Sunday, November 17, 2013

कार्टरद्वारा राष्ट्रपति यादवसित भेटवार्ता

काठमाडौं, २ मंसिर– अमेरिकी पूर्वराष्ट्रपति एवं कार्टर सेन्टरका अध्यक्ष जिम्मी कार्टरले राष्ट्रपति डा रामवरण यादवस“ग आइतबार भेटवार्ता गरेका छन् । उक्त अवसरमा दुई नेताबीच समसामयिक राजनीतिक अवस्था, संविधानसभा निर्वाचन र त्यसपछि लेखिने संविधानका मूलभूत विषयबारे छलफल भएको जानकारी राष्ट्रपति कार्यालयका एक अधिकारीले दिएका छन् ।
राष्ट्रपति यादवले संविधानसभा निर्वाचनका साथै नेपालको सामाजिक–आर्थिक विकासका लागि भारत, चीन, युरोपेली संघ, अमेरिकालगायत मुलुक र अन्तर्राष्ट्रिय समुदायले सक्दो सहयोग गरिरहेको बताए ।
उनले कार्टरलाई पारदर्शी, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको र त्यसनिम्ति पर्याप्त सुरक्षाकर्मी परिचालनका साथै निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका थिए ।
‘निर्वाचनको तयारीलगायत चुनावी प्रक्रियाको अवलोकन एवं निरीक्षण गर्न पनि राष्ट्रपतिले कार्टरलाई आग्रह गर्नुभयो’ राष्ट्रपति कार्यालयका ती अधिकारीले भने ।  ती अधिकारीका अनुसार करिब २५ मिनेट भएको भेटमा अमेरिकी पूर्वराष्ट्रपतिले शासकीय स्वरूप र संघीयताका विषयमा सबै पक्षबीच समझदारी कायम गर्ने मिलनविन्दु ‘फ्रेन्च मोडेल’ उपयुक्त हुने धारणा व्यक्त गरेका थिए ।
कार्टरले यादवलाई संसारका विभिन्न मुलुकमा भएका निर्वाचनको कार्टर सेन्टरले पर्यवेक्षण गर्दै आएको तथा सोही क्रममा आफू नेपाल आएको जानकारी गराएका थिए । युरोपेली संघको पर्यवेक्षण ‘मिसन’ स“ग मिलेर आफू नेतृत्वको टोलीले काठमाडौं उपत्यकाका विभिन्न मतदान केन्द्र र मतगणनास्थलको पर्यवेक्षण गर्ने जानकारी पनि उनले राष्ट्रपतिलाई गराएका थिए ।




चुनाव गराउन सरकारले निर्वाह गरेको भूमिका प्रशंसनीय : कार्टर

कार्टरद्वारा मन्त्रिपरिषद्का अध्यक्षसित भेटवार्ता
काठमाडौं, २ मंसिर– अमेरिकी पूर्वराष्ट्रपति एवं कार्टर सेन्टरका अध्यक्ष जिम्मी कार्टरले संविधानसभा निर्वाचन सम्पन्न गर्ने वातावरण तयार गर्ने सन्दर्भमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र उनको सरकारले निर्वाह गरेको भूमिकाको सिंगो अन्तर्राष्ट्रिय समुदायले उच्च मूल्यांकन र प्रशंसा गरेको बताएका छन् ।
उनले आइतबार बिहान अध्यक्ष रेग्मीसित भेटवार्ता गरी संविधानसभा निर्वाचनको तयारीबाट आफू उत्साही भएको बताएका छन् । मन्त्रिपरिषदको अध्यक्षको सचिवालयबाट जारी विज्ञप्तिका अनुसार कार्टरले नेपालको विशेष परिस्थितिमा हुन लागेको संविधानसभा निर्वाचनको तयारी, व्यवस्थापन र सुरक्षा प्रबन्धबाट स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान हुने विश्वाससमेत व्यक्त गरेका हुन् ।
भेटका अवसरमा कार्टरले नेपालमा रहेको कार्टर सेन्टरले गरेको अध्ययनबाट नेपाली मतदाता चुनावमा मतदान गर्न आतुर रहेको आफूले पाएको बताउ“दै संविधानसभाको निर्वाचनपछि नेपालमा शान्ति, विकास र समृद्धिको थालनी हुने विश्वास व्यक्त गरे ।
रेग्मीले कार्टर सेन्टरलगायत अन्य अन्तर्राष्ट्रिय समुदायले निर्वाचनको पर्यवेक्षण गर्न तथा निर्वाचनमैत्री वातावरण निर्माण गर्न गरेको सहयोगको सराहना गर्दै सरकारले सुरक्षा प्रबन्धलाई मजबुत बनाएकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा आश्वस्त रहन आग्रह गरेका थिए । उनले निर्वाचन पर्यवेक्षणका लागि कार्टर स्वयं आएकामा धन्यवादसहित आभार व्यक्त गरे ।
रेग्मीले निर्वाचनविरोधी कुनै पनि हिंसात्मक गतिविधि हुन नदिन सरकारले विशेष सुरक्षा रणनीति अवलम्बन गरेको जानकारी गराउ“दै भयरहित वातावरणमा निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको बताए । रेग्मीले मतदाताहरूको सविधानप्रदत्त मताधिकारलाई कुण्ठित पार्ने दुराशयले कसैले अवरोध गर्ने, हिंसात्मक कार्य गर्ने वा कानून प्रतिकूल कुनै कार्य गरेमा वा गर्न लगाएमा त्यसलाई सरकारले कानुनबमोजिम कारबाही गरी मतदाताको मताधिकार सुनिश्चित गर्ने पनि कार्टरलाई जानकारी गराए ।


नेपाल सरकार
मन्त्रिपरिषद् अध्यक्षको निजी सचिवालय
पे्रस विज्ञप्ति


मन्त्रिपरिषद् अध्यक्ष रेग्मी–अमेरिकी पूर्वराष्ट्रपति कार्टर भेट

कार्टर सेन्टरका अध्यक्ष एवं अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरले २०७० मंसिर ४ गतेको संविधानसभा निर्वाचन सम्पन गर्ने वातावरण तयार गर्ने सन्दर्भमा मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष खिलराज रेग्मी र उहाँ नेतृत्वको सरकारले सरकार गठन भएपछि निर्वाह गरेको भूमिकाको सिङ्गो अन्तराष्ट्रिय समुदायले उच्च मूल्याङ्कन र प्रशंसा गरेको बताउनुभएको छ । मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीसँग आज बिहान बालुवाटारमा भेटवार्ता गर्दै पूर्वराष्ट्रपति कार्टरले संविधानसभा निर्वाचनको तयारीबाट आफू उत्साही भएको बताउनुभयो । नेपालको विशेष परिस्थितिमा हुनलागेको संविधानसभा निर्वाचनको तयारी, व्यवस्थापन र सुरक्षा प्रबन्धबाट स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान कार्यक्रम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभएको छ ।
भेटका अवसरमा पूर्वराष्ट्रपति कार्टरले नेपालमा रहेको कार्टर सेन्टरले गरेको अध्ययनबाट नेपाली मतदाता २०७० मंसिर ४ गते मतदान गर्न आतुर रहेको आफूले पाएको बताउँदै संविधानसभाको निर्वाचनपछि नेपालमा शान्ति, विकास र समृद्धिको थालनी हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले कार्टर सेन्टर लगायत अन्य अन्तर्राष्ट्रिय समुदायले निर्वाचनको पर्यवेक्षण गर्न तथा निर्वाचनमैत्री वातावरण निर्माण गर्न गरेको सहयोगको सराहना गर्दै सरकारले निर्वाचन लक्षित सुरक्षा प्रबन्धलाई मजबुत बनाएकाले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा आश्वस्त रहन आग्रह गर्नुभयो । साथै, निर्वाचन पर्यवेक्षणको लागि कार्टर स्वयं उपस्थित हुनु भएकोमा मन्त्रिपरिषद् अध्यक्षले धन्यवाद सहित आभार व्यक्त गर्नुभयो ।
भेटकै क्रममा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले निर्वाचनविरोधी कुनैपनि हिंसात्मक गतिविधि हुन नदिन सरकारले विशेष सुरक्षा रणनीति अवलम्बन गरेको जानकारी गराउँदै भयरहित वातावरणमा निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको बताउनुभयो । साथै, मतदाताहरुको सविधानप्रदत्त मताधिकारलाई कुण्ठित पार्ने दुराशयले कसैले अवरोध गर्ने, हिँसात्मक कार्य गर्ने वा कानूनप्रतिकूल कुनै कार्य गरेमा वा गर्न लगाएमा त्यसलाई सरकारले कानूनबमोजिम कारबाही गरी मतदाताहरुको मताधिकार सुनिश्चित गर्ने पनि मत्रिपरिषद्का अध्यक्ष रेग्मीले पूर्वराष्ट्रपति कार्टरलाई बताउनुभयो ।


Friday, November 15, 2013

चुनावी सरकारद्वारा आचारसंहिता उल्लंघन गरी राजनीतिक नियुक्ति

प्रकृति संरक्षणको कोषको सदस्यसचिवमा गजुरेल नियुक्त
काठमाडौं, २९ कात्तिक– संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वको चुनावी सरकारले निर्वाचन ऐन र आचारसंहितालाई उल्लंघन गरी राजनीतिक नियुक्ति गरेको छ । एमालेको कोटामा वनमन्त्री बनेका टेकबहादुर घर्तीको सिफारिसमा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गोविन्द गजुरेललाई राष्ट्रिय प्रकृति संरÔण्ँ कोÈको सदस्यसचिव पदमा नियुक्ति गरी निर्वाचन आचारसंहिताको उल्लंघन गरेको हो । गजुरेल एमाले भातृ संगठन नेपाल बुद्धिजीवी परिÈद्का केन्द्रीय सल्लाहकार हुन् ।
चुनाव हुनु पा“च दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले चिनिया“ जहाज खरिद गर्ने अर्को विवादास्पद निर्णय गरी त्यसका लागि चीन सरकारसित ऋण र अनुदान सम्झौता गर्ने अख्तियारीसमेत दिएको छ । सोही दिन नै सरकारले राजनीतिक नियुक्तिसमेत गरेको हो ।
चुनावी सरकारले दैनिक प्रशासन चलाउने र आकस्मिक निर्णयबाहेक मुलुकलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय र राजनीतिक नियुक्ति गर्न संवैधानिक र कानुनी रूपमै नमिल्ने सरकारी अधिकारीहरू नै बताउ“छन् ।
मन्त्रिपरिषदले गजुरेलको नियुक्तिलाई सार्वजनिक नगरी गोप्य राखेको छ । तर, गजुरेल शुक्रबार कोषको कार्यालयमा पदबहाली गरेपछि उनको नियुक्तिको खुलासा भएको हो । निर्वाचत आचारसंहिता लागू भएपछि सरकारले निर्वाचन आयोगको पूर्वसहमतिबिना नियुक्ति, सरुवा र बढुवाको निर्णय गर्न सक्तैन । तर, सरकारले आयोगको पूर्वसहमति नलिईकन गजुरेललाई नियुक्त गरेको हो ।
वनमन्त्रालयले बिहीबारमात्र गजुरेललाई नियुक्तिका लागि आयोगसित सहमति माग्दै पत्र पठाएको छ । सरकारले आयोगको सहमति नआउ“दै गजुरेलको नियुक्तिको निर्णय गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको जानकारी वन मन्त्रालयका एक अधिकारीले दिए ।
तर, आयोगका पदाधिकारी भने यसबारेमा बोल्न चाह“दैनन् । ‘आयोगमा त्यसबारेमा सहमति मागेर पत्र आएको छ । तर, आयोगको बैठक बसेर लिखित सहमति गए÷नगएको मलाई थाहा छैन, भोलि–पर्सिसम्ममा मात्र त्यसबारेमा बुझेर भन्न सक्छु’ आयोगका प्रवक्ता वीरबहादुर राईले भने ।
गजुरेल मनमोहन प्रतिष्ठान सानेपामा कार्यकारी निर्देशक थिए । एमाले सरकारमा सहभागी रहेका बेला उनी सिटिईभिटीमा सदस्यसचिव समेत भएका थिए । कोषका सदस्यसचिव जुद्धबहादुर गुरुङले कार्यकाल पूरा गरी कात्तिक ४ मा अवकास पाएपछि रिक्त पदमा गजुरेललाई नियुक्ति गरिएको हो ।

Thursday, October 24, 2013

चुनावमा खटिने सबै कर्मचारी र सुरक्षाकर्मीलाई १५ लाखको बिमा

काठमाडौं, ७ कात्तिक– सरकारले संविधानसभा चुनावमा खटिने सम्पूर्ण कर्मचारी र सुरक्षाकर्मीलाई १५ लाख रुपैया“ बराबरको बिमा गरिदिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चुनाव गराउन खटिएका कुनै पनि कर्मचारी या सुरक्षाकर्मीको मृत्यु भएमा १५ लाख रुपैया“ बराबरको बिमा या क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्तावमा चुनावी बिमाको व्यवस्था गरेको हो । पौडेलले चुनावमा खटिने सेना, सशस्त्र र नेपाल प्रहरीका सबै जनालाई अतिरिक्त सुविधा दिने निर्णय गरेको जानकारीसमेत दिए । अतिरिक्त सुविधा कति दिने भन्ने चाहि“ उनले उल्लेख गरेनन् ।
पौडेलले संविधानसभा चुनावमा फोटोसहितको मतदाता परिचयपत्र लागू हुने बताए । उनले शुक्रबारदेखि निर्वाचन आयोगले मतदाता परिचयपत्र छाप्ने कार्य सुरु गर्ने जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषदले सचिव र सहसचिवहरूलाई विभिन्न क्षेत्रमा चुनावको अनुगमन गर्न खटाउने निर्णयसमेत गरेको छ ।

आगामी हिउँदमा लोडसेडिङ १२ घन्टामात्र हुने

  • भारतबाट थप ७४ मेगावाट बिजुली आयात गरिने
  • मंसिरसम्म कटैया–कुसाहा प्रसारण लाइनको क्षमता दोब्बर हुने
काठमाडौं, ६ कात्तिक– यस वर्ष कुलेखानीको जलाशय भरिएको र भारतबाट थप ७४ मेगावाट बिजुली आयात गर्ने प्रक्रिया अघि बढाइएकाले आगामी हिउ“दमा लोडसेडिङ बढीमा १२ घन्टामा सीमित हुने भएको छ । मुलुकमा बढ्दो विद्युत् संकट कम गर्न भारतबाट मंसिरदेखि थप ७४ मेगावाट बिजुली आयात गर्न लागिएकाले आगामी हिउ“दमा अघिल्लो वर्षको भन्दा कम लोडसेडिङ हुने जानकारी विद्युत् प्राधिकरणका अधिकारीले दिए ।
अघिल्लो वर्ष हिउ“दमा बढीमा १४ घन्टासम्म लोडसेडिङ भएको थियो । भारतबाट थप बिजुली आयात गर्ने व्यवस्था नमिलाइएको भए वर्षेनि बढ्ने विद्युत्को खपतका कारण आगामी हिउ“दमा लोडसेडिङ १७ घन्टा पुग्ने प्रक्षेपण प्राधिकरणको थियो ।
यस वर्ष लोडसेडिङ बढ्न नदिन प्राधिकरणले भारतीय पावर दलाल कम्पनी पीटीसी र भारतीय विद्युत् विकास कम्पनीसित हिउ“दयाममा विराटनगरको कटैया–कुसाहाबाट थप बढीमा ७० र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट थप १० मेगावाट आयात गर्ने सहमति गरिसकेको छ ।
अघिल्लो वर्È हिउ“दमा प्राधिकरण्ँले भारतबाट बढीमा १ सय ८० मेगावाटसम्म विद्युत् आयात गरेकामा आगामी हिउ“दमा लोडसेडिङ दैनिक बढीमा १२ घन्टाबाट बढ्न नदिन २ सय ५४ मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ ।
प्राधिकरणले भारतबाट विद्युत् आयात गर्ने प्रमुख मार्ग (कटैया–कुसाहा प्रसारण्ँ लाइन)  गुणस्तर कन्डक्टर फेरेर अपग्रेड गर्ने अन्तिम चरणमा पु¥याएको छ ।प्राधिकरणले कटैया–कुसाहा प्रसारण्ँ लाइनको नेपालतर्फको १२ किमी खण्डको अपग्रेड (स्तरोन्नति) गरिसकेको छ । उक्त प्रसारण लाइनको भारतीय भूमिमा पर्ने तीन किमी लामो खण्डको स्तरोन्नति गर्न भारतीय सरकारले हालै स्वीकृति दिएको जानकारी प्राधिकरणका कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीले दिए ।
प्राधिकरण्ँले विराटनगरको कटैया–कुसाहा प्रसारण्ँ लाइनमा गुण्ँस्तरीय कन्डक्टर फेरेर अपग्रेड गरी विद्युत् आयातको Ôमता दोब्बर पार्न लागेको हो । ८० मेगावाट विद्युत्मात्र आयात निर्यात गर्न सकिने उक्त प्रसारण लाइनको अपग्रेड गरिसकेपछि १ सय ६० मेगावाटसम्म विद्युत् ल्याउन सकिन्छ ।
प्राधिकरण्ँले उक्त प्रसारण्ँ लाइनको नेपालतर्फ पर्ने १२ किमी खण्डको अपग्रेड गर्ने कार्य सम्पन्न गरिसकेको छ । भारततर्फ पर्ने ३ किमी खण्डमा भारतीय सरकारको स्वीकृति आउन समय लागेकाले प्रसारण लाइनको अपग्रेड गर्ने कार्यमा केही ढिलाइ भएको हो ।
‘भारतीय सरकारले आफ्नोतर्फको प्रसारण लाइन अपग्रेड गर्न लिखित स्वीकृति दिएको छ । अब त्यहा“ पनि अपग्रेड गर्ने कार्य अब छिट्टै सुरु हुन्छ’ कार्कीले कान्तिपुरसित भने ।
प्राधिकरण्ँका भार प्रेÈण्ँ केन्द्रका प्रमुख भुवन Ôेत्रीले भारतीय खण्डतर्फ सामान लैजान दुई साताजति लाग्ने र तिहारको लगत्तै प्रसारण लाइन अपग्रेड गर्ने कार्य सुरु हुने जानकारी दिए । ‘सामान लानमात्र समय बढी लाग्ने हो, भारततर्फको प्रसारण लाइन अपग्रेड गर्न तीन÷चार दिनमात्र लाग्छ । प्रसारण्ँ लाइन अपग्रेड गरेपछि ८० मेगावाटमात्र बिजुली ल्याउन सकिने कटैया–कुसाहा प्रसारण्ँ लाइनबाट दोब्बर अर्थात् १ सय ६० मेगावाटसम्म विद्युत् आयात गर्न सकिनेछ’ क्षेत्रीले भने ।
भारततर्फको प्रसारण लाइनमा फेरिने गुणस्तरीय कन्डक्टरको खर्चसमेत प्राधिकरणले नै बेहोर्नेछ, उक्त प्रसारण लाइन नेपालतर्फ बिजुली ल्याउनमात्र प्रयोग हुने भएकाले प्राधिकरणले खर्च बेहोर्नुपरेको हो । मंसिर पहिलो सातादेखि नै उक्त प्रसारण लाइनबाट दोब्बर क्षमतामा बिजुली ल्याउन सकिने जानकारी उनले दिए । उनले हिउ“दमा उक्त प्रसारण लाइनबाट १ सय ५० मेगावाटसम्म बिजुली आयात गर्ने प्राधिकरणको योजना छ ।
‘यस वर्ष कुलेखानीको जलाशय पनि भरियो र कटैया–कुसाहा प्रसारण्ँ लाइनको स्तरोन्नति कार्य पनि कात्तिक अन्तिमसम्म सकिन्छ । त्यहा“बाट ८० बाट बढाएर १ सय ५० मेगावाट बिजुली आयात गरिने भएकाले यसपटक हिउ“दमा लोडसेडिङ १२ घन्टाभन्दा बढी हुने छैन’ क्षेत्रीले भने ।
प्राधिकरण्ँले टनकपुर–महेन्द्रनगर प्रसारण्ँ लाइनबाट समेत थप १० मेगावाट बिजुली आयात गर्ने भएको छ । भारतीय कम्पनी (पीटीसी) ले प्राधिकरण्ँलाई भारतीय राज्य छत्तीसगढको पावरहाउसबाट उत्पादित ३० मेगावाट बिजुली टनकपुर–महेन्द्रनगर प्रसारण्ँ लाइनबाट दिने प्रस्ताव गरेको छ । टनकपुर–महेन्द्रनगर प्रसारण्ँ लाइनमार्फत् भारतबाट टनकपुर विद्युत् आयोजनाबाट नेपालले पाउने निःशुल्क बिजुली (७ करोड युनिट) बाहेक अघिल्लो वर्È प्राधिकरण्ँले २० मेगावाट विद्युत् आयात गरेको थियो । यस वर्È उक्त प्रसारण्ँ लाइनमार्फत् प्राधिकरण्ँले भारतबाट थप १० अर्थात् ३० मेगावाट बिजुली आयात गर्ने भएको छ ।
पीटीसीले उक्त प्रसारण्ँ लाइनबाट सस्तो मूल्य अर्थात् प्रतियुनिट ६ रुपैया“  (भारु ३.७५) मा विद्युत् दिने प्रस्ताव गरेको छ । प्राधिकरण्ँ सञ्चालक समितिको केही दिनअघि बसेको बैठकले टनकपुरबाट पीटीसीमार्फत् ३० मेगावाट बिजुली खरिद गर्ने निणर््ँय गरी व्यवस्थापनलाई प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिइसकेको जानकारी स्रोतले दिए । स्रोतका अनुसार पीटीसीसित उक्त लाइनबाट थप बिजुली ल्याउने प्रक्रियासमेत अन्तिम चरणमा पुगेको छ ।
कटैया–कुसाहाबाट ८० मेगावाटमात्र आयात गर्दै आएकामा यस वर्È प्रसारण्ँ लाइनको स्तरोन्नति गरी १ सय ५० मेगावाटसम्म बिजुली ल्याउने योजना प्राधिकरण्ँको छ । बा“की बिजुली अघिल्लो वर्È झैं नेपाल–भारतबीच विभिन्न नाकाका ३३ केभी प्रसारण्ँ लाइनबाट आयात गरिनेछ । प्राधिकरण्ँले कटैया–कुसाहा र टनकपुर–महेन्द्रनगरबाहेक रामनगर, वीरगन्ज, इनरुवा, राजविराज, सिराहा, जलेश्वर, भैरहवा र नेपालगन्ज नाकाबाट ३३ केभीको प्रसारण्ँ लाइनबाट समेत थोरै परिमाण्ँमा भए पनि बिजुली आयात गर्दै आएको छ ।

Wednesday, October 23, 2013

कांग्रेसका समानुपातिकतर्फका उम्मेदवारहरु

क्र.सं.    नाम
ज्ञ        चित्रलेखा यादव
द्द        गोपालमान श्रेष्७
घ        कुलबहादुर गुरुञ्
द्ध        लीला कोइराला
छ        दिलबहादुर ३र्ती
ट        नरेन्द्रबिक्रम नेम्वाञ्
ठ        प्रदीप गिरी
ड        १ानेन्द्रबहादुर कार्की
ढ        मिनेन्द्रप्रसाद रिजाल
ज्ञण्        प्रकाशशर०ा महत
ज्ञज्ञ        मानबहादुर विश्वकर्मा
ज्ञद्द        सुजाता कोइराला
ज्ञघ        मनमोहन भट्टराई
ज्ञद्ध        महालक्ष्मी उपाध्याय ८िना
ज्ञछ        आनन्दप्रसाद ९ुंगाना
ज्ञट        सूर्यमान गुरुञ्
ज्ञठ        क्मला पन्त
ज्ञड        अम्बिका बस्नेत
ज्ञढ        धनराज गुरुञ्
द्दण्        महेन्द्र यादव
द्दज्ञ        सुरेन्द्रराज पा०८े
द्दद्द        रत्न शेरचन
द्दघ        मिनबहादुर विश्वकर्मा
द्दद्ध        बद्रीप्रसाद पा०८े
द्दछ        जीवन परियार
द्दट        ईश्वरी न्यौपाने
द्दठ        सिता गुरुञ्
द्दड        कविताकुमारी सरदार
द्दढ        मिनाक्षी झा
घण्        सुजाता परियार
घज्ञ        राजनप्रसाद पन्त
घद्द        कुमारी लक्ष्मी राई
घघ        मीना सुब्बा
घद्ध        वावुराम राना
घछ        चिनकाजी श्रेष्७
घट        रामचन्द्र पोखरेल
घठ        शुक्रराज शर्मा
घड        अशोक कोइराला
घढ        लक्ष्म०ाबहादुर बस्नेत
द्धण्        शिवराज जोशी
द्धज्ञ        जीतबहादुर पुरी
द्धद्द        नाराय०ाप्रसाद कोइराला
द्धघ        ग०ोशप्रसाद विमली
द्धद्ध        हरिहर आचार्य (विरही)
द्धछ        श्यामकुमार ३िमिरे
द्धट        जगदीश्वरनरसिंह के.सी.
द्धठ        हरिबोल भट्टराई
द्धड        नाराय०ाप्रसाद गौ८ेल
द्धढ        सुनिल रा०ाा
छण्        तारि०ाीदत्त च६ौत
छज्ञ        मधुप्रसाद आचार्य
छद्द        तिलकबहादुर रानाभा६
छघ        रामेश्वरप्रसाद खनाल
छद्ध        यदुनाथ खनाल
छछ        युवराज शर्मा
छट        भरतबहादुर ख८्का
छठ        शंकरप्रसाद पा०८ेय
छड        कृष्०ालाल सापको६ा
छढ        जगन्नाथ पौ८ेल
टण्        केदारनाथ कोइराला
टज्ञ        मोहन १वाली
टद्द        शंकर गिरी
टघ        धु्रव वाग्ले
टद्ध        चन्द्रबहादुर के.सी.
टछ        बलदेव बोहरा
टट        मोहनराज मल्ल
टठ        केशवप्रसाद भट्टराई
टड        ललित अधिकारी
टढ        मंगलबहादुर शाही
ठण्        गिरिराज गौतम
ठज्ञ        कृष्०ा सिंह नायक
ठद्द        सुनिलकुमार भ०८ारी
ठघ        नरेन्द्रबहादुर सिंह
ठद्ध        अर्जुनकुमार पोखरेल
ठछ        धर्मराज न्यौपाने
ठट        जगतप्रसाद जोशी
ठठ        खुमाप्रसाद अर्याल
ठड        रमा पौ८ेल (गुरागाई)
ठढ        कृष्०ाकुमारी पौ८ेल (खतिव८ा)
डण्        तारादेवी भुर्तेल
डज्ञ        सरिता प्रसाई
डद्द        रुक्मी०ाीदेवी कोइराला
डघ        शान्ता रिजाल
डद्ध        तुलसा आचार्य
डछ        मधु शाही ७कुरी
डट        कल्या०ाीदेवी रिजाल
डठ        अम्बिका सुवेदी
डड        लक्ष्मी थापा
डढ        कमला थापा
ढण्        विजुलाकुमारी वर्मा
ढज्ञ        विष्०ाुदेवी पु८ासैनी
ढद्द        धनकुमारी खतिव८ा
ढघ        सृजना अधिकारी
ढद्ध        सुशीला ९काल (आचार्य)
ढछ        सरोज मल्ल
ढट        रमा अर्याल
ढठ        अनिता देवको६ा
ढड        किर०ा कोइराला
ढढ        जुनाकुमारी दानी
ज्ञण्ण्        रिता शाही
ज्ञण्ज्ञ        मि७ु मल्ल
ज्ञण्द्द        पार्वती चन्द
ज्ञण्घ        लीलाकुमारी नेपाल
ज्ञण्द्ध        चन्द्रादेवी जोशी
ज्ञण्छ        मैना कार्की
ज्ञण्ट        ८ा. आरजु रा०ाा देउवा
ज्ञण्ठ        दीपशिखा शर्मा ९काल
ज्ञण्ड        उमा रेग्मी
ज्ञण्ढ        ८ा. ८िला संग्रौला
ज्ञज्ञण्        ओमकला गौतम
ज्ञज्ञज्ञ        रमा कोइराला (पौ८ेल)
ज्ञज्ञद्द        शिला शर्मा (ख८्का)
ज्ञज्ञघ        कल्पनादेवी चोखाल
ज्ञज्ञद्ध        सरस्वती अर्याल तिवारी
ज्ञज्ञछ        अमृता शाही
ज्ञज्ञट        निर्मला क्षेत्री
ज्ञज्ञठ        प्रसिस महरा
ज्ञज्ञड        नाराय०ाी रायमाझी
ज्ञज्ञढ        उर्मिला नेपाल
ज्ञद्दण्        मन्जु खा०ा
ज्ञद्दज्ञ        पार्वतीदेवी जैशी
ज्ञद्दद्द        दिव्येश्वरी शाह
ज्ञद्दघ        कारोवती दनुवार्नी
ज्ञद्दद्ध        रामकुमारी मलाहिन
ज्ञद्दछ        मुक्ताकुमारी यादव
ज्ञद्दट        संगीता म०८ल (धानुक)
ज्ञद्दठ        सरस्वती गिरी
ज्ञद्दड        वासमतीदेवी गिरी
ज्ञद्दढ        कौशर शाह
ज्ञघण्        अन्जु सिंह चौधरी
ज्ञघज्ञ        जमीला मिया
ज्ञघद्द        मालतीदेवी श्रीवास्तव
ज्ञघघ        रश्मी ७ाकुर
ज्ञघद्ध        मोहम्म२ी सि२िकी
ज्ञघछ        लखीकुमारी ग०ोश
ज्ञघट        सरवत आरा खातुन हलुवाईनी
ज्ञघठ        प्रमेश्वरी पा७क
ज्ञघड        ¥चा द्विवेदी
ज्ञघढ        रेखा कौर (प्रसाई)
ज्ञद्धण्        सरोजकुमारी यादव
ज्ञद्धज्ञ        जिव५ीकुमारी यादव
ज्ञद्धद्द        ममता श्रीवास्तव
ज्ञद्धघ        लक्ष्मीना देवी रौनियार
ज्ञद्धद्ध        मुन्नीकुमारी गुप्ता
ज्ञद्धछ        गीताकुमारी यादव
ज्ञद्धट        तपेश्वरीदेवी यादव
ज्ञद्धठ        सूर्यमती उपाध्याय
ज्ञद्धड        फुलकलिया कुर्मीनी
ज्ञद्धढ        नगिना यादव
ज्ञछण्        कुन्तिकुमारी यादव
ज्ञछज्ञ        सरस्वतीदेवी हरिजन
ज्ञछद्द        कुन्ति पासीन
ज्ञछघ        मीराकुमारी नेपाली
ज्ञछद्ध        प्रमिलादेवी दास
ज्ञछछ        कुमारीदेवी मुसहर
ज्ञछट        मोहनी साफी
ज्ञछठ        श्याम देवी पासमान
ज्ञछड        उषा गुरुञ्
ज्ञछढ        कृष्०ाा अमात्य
ज्ञटण्        मार्जी गुरुञ् (अकला गुरुञ्)
ज्ञटज्ञ        सरिता गुरुञ्
ज्ञटद्द        राज्यलक्ष्मी श्रेष्७
ज्ञटघ        चन्द्रलक्ष्मी ताम्राकार
ज्ञटद्ध        मनकुमारी गुरुञ्
ज्ञटछ        सरस्वती वजिमय
ज्ञटट        पुष्पलता लामा
ज्ञटठ        धनकुमारी थापा
ज्ञटड        देवकी श्रेष्७
ज्ञटढ        अनु गुरुञ्
ज्ञठण्        विष्०ाुकुमारी लिम्वू (दाहाल)
ज्ञठज्ञ        रेनुका काउचा
ज्ञठद्द        जीवन ८ंगोल
ज्ञठघ        विन्दादेवी आले (राना)
ज्ञठद्ध        कुसुमदेवी थापा
ज्ञठछ        उमा थापा
ज्ञठट        दिपक रोका मगर
ज्ञठठ        हरिप्रभा ख८्गी
ज्ञठड        हरिमाया गुरुञ्
ज्ञठढ        हीरा गुरुञ्
ज्ञडण्        अन्जना ताम्ली
ज्ञडज्ञ        चन्द्रमाया लिम्बू
ज्ञडद्द        हेमालक्ष्मी राई
ज्ञडघ        यमुनादेवी श्रेष्७
ज्ञडद्ध        सुवर्०ा ज्वारचन
ज्ञडछ        उर्मिला थापा
ज्ञडट        अन्जनी श्रेष्७
ज्ञडठ        लीला सुब्बा
ज्ञडड        ललिता किञ््रिञ् मगर
ज्ञडढ        ललितकला गुरुञ्
ज्ञढण्        महेन्द्रकुमारी लिम्बू
ज्ञढज्ञ        रजनी अमात्य (जोन्५े)
ज्ञढद्द        विजया श्रेष्७ (के.सी.)
ज्ञढघ        मनोरमा शेरचन
ज्ञढद्ध        माया राई
ज्ञढछ        ओमदेवी मल्ल जोशी
ज्ञढट        सुनयना पालिखे (श्रेष्७)
ज्ञढठ        चिउ८े लामा
ज्ञढड        ६िकाकुमारी बु९ा
ज्ञढढ        सिता श्रेष्७
द्दण्ण्        सिताकुमारी राना
द्दण्ज्ञ        भारती गुरुञ्
द्दण्द्द        राधा ३ले
द्दण्घ        रेखा गुरुञ्
द्दण्द्ध        कल्पना सोप
द्दण्छ        विमला नेपाली
द्दण्ट        आशा वि.क.
द्दण्ठ        राजन विश्वकर्मा
द्दण्ड        कोपिला वि.क.
द्दण्ढ        रुपा वि.क.
द्दज्ञण्        नानीमाया नेपाली
द्दज्ञज्ञ        कोपिला बोहरा
द्दज्ञद्द        लक्ष्मी परियार सेवा
द्दज्ञघ        विष्०ाुमाया परियार
द्दज्ञद्ध        राधिका भुजेल
द्दज्ञछ        उमाकुमारी वादी
द्दज्ञट        फुलवती राजवंशी
द्दज्ञठ        मालतीदेवी चौधरी
द्दज्ञड        नमिताकुमारी चौधरी
द्दज्ञढ        पाती थरुइन
द्दद्दण्        सावित्रीदेवी चौधरी
द्दद्दज्ञ        पम्फा धिमाल
द्दद्दद्द        पेपी थरुनी
द्दद्दघ        सरस्वती चौधरी
द्दद्दद्ध        भो६नीदेवी खवास
द्दद्दछ        लक्ष्मीदेवी भ०८ारी
द्दद्दट        गंगादेवी चौधरी
द्दद्दठ        सुन्दरी देवी थरुनी
द्दद्दड        धमेन्द्रविक्रम नेम्वाञ्
द्दद्दढ        विकेन्द्रकुमार लिम्बू
द्दघण्        दिनेश राई
द्दघज्ञ        श्रव०ाकुमार राई
द्दघद्द        मोहनकुमार राई
द्दघघ        प्रताप सिंह लामा
द्दघद्ध        धु्रव श्रेष्७
द्दघछ        दिलमान पाख्रीन
द्दघट        पूर्०ाबहादुर तामा
द्दघठ        मोहनकुमार सिंह माथेमा
द्दघड        हिरालाल त०८ुकार
द्दघढ        आनन्दराज जोशी
द्दद्धण्        हरिप्रसाद श्रेष्७
द्दद्धज्ञ        प्रमोदकुमार श्रेष्७
द्दद्धद्द        राजकुमार नकर्मी
द्दद्धघ        दिनवन्धु श्रेष्७
द्दद्धद्ध        कल्या०ाकुमार गुरुञ्
द्दद्धछ        दुर्गाबहादुर राना मगर
द्दद्धट        अमरसिंह पुन
द्दद्धठ        झुलबहादुर आले
द्दद्धड        गजेन्द्रबहादुर आले
द्दद्धढ        तमबहादुर दरै
द्दछण्        भीमबहादुर दुरा
द्दछज्ञ        रवीन्द्रराज श्रेष्७
द्दछद्द        लालकाजी गुरुé
द्दछघ        दिव्यम०िा राजभ०८ारी
द्दछद्ध        ६ेकप्रसाद गुरुञ्
द्दछछ        चन्द्रध्वज गुरुञ्
द्दछट        इन्द्रबहादुर गुरुञ्
द्दछठ        जीवनप्र्रेम श्रेष्७
द्दछड        मनोहरनाराय०ा श्रेष्७
द्दछढ        आञ््गेलु शेर्पा
द्दटण्        प्रदीपकुमार सुनुवार
द्दटज्ञ        थलकुमार लिंखा
द्दटद्द        रवीप्रकाश राई
द्दटघ        ग०ोशबहादुर थापा (मगर)
द्दटद्ध        नविन चित्रकार
द्दटछ        राजु श्रेष्७
द्दटट        मीनाकुमारी श्रीवास्तव
द्दटठ        अर्जुनकुमार श्रेष्७
द्दटड        लालबहादुर ३ले
द्दटढ        वु४ लामा
द्दठण्        कवेलबहादुर लामा (तामाञ्)
द्दठज्ञ        ५िरिञ् क्याप्ने लामा
द्दठद्द        भुष०ाध्वज राजलव६
द्दठघ        ख८्गबहादुर बस्याल
द्दठद्ध        मानबहादुर नेपाली
द्दठछ        जयराम ६म६ा
द्दठट        विजुलबहादुर वि.क. दुलाल
द्दठठ        लीलमान दमाई
द्दठड        कर्०ाबीर कामी
द्दठढ        शिवनाराय०ा गनगाई
द्दडण्        रन्जीत कर्०ा
द्दडज्ञ        अमियकुमार यादव
द्दडद्द        भोला पजियार
द्दडघ        उपेन्द्रप्रसाद चौधरी
द्दडद्ध        हरिशंकर मिश्र
द्दडछ        उपेन्द्रप्रसाद कुशवाहा
द्दडट        रामश्रेष्७ प्रसाद साह
द्दडठ        अब्दुल कलाम मुसलमान
द्दडड        लालवावु सिंह भुईहार
द्दडढ        मातृकाप्रसाद यादव
द्दढण्        मुक्तिनाथ यादव
द्दढज्ञ        बादशाह कुर्मीँँ
द्दढद्द        अब्दुल हमिद सि२िकी
द्दढघ        रिजवान अहमद शाह
द्दढद्ध        ८ा. सुरेशकुमार कनौ८िया
द्दढछ        धर्मेन्द्र झा
द्दढट        शशिकान्त अग्रवाल
द्दढठ        महेशकुमार जाजु
द्दढड        मेदनी महतो धानुक म०८ल
द्दढढ        अमृतलाल राजवंशी
घण्ण्        ३ुरन माझी
घण्ज्ञ        बीरेन्द्रकुमार माझी
घण्द्द        शान्तिदेवी चौधरी
घण्घ        मोहन चौधरी
घण्द्ध        लाहुराम थारु
घण्छ        वु४िसागर चौधरी
घण्ट        स्मृतिनाराय०ा चौधरी
घण्ठ        हरेशप्रसाद महतो
घण्ड        ओमप्रकाश शर्मा
घण्ढ        नरेन्द्रप्रसाद मिश्र
घज्ञण्        शेख रसिद अली
घज्ञज्ञ        ओमप्रकाश
घज्ञद्द        किशोरी साह
घज्ञघ        मुख्तार अहमद
घज्ञद्ध        भगीरथ कुमार पोद्वार
घज्ञछ        राकेशकुमार सिंह
घज्ञट        वशिष्७नाराय०ाप्रसाद कुर्मी
घज्ञठ        वसिउल्लाह मुसलमान
घज्ञड        ८िल्लीबहादुर चौधरी
घज्ञढ        प्यारेलाल राना
घद्दण्        रामसमझ चौधरी
घद्दज्ञ        श्यामलाल राना थारु
घद्दद्द        भगवती प्रसाद थारु
घद्दघ        सोमप्रसाद चौधरी
घद्दद्ध        रामसुन्दर महरा
घद्दछ        सूर्यदेव दास उराव
घद्दट        बंगाली हजरा दुसाद
घद्दठ        मैकुलाल वाल्मिकी
घद्दड        सिता मिजार
घद्दढ        पद्मसिंह वि.क.
घघण्        लोकबहादुर विश्वकर्मा
घघज्ञ        नरभान कामी
घघद्द        बीरबहादुर सुनार
घघघ        शम्भु हजरा दुसाद
घघद्ध        धर्मेन्द्र पासवान
घघछ        रामवर०ा पासवान


Sunday, October 20, 2013

वाम बुद्धिजीवी संग्रौला गगनको प्रचारमा

काठमाडौं, २ कात्तिक– साहित्यकार एवं वाम बुद्धिजीवी खगेन्द्र संग्रौला कांग्रेस युवा नेता गगन थापाको प्रचार अभियानमा जुटेका छन् । काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार थापाले चुनाव प्रचारप्रसार अभियानका क्रममा शनिबार कामनपा–७ स्थित चाबहिलको घरदैलोमा संग्रौला पत्नीसहित सरिक भएका हुन् । संग्रौला क्षेत्र नं. ४ कै मतदाता हुन् ।
थापाले संग्रौलाकै घरबाट वडा नं. ७ मा मत माग्दै घरदैलो सुरु गरेका हुन् । त्यसपछि संग्रौला थापाको पक्षमा मत माग्दै दिनभर कार्यक्रममा सरिक भएका थिए । थापाले सामाजिक सञ्जाल ट्विटरमा वामपन्थी बुद्धिजीवी संग्रौला आफ्नो प्रचारमा सरिक भएको तस्बिर सार्वजनिक गरेका छन् ।