Monday, March 10, 2014

गृह मन्त्रीका विश्वासिला तीन जनालाई मन्त्रालयमा सरुवा

काठमाडौं, २६ फागुन– उपप्रधान एवं गृह मन्त्री बामदेव गौतमले आफ्नो पार्टी नेकपा एमाले निकट मानिने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालयको महत्वपूर्ण महाशाखामा सरुवा गरेका छन् ।
गृह मन्त्रालयले आइतबारको मन्त्रीस्तरीय निर्णयबाट सहसचिव तहका प्रजिअहरू मकवानपुरका एकनारायण अर्याल, कास्कीका यादव कोइराला र धनकुटाका रामेश्वर दंगाललाई मन्त्रालयका महाशाखामा सरुवा गरिएको हो ।
अर्याललाई मन्त्रालयको प्रशासन महाशाखा, कोइरालालाई नीति, योजना तथा मानव अधिकार महाशाखा र दंगाललाई व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । ती महाशाखा केही समयदेखि रिक्त थिए । गौतमले आफ्नो मन्त्रालय आफ्ना विश्वासिला र पार्टी निकटलाई लिएर आफू खुसी चलाउन उनीहरूलाई प्रजिअबाट फर्काएर महत्वपूर्ण जिम्मेवारी दिइएको स्रोतले उल्लेख गरेको छ ।

Sunday, March 9, 2014

बंगलादेशद्वारा नेपालबाट डलरमा बिजुली खरिदको प्रस्ताव

  • नेपालको जलविद्युत्मा लगानी गर्नसमेत तयार
  • दीर्घकालीन रूपमा ४ हजार मेगावाटसम्म विद्युत् किन्न इच्छुक
  • बंगलादेशको प्रस्तावले नेपालको जलविद्युत्मा लगानी आकर्षित
  • भारतसित ऊर्जासचिवस्तरीय संयुक्त समिति बन्ने
काठमाडौं, २५ फागुन– बंगलादेश सरकारले नेपालको जलविद्युत् क्षेत्रमा संयुक्त रूपमा लगानी गर्ने र यहा“बाट अमेरिकी डलरमा बिजुली किन्ने प्रस्ताव गरेको छ । ऊर्जा संकट बढ्दै गएको बंगलादेश सरकारका तर्फबाट त्यहा“का विद्युत्, ऊर्जा तथा खनिज स्रँेत मन्त्रालयका सचिव मनोवार इस्लामले त्यस्तो प्रस्ताव राखेका हुन् ।
उनले ऊर्जामन्त्री राधा ज्ञवाली र सचिव विश्वप्रकाश पण्डितसित बिहीबार भेटवार्ता गरी जलविद्युत् क्षेत्रमा लगानी गर्ने र डलरमा बिजुली खरिद गर्ने प्रस्ताव गरेको जानकारी ऊर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले दिए ।
इस्लाम विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को पहलमा नेपालको जलस्रोत विकासको उच्च सम्भाव्यतालाई कसरी यथार्थमा रूपान्तरण गर्ने भन्ने विषयमा राजधानीमा मार्च ३ र ४ मा भएको कन्फरेन्समा सहभागी हुन आएका थिए । उक्त कन्फरेन्समा भारतका विद्युत् सचिव प्रदीपकुमार सिन्हासहितका अधिकारीसमेत सहभागी थिए । इस्लामले त्यही क्रममा ऊर्जामन्त्री ज्ञवालीसहित मन्त्रालयका अधिकारीसित भेटवार्ता गरेका हुन् ।
आईएफसी नेपालमा भारत र बंगलादेशको ऊर्जा संकटलाई समेत समाधान गर्ने सम्भावना भएका ठूला जलविद्युत् आयोजनामा लगानी आकर्षित गर्न र त्यसमा ऋण लगानी गर्न चाहिरहेको छ । त्यही कारण उसले तीन देशको सहभागिता र सहकार्यमा जलविद्युत् विकास गर्न समन्वय गर्ने पहल गरिरहेको छ ।
ऊर्जा मन्त्रालयका अधिकारीका अनुसार बंगलादेशले दीर्घकालीन रूपमा नेपालबाट उसले ४ हजार मेगावाटसम्म बिजुली खरिद गर्ने प्रस्ताव गरेको छ । बंगलादेशले हाल भारतबाट कमर्सियल दरमा भारतबाट ५ सय मेगावाट बिजुली खरिद गर्दै आएको छ ।

Friday, March 7, 2014

कांग्रेस सभासदलाई अनिवार्य उपस्थितिका लागि उर्दी

काठमाडौं, २४ फागुन– व्यवस्थापिका–संसदमा गण्ँपुरक संख्या नपुगेर सदनको कारबाही स्थगित भएको भोलिपल्टै सत्तारूढ कांग्रसले आङ्खना सभासभाहरूलाई फागुन २६ देखिको संसद बैठकमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन जारी गरेको छ ।
प्रधानमन्त्री एवं संसदीय दलका नेता सुशील कोइरालाको निर्देशनमा कांंग्रेसका तर्र्फबाट पार्टीको केन्द्रीय कार्यालयका मुख्यसचिव चीनकाजी श्रेष्ठले सभासदहरूलाई शुक्रबार पत्राचार नै गरी बैठकमा अनिवार्य उपस्थित हुन उर्दी जारी गरेका हुन् । कांग्रेसले प्रमुख सचेतक र सचेतक मनोनयन नगरिसकेकाले पार्टीको मुख्यसचिवका तर्फबाट सभासदहरूलाई निर्देशन दिएको हो । 
श्रेष्ठले पार्टीका सम्पूणर््ँ सभासदहरूलाई संसदको अगामी बैठकमा सरकारतर्फबाट प्रस्तुत हुने अध्यादेशहरू स्वीकृतिको पÔमा मतदान गर्न अनिवार्य उपस्थित हुन निर्देशन दिएका हुन् । बिहिबार सरकारको तर्फबाट सुर्पुदगी अध्यादेश २०६९ र संगठित अपराध निवारण्ँ अध्यादेश २०६९ स्वीकृतिको लागि सदनमा प्रस्तुत हुन लाग्दा प्रतिपÔी दल एमाओवादीका सभासद रामनारायण्ँ बिडारीले सदनको गण्ँपूरक संख्या नपुगेको भनि नियमापत्ति गरेपछि सभामुखले सदनको कारबाही नै स्थगित गर्नुपरेको थियो । 

बेलायती राजदूतद्वारा कोइरालासित भेटवार्ता

काठमाडौं, २३ फागुन– नेपालका लागि बेलायतका राजदूत एन्ड्रयू जेम्स स्पार्कले शुक्रबार अपराह्न प्रधानमन्त्री सुशील कोइरालासित भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा कोइराला र स्पार्कबीच दुवै मुुलुकका आपसी हितका विषयमा छलफल भएको छ ।
राजदूत स्पार्कले कोइराला नेतृत्वको सरकार संविधानसभाबाट एक वर्षभित्रमा संविधान निर्माण गरी जारी गर्न सफल हुने विश्वास व्यक्त गरेको जानकारी कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिका अनुसार स्पार्कले स्थानीय निकायको निर्वाचन गराउने सरकारको प्रतिबद्धताको समेत सराहना गरेका थिए । भेटवार्ताका क्रममा राजदूत स्पार्कले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले कोइरालालाई पठाएको बधाई तथा शुभकामना सन्देशसमेत हस्तान्तरण गरेका थिए ।
क्यामरुनले कोइरालालाई नेपालको शान्ति प्रक्रियालाई पूर्ण गर्न र एक वर्षभित्र नया“ संविधान प्रदान गर्न सफलता मिलोस् भनी शुभकामना दिएका छन् । प्रधानमन्त्री कोइरालाले नेपालको आर्थिक र सामाजिक विकासमा बेलायतले निरन्तर दिएको सहयोगको प्रशंसा गर्दै भविष्यमा पनि यस्तो सहयोग जारी रहने विश्वास व्यक्त गरेका थिए ।

Thursday, March 6, 2014

कांग्रेसले मेची–महाकाली जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं, २२ फागुन– कांग्रेसले चैतको पहिलो सातादेखि देशव्यापी रूपमा स्थानीय चुनावको तयारी गर्न झन्डै एक महिना लामो ‘मेची–महाकाली जागरण अभियान’ सुरु गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिका अनुसार पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् कांग्रेसले पा“चौं गिरिजाप्रसाद कोइराला स्मृति दिवसका दिन चैत ७ देखि झापाको बिर्तामोडमा कार्यक्रम गरी मेची–महाकाली अभियान सुरु गर्नेछ ।
संविधानसभा चुनावपछि उत्पन्न परिवर्तित परिस्थिति र घटनाक्रमबारे पार्टी कार्यकर्तालाई यथार्थ जानकारी गराई पार्टीको आदर्श, नीति, सिद्धान्त तथा समसामयिक राजनीतिका मुद्दाबारे प्रशिक्षित गर्न तथा आगामी स्थानीय चुनावको तयारी गर्न १४ वटै अञ्चलमा मेची–महाकाली जागरण अभियान सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ ।
पार्टीको जागरण अभियान क्रमशः सबै अञ्चल, जिल्ला, निर्वाचन क्षेत्र, नगर÷गा.वि.स र वडा तहसम्म पु¥याउने कार्यक्रम कांग्रेसले तय गरेको छ । यस अभियानबाट तराई–मधेस, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम तथा पिछडिएको वर्ग र क्षेत्रका स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय मुद्दा र तिनको वर्तमान अवस्थावारे थप छलफल गरी समस्या समाधानका लागि सम्पूर्ण पार्टी पंक्ति र आफ्नो नेतृत्वको सरकारलाई परिचालित गर्ने कार्यक्रमसमेत कांग्रेसको छ ।

रेग्मीका पालामा नियुक्त न्यायाधीश, संवैधानिक पदाधिकारी, राजदूतको संसदीय सुनुवाइ नहुने

काठमाडौं, २२ फागुन– अन्तरिम संविधानको बाधा अड्काउ फुकाउ आदेशबमोजिम नियुक्त सर्वोच्च अदालतका अस्थायी न्यायाधीश, संवैधानिक पदाधिकारी तथा राजदूतहरूको संसदीय सुनुवाइ नहुने निश्चित भएको छ ।
अन्तरिम संविधानको धारा १५८ बमोजिम जारी आदेशमा संसदीय सुनुवाइको व्यवस्था नै नराखिएका कारण तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको पालामा नियुक्त न्यायाधीश, आठ संवैधानिक पदाधिकारी र दुई राजदूतको सुनुवाइ नहुने जानकारी संसद सचिवालयका एक अधिकारीले दिए ।
मूल संविधानको भावनाविपरीत बाधा अड्काउ फुकाउ आदेशमा संसद नभएका बेला नियुक्त संवैधानिक पदाधिकारी र राजदूतको नया“ संसद आएपछि सुनुवाइ गर्ने व्यवस्था नै राखिएको छैन । संविधानको धारा १५५ मा भने संसदीय सुनुवाइबिना संवैधानिक निकायमा पदाधिकारी हुन नसक्ने व्यवस्था छ ।
रेग्मीका पालामा संवैधानिक परिषदको सिफारिसमा सर्वोच्चमा पा“च अस्थायी न्यायाधीश, अख्तियार, लोकसेवा आयोग, निर्वाचन आयोग र महालेखा परिक्षकको कार्यालयमा पदाधिकारी र संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि र मलेसियाका लागि राजदूत नियुक्त गरिएको तियो ।
बाधा अड्काउ फुकाउको आदेशमा ‘संविधानको धारा १५५मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने संवैधानिक पदमा नियुक्ति पूर्व निजहरूको कानुनमा व्यवस्था भएबमोजिम संसदीय सुनुवाइ हुनेछ भन्ने संवैधानिक व्यवस्था भएकाले संसद नभएको अवस्था भई उक्त पदहरूमा संविधानबमोजिम नियुक्ति गर्न बाधा उत्पन्न भएकाले त्यस्ता पदहरूमा संविधानबमोजिम नियुक्ति गर्ने र अर्को संविधानसभाको निर्वाचत भई संसद अधिवेश भएको मितिले एक महिनाभित्र संसदमा त्यस्तो नियुक्ति प्रस्तुत गर्ने’ उल्लेख छ ।

मन्त्री खड्काको आधा तलब अस्पताललाई

काठमाडौं, २१ फागुन– सहरी विकासमन्त्री डा. नारायण्ँ खड्काले आङ्खनो पारिश्रमिकको पचास प्रतिशत रकम सहिद गंगालाल हृदय केन्द्रमार्फत गरिब तथा विपन्न बालबालिकाको मुटुको उपचार खर्चमा सहयोग गर्ने घोÈण्ाँ गरेका छन् ।
उनले विपन्नताका कारण्ँ धेरै बालबालिका र गरिब सर्वसाधारणले मुटु रोगको उपचारबाट वञ्चित हुनुपरिरहेको उल्लेख गर्दै त्यस्ता विपन्नको उपचारमा सहयोग पु¥याउन आफूले मन्त्रीका रूपमा प्राप्त गर्ने मासिक तलबको ५० प्रतिशत सहयोग गर्ने जानकारी कान्तिपुरलाई दिए ।
खड्काका अनुसार आफूले तलबाट सहयोग गर्ने रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट सोझै अस्पतालमा रहेको गरिब र असहायका उपचार सहयोगका लागि खोलिएको फन्डमा जानेछ । उनले यसअघि आफू योजना आयोगको उपाध्यÔ रह“दासमेत द्वन्द्वपीडित बालबालिकाको सहयोगमा आङ्खनो पारिश्रमिकको ५० प्रतिशत रकम सहयोग गरेका थिए ।