनी डिजाइनमा सुधार गर्न तयार नरहेको जानकारी दिए ।
कम्पनीले लगानीको प्रतिफल बढी देखाउन सुरुङ निर्माणको लागत अविश्वसनीय रूपमा कम देखाएको छ । उसले प्रस्ताव गरेको सुरुङ निर्माण लागतभन्दा चार÷पा“च गुनासम्म बढी लाग्ने समितिको ठहर छ । ‘कम्पनीले चार लेनको सुरुङ निर्माणको लागत प्रतिमिटर २५ देखि ३० हजार डलर देखाएको छ, जबकि युरोप÷अमेरिका र भारतमै समेत प्रतिमिटर सुरुङ निर्माणको लागत २÷३ लाख डलर पर्छ’ देउजाले भने– ‘यसमा प्रश्न उठाउ“दा कम्पनीले सुरुङ निर्माणमा नेपाली इन्जिनियर संलग्न हुने भएकाले लागत कम पर्ने हचुवा तर्क गरेको छ । समितिले वास्तविकतामा आधारमा लागत अनुमान गरी अध्ययन प्रतिवेदन पुनरोवलकन गर्न भने पनि कम्पनीले अटेर गरिरहेको छ ।’
सुरुङ मार्गमा ३० मिटरभन्दा अग्ला पिलर हुने नौवटा पुल निर्माण हुने र त्यसलाई नेपाली ठेकेदारले बनाउने अध्ययन प्रतिवेदनमा छ । त्यति अग्ला पिलर भएका पुल निर्माण गरेको अनुभव नेपाली ठेकेदारसित नभएको उल्लेख गर्दै समितिले ती पुलको सुरक्षामाथि प्रश्न उठाएको छ ।
देउजाले सुरुङ मार्गको प्राविधिक गहिराई र समस्या नहेरी राजनीतिक र प्रशासनिक नेतृत्वबाट कम्पनीलाई निर्माण गर्न अनुमति दिइए सुरुङ मार्ग नै निर्माण हुन नसक्ने र मुलुकका लागि दुर्भाग्यपूर्ण हुने चिन्ता व्यक्त गरे ।
उनका अनुसार कम्पनीले पेस गरेको वित्तीय स्रोत विश्वसनीय छैन । ‘निर्माणको लाइसेन्स लिएर लगानी खोज्ने कम्पनीको मनसाय देखिन्छ’ उनले भने । कम्पनीले ३२ अर्ब रुपैया“ निर्माण लागत लाग्ने अनुमान गरिएको सुरुङ मार्गका लागि गैर आवासीय नेपालीबाट ८ अर्ब १२ करोड, २ लाख ५० हजार व्यक्तिबाट ८ अर्ब १२ करोड तथा स्थानीय निकाय, उद्योग वाणिज्य महासंघ, निर्माण व्यवसायी महासंघलगायतको शेयर रहने र सर्वसाधारणमा कुल लागतको ३० देखि ४९ प्रतिशत शेयर जारी गरिने र बा“की लगानी बैंकले गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बैंकहरू लगानी तयार रहेको प्रचार गरिरहेको छ । तर, बैंकले यदि उक्त सुरुङ मार्ग प्राविधिक र आर्थिक दृष्टि उपयुक्त भएमा मात्र आफूहरू लगानी गर्न तयार रहेको पत्र मन्त्रालयलाई दिएका छन्, यसलाई बैंक लगानी गर्न तयार रहेको भन्न नमिल्ने समितिका पदाधिकारी बताउ“छन् । २ लाख ५० हजार व्यक्ति र गैरआवासीय नेपालीबाट सवा आठ अर्बका दरले लगानी जुटाउने कुरा नै सबभन्दा अविश्वसनीय छ । ती पदाधिकारीअनुसार गैर आवासीय नेपालीबाट हालसम्म पनि ३÷४ अर्बभन्दा मुलुकमा लगानी आइसकेको छैन भने सुरुङ मार्गमा मात्र उनीहरूबाट कसरी सबा आठ अर्ब लगानी आउ“छ भन्ने प्रश्न समितिका एक अधिकारीले गरे ।
राष्ट्रिय प्राथमिकता प्राप्त र झन्डै ट्रयाक खोलिसकेर बुट प्रणालीमा निर्माण दिन टेन्डर आह्वान गरिसकिएको काठमाडौंबाट प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ जोड्ने द्रुत मार्गका बारेमा निर्णय नगरी सुरुङ मार्ग निर्माण गर्न कम्पनीलाई स्वीकृति दिइए गम्भीर समस्या आउन सक्ने देउजाले बताए । बुट प्रणालीमा भौतिक पूर्वाधार निर्माण गर्नेसम्बन्धी ऐनको दफा १७ मा एउटा आयोजनालाई असर पर्ने गरी अर्कोलाई अनुमति दिन नमिल्ने व्यवस्था रहेको र दुवैलाई निश्चित शर्तमा सहमत गराई दुवै आयोजना बन्ने गरी एकैचोटि स्वीकृति दिनुपर्ने उनले बताए । उनका अनुसार कम्पनीलाई पहिला सुरुङ मार्ग निर्माण गर्न दिने हो भने ऐनको दफा १७ अनुसार आफूलाई असर पर्ने फास्ट ट्रयाकमा निर्माणको अनुमति दिएको भन्दै अदालतमा गएमा फास्ट ट्रयाक अवरुद्ध हुने र दुवै नबन्ने दुर्भाग्यपूर्ण स्थिति आउन सक्छ ।

पूर्वाधार विकास कम्पनीका प्राविधिक उपाध्यक्ष लाल कृष्ण केसीले सुरुङ मार्गको लागत त्यहा“को भूगोलको सम्भाव्यता अध्ययन, नेपाली, प्रविधि, सीप र श्रमबाट निर्माण भएकाले लागत कम रहेको र त्यो वास्तविकतामा आधारित रहेको दाबी गरे । उनले बैंकहरू लगानी गर्न तयार रहेको र धितोपत्रमा सूचीकृत भई शेयर जारी गरेपछि सुरुङ मार्गका लागि वित्तीय स्रोत जुट्ने दाबी गरे । कम्पनीको अध्ययन प्रतिवेदनमाथि प्राविधिक र आर्थिक प्रश्न उठाउने मन्त्रालयका कर्मचारीहरूको सोचाइ सा“घुरो रहेको आरोप लगाउ“दै उनीहरूको टिप्पणी आधारहीन भएको दाबी गरे । ‘हामीले मन्त्रालयका अधिकारीहरूले धेरैपटक मौखिक र लिखित विश्वास दिलाइसकेका छौं । अहिले हाम्रो परियोजना स्वीकृत हुने चरणमा छ’ केसीले भने ।



रेग्मीले प्रधानन्यायाधीशबाट राजीनाममा दिनुपर्छ : रायमाझी

प्रमुख दलहरूबीच एक–अर्कालाई स्वीकार नगरिरहेको अवस्थामा विकल्पमा उनीहरूकै सहमतिमा संविधानसभाको दोस्रो चुनाव गराउन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भएको पनि दुई महिना हुन लाग्यो । रेग्मी प्रधानन्यायाधीश र मन्त्रिपरिषदको अध्यक्ष दुवै पदमा बहाल रह“दासम्म मुलुकमा शक्ति पृथकीकरण र न्यायिक न्यायालय स्वतन्त्र हुन नसक्ने आवाज धेरैतिरबाट उठिरहेको छ । न्यायाधीशहरूलाई ‘माथि’ बाट प्रत्यक्ष हस्तक्षेप आएको घटनासमेत सार्वजनिक भइसकेको छ । पूर्वप्रधानन्यायाधीश मिनबहादुर रायमाझी शक्ति सन्तुलन र न्यायालयको स्वतन्त्रताका लागि रेग्मीले प्रधानन्यायाधीश पदबाट राजिनामा दिनुपर्ने बताउ“छन् । प्रधानन्यायाधीश र मन्त्रिपरिषदको अध्यक्ष एउटै व्यक्ति भएको बेलामा न्यायालयलाई कसरी स्वतन्त्र राख्न सकिन्छ भन्नेलगायतका समसामयिक विषयमा रायमाझीस“ग कान्तिपुरका बलराम बानिया“ र घनश्याम खड्काले गरेको कुराकानीः

शक्ति सन्तुलनको सिद्धान्तले प्रधानन्यायाधीश र मन्त्रिपरिषदको अध्यक्ष एउटै व्यक्ति हुनुहुन्न भनिन्छ, अहिले दुवै पदमा एउटै व्यक्ति हुनुहुन्छ, यो अवस्थालाई तपाईंले कसरी हेरिरहनुभएको छ ?
शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्त नपढ्ने र नजान्ने नेता यो देशमा कोही पनि छैनन् । यो परिस्थिति थाहा हु“दाहु“दै उहा“हरूले नै ल्याउनुभएको हो । सुरुमा दलका नेताबीच रेग्मीका नाममा सहमति हुनु कंग्रेसका केही नेता पनि कहा“ यस्तो हुन्छ भनेर बम्किनु भो । एमाले नेताहरू पनि बम्किनु भो । फेरि रातभरमा विरोध गर्ने नेताहरू ‘युटर्न’ भएर पक्षमा उभिन पुग्नुभयो । नहुनु पर्ने कुरो भयो । यसमा मैले के भनिरहनु अब ?
बाधा अड्काउ फुकाउने भनेको के हो ?
यसबारेमा मैले धेरै कुरा लेखेको छु । शाही आयोगकै फैसलामा पनि त्यो छ । कहिलेकाही“ बाधा अड्काउ आवश्यक पर्छ । तर संविधानको सम्पूर्ण भावना नै बदल्ने गरी बाधा अड्काउ फुकाउने होइन । संविधानलाई चलायमान गराउनका निम्ति नगरीकन नहुने कुरा हो बाधा अकाउ फुकाउ । तर यहा“ जे ठीक थिएन, त्यही भयो । अरू मोडल पनि हुन सक्थ्यो । बाधा अड्काउ फुकाउका नाममा जेजे गरियो, त्यसले शक्ति सन्तुलनको सद्धान्तलाई बिगार्छ, यो राम्रो होइन भनेर यसको विरोध भएको थियो । तैपनि चार दलले मिलेर गरे ।
बाधा अड्काउको आदेशले संविधानै संशोधन हुन सक्छ ?
जसको नामै बाधा अड्काउ छ, त्यसले संविधान संशोधन कसरी हुन सक्छ ?
तर यहा“ त भयो नि ?
त्यही त नहुनु पर्ने काम भयो भनिरहेको छु ।
बाधा अड्काउको आदेशअनुसार रेग्मीले चुनाव गराउन सक्नुभएन र उहा“ पनि हट्नुभयो भने त्यसपछि जो प्रधानन्यायाधीश हुन्छ, उही सरकारको प्रमुख हु“दै जान्छन् ?
खै बाधा अड्काउ आदेशमा के लेख्या छ, मैले त राम्ररी हेर्न पनि हेरेको छैन । यति वाक्क लाग्दो भइसक्यो कि, मैले हेर्नै छाडिदिए“ । तर मैले अघि पनि भनिसकेंं, बाधा अड्काउ फुकाउले संविधान संशोधन गर्न सक्दैन । अहिले जे भयो, यो एकपटकका लागिमात्रै हो । यसको अवधि सकिएपछि संविधान पहिलेकै जस्तो हुन्छ । संविधानमा त प्रधानन्यायाधीश सरकार प्रमुख हुने व्यवस्था कहा“ छ र ? यो त अहिले आपत पर्दा भएको एउटा निर्णयमात्रै हो । यो सधैं यस्तै हुन्छ भन्ने होइन । अहिलेको अवस्थाका निम्ति जहा“ जहा“ जे जे गर्नुपर्ने हो, त्यो गरियो । यो दोहोरिरहने कुरा होइन ।
अहिलेको यो संवैधानिक निकास के त ?
अहिलेको संवैधानिक व्यवस्था भनेको राजनीतिक सहमति हो भन्ने देखियो । दलहरूको सहमतिमा जे पनि हुने भयो । सिद्धिहाल्यो कुरा । दलहरूले नै सहमतिमा जे उपयुक्त हुन्छ त्यही गर्ने हो । यसमा अव संविधानको व्याख्याले काम गर्दैन ।
अन्तरिम संविधान २ वर्षका लागि भनेर बनाइएको, यो त अनन्तसम्म जाला जस्तो पो देखियो, हैन ?
अर्काे संविधान नबनेपछि त जानै प¥यो नि । हेर्नुस्, बिग्रिन थालेपछि जता पनि बिग्रंदैं जान्छ । प्वाल पर्न थालेपछि परिरहन्छ । टालेर साध्य हु“दैन । त्यस्तै भो हाम्रो संविधान । अहिले भइरहेको व्यवस्थामा कुनै विकल्प छ भने त्यही अन्तिरिम संविधान हो । जतिपटक संशोधन भएको भए पनि काम यसैले चलाउनु पर्छ । अरू उपाय छैन ।
यस्तोमा चुनाव होला त ?
अहिले ३२/३३ दलको विरोध भइरहेको छ । अब के गर्ने, समस्या भइरहेको छ । चुनाव हुने हो कि होइन, यसमा पनि द्विविधा छ । यतिका दल विरोधमा आइरहेका छन्, यस्तोमा चुनाव कसरी गराउने हो । यिनीहरूलाई बाहिर राखेर चुनाव गराउन हुने हो कि होइन ? म यसै भन्न सक्दिन ।
शक्ति सन्तुलन कसरी मिलाउने त ?
मन्त्रिपरिषदका अध्यक्ष र प्रधानन्यायाधीश एउटै व्यक्ति हुन हु“दैन । खिलराजजीले प्रधानन्यायाधीशबाट राजिनामा दिएर अदालत छाडिदिनु पर्छ ।
उहा“ ‘म त बिदामा बसेको मान्छे जस्तो छु, बिदामा बसेको मान्छेले कार्यालयको काम गर्दैन, किन राजिनामा दिनु प¥यो भनिरहनुभएको छ नि ?’
त्यो त हो । निश्चय नै उहा“ले सर्वोच्चको काम गर्नु हुन्न । त्यतातिर हेर्दा पनि हेर्नु हुन्न । फलानोलाई फलानो मुद्दा पार, फलानोलाई तिलानो मुद्दा पार भनेर हस्तक्षेप गर्नुहोलाजस्तो पनि मलाई लाग्दैन । तै पनि मान्छेले एउटा देख्ने कुरा के भने न्यायपालिका र कार्यपालिकाको प्रमुख एउटै मान्छे छ । यस्तो अवस्थामा आममान्छेले अदालत स्वतन्त्र छ भनेर विश्वास गर्न गाहो हुन्छ । यसो हु“दा न्यायालयप्रति आममान्छेको शंका बढ्छ । यो स्वभाविक पनि हो ।  कायम मुकायम प्रधानन्यायाधीश हु“दासम्म धरमर हुन्छ । जति आ“ट प्रधानन्यायाधीशलाई हुन्छ त्यति कामु प्रधान न्यायाधीशलाई हु“दैन । नेतृत्व हल्लिन्छ ।
नेपालको न्यायालय यति लामोसम्म कामु प्रधानन्यायाधीशका भरमा चलेको थियो कहिल्यै ?
कहिल्यै थिएन । यो दुर्भाग्य हो, अहिले चलिरहेछ ।
भोलि रेग्मी सरकारबाट फर्केर आएपछि के हुन्छ ?
फर्केर आउनु भो भने बस्नुहुन्छ, आफ्नो काम गर्नु हुन्छ । अरू के हुन्छ र †
उहा“ सरकारको प्रमुख हु“दा गरेका कामकारबाही र निर्णयबारेमा परेको रिटमा के गर्ने ?
उहा“ले हेर्नु हुन्न त्यस्तो मुद्दा ।
पेसी कसले तोक्छ त ?
पेसी उहा“ले नै तोक्नु हुन्छ ।
भनेपछि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुन सक्ने भयो नि ?
अवश्य देखिन्छ । त्यसैले यी कुरा बचाउनका निम्ति यो प्रक्रियामै प्रवेश गर्नु हु“दैनथ्यो । तर गरिसकियो । अहिले पनि त्यसलाई सुधार्ने एउटै उपाय भनेको उहा“ (रेग्मी) ले राजिनामा दिनु नै हो । खिलराजजी जुडिसरी राम्ररी बुझेको मान्छे हो । मलाई जहा“सम्म लाग्छ, उहा“ले राजिनामा दिने सोच बनाउनु भएको होला ।
राजिनामा त दिन्न भनिसक्नुभएको छ नि ?
मलाई त यो थाहा छैन ।
यहा“ले भन्नुभो, दुवै निकायको प्रमुख एउटै हु“दा न्यायालयप्रतिको जनविश्वास टुट्छ । विश्वास भएन भने के हुन्छ ?
न्यायालयको सबभन्दा ठूलो शक्ति भनेकै जनविश्वास नै हो । सुरक्षा र प्रहरीको पहरा अदालतको शक्ति होइन, नियम र कानुन पनि अदालतको शक्ति होइन । अदालतको शक्ति आमजनताले यसमा गर्ने विश्वास नै हो । त्यही भएन भने त बबौद हुन्छ । न्यायालय हदैसम्म कमजोर हुन पुग्छ ।
न्यायालयको स्वतन्त्रता भनेको के हो ?
यो न्यायाधीशको विवेक सम्मत फैसला गर्ने स्वतन्त्रता हो । संविधान र कानुनले दिएको अधिकारको प्रयोग गरी न्यायाधीशले फैसला गर्ने हो ।
न्यायाधीशलाई कसैले यस्तो गर, उस्तो गर भनेर आदेश वा दबाब दिने पनि हुन्छ र ?
त्यो हु“दैन । न्यायाधीशलाई कसैले आदेश दिन सक्दैन । दिए पनि मान्नु हु“दैन ।
तर सर्वाेच्चका एक जना न्यायाधीश गिरिशचन्द्र लालले गत साता इजलाशमै ‘माथिको प्रेसर छ, छिटो सक्नुप¥यो’ भन्नु भयो । यो भनेको के हो ?
खै मलाई थाहा छैन । म त न्यायधीशलाई दबाब हुन्छ वा आदेश आउ“छ भन्नेमा विश्वास गर्दिन । तर कसैले त्यसो भन्छ भने त्यो दुर्भाग्य हो । दबाब सुन्ने र आदेशमा काम गर्ने भन्ने कुरा न्यायाधीशलाई सुहाउ“दैन । कसैको दबाबमा काम गर्ने त न्यायाधीशै होइन । न्यायाधीशले त विवेक प्रयोग गर्ने हो, प्रमाण र कानुन हेर्ने हो । फलानाले यसो गरिदिनुस् न भनेका भरमा काम गर्ने त न्यायाधीशै होइन ।
स्थायी दरबन्दी खाली हु“दाहु“दै अस्थायी नियुक्ति गर्ने काम भयो । यो उपयुक्त हो त ?
यो उपयुक्त थिएन । स्थायी पद खाली भएपछि पहिले त्यही पूर्ति गर्नु पथ्र्याे ।
किन यस्तो भयो त ?

त्यो मलाई थाहा छैन । लामोसमयसम्म न्यायाधीश नियुक्त भएन । ढिलो नियुक्ति हुनु पछाडिको कारण कसलाई छान्ने भन्ने द्विविधा हुन सक्छ । तर मेरो पालामा मैले यो हुन दिइन । मैले मेरै भाञ्जी ज्वाइ“लाई पुनरावेदनका लागि नियुक्त गरिन ।
हाम्रो न्यायालयको अहिलेको मुख्य समस्या के हो ?
धेरै समस्या छन्, कसलाई मुख्य भन्ने ? एउटा समस्या त न्यायाधीशको दरबन्दी पूर्ति गर्नेमै देखियो । म त लामो समय भइसक्यो न्यायालयबाट बाहिरिएको । त्यहा“ काम गर्ने कर्मचारीका पनि आफ्नै समस्या होलान् । बजेटको समस्या पनि होला । यी त भइरहने समस्या भए । तर मुख्य समस्या चाहि“ न्यायाधीशको कमी नै हो । न्यायाधीश कम हु“दा मुद्दाको टुंगो लगाउनै जुग लाग्छ ।
यस्तोमा कसरी अगाडि बढ्ने त ?
माथिल्लो कोर्ट भनेको करेक्सनल कोर्ट हो । केही गल्ती छ कि भनेर हेर्ने हो । सबै मुद्दा सर्वाेच्चमा लैजानु आवश्यकै हु“दैन र छैन पनि । त्यसो हु“दा सुनुवाइ प्रक्रियामै सुधार गर्नु पर्छ । अमेरिकाको सर्वाेच्च अदालतमा पनि वर्षेनी १२÷१५ हजार मुद्दा पर्छन्, नपर्ने होइन । तर त्यसको छनौट हुन्छ । अनि मुस्किलले २ सय मुद्दामात्रै सर्वाेच्चका लागि छानिन्छन् । अरू सबै त्यहा“का न्यायाधीशले फाइल पढेर मुद्दा अघि बढाउनु नपर्ने भनेर फिर्ता गरिदिन्छन् ।
हामीकहा“ पनि पुनरावेदनले पनि सदर गरी टुंग्याइसकेको मुद्दा सर्वाेच्चमा नलैजाऊ“ भन्ने प्रयास त भएको हो । तर दोहो¥याइपाऊ“ भनेर जान्छन् । त्यसमाथि पनि बहस हुन्छ, इजलाशको समय त्यसै खेर गइरहको छ ।
पुनरावेदनले सदर गरिसकेको मुद्दा सर्वाेच्चले नहेर्ने प्रयास सफल किन हुन सकेन त ?
कानुनमा दोहो¥याउन पाउने भन्ने व्यवस्था छ । झगडियाले त हारेपछि सकेसम्मको उपचार खोज्छ । यसलाई सुधार गर्न ऐनमा संशोधन गर्नु जरुरी छ । नेतृत्व अलि चुस्त भयो भने अहिले पनि धेरै कुरा गर्न सकिन्छ । युरोप, अमेरिकातिर एक घन्टामा एउटा मुद्दाको टुंगो लाग्छ । वकिलले पहिल्यै बहस नोट दिन्छन् । न्यायाधीश आएर प्रश्नहरू गर्छन् र तुरुन्तै फैसला सुनाउछन् ।
तर हाम्रामा त वकिलहरू घण्टौं बहस गर्छन् । एउटै मुद्दामा ४०/५० जनाले वकालतनामा हाल्छन् । प्रत्येकले बहस गर्छन् । यो कही“ नभएको चलन हो । यस्तो गर्न दिनु हुन्न । एउटा लिड लयर हुन्छ, उसलाई निर्धारित समयमा आफ्ना कुरा राख्न दिनुपर्छ । अरू वकिलले सघाउनेमात्रै हो, बहस गर्ने होइन । लिड लयरको धारण हाम्रो कानुनमा पनि छ । त्यसलाई लागू गर्नुबित्तिकै थोरै न्यायाधीशले पनि धेरै मुद्दा हेर्न सक्छन् ।
किन त्यो लिड लयरको धारणा लागू हुन सकेन ?
यो समाजमा परिवर्तन ल्याउन निकै गाह्रो छ । सानो कुरा बदल्न पनि धेरै मिहेनत गर्नु पर्छ । लिड लयरको कानुनमा व्यवस्था छ, त्यसलाई लागू गर्न चाहे सकिन्छ, तर भइरहेको छैन ।

अदालत भनेको त समाजको निर्णायक हो । त्यो नै अलमलमा प¥यो भने समाज पनि त अलमलमा पर्ला नि ?
हामीले सुधार गर्नुपर्ने कुरा धेरै छ । हाम्रो न्यायालय अहिले पञ्चवर्षीय योजनामा चलिरहेको छ । के गर्ने र कसरी यसलाई व्यवस्थित बनाउने भन्ने प्रयास हु“दै नभएका होइनन् । योजना बनाएर नेतृत्वले दिन सके सरकारले बजेट दिन्न भन्न सक्दैन, दिने गरेकै छ ।
म प्रधानन्यायाधीश हु“दा मुद्दामा मेलमिलापको अवधारणा सुरु गरेको थिए“, त्यसका लागि अर्थमन्त्रीलाई चार करोड रुपैया“ चाहियो भने“, उनले हुन्न भन्न सकेनन् । यसरी गर्न सकिन्छ नि ।
हामीले पुनरावेदन तहको अदालतलाई पनि निकै शक्तिशाली बनाएका छौंं । रिटको क्षेत्राधिकारसमेत दिएका छौं । अहिले त जिल्ला अदालतले पनि बन्दीप्रत्यक्षीकरण इतयादिको रिट हेर्ने क्षेत्राधिकार पाएका छन् । सुधार त भइरहेकै छ नि ।
एक त फैसला हुनै वर्षाैं लाग्छ, भइसकेपछि पनि त्यसको कार्यान्वयन झन् वर्षाै बितिसक्दा पनि भइहेको छैन । यसलाई कसरी हेर्नुभएको छ ?
विश्वमा न्यायालय र विधिशास्त्रको विकास भएको हजार वर्ष हुन लाग्दा हामीकहा“ कुनै केही व्यवस्थै थिएन । न्यायालयको आधुनिक अवधारणाले हाम्रो मुलुकमा प्रवेश पाएर काम सुरु भएकै ६० वर्ष नाघेको छैन । तर हाम्रो न्यायालयले विश्वका पुराना न्याय प्रणालीस“ग यति छोटो समयमा तालमेल मिलाउन सक्यो । यो पनि चानचुने उपलब्धि होइन ।
अरूले हजार वर्षमा सुरु गरेको न्यायप्रणाली हामीले यति कम समयमा हासिल गर्न सक्नु राम्रो हो ।
अब बा“की समस्या छन् भने त्यो पनि समाधान गर्न सकि“दैन भन्ने होइन । फैसलाको कार्यान्वयनमा पनि सरकारले चासो दिए गाह्रो छैन । सबै काम न्यायालयले मात्रै त गरेर हु“दैन ।









Thursday, May 2, 2013

अर्थमन्त्रालयको प्रमुख आर्थिक सल्लाकारमा नेपाल नियुक्त

विभिन्न दातृ निकायले पौने १३ अर्ब सहयोग गर्ने
काठमाडौं, १९ वैसाख– सरकारले अर्थमन्त्रालयको रिक्त प्रमुख आर्थिक सल्लाहकारमा अर्थविद् डा. चिरञ्जीवी नेपाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अर्थमन्त्री शंकर कोइरालाको प्रस्तावमा नेपाललाई अर्थमन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको हो ।
अर्थशास्त्रका प्राध्यापक नेपाल यसअघि धितोपत्र बोर्डको अध्यक्ष र परराष्ट्रमन्त्री सुजाता कोइरालाको पालामा परराष्ट्र सल्लाहकारसमेत भइसकेका व्यक्ति हुन् । माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री हु“दाका अर्थमन्त्रालयका प्रमुख सल्लाहकार श्रीराम पौडेलले राजिनामा दिएपछि रिक्त पदमा अर्थमन्त्री कोइरालाको प्रस्तावमा नेपाललाई नियुक्त गरिएको हो ।
मन्त्रिपरिषदले मुलुकले अन्तर्राष्ट्रियस्तरमा व्यक्त गरेको प्रतिबद्धताअनुसार अर्थमन्त्रालयबाट प्रस्तावित सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अध्यादेश र कसुरजन्य सम्पत्ति तथा साधन रोक्का नियन्त्रण तथा जफतसम्बन्धी अध्यादेशलाई विधेयक समितिमा पठाउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिए । उनका अनुसार विधेयक समितिमा छलफलपछि ती अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइनेछ । सरकारले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण नियमावलीको प्रस्तावलाई निर्णयार्थ विधेयक समितिमा पठाएको छ ।
माथिल्लो सेतीलाई करिब ६ अर्ब सहयोग
युरोपीयन इन्भेस्टमेन्ट बैंकले १ सय ४० मेगावाटको माथिल्लो सेती जलविद्युत् आयोजनालाई ७० मिलियन अमेरिकी डलर (करिब सवा ६ अर्ब रुपैया“) सहुलियतपूर्ण सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदले उक्त सहयोगसम्बन्धी सम्झौता गर्न अर्थमन्त्रालयलाई अख्तियारी दिएको छ । सहयोग सम्झौता वैसाख २४ मा हुनेछ ।
तनहु“ होइड्रो नाम दिइएको माथिल्लो सेतीमा एसियाली विकास बैंंकले १ सय ५० मिलियन (करिब १३ अर्ब) तथा जापानी सहयोग नियोग (जाइका) ले पनि करिब १३ अर्ब रुपैया“ सहुलियतपूर्ण ऋण सहयोग दिने सम्झौता गरिसकेका छन् । करिब ४० अर्ब रुपैया“ लागत अनुमान गरिएको माथिल्लो सेती आयोजनालाई अबुधावी फन्डले करिब ३१ मिलियन डलर ऋण सहयोग सम्झौता गरेपछि लगानी जुट्ने जानकारी विद्युत् प्राधिकरणका अधिकारीले दिए ।
अन्तरदेशीय प्रसारणलाई लाइनलाई साढे चार अर्ब सहयोग
विश्व बैंकको अन्तर्राष्ट्रिय वित्तीय संस्था आईडीएले नेपाल–भारत विद्युत प्रसारण लाइन निर्माण तथा व्यापार आयोजनाका लागि ३९ मिलियन अमेरिकी डलर (करिब साढे चार अर्ब रुपैया“) सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्ने भएको छ । सरकारले उक्त सहयोगसमबन्धी वार्ता गरी सम्झौता गर्न वार्ता समिति गठन गरेको छ ।
सीप विकासका लागि पौने २ अर्ब
एसियाली विकास बैंकले सीप विकास परियोजनाका लागि  एक अर्ब ७२ करोड रुपैया“ सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । सरकारले उक्त सहयोगसम्बन्धी वार्ता गरी सम्झौता गर्न वार्ता समिति गठन गरेको छ ।
मन्त्रिपरिषदले नेपालस्थित विदेशी कूटनितिक नियोगमा कार्यरत कूटनीतिक सुविधा प्राप्त पदाधिकारीले सवारी साधन पैठारी गर्दा हाल कूटनीतिक सुविधा अन्तर्गत पैठारी भएका सवारी साधन उत्पादन भएको मितिले १५ वर्षसम्म सोही सुविधा प्राप्त व्यक्तिमा स्वामित्व हस्तान्तरण गर्न एकपटकका लागि अनुमति दिने निर्णय गरेको छ ।



सहसचिवहरूद्वारा सरकारलाई ज्ञापन

१५ दिनभित्र अध्यादेश नल्याए सम्पूर्ण सरकारी सेवा ठप्प पार्ने चेतावनी
काठमाडौं, १८ वैसाख– निजामती प्रशासनका आठवटा सेवाका सहसचिवहरूले न्याय र लेखा परिक्षण सेवाका प्रथम श्रेणीका अधिकारी निजामती सेवाको सचिवमा समेत बढुवा हुन पाउने व्यवस्था रोक्नका लागि तत्काल अध्यादेश जारी गर्न माग गर्दै मंगलबार सरकारलाई पा“चबु“दे ज्ञापनपत्र दिएका छन् ।  उनीहरू १५ दिनभित्र अध्यादेश जारी नभए सिंगो निजामती प्रशासनलाई आन्दोलनमा उतार्ने र संविधानसभा चुनावको तयारी, राजस्व संकलन, विकास निर्माण तथा सरकारी सेवा प्रवाह ठप्प पार्ने चेतावनी दिएका छन् ।
उनीहरूले आफ्नो सेवाको सचिवमा न्याय र लेखा परिक्षण सेवाका प्रथम श्रेणीका अधिकृतसमेत बढुवा हुन पाउने व्यवस्थालाई रोक्न निजामती ऐन संशोधनका लागि अध्यादेश जारी गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन् । १५ दिनमा अध्यादेश नआए आन्दोलनका कडा कार्यक्रम ल्याउने चेतावनीसमेत उनीहरूले दिएका छन् ।
सर्वोच्च अदालतबाट संविधान तथा निजामती ऐनको मर्म र भावनाविपरीत न्याय र लेखा परिक्षण सेवाका प्रथम श्रेणीका अधिकारीलाई आफ्नो सेवाका अतिरिक्त निजामती सेवामा समेत सचिवमा बढुवा हुन पाउने ‘अन्यायपूर्ण फैसला’ आएको उल्लेख गर्दै उनीहरूले सामान्य प्रशासनमन्त्री माधव पौडेलमार्फत् सरकारलाई ज्ञापनपत्र दिएका हुन् ।
सर्वोच्चले निजामती सेवा ऐनको एउटा दफाको ‘अपव्याख्या’ गर्दै न्याय र लेखा परिक्षण सेवाका प्रथम श्रेणीका अधिकृतलाई निजामती र आफ्नो दुवै सेवामा सचिवमा बढुवा गर्न सरकारलाई आदेश दिएको र त्यसलाई रोक्न मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई लिखित ध्यानाकर्षण गराउ“दा पनि कुनै पहल नभएपछि सहसचिवहरू आन्दोलनमा उत्रिएका हुन् ।
सर्वोच्चको फैसलाका कारण आगामी असारमा हुने रिक्त चार सचिव बढुवामा सबै न्याय सेवाका प्रथम श्रेणीका अधिकारीमात्र सिफारिस भई पदोन्नति हुनेछन् भने निजामती सेवाका सहसचिव एक जना पनि पर्ने छैनन् । त्यसले शाखा अधिकृतदेखि सहसचिवसम्मको वृत्ति विकासलाई अवरुद्ध पार्ने भएकाले निजामती सेवाका सहसचिवहरू आन्दोलित भएका हुन् ।
निजामतीतर्फ ५ सय सहसचिव र न्याय तथा लेखा परिक्षण सेवामा ७५ को हाराहारीमा दरबन्दी भए पनि न्याय सेवामा प्रतिस्पर्धा कम हुने भएकाले छिटोछिटो पदोन्नति भई वरिष्ठताका आधारमा न्याय सेवाका अधिकारीमात्र निजामती सेवाको सचिवमा उनीहरूमात्र बढुवा हुने स्थिति उत्पन्न भएको छ । त्यसलाई रोक्न सहसचिवहरूले आन्दोलन सुरु गरेका हुन् ।
करिब तीन सय सहसचिवहरूले सामान्य प्रशासन मन्त्रालयमा दुई घन्टा दिएपछि मन्त्री पौडेललाई भेटेर ज्ञापनपत्र दिएका थिए । निजामती प्रशासनका आठवटा सेवा र न्याय तथा लेखा परिक्षण सेवाका कर्मचारीका लागि आ–आफ्नो सेवामा विशिष्ट श्रेणी (सचिव) को पद राखिएको उल्लेख गर्दै ज्ञापनपत्रमा उनीहरूले निजामती प्रशासनका आठवटा समूहका लागि व्यवस्था गरिएको सचिव पदमा न्याय र लेखा परिक्षण समूहका प्रथम श्रेणीका अधिकारीलाई बढुवाको अवसर दिनु अव्यावहारिक र अन्यायपूर्ण हुने टिप्पणी गरेका छन् ।
अन्तरिम संविधान–०६३ को धारा ११ मा न्याय सेवा आयोगले न्याय सेवामा पर्ने तीनवटा समूह (कानुन, न्याय प्रशासन र वकालत) का कर्मचारीको नियुक्ति, बढुवा र सेवा शर्तसम्बन्धी व्यवस्था गरेकाले न्याय सेवाकै प्रथम श्रेणीका अधिकृतलाई उक्त व्यवस्थाको प्रतिकूल हुने गरी अन्य सेवामा बढुवा गर्ने व्यवस्था गर्नु संवैधानिक व्यवस्थाको समेत प्रतिकूल हुने ज्ञापनपत्रमा छ ।
ज्ञापनपत्रमा एउटा सेवाको कर्मचारीलाई अर्को सेवा वा समूहमा लान संविधानअनुसार लोकसेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था र तर अर्को सेवामा बढुवा गर्ने व्यवस्था नरहेको उल्लेख गर्दै न्याय र लेखा परिक्षण समूहका प्रथम श्रेणीका अधिकारीलाई अर्को सेवाको सचिव पदमा बढुवा हुने कुरा निजामती ऐनको मर्म, भावना तथा विगतका प्रचलनको समेत प्रतिकूल हुने जिकिर गरिएको छ ।
स्वतन्त्र न्यायपालिका र संवैधानिक निकाय महालेखा परिक्षकको कार्यालयलाई सरकारको हस्तक्षेपबाट मुक्त राख्न तथा कार्यकारिणीको आस र त्रासबाट न्याय र लेखा परिक्षण सेवालाई स्वतन्त्र राख्ने संवैधानिक व्यवस्था गरिएको उल्लेख गर्दै ज्ञापनपत्रमा न्याय सेवाका कर्मचारीले भविष्यमा कार्यपालिका मातहतको सचिवमा बढुवा हुन पाउने अवस्थाले आस र त्रासका कारणले न्याय क्षेत्रबाट निष्पक्ष न्याय सम्पादन हुन नसक्ने चिन्तासमेत प्रकट गरिएको छ ।
न्याय सेवाका कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकनको पुनरावलोकन र बढुवा न्याय सेवा आयोगले र निजामती सेवाका प्रथम श्रेणीका अधिकारीको पुनरावलोकन मुख्यसचिवले गर्ने र लोकसेवा आयोगका सदस्यको अध्यक्षतामा रहेको बढुवा समितिले पदोन्नति गर्ने फरक–फरक कानुनी व्यवस्था रहेको यथार्थसमेत मध्यनजर गरी निजामती ऐन संशोधनका लागि तत्काल अध्यादेश ल्याउन सहसचिवहरूले माग गरेका छन् ।
निजामती सेवाको इतिहासमा न्याय सेवाका कर्मचारीहरू अरू सेवामा बढुवा वा सरुवा भएको एउटा पनि उदाहरण नरहेको उल्लेख गर्दै सर्वोच्चको व्याख्याले न्याय सेवाबाहेक अरू सेवाका सहसचिव र मातहतका उपसचिव र शाखा अधिकृतसम्मको वृत्ति विकासमा प्रतिकूल असर पर्ने भएकाले आफूहरूको त्यसमा सहमति नरहेको उनीहरूले उल्लेख गरेका छन् ।
उनीहरूले तत्काल अध्यादेश ल्याई निजामती ऐन संशोधन गरी संविधानबमोजिम निजामती प्रशासनका आठवटा सेवाका कर्मचारीहरूको वृत्ति विकास, सेवा, शर्त र सुविधा पूर्ववत् रूपमा सुनिश्चित गर्नसमेत सरकारसित माग गरेका छन् ।
निजामती प्रशासनका आठ सेवामा प्रशासन, आर्थिक योजना तथा तथ्यांक, इन्जिनियरिङ, कृषि, परराष्ट्र, वन, शिक्षा र विविध सेवा पर्छन् । बढुवा समितिले यी आठ सेवाका सहसचिवलाई मात्र निजामती प्रशासनको सचिव पदमा बढुवा गर्ने प्रस्ट व्यवस्था निजामती ऐनमा छ ।
निजामती प्रशासनका आठ सेवामा नपर्ने संसद सेवा, न्याय सेवा (कानुन, वकालत र न्याय प्रशासन समूह) र लेखा परिक्षण सेवा पर्दैनन् । यी सेवाका प्रथम श्रेणीका अधिकारी आ–आफ्नो सेवाका विशिष्ट श्रेणीमा मात्र बढुवा हुने कानुनी व्यवस्था छ ।
ज्ञापनपत्र बुझ्ने क्रममा सामान्य प्रशासनमन्त्री पौडेलले निजामती प्रशासनका आठ सेवाका सहसचिव र मातहतका कर्मचारीहरूको वृत्ति विकासलाई नकारात्मक असर पर्न नदिनेतर्फ सरकार र आफू सचेत रहेको उल्लेख गर्दै जतिसक्दो अध्यादेश ल्याउन पहल गर्ने आश्वासन दिएका थिए ।



छ महिनामा १३ विद्युत् आयोजनालाई सर्वेक्षण लाइसेन्स

ती आयोजनाको कुल विद्युत् उत्पादन क्षमता ७१५.५ मेगावाट
काठमाडौं, १८ वैसाख– विद्युत् विकास विभागले छ महिनाको अवधिमा पहिल्यै आवेदन दिएका कुल ७१५.५ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजना विकासका लागि सर्वेक्षण लाइसेन्स दिएको छ । गत असोज १५ मा सरकारले सर्वेक्षण लाइसेन्स दस्तुर बढाएपछि पहिल्यै आवेदन दिइसकेका प्रवद्र्धकहरूले ती आयोजनाको सर्वेक्षण लाइसेन्स लिएका हुन् ।
सरकारले दस्तुर अघि बढाउनुभन्दा अगाडिको छ महिनामा भन्दा पछिल्लो त्यत्ति नै अवधिमा प्रवद्र्धकहरूले विद्युत् आयोजना विकासका लागि सर्वेक्षण लाइसेन्स लिने क्रम उल्लेखनीय रूपमा घटेको छ । अघिल्लो छ महिनामा विभागबाट प्रवद्र्धकहरूले कुल १ हजार २ सय ३३ मेगावाट क्षमताका २३ आयोजनाको सर्वेक्षण लाइसेन्स लिएका थिए ।
‘दस्तुर बढाएपछि विद्युत।् आयोजनाको सर्वेक्षण लाइसेन्स क्रम धेरै घटेको छ’ विभागका महानिर्देशक अनुपकुमार उपाध्यायले भने– ‘यसबाट वास्तविक रूपमा विद्युत् आयोजना निर्माण गर्न र आर्थिक लगानी जुटाउन सक्ने प्रवद्र्धकहरूले मात्र लाइसेन्स लिएको प्रष्ट हुन्छ ।’
उनका अनुसार पछिल्लो समयमा पहिलेभन्दा कम प्रवद्र्धकले लाइसेन्स लिए पनि बढेको दस्तुर तिरी लिएकाले उनीहरू वास्तविक लगानीकर्ता हुन् भन्ने विश्वास विभागको छ । विभागका प्रवक्ता गोकर्णराज पन्थका अनुसार लाइसेन्स पाउनेमध्ये केही प्रवद्र्धकले जलविद्युत् आयोजना निर्माणको लाइसेन्स लिन दुई वर्षअघि देखि आवेदन दिएका थिए । ती प्रवद्र्धकलाई आवश्यक सम्पूर्ण कागजात र बढेको दस्तुर तिरेपछिमात्र सर्वेक्षण लाइसेन्स दिइएको हो ।
विभागले १२ आयोजनाबाट ६ करोड ३० लाख रुपैया“ लाइसेन्स दस्तुर संकलन गरेको छ । पन्थले १० वटा आयोजनाले बढेको दस्तुरसहित सर्वेक्षण लाइसेन्स लिन प्रक्रिया पूरा गरी पेस गरेका आवेदनको अध्ययन विभागले गरिरहेको र त्यसबारेमा छिट्टै निर्णय हुने जानकारी दिए ।
दस्तुर बढेपछि नया“ प्रवद्र्धकले सर्वेक्षण लाइसेन्स लिन आवेदन दिने क्रम भने हवात्तै घटेको छ । पछिल्लो छ महिनाको अवधिमा एउटामात्र ५ मेगावाट क्षमताको गल्कोट दारम आयोजनाको लाइसेन्स लिन आवेदन परेको छ । ‘प्रवद्र्धकले उक्त आयोजनाका लागि आवश्यक कागजात र बढेको दस्तुर तिरिसकेको छ । उसले छिट्टै सर्वेक्षण लाइसेन्स पाउनेछ’ पन्थले भने ।
महानिर्देशक उपाध्यायले दस्तुर वृद्धिका अतिरिक्त लगानीको वातावरण, विद्युत्को संकुचित बजार, विद्युत् प्राकिरणसितको विद्युत् खरिद सम्झौता, प्रसारण लाइनको निर्माणजस्ता समस्याका कारण प्रवद्र्धकहरूले सर्वेक्षण लाइसेन्स लिने क्रम घटेको हो ।
विद्युत् प्राधिकरणले सन् २०१७ सम्ममा हाल निर्माणाधीन आयोजनाहरूबाट उत्पादन हुने बिजुली मुलुकको मागभन्दा बढी भई वर्षायाममा खेर जाने भन्दै नया“ आयोजनासित विद्युत् खरिद सम्झौता गर्न मानिरहेको छैन भने कतिपय आयोजनालाई प्राधिकरणले पैसाको अभाव देखाउ“दै प्रसारण लाइन निर्माण गर्न नसक्ने भनी कनेक्सन एग्रिमेन्ट गर्न नमानेका कारण प्रवद्र्धकहरू सर्वेक्षण र निर्माण लाइसेन्स लिन हच्किइरहेको स्रोतले उल्लेख गरेको छ ।
सरकारले गत असोजमा राजपत्रमा सूचना प्रकाशित गरी साना ठूला सबै आयोजनाको सर्वेक्षण र निर्माण लाइसेन्सको दस्तुर भारीमात्रामा बढाएको छ । विद्युत् आयोजनाको सर्वेक्षण लाइसेन्सको दस्तुर छ प्रकारका छन् । विद्युत् आयोजनाको न्यूनतम सर्वेक्षण दस्तर एक लाख छ, यसअघि सर्वेक्षण लाइसेन्स दस्तुर न्युनतम ५० हजार र अधिकतम २ लाख रुपैया“ थियो ।
नेपाली प्रवद्र्धकहरूले लाइसेन्स दस्तुर बढाएकामा सरकारको विरोध गर्दै आएका छन् । विभागले नवीकरणका क्रममा बढेको दस्तुर नतिर्ने प्रवद्र्धकको लाइसेन्स खारेज गर्ने गरेको छ । दस्तुर बढ्नुभन्दा पहिले आवेदन दिएका कतिपय प्रवद्र्धकले भने सर्वोच्च अदालतबाट अन्तरिम आदेश ल्याएर पुरानै दस्तुरमा लाइसेन्स लिन सफल भएका छन् । विभागले छ महिनामा कुल १५ सय मेगावाट क्षमताका ४२ आयोजनाको सर्वेक्षण लाइसेन्स खारेज गरिसकेको छ । करिब ५० वटा आयोजनाका प्रवद्र्धक भने सरकारी निर्णयलाई चुनौती दिंदै अदालतमा गएका थिए, जसमध्ये सर्वोच्चले दस्तुर बढ्नुअघि आवेदन दिएका र नवीकरणका क्रममा रहेका ४० वटा आयोजनाको लाइसेन्स खारेज नगर्न र पुरानै दस्तुरमा लाइसेन्स दिन अन्तरिम आदेश दिइसकेको छ ।



६ महिनामा सर्वेक्षण लाइसेन्स लिएका आयोजना

आयोजना    क्षमता (मेगावाट)     आयोजनास्थल
बकु खोला     ६     सोलु
 तल्लो न्यादी     १०.५    लमजुङ
 बज्र मादी     २४.८     कास्की
 भोटेकोसी–भी     ६०    सिन्धुपाल्चोक
 खिम्ती–२     २७.२    रामेछाप
 माथिल्लो बुढी गण्डकी    २५४    गोरखा
 रुढी खोला–बी    ७.६     कास्की
द्वारी खोला    ३.७५     दैलेख
दारम    १०     बागलुङ
हेवा–ए    ५     पा“चथर
माथिल्लो पुवा    २.३     इलाम
 दुधकोसी    ३००     खोटाङ
 गच्र्याङ     ४     कास्की

स्रोत ः विद्युत् विकास विभाग