Monday, July 7, 2014

कांग्रेसद्वारा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि ५ करोड माग

कांग्रेस पदाधिकारी बैठक
काठमाडौं, २२ असार– प्रमुख सत्तारूढ दल कांग्रेसले प्रत्येक निर्वाचन Ôेत्र विकास कार्यक्रमका लागि ५÷५ करोड रुपैया“ छुट्टयाउनका लागि पार्टीको तर्फबाट सरकारलाई आग्रह गर्ने निणर््ँय गरेको छ । 
कार्यवाहक सभापति रामचन्द्र पौडेलले अध्यक्षतामा शनिबार बसेको पदाधिकारी बैठकले सभासदहरूले योजना छनौट र अनुगमन गर्ने गरी २ सय ४० वटै क्षेत्रमा ५÷५ करोड रुपैया“का दरले निर्वाचन Ôेत्र विकास कार्यक्रम दिन सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।
सभासदहरूलाई प्रत्येक वर्ष दिंइदै आएको १०÷१० लाख रुपैया“ सांसद विकास कोषको रकम दुरुपयोग हु“दै आएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा ५÷५ करोड रुपैया“ दिंदा झन् बढी दुरुपयोग हुन सक्ने भन्दै सबैतिरबाट यो प्रस्तावको विरोध हु“दै आएको छ ।
पदाधिकारी बैठकले प्रत्येक निर्वाचन Ôेत्र विकास कार्यक्रमका लागि ५÷५ करोड रुपैया“ दिनुपर्ने प्रस्ताव कार्यान्वयनका लागि पहल गर्ने निणर््ँय गरेको जानकारी महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।
कांग्रेस संसदीय दल र केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले समेत प्रत्येक निर्वाचन Ôेत्र विकास कार्यक्रमका लागि ५ करोड रुपैया“ दिनुपर्ने प्रस्ताव पारित गरेको थियो । निर्देशिका बनाएर सरकारी निकायमार्फत् सभासदले छनौट गरेका योजनामा खर्च गर्ने निर्वाचन क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्नुपर्ने धारणा कांग्रेसको छ ।

Thursday, July 3, 2014

शनिबारदेखि १ घन्टा लोडसेडिङ घट्ने

काठमाडौं, १९ असार– विद्युत् प्राधिकरणले शनिबारदेखि लोडसेडिङ दैनिक सात घन्टामा झार्ने भएको छ । अहिले दिनहु“ आठ घन्टा लोडसेडिङ हु“दै आएको छ । मन्सुन सुरु भएपछि नदीमा पानीको सतह बढेर विद्युत उत्पादन बढेको हु“दा लोडसेडिङ एक घन्टा घटाउन लागिएको प्राधिकरण्ँले जनाएको छ। 
प्राधिकरणका अनुसार भारतबाट एक ६० मेगावाट आयात र नेपालका अधिकांश आयोजनाबाट पूणर््ँ Ôमतामा विद्युत उत्पादन हु“दा पनि दैनिक चार सय मेगावाट बिजुली अपुग हुन्छ । अहिले मुलुकमा विद्युतको माग एक हजार एक सय मेगावाट र उत्पादन सात सय मेगावाटमात्र छ भने हाल भारतबाट १ सय ६० मेगावाट आयात गर्ने गरिएको छ । । 
हिउ“दयाममा बढी लोडसेडिङ हुने बेलामात्र सञ्चालन गरिने कुलेखानी जलविद्युत् आयोजना हाल बन्द गरिएको छ । कम Ôमतामा चलेकालाई पूर्ण क्षमता र बन्द रहेका गण्डक जलविद्युत् आयोजना पुनः सञ्चालन आएपछि लोडसेडिङ दैनिक थप एक घन्टा घट्न सक्ने प्राधिकरणले जनाएको छ । भारतबाट आयात बढाउन सकेमा पनि लोडसेडिङलाई न्यून गर्न सकिनेछ । 

पूर्वमेयर बम रहेनन्

काठमाडौं, १८ असार– धनगढी नगरपालिकाका पूर्वमेयर एवं कैलाली कांग्रेसका नेता किशोरकुमार बमको बुधबार बिहान निधन भएको छ । उच्च रक्तचापबाट पीडित ५१ वर्षीय बमको कैलालीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उनका आमा, पत्नी र दुई छोरा छन् ।
कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले बमको निधनप्रति शोक व्यक्त गरेका छन् । पौडेलले बुधबार शोक वक्तव्य जारी गरी बमले मुलुकमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

अख्तियारद्वारा कम्प्युटर अपरेटरलाई निलम्बन गर्न निर्देशन

काठमाडौं, १८ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागको सवारी चालक अनुमतीपत्र कार्यालय, एकान्तकुनाका कम्प्युटर अपरेटर दिलीपसिंह धामीलाई निलम्बन गर्न सरकारलाई बुधबार निर्देशन दिएको छ ।
धामीले यातायात व्यवस्था ऐन, २०४९ विपरीत कम्प्युटर तथा विद्युतीय अभिलेख सच्याउने तथा थपघट गर्नुका साथै घुस रिसवत लिई अनियमितता एवं भ्रष्टाचारजन्य कार्य गरेको अनुसन्धानका क्रममा देखिन आएको अख्तियारले जनाएको छ । 
धामी पदमा रहिरह“दा आफूविरुद्धका प्रमाण्ँ नष्ट गर्ने र अनुसन्धानमा बाधा पु¥याउन सक्ने भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १९ को उपदफा ३ बमोजिम निलम्बन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई लेखी पठाइएको अख्तियारले उल्लेख गरेको छ ।

Tuesday, July 1, 2014

मोदीद्वारा कोइरालाको स्वास्थ्य लाभको कामना

काठमाडौं, १७ असार– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा क्यान्सर रोगको उपचारमा रहेका समकक्षी प्रधानमन्त्री सुशील कोइरालाको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् । मोदीले कोइरालालाई सोमबार पत्र पठाई स्वास्थ्य लाभको कामना गरेका हुन् ।
पत्रमा मोदीले नेपालको राजनीतिक परिवर्तन तथा प्रजातान्त्रिक प्रक्रियामा हरतरहको सहयोग गर्न आफू र आफ्नो सरकार तयार रहेको बताएका छन् । 
नेपालको आर्थिक विकास पनि भारतको आधारभूत चासोको रूपमा रहेको उल्लेख गर्दै मोदीले स्थिर, समृद्ध, समावेशी तथा प्रजातान्त्रिक नेपाल निर्माण्ँका लागि नेपाल र नेपालीलाई सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पत्रमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको मित्रता दुई देशको खुल्ला सीमाभन्दा समेत माथि र अन्योन्याश्रित रहेको उल्लेख गरेका छन् ।

सूचना आयोगले बुझायो प्रतिवेदन

काठमाडौं, १७ असार– राष्ट्रिय सूचना आयोगले मंगलबार आफ्नो वार्षिक प्रतिवेदन २०७०÷२०७१ कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई बुझाएको छ । आयोगका सचिव श्रीराम पन्तसहितका अधिकारीहरूले गौतमलाई भेटी प्रतिवेदन बुझाएका हुन् ।
सूचना हकसम्बन्धी ऐन २०६४ अनुसार आयोगले २०७०÷७१ मा सम्पादन गरेका काम तथा संविधानमा नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरिएको सूचनाको हक कार्यान्वयन गर्न÷गराउनका लागि सरकारले गर्नुपर्ने कामका बारेमा आवश्यक सुझावसहितको प्रतिवेदन बुझाएको हो । सरकारले उक्त प्रतिवेदन संसदमा पेस गर्नेछ ।

प्रेस काउन्सिलविरुद्ध आन्दोलनको चेतवानी

काठमाडौं, १६ असार– लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजले प्रेस काउन्सिलद्वारा हालै गरिएको पत्रपत्रिकाहरूको वर्गीकरण भेदभाव र पक्षपातपूर्ण भएको टिप्पणी गर्दै त्यसको विरोध गरेको छ । समाजले काउन्सिलसमक्ष उक्त गलत निर्णय तत्काल सच्याउन मागसमेत गरेको छ । वर्गीकरणका आधारमा सरकारले पत्रपत्रिकालाई लोककल्याणकारी विज्ञापनलगायतका सुविधा दिने गर्छ ।
समाजका तर्फबाट अध्यक्ष दामोदर दवाडीद्वारा जारी विज्ञप्तिमा वामपन्थी पदाधिकारी बहुल काउन्सिलले राजनीतिक रूपमा पक्षपात गरी पत्रपत्रिकाहरूको वर्गीकरण गरेको र त्यसले गर्दा कैयौं लोकतन्त्रवादी पत्रपत्रिका बन्द हुने अवस्थामा पुगेको उल्लेख गरेका छन् । उनले वर्गीकरणको निर्णय तत्काल नसच्याइए आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।