Thursday, October 10, 2013

सबै कर्मचारीलाई चुनावसम्म जिल्ला नछाड्न निर्देशन


दुई सचिवको सरुवा, चार जना कामु सचिवमा बढुवा

काठमाडौं, २४ असोज– सरकारले संविधानसभा निर्वाचनलाई सफल बनाउन कात्तिक २ देखि ७५ वटै जिल्लामा कार्यरत सम्पूर्ण कर्मचारीलाई चुनाव सम्पन्न नभएसम्मका लागि जिल्ला नछाड्न निर्देशन दिएको छ । जिल्लास्तरमा कार्यरत कर्मचारीहरूलाई चुनावका लागि कुनै पनि बेला खटाउनुपर्ने भएकाले त्यस्तो निर्देशन दिइएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले दिए ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले कात्तिक २ देखि लागू हुने गरी जिल्ला न्यायाधीश र जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा रहेका कर्मचारीबाहेकका जिल्लास्तरमा कार्यरत अरू कर्मचारीलाई स्थानीय प्रमुख जिल्ला अधिकारीको स्वीकृतिबिना जिल्ला नछाड्न निर्देशन दिएको जानकारी सरकारका प्रवक्ता सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
दुई सचिवको सरुवा, चार जना कामु सचिवमा बढुवा
सरकारले निर्वाचन आयोगको सहमति लिएर दुई जना सचिवको सरुवा गर्नुका साथै विभिन्न मन्त्रालय र निकायका चार वरिष्ठ सहसचिवलाई कामु सचिवमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद बैठकले राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख माधवप्रसाद रेग्मीलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा र सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रमुख धनबहादुर तामाङलाई शान्ति तथा पुनः निर्माण मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।
वाणिज्य सचिव जनार्दन नेपालको गृह मन्त्रालयमा सरुवा र शान्ति मन्त्रालयका सचिव धरणीधर खतिवडाले ५८ वर्ष पूरा गरी अनिवार्य अवकास पाएपछि ती दुवै मन्त्रालयमा सचिव पद रिक्त थियो ।
सरकारले सहसचिवहरू ऊर्जा मन्त्रालयका अनुपकुमार उपाध्याय, राष्ट्रपति कार्यालयका हरिकुमार श्रेष्ठ, गृह मन्त्रालयका भोलाप्रसाद सिवाकोटी तथा निर्वाचन आयोगका मधुप्रसाद रेग्मीलाई कायममुकायम सचिवमा बढुवा गरेको छ । रेग्मी एक जनामात्र कानुन समूहका हुन् भने अरू तीन जना प्रशासन समूहका ।
चार सचिव गृहका नवीन घिमिरे, शान्तिका धरणीधरण खतिवडा, प्रधानमन्त्री कार्यालयका उद्धव बा“स्कोटा र उपराष्ट्रपति कार्यालयका हरिराम कोइराला ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकास पाएपछि रिक्त पदमा सरकारले वरिष्ठ सहसचिवमध्येबाट चार जनालाई कामु सचिवमा बढुवा गरेको हो ।
कामु सचिवहरू उपाध्यायलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, श्रेष्ठलाई उपराष्ट्रपति कार्यालय, शिवाकोटीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रेग्मीलाई राष्ट्रिय सतर्कता केन्द्रमा पदस्थापन गरिएको छ ।
अम्लिसो निकासीमा कर छुट
सरकारले अर्थमन्त्रालयको प्रस्तावमा अम्लिसोको निकासीमा लगाइ“दै आएको कर (दस्तुर) छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले जुट उद्योगलाई विद्युत्मा दिंदै आएको छुटलाई निरन्तरता दिने निर्णयसमेत गरेको जानकारी सञ्चार मन्त्री पौडेलले दिए ।
अध्यक्ष गुरुङद्वारा राजिनामा
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक गणेशमान गुरुङ र दलित आयोगका सदस्य धनमाया विक खनालले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषदले दुवै जनाको राजिनामा स्वीकृत गरेको छ ।


Wednesday, October 9, 2013

चालू वर्षलाई बेरुजु फछ्र्यौटको नमुना वर्ष बनाउन निर्देशन


काठमाडौं, २३ असोज– सरकारले चालु वर्षलाई बेरुजु फछ्र्यौटको नमुना वर्षका रूपमा चिनाउने गरी काम गर्न सबै मन्त्रालय तथा निकायका सचिवहरूलाई निर्देशन दिएको छ । बेरुजु फछ्र्यौटका सम्बन्धमा मन्त्रिपरिषद्वाट अर्थमन्त्री शंकर कोइरालाको संयोजकत्वमा गठित मन्त्रीहरू टेकबहादुर थापा (घर्ती) र उमाकान्त झा सदस्य रहेको समितिको बुधबार बसेको बैठकले महालेखापरीक्षकको पछिल्लो ५० औ प्रतिवेदनले औल्याएका बेरुजुहरू फछ्र्यौटलाई तीव्रता दिन विभिन्न मन्त्रालय तथा निकायका प्रशासनिक नेतृत्वलाई आग्रह गर्दै त्यस्तो निर्देशन दिएको हो ।
बैठकमा अर्थमन्त्री कोइरालाले प्रमाण नेभटिएका, सोधानन्तर गर्नुपर्ने र लामो समयदेखि बेरुजु फछ्यौट हुन नसकिरहेका मुद्दामा विशेष कार्ययोजनासहित समितिसमक्ष प्रस्ताव पठाउनसमेत आग्रह गरेका छन् । कृषि विकासमन्त्री थापाले चालु वर्ष बेरुजु फछ्र्यौटमा उदाहरणीय काम गर्न आग्रह गर्दै लेखापरीक्षण र सम्परीक्षणको कामलाई समान रूपमा प्राथमिकतामा राख्नुपर्ने बताए ।
उर्जामन्त्री उमाकान्त झाले मोबिलाइजेसन पेस्की फछ्र्यौटका लागि विशेष पहल गर्न सचिवहरूलाई निर्देशन दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव एवं समितिका सदस्यसचिव कृष्णहरि बा“स्कोटाले बेरुजु फछ्र्यौटको विस्तृत कार्ययोजना तयार गरी मासिक रूपले बेरुजु फछ्यौटको लक्ष्य निर्धारण गरी असोज मसान्तभित्र समितिसमक्ष पेस गर्न आग्रह गरे ।
उनले कुल बेरुजुको अंकको विवरण यकिन गर्नुका साथै बेरुजुको निकायगत वर्गीकरण गर्ने, नियमित गर्नुपर्ने, असुल उपर गर्नुपर्ने बेरुजुको रकम यकिन गरी फछ्यौट गर्न विशेष क्रियाशीलता अवलम्बन गर्नुपर्ने बताए ।
उनले म्याद नाघेको पेस्की बेरुजु, मुद्दामा रहेको बेरुजु, मिनाहा गर्नुपर्ने बेरुजु रकम, कर्मचारी पेस्की वेरुजु र सोधानन्तर एवं सोधभर्नाको रकम यकिन गरी काम बाँडफाँड गरेर अभियानका रूपमा बेरुजु फछ्यौट गर्नुपर्ने बताए ।
बाँस्कोटाले महालेखा परीक्षकको डोर गएकै बेलामा नै सम्परीक्षण गर्ने व्यवस्था मिलाउन, सम्बन्धित निकायसँग छलफल गर्न, असुल उपर गर्नुपर्ने बेरुजुमा कडाइ गर्न र महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याएका बेरुजुका सन्दर्भमा लिनुपर्ने कदम समितिसमक्ष पेस गर्नसमेत सचिवहरूलाई आग्रह गरे । प्रत्येक निकायमा बेरुजु फछ्र्यौटका लागि आन्तरिक संयन्त्र गठन गरी चुस्त र दुरुस्त ढंगले काम गरी यस सम्बन्धमा भए÷गरेका कामको प्रगति विवरण समयमै समिति समक्ष पठाउनसमेत समितिको बैठकले आग्रह गरेको छ ।

Sunday, October 6, 2013

गृह मन्त्रालयद्वारा आलममाथिको आक्रमणको छानबिन गर्न समिति गठन

सबै उम्मेदवारलाई पर्याप्त सुरक्षा दिन जिल्ला प्रशासन र प्रहरीलाई निर्देशन
काठमाडौं, २० असोज– सरकारले बारा जिल्ला निर्वाचत क्षेत्र नं. ४ का नेकपा एमालेका उम्मेदवार महमुद आलममाथि शुक्रबार अज्ञात व्यक्तिहरूबाट भएको गोली प्रहारको घटनाका सम्बन्धमा छानबिन गर्न शनिबार एआईजी दिनकरसमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । निर्वाचन प्रचार क्रममा रहेका आलममाथि गोली प्रहार गरिएको भोलिपल्ट गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।
छानबिन समितिमा मध्यमाञ्चलका डीआईजी विज्ञानराज शर्मा र राष्ट्रिय अनुसन्धान विभाग, क्षेत्रीय कार्यालय, मध्यमाञ्चलका अनुसन्धान निर्देशक (डीआईजी) देवराज भट्ट सदस्य छन् । समितिलाई उक्त घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाएर सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको गृह मन्त्रालयद्वारा शनिबार सा“झ जारी विज्ञप्तिमा उल्लेख छ । समितिले आइतबार नै घटनास्थल पुगी छानबिन कार्य थाल्ने जानकारी गृह मन्त्रालयका अधिकारीले दिए ।
‘एमालेका उम्मेदवार आलममाथि शनिबार अज्ञात व्यक्तिहरूबाट भएको गोली प्रहारको घटनासम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनासम्बन्धमा अनुसन्धान कार्य जारी रहेको छ । अनुसन्धान कार्यलाई तीव्रता दिई घटनाको सत्यतथ्य पत्ता लगाई छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न एआईजी राणाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ’ गृहको वक्तव्यमा छ ।
मन्त्रालय संविधानसभा चुनावमा सम्पूर्ण उम्मेदवारलाई पर्याप्त सुरक्षा दिन गम्भीर र संवेदनशील रहेको जानकारी गृहका अधिकारीले दिए । आलममाथि गोली प्रहारको घटना हुनेबित्तिकै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयहरूलाई सम्पूर्ण उम्मेदवारको व्यक्तिगत सुरक्षाको व्यवस्था मिलाउन शुक्रबार नै निर्देशन दिइसकेको जानकारी मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख एवं प्रवक्ता शंकर कोइरालाले दिए ।
आलममाथि गोली प्रहारको घटना भएपछि मन्त्रालय उम्मेदवारहरूको सुरक्षाप्रति गम्भीर र संवदेनशील भएर तत्काल जिल्ला प्रशासन कार्यालय र सबै सुरक्षा निकायहरूलाई निर्देशन दिइएको गृहका अधिकारी बताउ“छन् ।
‘उम्मेदवारलाई पर्याप्त सुरक्षा दिन गृह मन्त्रालय गम्भीर छ’ कोइरालाले भने– ‘मन्त्रालयले उम्मेदवारहरूलाई उनीहरूको सुरक्षा थ्रेटको अवस्था विश्लेषण गरी आवश्यकताअनुसार पर्याप्त सुरक्षा व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई लिखित निर्देशन दिएको छ ।’ उनका अनुसार गृह मन्त्रालयले संविधानसभा चुनावलाई निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रशासनलगायत सबै सुरक्षा निकायलाई निर्देशन दिइसकेको जनाएको छ ।
नेपाल प्रहरी स्वयंंले समेत आलममाथि गोली प्रहार भएको घटनाको अपराध अनुसन्धान ब्युरोको एउटा टोली पठाएर शुक्रबारदेखि नै छानबिन थालेको छ । ‘अपराध अनुसन्धान ब्युरोका एसपी ईश्वरबाबु कार्कीको कमान्डमा एउटा टोली बाराको घटनास्थलमा शुक्रबार नै पुगेर छानबिन थालिसकेको छ’ नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालले जानकारी दिए ।
प्रहरीको छानबिन टोलीले आलममाथिको आक्रमण चुनाव बहिष्कार गरी असफल पार्ने अभियानमा लागेका तराई–मधेसका सशस्त्र समूह या कुनै पार्टी विशेषबाट निर्वाचनलाई प्रभावित पार्ने उद्धेश्यले नभई अरूले नै गरेको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालेको जानकारी एक प्रहरी अधिकारीले दिए ।
‘पेशेवर सार्प सुटर प्रयोग गरी जसरी आलममाथि गोली हानिएको छ । त्यसबाट यो आक्रमण सञ्चार उद्यमी जमिम साहलगायतका मुस्लिम समुदायका प्रभावशाली व्यक्तिमाथि जस्तै बाहिरी षड्यन्त्रबाट आक्रमण भएको हाम्रो प्रारम्भिक निष्कर्ष छ’ मध्य क्षेत्रका एक प्रहरी अधिकारीले भने– ‘यो चुनावलाई प्रभावित पार्न तराई–मधेसका सशस्त्र समूह या कुनै पार्टी विशेषले गरेको घटनाजस्तो लाग्दैन ।’







Thursday, October 3, 2013

एडीबीले ७ अर्ब ३५ करोड सहयोग गर्ने

काठमाडौं, १७ असोज– एसियाली विकास बैंकले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायता सडक सञ्जाल आयोजना कार्यान्वयनका लागि ७ अर्ब ३५ करोड सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले एडीबीको सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय गर्दै त्यससम्बन्धी सम्झौतामा सरकारका तर्फबाट अर्थसचिव वा सहसचिवलाई हस्ताक्षर गर्न अख्तियारी दिएको छ ।
मन्त्रिपरिषदले कानुन तथा न्याय मन्त्रालयबाट प्रस्तावमा मेलमिलापसम्बन्धी ऐन २०६८ लागू गर्ने र मेलमिलापसम्बन्धी नियमावली २०७० को मस्यौदा स्वीकृत गर्ने प्रस्ताव मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउने निर्णय गरेको जानकारी सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
आयोग र कम्पनीका पदाधिकारीको राजिनामा
राष्ट्रिय दलित आयोगका सदस्यहरू राजुप्रसाद चमार र खेमराज नेपाल र राष्ट्रिय आवास कम्पनी लिमिटेड सञ्चालक समितिका अध्यक्ष विनयकुमार कर्णले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषदले तीनै जनाको राजिनामा स्वीकृत गरेको छ ।
प्रधानसेनापति अमेरिका जाने
प्रधानसेनापति गौरवसमसेर राणा अमेरिका भ्रमणमा जाने भएका छन् । उनको नेतृत्वमा जाने टोलीले कात्तिक ४ देखि ७ सम्म अमेरिकाको होनोलोलुमा हुने १६ औं वार्षिक ‘चिफ अफ डिफेन्स’सम्बन्धी बैठकमा भाग लिनेछ । मन्त्रिपरिषदले राणाको भ्रमणलाई स्वीकृति दिएको छ ।

कांग्रेसका २ सय ४० उम्मेदवार

२०७० मंसिर ४ मा हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने संविधान सभा सदस्यको निर्वाचनको लागि नेपाली काँग्रेसको तर्फबाट निम्नानुसारका व्यक्तिहरुलाई उम्मेदवारमा मनोनयन गरिएको छ ।


ज्ञ        ताप्लेजुङ—१    श्रीमती लीलादेवी बोखिम (लिम्बू)
द्द        ताप्लेजुङ—२    प्रतापप्रकाश हाङगाम
घ        पाँचथर—१    नरेन्द्र केरुङ
द्ध        पाँचथर—२    भीष्मराज आङ्दम्वे
छ        इलाम—१    हिमालय कर्माचार्य
ट        इलाम—२    भेषराज आचार्य
ठ        इलाम—३    केशवबहादुर थापा
ड        झापा—१    विश्वप्रकाश शर्मा
ढ        झापा—२    सुधिरकुमार शिवाकोटी
ज्ञण्        झापा—३    कृष्णप्रसाद सिटौला
ज्ञज्ञ        झापा—४    उद्धव थापा
ज्ञद्द        झापा—५    केशवकुमार बुढाथोकी
ज्ञघ        झापा—६    श्रीमती रामकुमारी पौडेल
ज्ञद्ध        झापा—७    सुरेशकुमार योङ्गया
ज्ञछ        संखुवासभा—१    तारामान गुरुङ
ज्ञट        संखुवासभा—२    दिपक खड्का
ज्ञठ        तेह«थुम    तुसली सुब्बा
ज्ञड        भोजपुर—१    धर्मराज राई
ज्ञढ        भोजपुर—२    बालकृष्ण थापा
द्दण्        धनकुटा—१    अजित नारायण सिंह थापा
द्दज्ञ        धनकुटा—२    आनन्दसन्तोषी राई
द्दद्द        मोरङ—१    आमोदप्रसाद उपाध्याय
द्दघ        मोरङ—२    शेखरचन्द्र थापा
द्दद्ध        मोरङ—३    दिलिप खवास (गच्छदार)
द्दछ        मोरङ—४    गयानन्द मण्डल गनगाई
द्दट        मोरङ—५    अमृतकुमार अर्याल
द्दठ        मोरङ—६    महेश आचार्य
द्दड        मोरङ—७    डा. शेखर कोइराला
द्दढ        मोरङ—८    रमेशजंग रायमाझी
घण्        मोरङ—९    डिगबहादुर लिम्वू
घज्ञ        सुनसरी—१    चन्द्रप्रसाद श्रेष्ठ
घद्द        सुनसरी—२    बद्रीनारायण चौधरी
घघ        सुनसरी—३    श्रीमती गोमा पराजुली (अन्सारी)
घद्ध        सुनसरी—४    सिताराम महतो
घछ        सुनसरी—५    जामिर अख्तर आजाद
घट        सुनसरी—६    रामबहादुर बस्नेत
घठ        सोलुखुम्बु    बलबहादुर के.सी.
घड        खोटाङ—१    नरेशकुमार श्रेष्ठ
घढ        खोटाङ—२    विष्णुकुमार राई
द्धण्        ओखलढुंगा—१    बालकृष्ण दाहाल
द्धज्ञ        ओखलढुंगा—२    रामहरि खतिवडा
द्धद्द        उदयपुर—१    डा. नारायण खड्का
द्धघ        उदयपुर—२    श्रीमती प्रमिला राई
द्धद्ध        उदयपुर—३    नारायणबहादुर कार्की
द्धछ        सप्तरी—१    श्रीमती लक्ष्मीकुमारी गिरी
द्धट        सप्तरी—२    बीरबल विराजी
द्धठ        सप्तरी—३    रामकुमार चौधरी
द्धड        सप्तरी—४    दिनेशकुमार यादव
द्धढ        सप्तरी—५    तेजुलाल चौधरी
छण्        सप्तरी—६    सुरेन्द्रप्रसाद यादव
छज्ञ        सिरहा—१    पदमनारायण चौधरी
छद्द        सिरहा—२    सूर्यनारायण यादव
छघ        सिरहा—३    श्रीमती सितादेवी यादव
छद्ध        सिरहा—४    रामचन्द्र यादव
छछ        सिरहा—५    श्रीमती रामपरी कुमारी यादव
छट        सिरहा—६    डा. गणेश मण्डल
छठ        दोलखा—१    जीपछिरिङ लामा
छड        दोलखा—२    ताराबहादुर कोइराला
छढ        रामेछाप—१    आङ्टावा शेर्पा
टण्        रामेछाप—२    रामचन्द्र खड्का
टज्ञ        सिन्धुली—१    विपिन कोइराला
टद्द        सिन्धुली—२    मोहनप्रसाद बराल
टघ        सिन्धुली—३    खड्ग बहादुर वाईवा
टद्ध        धनुषा—१    दिनेशप्रसाद प्रसैला
टछ        धनुषा—२    रामकृष्ण यादव
टट        धनुषा—३    विमलेन्द्र निधि
टठ        धनुषा—४    रामसरोज यादव
टड        धनुषा—५    डा. चन्द्रमोहन यादव
टढ        धनुषा—६    प्रेमकिशोरप्रसाद साह
ठण्        धनुषा—७    वासुलाल महतो
ठज्ञ        महोत्तरी—१    चिरञ्जीवी हमाल
ठद्द        महोत्तरी—२    श्रीमती किरण यादव
ठघ        महोत्तरी—३    रामचन्द्र तिवारी
ठद्ध        महोत्तरी—४    ललन राय
ठछ        महोत्तरी—५    महेन्द्रकुमार राय
ठट        महोत्तरी—६    सिताराम भण्डारी
ठठ        सर्लाही—१    श्रीमती सुशीला कार्की
ठड        सर्लाही—२    रामचन्द्र चौधरी
ठढ        सर्लाही—३    श्रीमती मीना पाण्डे
डण्        सर्लाही—४    लक्ष्मण राय
डज्ञ        सर्लाही—५    नागेन्द्रकुमार राय
डद्द        सर्लाही—६    अमरेशकुमार सिंह
डघ        रसुवा    लामा कार्पु तामाङ
डद्ध        धादिङ—१    तिलकप्रसाद रुवाली
डछ        धादिङ—२    रामनाथ अधिकारी
डट        धादिङ—३    श्रीमती वुद्धलक्ष्मी लामा
डठ        नुवाकोट—१    अर्जुननरसिंह के.सी.
डड        नुवाकोट—२    डा. रामशरण महत
डढ        नुवाकोट—३    बहादुरसिंह लामा (तामाङ)
ढण्        काठमाडौँ—१    प्रकाशमान सिंह
ढज्ञ        काठमाडौँ—२    सुश्री प्रतिमा गौतम
ढद्द        काठमाडौँ—३    चक्रबहादुर ठकुरी
ढघ        काठमाडौँ—४    गगनकुमार थापा
ढद्ध        काठमाडौँ—५    नरहरि आचार्य
ढछ        काठमाडौँ—६    भीमसेनदास प्रधान
ढट        काठमाडौँ—७    श्रीमती प्रमिलादेवी सिंह डंगोल
ढठ        काठमाडौँ—८    नविन्द्रराज जोशी
ढड        काठमाडौँ—९    ध्यानगोविन्द रञ्जित
ढढ        काठमाडौँ—१०    राजेन्द्रकुमार के.सी.
ज्ञण्ण्        भक्तपुर—१    कृष्णलाल भँडेल
ज्ञण्ज्ञ        भक्तपुर—२    रामेश्वरप्रसाद ढुंगेल
ज्ञण्द्द        ललितपुर—१    उदयशम्शेर राणा
ज्ञण्घ        ललितपुर—२    चन्द्र महर्जन
ज्ञण्द्ध        ललितपुर—३    मदनबहादुर अमात्य
ज्ञण्छ        काभ्रे—१    तीर्थबहादुर लामा
ज्ञण्ट        काभ्रे—२    शिवप्रसाद हुमागाइँ
ज्ञण्ठ        काभ्रे—३    कञ्चनचन्द्र वादे
ज्ञण्ड        काभ्रे—४    कुमारप्रसाद लामिछाने
ज्ञण्ढ        सिन्धुपाल्चोक—१    मोहनबहादुर बस्नेत
ज्ञज्ञण्        सिन्धुपाल्चोक—२    विकाश लामा
ज्ञज्ञज्ञ        सिन्धुपाल्चोक—३    तारानाथ दाहाल
ज्ञज्ञद्द        मकवानपुर—१    ईन्द्रबहादुर वानियाँ
ज्ञज्ञघ        मकवानपुर—२    जयराम लामिछाने
ज्ञज्ञद्ध        मकवानपुर—३    रघुरमण न्यौपाने
ज्ञज्ञछ        मकवानपुर—४    श्रीमती उमा दाहाल
ज्ञज्ञट        रौतहट—१    सन्तलाल साह
ज्ञज्ञठ        रौतहट—२    मो. आफ्ताव आलम
ज्ञज्ञड        रौतहट—३    हृदयनारायण यादव
ज्ञज्ञढ        रौतहट—४    कृष्णप्रसाद यादव
ज्ञद्दण्        रौतहट—५    सुनिलकुमार यादव (जितेन्द्र)
ज्ञद्दज्ञ        रौतहट—६    देवप्रसाद तिमिल्सीना
ज्ञद्दद्द        बारा—१    रामअयोध्या प्रसाद यादव
ज्ञद्दघ        बारा—२    राधेचन्द्र यादव
ज्ञद्दद्ध        बारा—३    फरमूल्लाह मंसुर
ज्ञद्दछ        बारा—४    सुनिलकुमार गुप्ता कलवार
ज्ञद्दट        बारा—५    उमाकान्त चौधरी
ज्ञद्दठ        बारा—६    शम्भुबहादुर बुढाथोकी
ज्ञद्दड        पर्सा—१    राजेन्द्र अमात्य
ज्ञद्दढ        पर्सा—२    अजयकुमार द्विवेदी
ज्ञघण्        पर्सा—३    अजयकुमार चौरसिया
ज्ञघज्ञ        पर्सा—४    सुरेन्द्रप्रसाद चौधरी
ज्ञघद्द        पर्सा—५    रमेश रिजाल
ज्ञघघ        चितवन—१    राजेन्द्रप्रसाद बुर्लाकोटी
ज्ञघद्ध        चितवन—२    शेषनाथ अधिकारी
ज्ञघछ        चितवन—३    भीमबहादुर श्रेष्ठ
ज्ञघट        चितवन—४    सुशील कोइराला
ज्ञघठ        चितवन—५    श्रीमती सविता बराल
ज्ञघड        गोरखा—१    किरणवावु श्रेष्ठ
ज्ञघढ        गोरखा—२    श्रीमती रविकला शर्मा न्यौपाने
ज्ञद्धण्        गोरखा—३    हरिबहादुर घले
ज्ञद्धज्ञ        मनाङ    टेकबहादुर गुरुङ
ज्ञद्धद्द        लम्जुङ—१    डा. टकराज गुरुङ
ज्ञद्धघ        लम्जुङ—२    चन्द्रबहादुर कुँवर
ज्ञद्धद्ध        कास्की—१    यज्ञबहादुर थापा
ज्ञद्धछ        कास्की—२    श्रीमती शारदा पौडेल
ज्ञद्धट        कास्की—३    शोभियतबहादुर अधिकारी
ज्ञद्धठ        कास्की—४    महादेव गुरुङ
ज्ञद्धड        तनहुँ—१    शंकर भण्डारी
ज्ञद्धढ        तनहुँ—२    रामचन्द्र पौडेल
ज्ञछण्        तनहुँ—३    जीतप्रकाश आले मगर
ज्ञछज्ञ        स्याङजा—१    राजु थापा
ज्ञछद्द        स्याङजा—२    कमलप्रसाद पंगेनी
ज्ञछघ        स्याङजा—३    मोहनप्रसाद पाण्डे
ज्ञछद्ध        गुल्मी—१    डा. कृष्ण छन्तेल
ज्ञछछ        गुल्मी—२    चन्द्र भण्डारी
ज्ञछट        गुल्मी—३    त्रैलोक्यप्रताप सेन
ज्ञछठ        पाल्पा—१    श्रीमती सीता देवकोटा
ज्ञछड        पाल्पा—२    बीरबहादुर राना
ज्ञछढ        पाल्पा—३    हरिप्रसाद नेपाल
ज्ञटण्        अर्घाखाँची—१    डा. रामबहादुर बी.सी.
ज्ञटज्ञ        अर्घाखाँची—२    श्रीमती पुष्पा भुसाल
ज्ञटद्द        नवलपरासी—१    डा. शशांक कोइराला
ज्ञटघ        नवलपरासी—२    महेन्द्रध्वज जी.सी.
ज्ञटद्ध        नवलपरासी—३    कृष्णचन्द्र नेपाली
ज्ञटछ        नवलपरासी—४    देवेन्द्रराज कँडेल
ज्ञटट        नवलपरासी—५    विक्रम खनाल
ज्ञटठ        नवलपरासी—६    देवकरण जयसवाल (सन्तु)
ज्ञटड        रुपन्देही—१    अब्दुल रज्जाक
ज्ञटढ        रुपन्देही—२    रामकृष्ण ताम्राकार
ज्ञठण्        रुपन्देही—३    बालकृष्ण खाण
ज्ञठज्ञ        रुपन्देही—४    सूर्यप्रसाद प्रधान
ज्ञठद्द        रुपन्देही—५    भरतकुमार शाह
ज्ञठघ        रुपन्देही—६    अष्टभुजा पाठक
ज्ञठद्ध        रुपन्देही—७    दिनेशमणि त्रिपाठी
ज्ञठछ        कपिलवस्तु—१    दिपकुमार उपाध्याय
ज्ञठट        कपिलवस्तु—२    राजेश आचार्य
ज्ञठठ        कपिलवस्तु—३    सुधाकर पाण्डे
ज्ञठड        कपिलवस्तु—४    सुरेन्द्रराज आचार्य
ज्ञठढ        कपिलवस्त—५    बीरेन्द्रकुमार कनौडिया
ज्ञडण्        मुस्ताङ    रोमी गौचन
ज्ञडज्ञ        म्याग्दी    खमबहादुर गर्वुजा
ज्ञडद्द        बाग्लुङ—१    हरिबहादुर खड्का
ज्ञडघ        बाग्लुङ—२    प्रकाश शर्मा पौडेल
ज्ञडद्ध        बाग्लुङ—३    श्रीमती ज्ञानकुमारी छन्त्याल
ज्ञडछ        पर्वत—१    अर्जुनप्रसाद जोशी
ज्ञडट        पर्वत—२    नवराज गुरुङ
ज्ञडठ        रुकुम—१    कृष्णबहादुर रोकाया
ज्ञडड        रुकुम—२    गोपालजीजंग शाह
ज्ञडढ        रोल्पा—१    लेखनाथ आचार्य
ज्ञढण्        रोल्पा—२    श्रीमती भीमकुमारी बुढा मगर
ज्ञढज्ञ        प्यूठान—१    हुकुमबहादुर विष्ट
ज्ञढद्द        प्यूठान—२    धनलक्ष्मी श्रेष्ठ
ज्ञढघ        सल्यान—१    धु्रवराज पुरी
ज्ञढद्ध        सल्यान—२    डिल्लीराज रेग्मी
ज्ञढछ        दाङ—१    श्रीमती पार्वता डी.सी. चौधरी
ज्ञढट        दाङ—२    श्रीमती सुशीला चौधरी
ज्ञढठ        दाङ—३    राजु खनाल
ज्ञढड        दाङ—४    वुद्धिराम भण्डारी
ज्ञढढ        दाङ—५    दिपक गिरी
द्दण्ण्        डोल्पा    सुरेशबहादुर शाही
द्दण्ज्ञ        मुगु    ऐनबहादुर शाही
द्दण्द्द        जुम्ला    ललितजंग शाही
द्दण्घ        कालिकोट    भूपेन्द्रजंग शाही
द्दण्द्ध        हुम्ला    जीवनबहादुर शाही
द्दण्छ        जाजरकोट—१    दिपकजंग शाह
द्दण्ट        जाजरकोट—२    राजिवविक्रम शाह
द्दण्ठ        दैलेख—१    गणेशबहादुर खड्का
द्दण्ड        दैलेख—२    हिमबहादुर शाही
द्दण्ढ        सुर्खेत—१    पूर्णबहादुर खड्का
द्दज्ञण्        सुर्खेत—२    हृदयराम थानी
द्दज्ञज्ञ        सुर्खेत—३    तप्तबहादुर विष्ट
द्दज्ञद्द        बाँके—१    नारायणप्रसाद शर्मा सिग्देल
द्दज्ञघ        बाँके—२    राजकुमार वर्मा
द्दज्ञद्ध        बाँके—३    सुशील कोइराला
द्दज्ञछ        बाँके—४    कृष्णमान श्रेष्ठ
द्दज्ञट        वर्दिया—१    भुवनेश्वर चौधरी
द्दज्ञठ        वर्दिया—२    सञ्जयकुमार गौतम
द्दज्ञड        वर्दिया—३    श्रीमती मालती सोडारी
द्दज्ञढ        वर्दिया—४    किशोरसिंह राठौर
द्दद्दण्        बाजुरा    मनबहादुर रावल
द्दद्दज्ञ        अछाम—१    मेघराज खड्का
द्दद्दद्द        अछाम—२    बलबहादुर कुँवर
द्दद्दघ        बझाङ—१    अर्जुनजंंगबहादुर सिंह
द्दद्दद्ध        बझाङ—२    नरेशबहादुर सिंह
द्दद्दछ        डोटी—१    बीरबहादुर बलायर
द्दद्दट        डोटी—२    योगेन्द्रबहादुर शाही
द्दद्दठ        कैलाली—१    डा. रणबहादुर रावल
द्दद्दड        कैलाली—२    कमलबहादुर शाह
द्दद्दढ        कैलाली—३    नारायणदत्त मिश्र
द्दघण्        कैलाली—४    खेमराज चौधरी
द्दघज्ञ        कैलाली—५    दीर्घराज भाट
द्दघद्द        कैलाली—६    शेरबहादुर देउवा
द्दघघ        दार्चुला    दिलेन्द्रप्रसाद बडू
द्दघद्ध        बैतडी—१    लोकराज अवस्थी
द्दघछ        बैतडी—२    नरबहादुर चन्द
द्दघट        डडेल्धुरा    शेरबहादुर देउवा
द्दघठ        कञ्चनपुर—१    दिवानसिंह विष्ट
द्दघड        कञ्चनपुर—२    नारायणप्रकाश साउद
द्दघढ        कञ्चनपुर—३    बहादुरसिंह थापा
द्दद्धण्        कञ्चनपुर—४    रमेश लेखक




    चिनकाजी श्रेष्ठ
    मुख्य सचिव


नेताहरूमा आत्मविश्वासको कमी

राजनीतिक दलका प्रमुख नेताहरू निर्वाचनमा दुई÷दुई क्षेत्रबाट चुनाव लड्ने प्रवृत्ति बढ्दै गएको छ । अघिल्लो संविधानसभा चुनावमा जम्मा चार जना नेता दुई÷दुई क्षेत्रबाट लडेका थिए, यसपटकको निर्वाचनमा अहिलेसम्म घोषित उम्मेदारको सूचीमा ११ जना नेता दुई÷दुई क्षेत्रबाट चुनाव लड्ने भएका छन् । यसस“गै प्रमुख दलका आफूलाई प्रभावशाली भन्ने नेताहरूसमेत समानुपातिक सिटमा उम्मेदवार हुने गलत प्रवृत्तिसमेत बढेको छ । अघिल्लो संविधानसभा चुनावमा भन्दा यसपटक विभिन्न पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरू ठूलो संख्यामा समानुपातिक सिटमा उम्मेदवार भएका छन् । प्रमुख नेताहरू नै दुई÷दुई क्षेत्रमा उठ्नु र समानपातिक सिटमा बस्नुले उनीहरूमा आ–आफ्ना क्षेत्रका जनताको विश्वास जित्न सक्छु भन्ने आत्मविश्वास नै नरहेको प्रतीत हुन्छ ।
यसले गर्दा अघिल्लो संविधानसभाबाट संविधान निर्माण गर्न असफल भएका नेताहरू पुनः जनतामा जान डराएका कारण कोही दुई÷दुई क्षेत्रमा चुनाव लड्न लागेको र कोही भने समानुपातिक सिटमा बसेको सन्देश गएको छ । ठूलो संख्यामा दुई÷दुई क्षेत्रमा चुनाव लड्नाले एकातिर निर्वाचन खर्च बढ्छ भने अर्कातिर अनावश्यक रूपमा निर्वाचन खर्चसमेत बढाउ“छ । दुई÷दुई क्षेत्रबाट जित्ने नेताले छाड्ने सिटमा पुनः चुनाव गराउनुपर्ने हुन्छ । जसले गर्दा दलहरू संविधानसभाबाट छिटो नया“ संविधान निर्माण गर्न लाग्नुपर्नेमा पुनः उपचुनावमा समय व्यतीत गर्नुपर्ने हुन्छ, फलस्वरूप संविधानसभाबाट संविधान निर्माण कार्य थाल्न ढिलाइ हुन्छ ।
अन्तरिम संविधानमा पिछडिएको क्षेत्र, वर्ग, शोषित र उत्पीडित समुदायलाई संविधानसभामा अनिवार्य प्रतिनिधित्व गराई संविधान निर्माण गर्न नै समानुपातिक सिटको व्यवस्था गरिएको हो । दलका प्रमुख नेताहरू नै समानुपातिक सिटमा उम्मेदवार भएर संविधानको मर्ममात्र लत्याएका छैनन् कि सामाजिक र आर्थिक रूपमा पछाडि परेका सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व खोस्नु लज्जास्पद कार्य हो, यसको जति आलोचना गरे पनि कम हुन्छ । अघिल्लोपटक संविधानसभाबाट संविधान बन्न नसकेकामा निराश र आहत भएका आमजनता यसपटक संविधानसभाबाट जति सक्दो छिटो संविधान बनोस् भन्ने चाहन्छन् । संविधानसभाबाट छिटो संविधान निर्माण गर्न मुख्य दलका प्रमुख नेताहरू संविधानसभामा पुग्नु अपरिहार्य हुन्छ, त्यसैका लागि प्रमुख दलका नेताहरूले दुई÷दुई क्षेत्रबाट चुनाव लडेका हुन् भने त्यसलाई अस्वभाविक रूपमा लिनुहुन्न । तर, एउटा क्षेत्रमा मात्र उठ्दा हारिने डरले दुई÷दुई, त्यो पनि सुरक्षित क्षेत्र खोजेको हो या आफ्नो राजनीतिक वर्चस्व र पहु“च देखाउन दुई÷दुई ठाउ“बाट लड्न लागेको हो भने त्यो राजनीतिक बेइमानी र संविधानसभाप्रति नै गम्भीर धोकाधडी हो । यस्तो संस्कारले संविधानसभाबाट छिटो संविधान निर्माण गर्न बल पु¥याउ“दैन । तसर्थ छिटो संविधान बनोस् भन्ने जनताको चाहना र भावनालाई कदर गरी दुई÷दुई क्षेत्रमा उठ्न खोज्ेन नेताहरूले आफ्नो गलत निर्णयमा पुनर्विचार गर्नै पर्छ । संविधान निर्माण गर्नुपर्ने बेलामा मुलुक र दलहरू उपनिर्वाचनका नाममा अल्मलिने अवस्था आउन नदिन सबै नेताले एक÷एक ठाउ“मा चुनाव लड्ने साहसिक र सामयिक निर्णय गर्नुपर्छ । बरु दलहरूले संविधान निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रमुख नेताहरूलाई संविधानसभामा पु¥याउने मैत्रीपूर्ण राजनीतिक वातावरण बनाउनु उपयुक्त हुन्छ । त्यसका लागि सबै मुख्य दलले एक–अर्को पार्टीका प्रमुख नेताहरू उठेको क्षेत्रमा आफ्नो पार्टीबाट उम्मेदवारी नदिएर या कमजोर उम्मेदवार उठाएर राजनीतिक सौहार्दता देखाउन सक्छन् । दलहरूबीच यस्तो विश्वास र आपसी सहयोगको राजनीतिक वातावरण बन्न सकेमा मात्र संविधानसभाबाट जनअपेक्षाअनुरूपको संविधान निर्माण गर्ने उपयुक्त राजनीतिक माहोल बन्न सक्छ । नेताहरूमा चुनावका समयमा आफ्नो वर्चस्व देखाउने तुजुक या जनतामा जान आत्मविश्वासको कमी दुवै कुराले संविधान निर्माण गर्न मद्दत पु¥याउ“दैन भन्ने यथार्थ सबै दलले समयमा बुझ्नु अपरिहार्य छ ।

Wednesday, October 2, 2013

कांग्रेस उम्मेदवार श्रेष्ठद्वारा सहकारीको तीन करोड बढी अनियमितता

काठमाडौं, १६ असोज– युगदर्शन तथा ऋण सहकारी संस्थाका कार्यकारी अध्यक्ष नरेशकुमार श्रेष्ठले आफ्नै संस्थाबाट प्रचलित कानुनी व्यवस्थाको उल्लंघन गरी तीन वर्षदेखि आफ्ना दुई व्यावसायिक कम्पनीका नाममा बिना धितो सवा तीन करोड रुपैया“ ऋण लिई सहकारीको पैसा दुरुपयोग गर्दै आएका छन् ।
‘सहकारी संघ÷संस्था दर्ता, सञ्चालन, लेखा परिक्षण, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड २०६८’ विपरीत श्रेष्ठले सहकारीबाट आफ्नो लगानी रहेको ‘हाम्रो आवास कम्पनी हेटौंडा’ र ‘हाम्रो युगदर्शन इन्भेस्टमेन्ट’ नामक कम्पनीमा तीन वर्षदेखि बिनाधितो सवा तीन करोड ऋण लिई अख्तियारको दुरुपयोग गरेका हुन् । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका श्रेष्ठले खोटाङ–२ मा पार्टीबाट संविधानसभा सदस्यको उम्मेदवारी पाएका छन् ।
यो सहकारी खोटाङबाट राजधानीमा आइबसेका व्यक्तिहरू मिलेर खोलेको संस्था हो । श्रेष्ठको लापर्बाहीका कारण संस्थाको वित्तीय स्थिति ऋणात्मक हुन पुगेको र शेयर होल्डर तथा डिपोजिटरहरूले जम्मा गरेको करिब ७ करोड रुपैया“ डुब्ने अवस्थामा पुगेको ठहर उक्त सहकारीको साधारणसभाले गरेको छ ।
मापदण्डमा संस्थाको कुल पू“जीको १० प्रतिशतभन्दा बढी रकम एक जना शेयर होल्डरलाई ऋण प्रवाह गर्न नपाइने व्यवस्थाविपरीत श्रेष्ठले आफैंले निर्णय गरी डिपोजिटरको ५ करोड ४५ लाख र संस्थाका २ सय २५ जनाको शेयर होल्डरको शेयर पू“जी १ करोड ५५ लाख रुपैया“मात्र भएको संस्थाबाट ठूलोमात्रामा ऋण लिएका छन् ।
मापदण्डमा संस्थाबाट बिना धितो ऋण लगानी गर्न नपाइने व्यवस्थाको उल्लंघन गरी श्रेष्ठले सहकारीमा कुनै धितो नराखी तीन वर्षदेखि ऋण लिएका हुन् । उनले तीन वर्षदेखि मापदण्ड उल्लंघन गरी आफू निकटका व्यक्तिहरूलाई समेत बिना धितो र कतिपयको हकमा कम धितामो ऋण प्रवाह गर्ने गरेको साधारणसभाले संस्थाका वित्तीय स्थितिका बारेमा तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
गत वैसाख २१ मा भएको संस्थाको साधारणसभाले सर्वसम्मतिबाट गत साउन २१ भित्र कार्यकारी अध्यक्ष श्रेष्ठलाई प्रचलित कानुन र वित्तीय व्यवस्था, संस्थाको विनियमलाई पूरै बेवास्ता गर्दै आफ्नो कम्पनीका नाममा लिएको ऋणको धितो राख्न, ब्याज तिर्न, धितो मूल्यांकन नगरी अरू व्यक्तिलाई प्रवाह गरेको ऋणको उचित धितो लिन, लापर्बाहीका कारण भाका नाघेको लगानी असुली गर्न निर्देशन दिएको थियो ।
साधारणसभाले श्रेष्ठलाई १५ दिनभित्र अर्थात् गत जेठको पहिलो साताभित्र एकल निर्णयबाट बिना धितो प्रवाह भएको ऋणको पर्याप्त धितो लिन र नसके त्यस्ता ऋणीका तर्फबाट आफैंले धितो बुझाउन निर्देश गरेको थियो । श्रेष्ठले आफूले ऋण लिंदासमेत संस्थाको विनिमयको उल्लंघन गरेका छन् । संस्थाका सदस्यहरूलाई १८ प्रतिशत ब्याजदरमा ऋण दिने विनियममा व्यवस्था भए पनि श्रेष्ठले आफूले भने १२.५ प्रतिशत ब्याजमा ऋण लिएर अख्तियार दुरुपयोग गरेको ठहरसमेत साधारणसभाको छ ।
साधारणसभाको निर्देशन र निर्णयलाई बेवास्ता गरी श्रेष्ठले साउन २१ को समयसीमाभित्र कुनै काम नगरेको जानकारी संस्थाका एक सदस्यले दिए । ती सदस्यका अनुसार निर्देशनअनुसार श्रेष्ठले कुनै काम नगरेपछि साधारणसभाको निर्णयअनुसार प्रचलित कानुन, सहकारी ऐनविपरीत अख्तियारको दुरुपयोग गरेको र व्यक्तिगत निर्णय गरी लगानी डुबाएको भन्दै शेयरहोल्डरहरूले उनीविरुद्ध कानुनी कारबाही गर्न प्रमाणसहित सहकारी डिभिजन कार्यालय काठमाडौंमा यसै साता उजुरी दिएका छन् ।
साधारणसभाले कार्यकारी अध्यक्षले संस्थाका नाममा राजधानीमा रहेको ३६ रोपनी जग्गा व्यक्तिगत निर्णयका आधारमा आफूखुसी बेचबिखन गरेको, दुई÷दुई वर्षसम्म साधारणसभा नबोलाएको, ऋण प्रवाह गर्दा धितो मूल्यांकन नगरेको, बिनाधितो कर्जा प्रवाह गरेको, ऋण लगानी उपसमितिलाई बेवास्ता गरी अध्यक्षले आफ्नो नाममा रहेको अर्को कम्पनीमा करोडौं लगानी गरेको ठहरसहितको प्रतिवेदन तयार गरेको छ । संस्थाको विनियमा नभए पनि आफूलाई कार्यकारी अध्यक्ष घोषित गरी संस्थाबाट नियमित रूपमा तलबसुविधा लिएको उल्लेख गर्दै साधारणसभाले सुरु मितिदेखि नै पारिश्रमिक र सुविधाबापत लिएको सम्पूर्ण रकमसमेत साउन २१ भित्र फिर्ता गर्नसमेत श्रेष्ठलाई निर्देशन दिएको थियो ।
साधारणसभाको प्रतिवेदन र निर्णयका बारेमा जिज्ञासा राख्दा श्रेष्ठले साधारणसभाको निर्देशनअनुसार धितो कम हुनेलाई पर्याप्त धितो राख्न, भाका नाघेका ऋणीलाई तत्काल बुझाउन पत्राचार गरिसकेको उल्लेख गर्दै कांग्रेसबाट उम्मेदवारी पाउन आफूले दौडधूप गर्नुपरेकाले साउन २१ को समयसीमाभित्र पूरा काम गर्न नभ्याएको स्वीकार गरे । उनले पुसभित्र साधारणसभाको निर्देशन सबै पूरा गरिसक्ने दाबी गरे ।
संस्थाको कुल पू“जीको १० प्रतिशतभन्दा बढी रकम एक जनाले ऋण लिन नपाइने र बिनाधितो कर्जा प्रवाह गर्न नपाइने कानुनी व्यवस्थाको आफैंंले उल्लंघन गरेकामा भने श्रेष्ठले प्रष्ट जवाफ दिएनन् । आफूले लिएको ऋण एक करोड रुपैया“भन्दा केही बढीमात्र रहेको दाबी गरे ।