Friday, May 16, 2014

दर्जनबढी विभागीय प्रमुख फेरिए

काठमाडौं, १ जेठ– सरकारले विभिन्न मन्त्रालय मातहतका एक दर्जनभन्दा बढी विभाग र निकायका प्रमुख हेरफेर गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरि पुष्करलाई सामान्य प्रशासन मन्त्रालयको जगेडामा सरुवा गरिएको छ । यही महिना विदेशमा अध्ययन गर्न जान लागेकाले पुष्करलाई जगेडामा सरुवा गरिएको स्रोतले जनायो ।
श्रम तथा रोजगार मन्त्रालयले सहसचिव जगन्नाथ देवकोटालाई वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएको छ । मन्त्रालयले अर्का सहसचिव विश्वनाथ ढकाललाई सीप विकास तालिम केन्द्रको महानिर्देशकमा सरुवा गरेको छ । श्रम मन्त्रालयमा सरुवा र पदस्थापना भएर आएका दुई सहसचिवमध्ये कनिष्ठ देवकोटालाई महŒवपूर्ण विभाग र वरिष्ठ ढकाललाई सामान्य कार्यालय मानिने केन्द्रमा सरुवा गरिएको हो । देवकोटा हालै सहसचिव बढुवा भएका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहसचिव काशीराज दाहाललाई यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवा दिएको छ ।
स्थानीय विकास मन्त्रालयले सहसचिव धनबहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिकाको कार्यका अधिकृतमा सरुवा गरेको छ । कार्यका अधिकृत लक्ष्मण अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएपछि रिक्त पदमा श्रमबाट सरुवा भएका श्रेष्ठलाई लगिएको हो ।
अर्थ मन्त्रालयले ठूला करदाता कार्यालय ललितपुरका प्रमुख जगदीश रेग्मीलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरेको छ । मन्त्रालयले सहसचिव शंकर खरेललाई ठूला करदाता कार्यालय प्रमुख बनाएको छ । स्रोतका अनुसार सहसचिव बालकृष्ण घिमिरेलाई राजस्व अनुसन्धान विभागको नायब महानिर्देशकमा सरुवा गरिएको छ । विभागका नायब महानिर्देशक आनन्द ढकाल अख्तियारमा सरुवा भएपछि उक्त पद रिक्त थियो । सहसचिव रामशरण चिमोरियालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नायब महानिर्देशकमा सरुवा गरिएको छ । अर्थकै अर्का सहसचिव शोभाकान्त पौडेललाई भन्सार जा“चपास पक्षण कार्यालय प्रमुखमा सरुवा गरिएको छ ।

Thursday, May 15, 2014

गृह प्रशासनमा एमालेकरण

फेरि २५ प्रजिअ फेरिए
काठमाडौं, २९ वैसाख– उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सहसचिवस्तरका २५ प्रमुख जिल्ला अधिकाको सरुवा गरेका छन् । उपसचिवस्तरका ४३ प्रजिअको सरुवा गरेको दुई साता नपुग्दै उनले फेरि अर्को लट सरुवा गरेका हुन् । उनीहरूको पहिलो चरणमा काज सरुवा गरिएको हो । सामान्य प्रशासन मन्त्रालयले सहमति दिएपछि उनीहरूलाई सोही ठाउ“मा सरुवा गरिने जानका स्रोतले दियो । 
गौतमले हालै बढुवा भएकामध्येबाट आफूले रोजेर ल्याएका सहसचिवलाई महŒवपूर्ण जिल्लाको प्रजिअ बनाएको एक अधिकाले बताए । आफ्नो स्वार्थमा काम गर्न नचाहनेलाई भने क्षेत्रीय प्रशासन कार्यालयमा लगेर थन्क्याएका छन् । सहसचिव प्रजिअ हुनेमध्ये उपनिर्वाचन तय भएका चार जिल्ला काठमाडौं, चितवन, कैलाली र बर्दियाका प्रजिअलाई सरुवा गरिएको छैन ।
हालै बढुवा भएका सहसचिवमध्ये वीरेन्द्रकुमार यादवलाई सप्त, भगिराज इङनामलाई धनकुटा, मदन भुजेललाई रौतहट, विनोदप्रकाश सिंहलाई कपिलवस्तु, कृष्णप्रसाद ढुंगानालाई धनुषा, अब्दुल कलाम खा“लाई सिरहा, दुर्गाप्रसाद पोखरेललाई सर्लाही, गोविन्दबहादुर कार्कीलाई डोटीमा र केदार न्यौपानेलाई काभ्रेमा प्रजिअ बनाइएको छ । 
गौतमले रोजेर उनीहरूलाई आफ्नो मन्त्रालयमा पदस्थापना गराई अहिले प्रजिअको जिम्मेवा दिएका हुन् । गृहमन्त्रीले अरू मन्त्रालयबाट छानेर ल्याएका सहसचिव सुदर्शन ढकाललाई सुनसको प्रजिअ बनाएका छन् । ढकाल यसअघि यातायात व्यवस्था विभागका महानिर्देशक थिए । 

कानुन मिचेर कनिष्ठलाई महानिर्देशक

पा“च वरिष्ठ सहसचिव कनिष्ठको मातहतमा काम गर्न बाध्य
काठमाडौं,२८ वैसाख– कृषि मन्त्रालयले नियमविपत पा“च वरिष्ठलाई पन्छाएर कनिष्ठ सहसचिव युवकध्वज जीसीलाई कृषि विभागको महानिर्देशक बनाएको छ । 
महानिर्देशक लीलाराज पौडेलले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा मन्त्री हरि पराजुली र सचिव जयमुकुन्द खनालले निजामती ऐनविपत जीसीलाई वातावरण विभागबाट लगेर महानिर्देशक बनाएका हुन् । ऐनमा वरिष्ठलाई कनिष्ठको मातहतमा राख्न नपाइने व्यवस्था छ । विभागमा नायब महानिर्देशकद्वय सुरेश तिवा र वीरेन्द्र हमाल तथा क्षेत्रीय निर्देशकहरू पूर्वाञ्चलका सुरेश गौतम, पूर्वाञ्चलका धर्मदत्त बराल र मध्यमाञ्चलका लेखनाथ आचार्यलाई आफूभन्दा कनिष्ठ जीसीको मातहतमा काम गर्न बाध्य पारिएको छ ।
कृषिमन्त्री र सचिवले प्रशासनिक मर्यादाको उल्लंघन गरेर विभागमा काम गर्ने वातावरण बिगारेको स्रोतले जनायो । कनिष्ठ मातहतमा काम गर्नुपर्दा वरिष्ठ र अनुभवी सहसचिव निरुत्साहित भएको स्रोतले जनायो ।
एमाले मन्त्रीले जीसी पार्टीनिकट भएकाले महानिर्देशक बनाएको स्रोतको भनाइ छ । जीसी खुला प्रतिस्पर्धामा चार वर्षअघि सहसचिव भएका हुन् । त्यसअघि उनी कृषि क्याम्पस रामपुरमा उपप्राध्यापक र एमाले निकट प्रगतिशील प्राध्यापक संघका पदाधिका थिए ।
यसअघि स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले गरेको यस्तै निर्णयलाई पुनरावदेन अदालतले अघिल्लो साता कानुनविपत भन्दै उल्टाएको थियो । 

Sunday, May 11, 2014

अख्तियारद्वारा मेमोरीकार्ड र घडीका पार्टपुर्जा बरामद

काठमाडौं, २७ वैसाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनियमितता गरी कम भन्सार मूल्यांकन गरिएका ४ जीबी Ôमताका ३६ हजार थान मेमोरी कार्ड बिहीबार राति बरामद गरेको छ ।
विभिन्न मुलुकबाट ल्याइने सामग्रीको न्यून मूल्यांकन गरी राजस्वमा नोक्सान पु¥याएर विमानस्थल भन्सारबाट नेपाल भित्र्याउने गरेको सूचनाका आधारमा अख्तियार र राजस्व अनुसन्धान विभागको टोलीले छापा मार्ला मेमोरी कार्ड बरामद गरेको हो ।
छापा मार्ने क्रममा १३ लाख ८९ हजार ८ सय ८८ रुपैया“ बिजक मूल्य भएका ३६ हजार थान मेमोरी कार्ड बरामद भएको अख्तियारले उल्लेख गरेको छ । अख्तियार र राजस्वको टोलीले बिहीबारै जापानमा निर्मित घडीमा प्रयोग हुने भित्री पार्टपुर्जा एक लाख ५० हजार थानसमेत बरामद गरेको छ । 
बरामद घडीको पार्टको बिजक मूल्य ११ लाख ५८ हजार २ सय ४० रुपैया“ रहेको छ । बरामद सबै सामान राजस्व अनुसन्धान विभागलाई जिम्मा लगाइएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जनाएका छन् । 

Friday, May 9, 2014

७२ नगरपालिका घोषणा

एक महिनामै चारवटा थपिने
काठमाडौं, २६ वैसाख– सरकारले विभिन्न जिल्लाका सदरमुकाम र नगरोन्मुख गाविसलाई जोडेर ७२ वटा नया“ नगरपालिका घोषणा गरेको छ । हाल ५८ नगरपालिका रहेकामा सरकारले नया“ ७२ वटा थपेर १ सय ३० वटा पु¥याएको छ । २०६८ को बजेट वक्तव्यमा घोषणा भए पनि कार्यान्वयन हुन नसकिएका ४१ नगरपालिकासमेत ७२ वटामै समेटिएका छन् ।
मन्त्रिपरिÈदको बिहीबार बसेको बैठकले स्थानीय विकास मन्त्रालयको थप ७२ वटा नगरपालिका गठन र सञ्चालन गर्ने प्रस्ताव स्वीकृत गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले दिए ।
नया“ घोषणास“गै मुलुकमा नगरपालिका भएका जिल्लाको संख्या ६२ वटा पुगेको छ । यसअघि ४३ जिल्लामा मात्र नगरपालिका थिए । अब नगरपालिका नभएका जिल्ला १३ वटामात्र बा“की छन् । २ सय ८३ वटा गाविसलाई जोडेर नया“ ७२ वटा नगरपालिका बनाइएको हो । अब मुलुकमा गाविसको संख्या घटेर ३ हजार ६ सय ३३ पुगेका छन् ।
सरकारले जनसंख्या १० हजारभन्दा बढी भएका, बिजुली, सडक, खानेपानी र सञ्चार सुविधा पुगेका क्षेत्रलाई नगरपालिका घोषणा गरेको हो । थप ७२ वटा नगरपालिकाले मुलुकको ७.०८ प्रतिशत भूभाग ओगटेका छन् भने तिनमा कुल जनसंख्याको २५.५६ प्रतिशतको बसोबास छ । नया“ नगर घोषणास“गै १ सय ३० नगरपालिकामा बस्ने जनसंख्या १ करोड १२ लाखभन्दा बढी छ ।

लेखा अधिकृतसहित सात जना अख्तियारको हिरासतमा

काठमाडौं, २५ वैसाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तको गम्हरियास्थित राष्ट्रिय प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक चन्द्रदेवकुमार यादव, जिल्ला शिक्षा कार्यालयका लेखा अधिकृत कामेश्वर साहसहित सात जनालाई भ्रष्टाचारको आशंकामा बिहीबार नियन्त्रणमा लिएको छ ।
उनीहरूले आर्थिक वर्ष ०६४/६५ देखि ०६८/०६९ सम्म भौतिक संरचना निर्माण, मर्मत, कम्प्युटर खरिद, समुदाय व्यवस्थापन, छात्रवृत्ति, खाजा वितरणजस्ता शीर्षकमा निकासा भएको रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।
हिरासतमा लिइएकामा यादव र साहसहित जिल्ला शिक्षा कार्यालय सप्तका सव इन्जिनियर विनोदकुमार सिंह, कार्यक्रम अधिकृत विजयकुमार मण्डल, स्रोतव्यक्ति रासेन्द्र यादव, तत्कालीन लेखापाल गणेश कटुवाल, तत्कालीन स्रोतव्यक्ति सुनीलकुमार प्रसाद, तत्कालीन सव इन्जिनियर योगेशकुमार साह, तत्कालीन सव इन्जिनियर उपेन्द्रप्रसाद साह छन् ।

दुई प्राध्यापक अख्तियारको नियन्त्रणमा

काठमाडौं, २५ वैसाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आशंकामा छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका दुई प्राध्यापकलाई बिहीबार नियन्त्रण्ँमा लिएको छ । आयोगका अनुसार रामस्वरुप बहुमुखी क्याम्पस धनुÈाका सह–प्रध्यापक डा. विनोद मिश्र र त्रिभुवन विश्वविद्ययालय कीतिर्पुरका उपप्रध्यापक मनोज मिश्रलाई नियन्त्रण्ँमा लिइएको हो । 
उनीहरूलाई अख्तियारको हिरासतमा राखिएको छ ।
उनीहरूमाथि एमडी, एमबीबीएस र एमबीएको प्रवेश परीÔामा उत्तीणर््ँ गराइदिन्छु भनी विभिन्न व्यक्तिबाट मोटो रकम लिई अनियमितता गरेको आरोप छ । यसअघि आयोगले  शिÔा मन्त्रालयका तत्कालिन उपसचिव वेण्ँिमाधव भट्टराईलाई त्यही अभियोगमा हिरासतमा लिई अनसन्धान गरिरहेको छ ।
 अनुसन्धानकै क्रममा मिश्रद्वयको संलग्नता खुलेपछि उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रण्ँमा लिइएको आयोगका प्रवक्ता श्रीधर सापकोटाले बताए । आयोगले निजहरूबाट ठगिएका पीडितहरू कोही भए टोल फ्री न.१६६०–०१–२२२३३ मा सम्पर्क राख्न सार्वजनिक अपिलसमेत गरेको छ ।