Monday, July 7, 2014

महिलामन्त्री केसीको सम्पत्ति करोडौं

काठमाडौं, २३ असार– नेकपा माले पार्टीबाट महिला, बालबालिका तथा समाज कल्याण्ँमन्त्री भएकी कम्युनिस्ट नेतृ निलम केसी र उनको परिवारको नाममा करोडौं रुपैया“ बराबरको सम्पत्ति रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । 
मन्त्रिपरिÈद् कार्यालयको वेबसाइटमा जारी केसीको सम्पत्ति विवरण्ँमा काठमाडौ“ र झापामा घरजग्गा तथा झापा, ललितपुर र जुम्लामा जग्गा रहेको छ । उनको विभिन्न बैंक तथा वित्तीय संस्थामा दुई लाख र पति सीपी मैनालीको नाममा थप तीन लाख रुपैया“ बचत छ ।
पति, छोरा र आङ्खनो नाममा विभिन्न वित्तीय संस्थामा ३५ लाख बराबरको सेयर रहेको छ भने ८ लाख ऋण्ँ छ । उनले ३५ लाख रुपैया“ ऋण्ँ दिएको पनि सम्पत्ति विवरण्ँमा उल्लेख छ।

नेविसंघलाई भदौमा महाधिवेशन गर्न निर्देशन

काठमाडौं, २२ असार– कांग्रेसले भातृ संस्था नेविसंघको केन्द्रीय तदर्थ समितिलाई एघारौं महाधिवेशन भदौ २९, ३० र ३१ मा गर्न निर्देशन दिएको छ । कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा शनिबार बसेको पदाधिकारी बैठकले चार वर्षदेखि स्थगित हु“दै महाविधेशन भदौमा गर्न निर्देशन दिएको हो ।
तदर्थ समितिले सातपटक महाधिवेशनको मिति तोके पनि तदर्थ गराउन नसकेपछि पदाधिकारी बैठकले महाधिवेशन छिटोभन्दा छिटो गर्न पार्टीका तर्फबाट निर्देशन दिनुपरेको जानकारी कांग्रेस नेताले दिए ।
बैठकले नेविसंघको केन्द्रीय तदर्थ समितिलाई आइतबारदेखि नै महाधिवेशनको तयारीमा जुट्नसमेत निर्देश गरेको छ । नेविसंघको दसौं महाविधेशन ०६४ जेठ ६–११ मा चितवनमा भएको थियो । निर्वाचित अध्यक्ष प्रदीय पौडेलले राजिनामा दिएपछि पार्टीले २०६८ फागुन १७ मा ६ महिनामा महाधिवेशन गर्ने शर्तमा रञ्जित कर्णको अध्यक्षतामा केन्द्रीय तदर्थ समिति गठन गरेको थियो । तर, तदर्थ समितिमा तीन वर्षसम्म महाधिवेशन गराउन सकेको छैन ।

कांग्रेसद्वारा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि ५ करोड माग

कांग्रेस पदाधिकारी बैठक
काठमाडौं, २२ असार– प्रमुख सत्तारूढ दल कांग्रेसले प्रत्येक निर्वाचन Ôेत्र विकास कार्यक्रमका लागि ५÷५ करोड रुपैया“ छुट्टयाउनका लागि पार्टीको तर्फबाट सरकारलाई आग्रह गर्ने निणर््ँय गरेको छ । 
कार्यवाहक सभापति रामचन्द्र पौडेलले अध्यक्षतामा शनिबार बसेको पदाधिकारी बैठकले सभासदहरूले योजना छनौट र अनुगमन गर्ने गरी २ सय ४० वटै क्षेत्रमा ५÷५ करोड रुपैया“का दरले निर्वाचन Ôेत्र विकास कार्यक्रम दिन सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।
सभासदहरूलाई प्रत्येक वर्ष दिंइदै आएको १०÷१० लाख रुपैया“ सांसद विकास कोषको रकम दुरुपयोग हु“दै आएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा ५÷५ करोड रुपैया“ दिंदा झन् बढी दुरुपयोग हुन सक्ने भन्दै सबैतिरबाट यो प्रस्तावको विरोध हु“दै आएको छ ।
पदाधिकारी बैठकले प्रत्येक निर्वाचन Ôेत्र विकास कार्यक्रमका लागि ५÷५ करोड रुपैया“ दिनुपर्ने प्रस्ताव कार्यान्वयनका लागि पहल गर्ने निणर््ँय गरेको जानकारी महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।
कांग्रेस संसदीय दल र केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले समेत प्रत्येक निर्वाचन Ôेत्र विकास कार्यक्रमका लागि ५ करोड रुपैया“ दिनुपर्ने प्रस्ताव पारित गरेको थियो । निर्देशिका बनाएर सरकारी निकायमार्फत् सभासदले छनौट गरेका योजनामा खर्च गर्ने निर्वाचन क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्नुपर्ने धारणा कांग्रेसको छ ।

Thursday, July 3, 2014

शनिबारदेखि १ घन्टा लोडसेडिङ घट्ने

काठमाडौं, १९ असार– विद्युत् प्राधिकरणले शनिबारदेखि लोडसेडिङ दैनिक सात घन्टामा झार्ने भएको छ । अहिले दिनहु“ आठ घन्टा लोडसेडिङ हु“दै आएको छ । मन्सुन सुरु भएपछि नदीमा पानीको सतह बढेर विद्युत उत्पादन बढेको हु“दा लोडसेडिङ एक घन्टा घटाउन लागिएको प्राधिकरण्ँले जनाएको छ। 
प्राधिकरणका अनुसार भारतबाट एक ६० मेगावाट आयात र नेपालका अधिकांश आयोजनाबाट पूणर््ँ Ôमतामा विद्युत उत्पादन हु“दा पनि दैनिक चार सय मेगावाट बिजुली अपुग हुन्छ । अहिले मुलुकमा विद्युतको माग एक हजार एक सय मेगावाट र उत्पादन सात सय मेगावाटमात्र छ भने हाल भारतबाट १ सय ६० मेगावाट आयात गर्ने गरिएको छ । । 
हिउ“दयाममा बढी लोडसेडिङ हुने बेलामात्र सञ्चालन गरिने कुलेखानी जलविद्युत् आयोजना हाल बन्द गरिएको छ । कम Ôमतामा चलेकालाई पूर्ण क्षमता र बन्द रहेका गण्डक जलविद्युत् आयोजना पुनः सञ्चालन आएपछि लोडसेडिङ दैनिक थप एक घन्टा घट्न सक्ने प्राधिकरणले जनाएको छ । भारतबाट आयात बढाउन सकेमा पनि लोडसेडिङलाई न्यून गर्न सकिनेछ । 

पूर्वमेयर बम रहेनन्

काठमाडौं, १८ असार– धनगढी नगरपालिकाका पूर्वमेयर एवं कैलाली कांग्रेसका नेता किशोरकुमार बमको बुधबार बिहान निधन भएको छ । उच्च रक्तचापबाट पीडित ५१ वर्षीय बमको कैलालीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उनका आमा, पत्नी र दुई छोरा छन् ।
कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले बमको निधनप्रति शोक व्यक्त गरेका छन् । पौडेलले बुधबार शोक वक्तव्य जारी गरी बमले मुलुकमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

अख्तियारद्वारा कम्प्युटर अपरेटरलाई निलम्बन गर्न निर्देशन

काठमाडौं, १८ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागको सवारी चालक अनुमतीपत्र कार्यालय, एकान्तकुनाका कम्प्युटर अपरेटर दिलीपसिंह धामीलाई निलम्बन गर्न सरकारलाई बुधबार निर्देशन दिएको छ ।
धामीले यातायात व्यवस्था ऐन, २०४९ विपरीत कम्प्युटर तथा विद्युतीय अभिलेख सच्याउने तथा थपघट गर्नुका साथै घुस रिसवत लिई अनियमितता एवं भ्रष्टाचारजन्य कार्य गरेको अनुसन्धानका क्रममा देखिन आएको अख्तियारले जनाएको छ । 
धामी पदमा रहिरह“दा आफूविरुद्धका प्रमाण्ँ नष्ट गर्ने र अनुसन्धानमा बाधा पु¥याउन सक्ने भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १९ को उपदफा ३ बमोजिम निलम्बन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई लेखी पठाइएको अख्तियारले उल्लेख गरेको छ ।

Tuesday, July 1, 2014

मोदीद्वारा कोइरालाको स्वास्थ्य लाभको कामना

काठमाडौं, १७ असार– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा क्यान्सर रोगको उपचारमा रहेका समकक्षी प्रधानमन्त्री सुशील कोइरालाको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् । मोदीले कोइरालालाई सोमबार पत्र पठाई स्वास्थ्य लाभको कामना गरेका हुन् ।
पत्रमा मोदीले नेपालको राजनीतिक परिवर्तन तथा प्रजातान्त्रिक प्रक्रियामा हरतरहको सहयोग गर्न आफू र आफ्नो सरकार तयार रहेको बताएका छन् । 
नेपालको आर्थिक विकास पनि भारतको आधारभूत चासोको रूपमा रहेको उल्लेख गर्दै मोदीले स्थिर, समृद्ध, समावेशी तथा प्रजातान्त्रिक नेपाल निर्माण्ँका लागि नेपाल र नेपालीलाई सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पत्रमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको मित्रता दुई देशको खुल्ला सीमाभन्दा समेत माथि र अन्योन्याश्रित रहेको उल्लेख गरेका छन् ।