सुरुङमार्गका कारण फास्ट ट्रयाक र निजगढ विमानस्थलको भविष्य नै अन्यौलमा
काठमाडौं, २६ माघ– फास्ट ट्र्याक ढिलाइका कारण महत्वका साथ अघि सारिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य अनिश्चित हुन पुगेको छ । राष्ट्रिय गौरवका दुई आयोजना अनिश्चय हु“दा पनि सरोकारवाला भौतिक पूर्वाधार र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय कानमा तेल हालेर बसेका छन् ।
ट्र्याक खोल्ने जिम्मा लिएको नेपाली सेना एक÷दुई सातामै फास्ट ट्र्याकबाट फिर्ता हु“दैछ । खोलिसकिएको फास्ट ट्र्याक गत वर्षायाममा बाढीपहिरोले ठाउ“ठाउ“मा भत्किएर मोटर चल्न नसक्ने छ । ‘निर्माण रोकिएको छ, मुआब्जाको काम मात्र भइरहेको छ,’ भौतिक पूर्वाधार सचिव तुलसी सिटौलाले भने, ‘सेना पर्किएपछि मन्त्रालयले नै पहिरो फाल्ने काम गर्नेछ ।’
फास्ट ट्र्याक सबै खुलिसक्यो भनेर ‘झूटो प्रचार’ गरिएको छ । तर भौतिक पूर्वाधार मन्त्रालयले ललितपुरमा पर्ने आठ किलोमटर खण्ड, बसपार्क र सुख्खा बन्दरगाहका लागि रेखांकन र जग्गा अधिग्रहणको काम अघि बढाउनसमेत सकेको छैन ।
प्राविधिक र आर्थिक रूपमा कमजोर स्वदेशी निजी क्षेत्रको पूर्वाधार विकास कम्पनीलाई काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माणको अनुमति दिएपछि फास्ट ट्र्याकको भविष्य अनिश्चित बन्न पुगेको हो । आफूहरूले पहिले प्रस्ताव हाले पनि सरकारले पहिला सुरुङमार्गलाई स्वीकृति दिएपछि बुट प्रणालीमा फास्ट ट्र्याक निर्माण गर्न तयार तीनवटा प्रसिद्ध भारतीय कम्पनीले आयोजनाबाट हात झिकेका हुन् । ती कम्पनीले सुरुङमार्गका कारण फास्ट ट्र्याक ‘आर्थिक रूपमा फाइदाजनक नहुने’ भएकाले हात झिकेका हुन् ।