Tuesday, June 10, 2014

सर्वोच्च अदालत क्याभलरी रहेको ठाउँमा सर्ने

क्याभलरी, पुरातत्व र अभिलेखालयलाई नारायणहिटीमा सारिने
काठमाडौं, २७ जेठ– सरकारले सर्वोच्च अदालतलाई सिंहदरबारभित्र रहेको नेपाली सेनाको घोडचढी गण (क्याभलरी) ले चर्चेको ३० रोपनी जग्गा उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषदको बैठकले सर्वोच्चलाई उसले हाल चर्चेको जग्गा सा“घुरो भएकाले सिंहदरबारभित्र थप जमिन उपलब्ध गराउने निर्णय गरेको जानकारी सरकारी अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार सर्वोच्चले हाल चर्चेको जग्गामध्ये ११ आना महान्यायाधिवक्ता कार्यालयलाई दिने र बा“की जमिन तथा भवन उसैंले प्रयोग गर्नेछ । सर्वोच्चको मूल भवन भने सिंहदरबारभित्र निर्माण गरिनेछ । सर्वोच्चलाई पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालयले चर्चेको जमिनसमेत दिइने भएको छ । 
सरकारले यसअघि सर्वोच्चलाई सिंहदरबारको पद्मोदय चोक नजिकको गेट प्रयोग गर्ने गरी गृह मन्त्रालयस“गैको जमिन उपलब्ध गराउने निर्णय गरेको थियो । सर्वोच्चले पछिल्लो समय हालको भवन र परिसरसमेत उपयोग गर्ने गरी घोडचढी गण रहेको जमिन रोजेकाले सरकारले त्यसैअनुरूप निर्णय गरेको हो ।
सरकारले २०६७ सालमा नै घोडचढी गणलाई नारायणहिटी दरबारभित्रको ३० रोपनी जग्गामा सार्ने निर्णय गरेको थियो । तर, सेनाले उक्त गणलाई ७० रोपनी जग्गा र भवन बनाएर सार्न ७८ करोड रुपैया“ मागेको थियो । तर, संस्कृति मन्त्रालय मातहत रहेको नारायणहिटी संग्रहालयले ३० रोपनीभन्दा बढी जग्गा दिन नमानेकाले गणलाई सार्ने निर्णय कार्यान्वयन हुन सकेको थिएन ।
मन्त्रिपरिषदले गणलाई आवश्यक जग्गा उपलब्ध गराएर सार्ने व्यवस्था मिलाउन संस्कृति मन्त्रालयलाई निर्देशन दिएको छ । सरकारले पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालयलाई समेत नारायणहिटी दरबारभित्र सार्ने निर्णय गरेको छ । विभाग र अभिलेखालयलाई नारायणहिटी दरबारभित्र जग्गा दिई सार्नसमेत संस्कृति मन्त्रालयलाई निर्देशन दिएको छ । पुरातत्व विभाग, अभिलेखालय र घोडचढी गण पुरातात्विक र सांस्कृति महत्वका प्रतीक भएकाले तिनलाई नारायणहिटी दरबारमा स“गस“गै राख्ने निर्णय भएको जानकारी मन्त्रिपरिषदका एक अधिकारीले दिए ।

अख्तियारद्वारा रकमान्तर रोक्न सरकारलाई निर्देशन

अब आइन्दा रकमान्तर नहुने व्यवस्था गर्नसमेत निर्देशन
काठमाडौं, २६ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्षको अन्तिममा आएर रकमान्तर गरी सरकारी बजेट जथाभावी बा“डफा“ड गर्ने कार्य बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । अख्तियारले आगामी दिनमा कुनै पनि नाउ“मा रकमान्तर नगर्ने व्यवस्था मिलाउनसमेत सरकारलाई निर्देशन दिएको छ ।
स्थानीय विकाससहित विभिन्न मन्त्रालयमा फागुनदेखि जेठ १६ सम्म १६ अर्ब रुपैया“ रकमान्तर भएको सार्वजनिक भएपछि छानबिन थालेको अख्तियारले सोमबार रकमान्तर बन्द गर्न निर्देशन दिएको हो ।
अख्तियारले सोमबार विज्ञप्ति जारी गरी चालू आ.व. ०७०÷७१ को बजेट कार्यान्वयनको समयावधि दुई महिना बा“की नरहेको अवस्थामा नया“ कार्यक्रम र पुराना योजनाका लागि जथाभावी बजेट बा“डफा“ड गर्ने कार्य बन्द गर्न निर्देश गरेको हो ।
‘राज्यको सीमित स्रोत–साधनलाई प्राथामिकता प्राप्त Ôेत्रमा नतिजामुखी आयोजना र कार्यक्रममा लगाउनुपर्ने अवस्थामा आर्थिक वर्Èको अन्त्यतिर स्रोत छरिने गरी नया“ कार्यक्रम स्वीकृत गरी खर्च गर्दा त्यसको अपेÔित उपलब्धि हासिल नहुने र दुरुपयोगको सम्भावना पनि प्रवल रहने अवस्था छ’, अख्तियारको विज्ञप्तिमा छ । 
अख्तियारले सबभन्दा बढी रकमान्तर गरेको स्थानीय विकास मन्त्रालयलाई स्वीकृत कार्यक्रमका लागि निकासा भएका रकमका सन्दर्भमा पारदर्शिता अपनाई सदुपयोग गर्न÷गराउनसमेत सचेत गराएको छ । ‘निकासा भइसकेको रकमको दुरुपयोग हुन नदिन जिल्ला विकास समितिबाट कडाइका साथ अनुगमन गराउने व्यवस्था मिलाइयोस्’, अख्तियारले भनेको छ, ‘अबका दिनमा रकमान्तर नगर्ने व्यवस्था मिलाउनसमेत स्थानीय विकाससहित अन्य सम्बन्धित मन्त्रालयमा लेखी पठाइएको छ ।’ 

अख्तियारद्वारा १३४६ को नियुक्ति बदर गर्न निर्देशन

काठमाडौं, २६ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालयमा बिनाप्रतिस्पर्धा हचुवाका भरमा गरिएको १ हजार ३ सय ४६ जनालाई करारमा नियुक्ति गर्ने निर्णय बदर गर्न सोमबार निर्देशन दिएको छ ।
अख्तियारले घर बनाउन मजदुर लिएजस्तो गरी बिना प्रतिस्पर्धा नर्स, अहेव, हेल्थ असिस्टेन्ट, प्रयोगशाला सहायक गरी १ हजार ३ सय ४६ जनालाई नियुक्ति गर्ने स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निणर््ँय गैरकानुनी भएको ठहर गर्दै नियुक्ति बदर गर्न निर्देशन दिएको हो ।
अख्तियारले सोमबार स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएर नियुक्तिको निणर््ँय कार्यान्वयन नगर्न र नया“ ढंगबाट आवश्कताअनुसार विज्ञापन गरी प्रतिस्पर्धाबाट नियुक्ति गर्न निर्देशन दिएको छ । 
नियुक्तिका सम्बन्धित फाइलहरू मगाएर अनुसन्धान गर्दा प्रक्रिया पूरा नगरिएको र र हचुवाका भरमा नियुक्ति गर्ने गरी निणर््ँय भएको पाइएकाले कार्यान्वयन नगर्न मन्त्रालयललाई लेखी पठाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अनियमित तरिकाले गरिएको कारारको उक्त नियुक्तिबारे व्यवस्थापिका संसदको लेखा समितिले समेत अनुसन्धान थालेको छ ।

सरकारले नेतृ प्रधानको सम्पूर्ण उपचार खर्च बेहोर्ने

काठमाडौं, २६ जेठ– सरकारले नेकपा एमालेकी पोलिटब्यरो सदस्य एव जनआन्दोलन–०४६ की अग्रणी नेतृ सहाना प्रधानको सम्पूर्ण उपचार खर्च व्यहोेर्ने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले आफ्नातर्फबाट निमित्त मुख्यसचिव कृष्ण्ँहरि बा“स्कोटालाई सोमबार राजधानीको बल्खुस्थित बयोधा अस्पतालमा प्रधानको स्वास्थ्य अवस्थाबारे बुझ्न पठाएर उनको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने जानकारी गराएका हुन् ।
बा“स्कोटाले प्रधानका छोरा उमेश श्रेष्ठलाई उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्रीले सन्देश पठाएको जानकारी गराएको मन्त्रिपरिषद कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । बा“स्कोटाले प्रधानमन्त्रीका तर्फबाट प्रधानको उपचारमा संलग्न चिकित्सक डा. विनोद कार्कीलाई भेटी उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका थिए । 

प्रत्युत्तरमा कार्कीले नेपालमा उपलब्ध सकै प्रविधि र पद्धतिको प्रयोग गरी प्रधानको उपचार गरिने जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ । बा“स्कोटाले प्रधानमन्त्री कोइरालाका तर्फबाट प्रधानको स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । निमित्त मुख्यसचिव बा“स्कोटाले स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रविण्ँ मिश्रलाई पूर्वमन्त्रीसमेत रहेकी प्रधानको उपचारको आवश्यक प्रबन्ध मिलाउन निर्देशनसमेत दिएका छन् ।

Sunday, June 8, 2014

सिंचाइ विभागको महानिर्देशकमा बेल्वासे

काठमाडौं, २४ जेठ– सरकारले सिंचाइ विभागको महानिर्देशकको जिम्मेवारी माधव बेल्वासलाई दिएको छ । सिंचाइ मन्त्री एनपी सावदले सामान्य प्रशासन मन्त्रालयको सहमति लिएर महानिर्देशक परिवर्तन गरेका हुन् ।
यसअघिका महानिर्देशक शिवकुमार शर्मालाई सिंचाइ मन्त्रालयको नीति तथा कार्यक्रम महाशाखा प्रमुखमा सरुवा गरी रिक्त पदमा विभागका वरिष्ठ प्राविधिक सहसचिव बेल्वासेलाई महत्वपूर्ण जिम्मेवारी दिइएको हो । बेल्वासे यसअघि विभागमा वरिष्ठ नायव महानिर्देशक थिए ।

भदौदेखि मुग्लिन–नारायणगढ सडक विस्तार थालिने

विश्व बैंकको सहयोगमा ६ मिटरबाट बढाएर साढे ८ मिटर फराकिलो बनाइने
काठमाडौं, २३ जेठ– सरकारले विश्व बैंकको सहयोगमा बा“की मुलुकलाई राजधानीसित जोड्ने एकमात्र प्रमुख लोकमार्गको मुग्लिनदेखि नारायणगढसम्मको सडक खण्डलाई स्तरोन्नति गरी फराकिलो बनाउने भएको छ । हजारौं गाडी ओहोरदोहोर हुने रणनीतिक महत्वको यो सडक सा“घुरो भई हरेक दिनजसो ट्राफिक जाम हुने गरेकाले स्तरोन्नति गरी फराकिलो बनाउन लागिएको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले दिए । 
उनका अनुसार ३४ किलोमिटर लम्बाइको मुग्लिन–नारायणगढ खण्ड ६ मिटर चौडाइ (कालोपत्रेको चौडाइ) को सडक भएकाले लामो बडी भएका दुइटा गाडी एकैचोटि ओहोरदोहोर गर्न मिल्दैन र ट्राफिक जाम हुन्छ । त्यही कारण सडकलाई फराकिलो बनाउनुपर्ने स्थिति उत्पन्न भएको हो । उक्त सडक विस्तार गरिएपछि लामो बडी भएका गाडीसमेत एकैचोटि ओहोरदोहोर गर्न मिल्ने भएकाले ट्राफिक जामको समस्या हट्ने विश्वास भौतिक पूर्वाधार सचिव सिटौलाले व्यक्त गरे । साढे आठ मिटरको सडकमा तीनवटासम्म गाडी एकैचोटि ओहोरदोहोर गर्न मिल्छ ।

Friday, June 6, 2014

कर्मचारी संघ/संगठनद्वारा तलब बढाउन अर्थमन्त्रीलाई ज्ञापन

नबढाए आन्दोलनमा उत्रने चेतावनी
काठमाडौं, २२ जेठ– निजामती सेवाभित्रका कर्मचारी संघ÷संगठनहरूले बढ्दो मह“गीका कारण आफूहरूले पाउ“दै आएको मासिक वेतनले गुजारा चलाउनसमेत गाह्रो परेको उल्लेख गर्दै आगामी बजेटमा तलब बढाउन माग गरेका छन् ।
निजामती सेवाका ६ वटा संघ÷संगठनले अर्थमन्त्री रामशरण महतलाई बिहीबार १७ सूत्रीय संयुक्त मागपत्र पेस गरी तलबसुविधा बढाउन माग गरेका हुन् । निजामती कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठन, निजामती कर्मचारी संघ, मधेसी कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी मञ्चले बिहीबार र निजामती कर्मचारी युनियनले बुधबार मागपत्र पेस गर्दै तलबभत्ता वृद्धि नभए आफूहरू आन्दोलनमा उत्रन बाध्य चेतावनीसमेत दिएका छन् ।
ती संगठनले प्रशासन सुधार आयोग, उच्चस्तरीय तलब आयोगको प्रतिवेदन र राष्ट्र बैंकको मह“गी प्रक्षेपण दरका आधारमा जीवन निर्वाहमुखी तलब कायम गर्न, पोशाकभत्ता वर्षको ७ हजार ५ सयबाट १५ हजार पु¥याउन, कम्तीमा एक दिनको तलब बराबरको ग्रेड दिन, जीवन बिमा ५ लाख रुपैया“ पु¥याउन, कर्मचारी र आश्रित परिवारलाई स्वास्थ्य बिमा गर्न, करारमा रहेका कर्मचारीलाई समेत स्थायीसरहको सुविधा दिन माग गरेका छन् ।
प्रत्युत्तरमा अर्थमन्त्री महतले राष्ट्रसेवकहरूलाई सम्मानजनक तलब दिन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै राज्यको ढुकुटीले धान्न सक्ने गरी सुविधा बढाउन आफू तयार रहेको आश्वासन दिएको जानकारी निजामती कर्मचारी संघका प्रवक्ता विश्वबन्धु रेग्मीले दिए । रेग्मीले संघसंगठनहरूले राज्यले धान्न नसक्ने गरी तलब बढाउन माग नगरेको उल्लेख गर्दै आफूहरूले कर्मचारीहरूलाई सम्मानजनक ढंगले जीवन चलाउन पुग्ने गरी सुविधा दिनमात्र माग गरेको जानकारी दिए ।