Sunday, October 20, 2013

काभ्रे एमालेद्वारा समानुपातिक उम्मेदवार छनौटप्रति आपत्ति

काठमाडौं, २ कात्तिक– नेकपा एमाले काभ्रे जिल्ला समितिले पार्टीको पोलिटब्युरोले अत्यन्त अवैज्ञानिक, अपारदर्शी र गुटगत स्वार्थबाट प्रेरित भएर समानुपातिक उम्मेदवार छनोट गरेकामा लिखित आपत्ति जनाउ“दै तत्काल निर्णय सच्याउन माग गरेको छ ।
एमालेको काभ्रे जिल्ला समितिका पदाधिकाहरूको शनिबार बसेको बैठकले समानुपातिक उम्मेदवारको छनोटको निर्णय पार्टीलाई सबभन्दा ठूलो बनाउने पार्टी कार्यकर्ता र आमजनताको भावनाविपत रहेको ठहर गर्दै पोलिटब्युरोलाई पत्र पठाएर निर्णय सच्याउन माग गरेको हो ।
एक क्षेत्र एक समानुपातिक उम्मेदवारको नीतिअनुरूप काभ्रेले कम्तीमा चार जना उम्मेदवार पाउनुपर्नेमा एक जना पनि नपाएको उल्लेख गर्दै एमाले काभ्रे जिल्ला समितिका अध्यक्ष गोकुल बा“स्कोटाले जिल्ला समितिले निर्णय सच्याउन केन्द्रलाई चेतावनी दिएको जानका दिए । उनले एमालेको निर्णयले माओवादीलाई फाइदा पु¥याउने उल्लेख गर्दै निर्णय नसच्याए त्यसबाट उत्पन्न परिणामको जिम्मेवार पोलिटब्युरो हुने चेतावनीसमेत जिल्ला समितिले दिएको बताए । पार्टीका जनताको बहुदलीय जनवादविरोधी नेताहरूका कारण समानुपातिक उम्मेदवार छनोटमा गलत निर्णय भएको ठहर समिति काभ्रे जिल्ला समितिको छ ।

Saturday, October 19, 2013

अध्यक्ष र गृहमन्त्रीद्वारा हेलिकप्टर चढेर तीर्थाटन

निजी काममा राज्यको ढुकुटीबाट १५ लाखभन्दा बढी दुरुपयोग
काठमाडौं, १ कात्तिक– मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र गृह मन्त्री माधव घिमिरे दसैं नौरथाको मौका पारेर नेपाली सेनाको हेलिकप्टर चढी धार्मिक शयर गरेको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएका छन् ।
स्रोतका अनुसार उनीहरूले अष्टमीको दिनमा राज्यको ढुकुटीबाट लाखौं खर्च गरी सेनाको विलाशी हेलिकप्टरबाट गोरखा र नवलपरासीको शक्तिको पीठमा पूजाआजा गरेका हुन् ।
रेग्मी र घिमिरे पत्नी र परिवारका अरू सदस्यसहित दुइटा शक्तिपीठ र त्रिवेणी धाममा पुगेका हुन् । आकस्मिक काममा जानुपर्दामात्र सरकार प्रमुख र मन्त्रीले सरकारी खर्चमा हेलिकप्टरमा जाने परम्परा छ ।
तर, रेग्मी र घिमिरेले शक्ति पीठको दर्शन गर्ने निजी काममा सरकारी खर्चमा झन्डै ७ घन्टासम्म हेलिकप्टरमा शयर गरेर राज्यको ढुकुटीको चरम दुरुपयोग गरेको प्रधानमन्त्री कार्यालयकै एक अधिकारी बताउ“छन् ।
उनीहरूले चढेको हेलिकप्टर भाडाको बिल सेनाबाट आउन बा“की छ, तर विलाशी हेलिकप्टर भएकाले रेग्मी र घिमिरेको शक्ति पीठ दर्शनको खर्च १५ लाख रुपैया“भन्दा बढी भएको जानकारी सैनिक स्रोतले दिएका छन् । ‘सिटामोल र जीवनजलसमेत पाउन दुर्लभ हुने दुर्गम जिल्लाका स्वास्थ्य चौकीहरूमा अत्यावश्यक औषधि पु¥याउन त्यति १५ लाख रुपैया“ पर्याप्त हुन सक्थ्यो’ एक सरकारी भन्छन् ।
रेग्मी र घिमिरे राजधानीबाट अष्टमीको दिन बिहानै सेनाको एमआई–१७ हेलिकप्टरमा उडेर सबभन्दा पहिला गोरखाको मनकामना मन्दिरमा गएका थिए । त्यहा“ प्रहरीले व्यवस्था गरेको पूजा सामग्री प्रयोग गरी रेग्मी र घिमिरेले पूजाआजा गरेका थिए ।
रेग्मी र घिमिरेका कारण अष्टमीको दिनमा समेत गोरखाका जिल्ला प्रशासन र प्रहरीका उच्च अधिकारीहरूले दसैं मनाउनसमेत पाएनन् । गोरखाका प्रजिअ कृष्ण्ँबहादुर कार्की र डीएसपी वसन्त कु“वरलगायतका अधिकारी सदरमुकामबाट बिहानै करिब ३० किलोमिटर टाढा कच्ची बाटोमा मोटरबाट मनकामना मन्दिरमा आएर रेग्मी र घिमिरेको स्वागत गरेका थिए ।
मनकामनाको दर्शन गरेपछि रेग्मी र घिमिरे हेलिकप्टरबाटै नवलपरासीको मौला कालिका गए । त्यहा“ पनि प्रहरी, प्रशासन र सेनाका स्थानी उच्च अधिकारीहरू उपस्थित भएर मन्त्रिपरिषदका अध्यक्ष रेग्मी र गृह मन्त्री घिमिरेको स्वागत गरेका थिए ।
मौला कालिकाको दर्शन गरेपछि अध्यÔ र गृहमन्त्री हेलिकप्टरबाटै नवलपरासीको त्रिवेण्ँीधाम पुगेका थिए । त्रिवेण्ँी धाममा उनीहरू स्वामी कमलनयनाचार्यको आश्रममा गएर केही बेर बसेका थिए । उनीहरू अष्टमीको दिन नै अपराह्न हेलिकप्टरबाटै राजधानी फर्किएका थिए ।




छ पेशागत संगठनद्वारा कांग्रेसलाई सघाउन आह्वान

काठमाडौं, १ कात्तिक– विभिन्न छवटा पेशागत संगठनले आगामी संविधानसभा चुनावमा संघीय लोकतान्त्रिक संविधान निर्माणको सुनिश्चितताका लागि मुलुकको एकमात्र लोकतान्त्रिक पार्टी कांग्रेसलाई जिताउन सम्पूर्ण पेशाकर्मी र आमजनसमुदायलाई अपिल गरेका छन् ।
डेमोक्रेटिक लयर्स एसोसिएसन,  डेमोक्रेटिक इन्जिनियर्स एसोसिएसन, प्रेस युनियन, नेपाल शिक्षक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ र प्रजातन्त्रवादी चिकित्सक संघको शुक्रबार बसेको बैठकले अघिल्लो संंविधानसभामा कम्युनिस्टहरूको बहुमत रहेका कारण संविधान बन्न नसकेको दाबी गर्दै संविधानको सुनिनिश्चितताका लागि लोकतान्त्रिक शक्तिलाई जिताउन आह्वान गरेको हो ।
बैठकपछि छवटा संगठनका तर्फबाट डेमोक्रेटिक लयर्स एसोसिएनका अध्यक्ष यदु खनालले वक्तव्य जारी गरी संविधानसभा चुनावलाई सफल पार्न विभिन्न पेशा, व्यवसायमा रहेका बुद्धिजीवी, आमजनता र दलहरूलाई आह्वानसमेत गरेका छन् ।

Friday, October 18, 2013

दसैं सकिनासाथ देशव्यापी चुनावी अभियान तीव्र

  • ५० प्रतिशत मतपत्रको छपाइ सम्पन्न
  • समानुपातिकको सकिन लाग्यो, प्रत्यक्षको मतपत्र छाप्न सुरु
  • दलका शीर्ष नेताहरू घोषणापत्रस“गै देशव्यापी चुनावी दौडाहामा जाने
काठमाडौं, ३१ असोज– निर्वाचन आयोगले संविधानसभा चुनावको तयारीलाई तीव्रता दिंदै मतपत्र छपाइ बिहीबारसम्म करिब ५० प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ । आयोगले जनक शिक्षा केन्द्र लिमिटेडमा दसैंमा समेत कर्मचारीहरूलाई बिदा नदिई मतपत्र छाप्ने कार्य जारी राखिएकाले छपाइको ५० प्रतिशत कार्य सकिएको जानकारी निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता वीरबहादुर राईले दिए ।
दलहरूले समेत बडा दसैंको लगत्तै धमाधम संविधानसभा चुनावको घोषणापत्र जारी गरी देशव्यापी निर्वाचन अभियान सुरु गर्ने भएका छन् । दलहरूले सबै निर्वाचन क्षेत्रमा आ–आफ्ना पार्टीका प्रत्यक्ष सिटका उम्मेदवारलाई र समानुपातिक सिटमा पार्टीलाई जिताउन आममतदातालाई अपिल गरिएका पोस्टर, पम्पलेट, पर्चा, मुखपत्र जिल्ला–जिल्लामा पु¥याएर बा“ड्ने अभियानसमेत सुरु गरिसकेका छन् ।
आयोगका प्रवक्ता राईका अनुसार समानुपातिक सिटतर्फको मतपत्रको छपाइ कार्य करिब–करिब सकिएको छ भने संविधानसभाका प्रत्यक्ष २ सय ४० सिटका लागि मतपत्र छाप्ने कार्यसमेत धमाधम सुरु भएको छ । आयोगका एक अधिकारीले प्रत्यक्षतर्फको २६ सिटको मतपत्रको छपाइ कार्यसमेत सम्पन्न भइसकेको छ भने बा“की सिटको मतपत्रको छपाइसमेत धमाधम भइरहेको छ । ती अधिकारीका अनुसार करिब १ करोड २४ लाख मतदाता भए पनि आयोगले डेढ करोड मतपत्र छाप्दैछ । मतपत्र कुनै कारण बिग्रिएमा, च्यातिएमा या खोसिएमा निर्वाचन नरोकियोस् भने प्रत्यक्ष र समानुपातिक दुवैतर्फ डेढ करोडको दरले मतपत्र छाप्न लागिएको हो ।
‘मतपत्रको छपाइ धमाधम भइरहेको छ । समानुपातिक सिटको मतपत्रको छपाइ कार्य सकिन लाग्यो । प्रत्यक्ष निर्वाचनको मतपत्र छाप्ने कार्य सुरु भइसकेको छ, अबको केही दिनमै मतपत्र छपाइ कार्य सम्पन्न हुन्छ’ राईले भने ।
दलहरूले समेत बडा दसैं सकिनासाथ देशव्यापी निर्वाचन अभियान सुरु गर्ने भएका छन् । नेकपा एमालेले सञ्चार माध्यममार्फत् संविधानसभा चुनावको घोषणापत्र सार्वजनिक गरी निर्वाचनको अभियानको थालनी गरिसकेको छ ।
राप्रपा नेपालले समेत घोषणापत्र सार्वजनिक गरी देशव्यापी चुनावी अभियान सुरु गरिसकेको छ । एमाओवादी र कांग्रेसले एकै दिन शनिबार घोषणापत्र सार्वजनिक गर्दैछन् । कांग्रेस कार्यसमितिको शुक्रबार बस्ने बैठकले घोषणापत्रलाई पारित गर्ने र शनिबार सार्वजनिक गर्ने जानकारी पार्टीका प्रचार विभागका प्रमुख मिनेन्द्र रिजालले दिए ।
मधेसी दलहरूले समेत एक साताभित्रै घोषणापत्र सार्वजनिक गरी देशव्यापी चुनावी अभियान सुरु गर्ने अन्तिम तयारी गरिरहेका छन् । एमाओवादी, कांग्रेस र एमालेले घोषणापत्र सबै जिल्लामा पु¥याइसकेपछि आफ्ना शीर्ष नेताहरू एक साथ सबै निर्वाचन क्षेत्रमा गएर सम्बोधन गरी चुनावी अभियानलाई तीव्रता दिने कार्यक्रमसमेत अघि सार्ने भएका छन् ।
शीर्ष नेताहरू एकसाथ  सबै निर्वाचन क्षेत्रको दौडाहा गर्दा पार्टीमा एकताको सन्देश जाने र आफ्नो पक्षमा माहोल बनेर आफ्नो पार्टीको पक्षमा चुनावी लहर आउने विश्वाससमेत तीनै दलको छ ।
पार्टीका तर्फबाट एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल तथा एमालेका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र केपी ओली देशव्यापी दौडाहामा जाने जानकारी ती दलका नेताले दिए ।
एमाओवादीका नेता श्रेष्ठले पार्टीले शनिबार निर्वाचन घोषणापत्र सार्वजनिक गरेपछि देशव्यापी प्रचारप्रसारलाई तीव्र पारिने बताएका छन् । उनका अनुसार घोषणापत्रको निर्माणको काम सकिएको छ भने त्यसलाई छपाइमा दिइएको श्रेष्ठले जानकारी दिए ।  ‘घोषणापत्र सार्वजनिक गरेपछि चुनावी प्रचार प्रसारले तीव्रता पाउ“छ’ उनले भने ।
कांग्रेस प्रचार विभाग प्रमुख रिजालले घोषणापत्र जारी गरिसकेपछि आफ्ना पार्टीका शीर्ष नेताहरूको एक साथ देशव्यापी चुनावी दौडाहा सुरु हुने जानकारी दिए । ‘हाम्रो (कांग्रेसको) घोषणापत्र शनिबार सार्वजनिक गर्छौं । घोषणापत्र सार्वजनिक भएपछि देशव्यापी रूपमा पार्टीको पक्षमा लहर ल्याउन पार्टीका तीनै जना शीर्षसहित प्रमुख नेताहरूले एक साथ जिल्ला–जिल्लाको दौडाहा गरी निर्वाचन प्रचार अभियान सुरु गर्नुहुनेछ’ रिजालले भने ।
केन्द्रबाट एउटै रंगको पोष्टर तयार गरी उम्मेदवारलाई दिइएको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए । उनका अनुसार पार्टीले अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर भएको पर्चा भने केन्द्रबाट छापेर सबै निर्वाचन क्षेत्रमा पठाउने तयारी गरेको छ ।
एमाओवादीले आफू सरकारमा भएका बेला गरिएका राम्रा काम जनतामा पु¥याउन छुट्टै पर्चा छाप्ने तयारीसमेत गरेको छ । त्यो पर्चा पनि देशभर पठाइने उनले जनाए । प्रचारप्रसारका लागि कात्तिक ३ गतेबाट जनादेश साप्ताहिकलाई दैनिक बनाउन निर्णय उसले गरेको छ । आठ पृष्ठको ट्याब्लोइड पत्रिका निर्वाचनलाई लक्षित गरी प्रकाशन गरिने प्रवक्ता सापकोटाले बताए भने । कृष्णसेन समाचार सेवालाई दिनमा तीनपटक अपडेट गर्ने, सामाजिक सञ्जालको प्रयोग गर्ने र अन्य सञ्चार माध्यममा आफ्नो प्रचारप्रसार सामाग्री पठाउने नीतिसमेत उसले बनाएको छ ।
एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले पार्टी घोषणापत्र सार्वजनिक भए पनि त्यसलाई छरितो आकारमा प्रकाशन गरी सबै क्षेत्रमा पु¥याएर देशव्यापी चुनावी अभियान सुरु गरिने जानकारी दिए । ‘हामीले सबै माध्यमबाट प्रचारप्रसार तीव्र पार्दैछौ’ उनले भने, ‘न्यु मिडियाको प्रयोग राम्रो देखिएको छ ।’
उनका अनुसार एमालेका उम्मेदवारहरू घरदैलो कार्यक्रममा ब्यस्त छन् । उनीहरूले स्थानीयस्तरमा एक रंगको पोष्टर र पर्चा बनाएर मतदाताकहा“ पुगिरहेका छन् । पर्चा र पोष्टरबाहेक एमालेले न्यु मिडियालाई व्यापक प्रयोगमा ल्याएको उनले जनाए ।  पार्टीको औपचारिक समाचार सेवा ‘रातो सूर्य’ मार्फत् पार्टीका निर्वाचन गतिविधि निरन्तर अपडेट गरिरहेको एमालेले आम संचार माध्यामस“गको सम्बन्धसमेत विस्तार गरिरहेको जानकारी ज्ञवालीले दिए ।











 


Thursday, October 17, 2013

नेपाली मुस्लिम धुमधाम मनाउँदै बकर इद

काठमाडौं, ३० असोज– मुस्लिम धर्मावलम्बीको इद उलफित्रपछिको महान् चाड बकर इद बुधबार देशभरका नेपाली मुसलमान समुदायले बुधबारदेखि धुमधामका साथ मनाउन थालेका छन् । यो पर्व मुस्लिम समुदायले खासगरी बुधबारदेखि तीन दिनसम्म कुरबानी दिएर मनाउने चलन छ । सरकारले मुस्लिम धर्मावलम्बीको यो पर्वमा बुधबार सार्वजनिक बिदा दिएको छ ।
नेपाली मुस्लिम धर्मावलम्बीले बिहानै नुहाएर मस्जिद वा इदगाहमा गए नमाज पढी घर फर्किसकेपछि अल्लाहका नाममा चौपाया खसी, भै“सी एवं बा“झो पाठीलाई  बली –कुरबानी) चढाउ“छन्, जसलाई कुरबानी भनिन्छ । कुरबानी आङ्खना नामको अतिरिक्त परिवारका मृत सदस्यको नाममा पनि चढाइन्छ । नमाज पढिसकेपछि मुस्लिम धर्मावलम्बीहरूले एक–आपसमा गला मिलाएर शुभकामना आदान प्रदान गर्छन् ।
मुस्लिम समूदायका सम्पन्नदेखि विपन्न वर्गसम्मले यस पर्वमा मीठो पकवान (बिरियानी, पुलाउ, कर्मा र कोक्ता) र कबाब (मासुको परिकार) भोज (दावत) खान÷खुवाउनमा व्यस्त हुन्छन् । मुस्लिम परम्पराअनुसार बुधबार बिहान उपवास बसी नमाज पढेर प्रार्थना गरेपछि खसी, रा“गालगायतको कुर्बानी (बली) दिए । कुरबानीको मासु मुस्लिम धर्मावलम्बीले परम्पराअनुसार तीन दिनसम्म तीन भाग लगाएर एक भाग आफू खान्छन् भने एक भाग आफन्त वा इष्टमित्र र एक भाग गरिबलाई खुवाउ“छन् ।
नया“ र सफा लुगामा सजिएका उनीहरूले छरछिमेक र इष्टमित्रलाई आलोपालो दावत (भोज) दिन्छन् । मुस्लिम धार्मिक ग्रन्थ कुरानका अनुसार अल्लाहले नवि इव्राहिम अलि सलामलाई ‘तिमीलाई मन परेको वस्तु कुरबानी देऊ’ भनेपछि उनले ८० वर्Èको उमेरमा आङ्खनी पत्नी हाजराका गर्भबाट जन्मिएको सबभन्दा प्यारो छोरा इस्माइल अलि सलामलाई कुरबानी दिन गएका थिए । तर अल्लाहले नवि इव्राहिम अलि सलामको यो कामबाट निकै प्रसन्न भई उनको कुरबानीलाई स्वीकार गरी छोरा इस्माइलको ठाउ“मा दुम्बा (भेडा) कुरबानी गरिएको थियो । यही घटनाको स्मृतिमा बकर इद मनाउन थालिएको हो ।

कांग्रेसको घोषणापत्र कोजाग्रत पूर्णिमाको लगत्तै जारी हुने

काठमाडौं, ३० असोज– नेपाली कांग्रेसले आगामी संविधानसभाको घोषणापत्र कोजाग्रत पूर्णिमाको लगत्तै जारी गर्ने भएको छ । कांग्रेस नेता रामशरण महतले पार्टीको चुनावी घोÈण्ाँपत्रको निर्माण तयारी अन्तिम चरण्ँमा पुगेको र एक साताभित्रै जारी हुने जानकारी दिए ।
‘कांग्रेसको घोषणापत्रको निर्माण अन्तिम चरणमा पुगिसकेको छ । घोषणापत्र तयारीको समितिको अब एक÷दुई चरणमा बस्ने बैठकले अन्तिम रूप दिनेछ । त्यसपछि पार्टीको बैठकले घोषणापत्रलाई पारित गरी पत्रकार सम्मेलन गरेर जारी गर्नेछ’ घोषणापत्र तयारी समितिमा रहेका महतले कान्तिपुरसित भने ।
उनले कोजाग्रत पूर्णिमाको लगत्तै कांग्रेसले घोषणापत्र जारी गर्ने जानकारी दिए । कांग्रेसले कात्तिकको दोस्रो साता सम्ममा घोषणापत्र छापेर २ सय ४० वटै निर्वाचन Ôेत्रमा पु¥याइसक्ने जनाएको छ ।
कांग्रेसले नवलपरासीको त्रिवेणीमा तीन महिनाअघि भएको महासमिति बैठकले पारित गरेको राजनीतिक प्रस्तावका आधारमा घोषणापत्र निर्माण गरिरहेको छ । कांग्रेसले शासकीय स्वरूपमा संसदबाट निर्वाचित प्रधानमन्त्री सरकार प्रमुख र संसद तथा प्रान्तीय सभाका सदस्यहरूबाट निर्वाचित राष्ट्रपति राष्ट्राध्यक्ष हुने संसदीय शासन प्रणालीलाई आफ्नो घोषणापत्रमा अघि सार्ने भएको छ ।
तर, संघीयताका सवालमा कांग्रेसले निर्णय लिन बा“की रहेको घोषणापत्र तयारी समितिका एक नेताले जानकारी दिए । ती नेताका अनुसार सबै जातजाति र धर्मको साझा पहिचान हुने गरी आर्थिक स्रोतसाधनले धान्न सक्ने कम संख्यामा प्रदेश निर्माण गर्नेमा समेत घोषणापत्र तयारी समिति एक मत भइसकेको छ । तर, प्रदेशको संख्या कतिवटा प्रस्ताव गर्ने भन्नेबारेमा मात्र कांग्रेस निर्णयमा पुग्न बा“की छ ।
दसैं मनाउने क्रममा गृहनगर नेपालगन्जमा निकै व्यस्त रहेका सभापति सुशील कोइरालाले नेपालगन्जस्थित कान्तपुर संवाददातासितको कुराकानीमा घोषणपत्रलाई अन्तिम रूप दिने कार्य भइरहेको उल्लेख गर्दै आफू राजधानी पुगेपछि छपाइका लागि प्रेसमा पठाइने बताए ।
‘घोÈण्ाँपत्र पार्टी बैठकबाट पारित गरी छपाइ गर्न पठाउनुपर्ने हु“दा मलाई छिटो काठमाडौं जानुपर्ने भएको छ’ कोइरालाले भने, ‘प्रेसमा केही समय लाग्ला, तर कात्तिक दोस्रो सातासम्ममा ७५ वटै जिल्लामा पु¥याइसक्नेछौं ।’

Friday, October 11, 2013

ओखलढुंगामा कांग्रेसका दुवै बागीद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं, २५ असोज– ओखलढुंगाका दुवै निर्वाचन क्षेत्रका नेपाली कांग्रेसका बागी उम्मेदारले पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
क्षेत्र नं. २ का बागी उम्मेदवार अशोककुमार कार्कीले शुक्रबार वक्तव्य जारी गरी पार्टीका आधिकारिक उम्मेदवार रामहरि खतिवडाको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।
क्षेत्र नं. १ का बागी उम्मेदवार महेश कर्मोचाले अघिल्लो दिन नै पार्टीका आधिकारिक उम्मेदवार बालकृष्ण दाहाललाई समर्थन गर्दै मनोनयन फिर्ता लिएका छन् । कर्मोचाले भने निर्वाचन कार्यालयबाटै मनोनयन फिर्ता लिएका हुन् ।
कार्कीले वक्तव्यमा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवासहितको आग्रह र निर्देशनमा आफूले उम्मेदवारी फिर्ता लिएको उल्लेख गर्दै पार्टीका उम्मेदवार खतिवडालाई सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका छन् ।
वक्तव्यमा उनले आफूले उम्मेदवारी निस्तेज पारिसकेकाले आफ्नो चुनाव चिह्नमा नभई कांग्रेसको रूख चिह्नमा मतदान गर्नसमेत पार्टी कार्यकर्ता, शुभेच्छुक तथा आममतदातालाई अपिल गरेका छन् ।


२०७०/६/२५

प्रेस वक्तव्य


    उपरोक्त सम्बन्धमा यही मिति २०७० साल मंसिर ४ गते सम्पन्न हुने दोस्रो संविधानसभाको निर्वाचनमा ओखलढुंगा जिल्ला निर्वाचन क्षेत्र नं. २ को आकांक्षी उम्मेदवार भई क्षेत्रीय कार्यसमितिबाट सिफारिश भई आएकोमा संसदीय समितिबाट विवेकपूर्ण निर्णय नभएको भन्ने अनुुभूति हुँदा मैले ओखलढुंगा निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिई निर्वाचन चिन्ह समेत प्राप्त भएकोमा नेपाली कांग्रेसका आदरणीय सभापति, वरिष्ठ नेता सहित शीर्ष नेताहरुबाट उम्मेदवारी फिर्ता गरी पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग गर्न निर्देशन गर्नु भएकोले चित्त बुुझि मेरो उम्मेदवारी निस्तेज गरी पार्टीका आधिकारिक उम्मेदवार श्री रामहरि खतिवडालाई सहयोग गर्ने वचनवद्धता जाहेर गर्दछु । साथै, मेरो चुनाव चिन्हमा मतदान नगरी नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गरिदिनुहुन सबैमा म हार्दिक अनुरोध गर्दछु । मेरो उम्मेदवारीले पार्टी तथा ओखलढुंगा जिल्ला क्षेत्र नं. २ का पार्टी पंक्तिका शुुभेच्छुक समर्थक साथीहरुलाई पर्न गएको पीडा प्रति क्षमायाचना गर्दै म र मेरा प्रस्तावक नेपाली कांग्रेस ओखलढुंगाका पूर्व जिल्ला सदस्य श्री शान्तिराज खड्का र समर्थक क्षेत्र नं. २ का महासमिति सदस्य श्री जितेन्द्रबहादुर कार्कीलाई समेत पार्टीबाट हुने कारवाही नगरिदिनु हुन सादर अनुरोध गर्दछु ।

    अशोककुमार कार्की
    महाधिवेशन प्रतिनिधि
    एवं पूर्व सचिव, जिल्ल कार्य समिति, ओखलढुंगा
    नेपाली कांग्रेस