- प्रधानमन्त्रीमा सहमति नभए लोकतान्त्रिक विधिबाट नेता चयन
काठमाडौं, ३० पुस– कांग्रेस नेताहरूले पार्टीमा प्रधानमन्त्रीका लागि बाहिर आएजस्तो विवाद नरहेको दाबी गरेका छन् । कांग्रेस निकट वरिष्ठ पत्रकारहरूको स्वशासन प्रकाशन प्रालिले सुरु गरेको पाÔिक पत्रिका ‘थिति’ को मंगलबार राजधानीमा संयुक्त रूपमा लोकापणर््ँ गर्दै उनीहरूले पार्टीभित्र प्रधानमन्त्रीमा सर्वसम्मति नभए लोकतान्त्रिक विधिबाट नेता चयन गरिने बताएका छन् ।
‘सरकारको नेतृत्वबारे बाहिर आएजस्तो पार्टीमा कुनै विवाद छैन । प्रधानमन्त्री को हुने भन्ने विषयमा सहमति नभए लोकतान्त्रिक अभ्यासबाटै टुंगो लगाइनेछ’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने– ‘लोकतान्त्रिक पार्टीमा नेतृत्वका लागि संघर्È, विवाद र प्रतिस्पर्धा हुनु स्वभाविकमात्र होइन लोकतान्त्रिक अभ्यास पनि हो ।’
वरिष्ठ नेता शेरबहादुर देउवाले कांग्रेसमा प्रधानमन्त्रीको हुने भन्ने सवालमा निर्णयमा पुग्न पार्टीभित्रको सन्तुलनलाई ख्याल गर्नुपर्छ भन्दै घुमाउरो पारामा ‘एक व्यक्ति एक पद’ हुनुपर्ने अडान व्यक्त गरेका छन् ।
कांग्रेसका तीनै जना शीर्È नेताले जनादेशअनुरूप आफ्नो पार्टीको नेतृत्वमा सहमतीय सरकार गठन गरी एक वर्Èभित्रै लोकतान्त्रिक संविधान निर्माण्ँ गर्ने प्रतिबद्धता व्यक्त गरेका । उनीहरूले संविधानसभा चुनावमा कांग्रेसले जनतालाई एक वर्Èभित्रमा संविधान दिने वाचा गरेअनुरूप संविधान निर्माण्ँको कामलाई छिटो सम्पन्न गर्न आफूहरू लागि पर्ने बताएका हुन् ।
