Friday, June 6, 2014

दुई नक्कली प्रमाणपत्रधारीविरुद्ध मुद्दा दायर

काठमाडौं, २२ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरण्ँका वरिष्ठ सहायक (पाचौं तह) राजकुमार सिन्हाको शैÔिक प्रमाण्ँपत्र नक्कली प्रमाणित भएको उल्लेख गर्दै उनीविरुद्ध बिहीबार विशेÈ अदालतमा मुद्दा दायर गरेको छ ।
बिहार इन्टरमिडियट शिÔा परिÈद, भारतबाट सन् १९८८ मा आईएस्सी पास गरेको शैÔिक योग्यताको प्रमाण्ँपत्र नक्कली देखिन आएकाले सिन्हाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 
अभियोगपत्रमा भ्रष्टाचार निवारण्ँ ऐनको दफा १२ र २९ बमोजिम उनीमाथि हदैसम्मको दण्ड सजाय माग गरिएको छ ।  
यसैगरी अख्तियारले इलाका प्रहरी कार्यालय सारङघाट, तनहू“का तत्कालीन प्रहरी नायव निरिÔक नारायण्ँप्रसाद अधिकारीले पेस गरेको प्रमाणपत्रसमेत नक्कली भएको उल्लेख गर्दै बिहीबार नै उनीविरुद्ध समेत मुद्दा दायर गरेको छ ।
अधिकारीले बढुवा प्रयोजनका लागि पेस गरेको माध्यमिक शिÔा परिÈद, उत्तरप्रदेश भारतबाट सन् १९९३ मा पास गरेको भनिएको शैÔिक योग्यताको प्रमाण्ँपत्र नक्कली देखिएको अभियोगपत्रमा उल्लेख छ । अभियोगपत्रमा भ्रष्टाचार निवारण्ँ ऐनको दफा १२ र २९ बमोजिम उनीमाथि हदैसम्मको दण्ड सजाय माग गरिएको छ ।  

प्रधानमन्त्री आज जम्बो टोलीका साथ चीन जाने

काठमाडौं, २१ जेठ– प्रधानमन्त्री सुशील कोइराला ३५ जनाको ‘जम्बो टोली’ का साथ बिहीबार चीन भ्रमणमा जाने भएका छन् । उनी  चिनिया“ सरकारको निम्तामा चीनको को कुनमिङमा हुन लागेको ‘साउथ एसिया एक्स्पो’ को उद्घाटन समारोहमा सहभागी हुनेछन् । 
मन्त्रिपरिÈदको बुधबार बसेको बैठकले प्रधानमन्त्रीको चीन भ्रमण्ँ स्वीकृत गरेको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा ३५ सदस्य रहनेछन् । तर, मन्त्रिपरिषद बठकपछि सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीको भ्रमण्ँ टोलीमा ३० सदस्यमात्र रहने जानकारी दिएका थिए ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा वाणिज्य मन्त्री सुनिल थापा, सचिव नारायणगोपाल मलेगो, परराष्ट्रका निमित्त सचिव शंकर बैरागी, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, चीन हेर्ने महाशाखाका सहसचिव, प्रधानमन्त्रीका परराष्ट्र र आर्थिक सल्लाहकार क्रमशः दिनेश भट्टराई र चिरञ्जीवी नेपाल, कोइरालाका सुरक्षागार्ड र पा“च पत्रकार छन् । पत्रकारमा नेपाल टेलिभिजनका दुई, राइजिङ नेपालका एक, रमेश तुफान र रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासमेत छन् । 

Tuesday, June 3, 2014

इन्जिनियर देवकोटासहित तीनविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, २० जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिंदै गर्दा रंगेहात पक्राउ गरेका जिल्ला प्राविधिक कार्यालय, काठमाडौंका इन्जिनियर शालिकराम देवकोटाविरुद्ध मंगलबार विशेÈ अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उक्त प्रकरणमा संलग्न नायव सुब्बा रुकु खत्री र मतियार काभ्रे जिल्लाको भुम्लुटार–७ बस्ने रेशमबहादुर तामाङविरुद्ध समेत मुद्दा दायर गरिएको छ । 
ब्रदर्स निर्माण्ँ सेवा कम्पनीलाई ‘घ’ वर्गको निर्माण इजाजत दिने क्रममा छिटो काम गरिदिन्छु भनी इन्जिनियर देवकोटाले एक लाख घूस लिई भ्रष्टाचारको कसुर गरेकाले मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ । अख्तियारको टोलीले उनलाई घुस लिंदालिंदै रंगेहात पक्राउ गरी हिरासतमा राखेको थियो । उनीमाथि भ्रष्टाचार निवारण ऐन ऐनको दफा ३ को उपदफा १ तथा ३ (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ । अख्तियारले नायव सुब्बा खत्रीलाई ऐनको दफा ३ को उपदफा १ तथा दफा ३ (१) को खण्ड (क) बमोजिम र मतियार तामाङलाई भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम हदैसम्मको सजायको मागदाबी गरेको छ ।

मालपोत अधिकृतसहित १३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, २० जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटा जिल्लाका तत्कालीन मालपोत अधिकृत सुरेशकुमार थपलियासहित १३ जनाविरुद्ध ९२ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा गरी भ्रष्टाचार गरेकामा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
थपलियासहित १३ जनाले मिलोमतो गरी धनकुटाको लेगुवा गाविस–३ स्थित कालिका सामुदायिक वन क्षेत्रभित्र पर्ने ९२ रोपनी सरकारी जग्गा धनकुटाकै बलबहादुर भण्डारीको नाममा दर्ता गरी गराई भ्रष्टाचार गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा धनकुटा मालपोत कार्यालयका तत्कालीन शाखा अधिकृत अनिरुद्र लुइ“टेल, खरिदारहरू आइतबहादुर राई, रुद्रप्रसाद खनाल, फणिन्द्र अधिकारी, नापी कार्यालय धनकुटाका सर्वेक्षक रामनारायण बिके, लेगुवा गाविसका सचिव उमेश राई, नक्कली जग्गा धनी बलबहादुर भण्डारी छन् ।
उक्त जग्गा व्यक्तिका नाममा गर्ने क्रममा सर्जमिनमा बस्ने मतियारहरू खिरबहादुर भण्डारी, नन्दकुमारी अधिकारी, अम्मरबहादुर भण्डारी, फाल्गुनी भण्डारी, जगतकुमारी थापाविरुद्धसमेत अख्तियारले मुद्दा दायर गरेको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम थपलियासहित १३ जनाविरुद्ध जनही ९ लाख २० हजार रुपैया“ बिगो कायम गरी हदैसम्मको कैद सजाय र बिगोबराबरको रकम जरिवाना गर्न अख्तियारको अभियोगपत्रमा मागदाबी गरिएको छ ।

प्रधानमन्त्री कार्यालयद्वारा सडक विस्तारमा भएको ढिलाइप्रति असन्तुष्टि प्रकट

अवरुद्ध चक्रपथ विस्तारलाई सुचारु गर्न निर्देशन
काठमाडौं, १९ जेठ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उपत्यकाका विभिन्न ठाउ“मा सडक विस्तारमा भइरहेको ढिलाइप्रति भौतिक पूर्वाधार मन्त्रालय र मातहतका निकायका अधिकारीहरूप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अवरुद्ध चक्रपथको विस्तारको कामलाई सुचारु गर्न र विस्तारित सडकमा गुणस्तरहीन काम भएको भनी उठेका गुनासोको तत्कालै सम्बोधन गर्नसमेत सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको काठमाडौंको विस्तारित सडकको प्रगति समीक्षा बैठकका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले माइतीघरदेखि तीनकुनेसम्म, लाजिम्पाट खानी विभागदेखि बुढानिलकण्ठसम्म, नेपाली सेनाको कम्पाउण्ड पछाडिको भद्रकाली सडक, ताहचल र छाउनी सडकलगायतमा भइरहेको ढिलाइप्रति रोष प्रकट गर्दै तोकिएको समय सीमाभित्र काम सम्पन्न गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छ ।
काठमाडौं विस्तारित सडक उच्चस्तरीय अनुगमन समितिका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बा“स्कोटाको अध्यक्षतामा बसेको बैठकमा भौतिक पूर्वाधार मन्त्रालय, ऊर्जा, सहरी विकास, सूचना तथा सञ्चार मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो ।

सवारी नियम उल्लंघन नगरेको गृह मन्त्रीको स्पष्टीकरण

काठमाडौं, १९ जेठ– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले गत जेठ ११ मा राजधानीको रत्नपार्कमा जुलुसका कारण यातायात अवरुद्ध भएकाले सुरक्षाकर्मीबाट सडक खुलाउनुभन्दा आफूले नै पहल गर्नु सहज हुने देखेर बाटो काटेको, तर सवारीसम्बन्धी नियम उल्लंघन गर्ने उद्धेश्य नराखेको स्पष्टीकरण दिएका छन् ।
सडकको जेब्रा क्रसबाट नभई अन्यत्रैबाट बाटो काटेर सवारीसम्बन्धी नियम उल्लंघन गरेको भनी सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफ्नो निरन्तर विरोध भइरहेकोमा रोष प्रकट गर्दै गृहमन्त्रीले सोमबार विज्ञप्ति जारी गरी  त्यसबारेमा स्पष्टीकरण दिएका हुन् ।
उनले विज्ञप्तिमा उक्त दिन रत्नपार्कको शान्ति बाटिकामा आफ्नो पार्टी नेकपा एमालेले काठमाडौं क्षेत्र नं. २ मा उम्मेदवारी दिन जान निकालेको जुलुसले बाटो अवरुद्ध भएको र आफू त्यसैमा मिसिन बाटो काटेको उल्लेख गरेका छन् ।
उनले सामान्य कुरालाई अतिरिञ्जित गर्ने र सामाजिक सञ्जालहरूमा आफूलाई अपमान र गालीगलौज गर्ने जुन प्रवृत्ति देखिएको छ, त्यो स्वीकार्य नभएको उल्लेख गरेका छन् । ‘मैले कुनै पनि रूपमा सवारी नियम उल्लंघन गर्ने उद्धेश्य राखेको थिइन । मेरो सो कामबाट सवारी आवागमनमा कुनै किसिमले असुविधा पुगेको थिएन । तथापि मेरो उक्त कार्य तत्कालीन सन्दर्भलाई अलग गरेर हेर्ने हो भने शोभनीय भएन कि भन्ने कुरा मैले पनि महसुस गरेको छु’ विज्ञप्तिमा छ ।

Sunday, June 1, 2014

विभुषण वितरणमा आफ्नै हात जगन्नाथ

काठमाडौं, १७ जेठ– मुलुकमा राजतन्त्र रहुन्जेल हरेक वर्ष राजाले विभुषणका नाममा युवराज, महारानी, भाइभतिजा र दरबारका आसेपासेलाई मानपदवी, अलंकार र पद्बी बा“ड्थे । जनआन्दोलनको बलमा राजतन्त्र फालिएर मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सुरु भएपछि पनि विभुषण वितरणको राजतन्त्रकालीन प्रवृत्ति भने यथावत् छ । यस वर्ष गणतन्त्र दिवसका दिन ३ सय ३ जनालाई विभूषण प्रदान गर्ने घोषणा गरिएको छ । विभूषण पाउनेमा अधिकांश राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र विभुषण सिफारिस समितिमा रहेका मन्त्री, मुख्यसचिव र सचिवका निकटका व्यक्ति र चाकरीदार छन् । विभुषण ऐन तथा नियमावलीमा सामाजिक जीवनका विभिन्न क्षेत्रबाट विशिष्ट योगदान पु¥याएका व्यक्तित्वहरूलाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने व्यवस्था छ । विभूषण पाउनेको लामो फेहरिस्त हेर्दा धेरैजसोले ऐन र नियमावलीअनुसार मुलुकलाई त्यस्तो उल्लेखनीय योगदान पु¥याएको देखिंदैन ।
संविधानसभाको दोस्रो चुनाव सफलतापूर्वक गराएकामा तत्कालीन चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसहित सबै मन्त्री र निर्वाचन आयोगका पदाधिकारीलाई विभुषण दिने निर्णय हुनुलाई स्वभाविक मान्न सकिएला, तर प्रधानन्यायाधीश दामोदर शर्मालाई के आधारमा विभूषण प्रदान गर्ने निर्णय भयो, त्यो अनौठो छ । शर्मा यति बेला सर्वोच्च अदालतमा धेरैजसो विवादास्पद छविवालालाई स्थायी न्यायाधीश नियुक्ति गर्न सिफारिस गरेकामा विवादको घेरामा छन् ।