Tuesday, February 10, 2015

नापी सर्भेक्षक जाकिरविरुद्ध मुद्दा दायर

काठमाडौं, २७ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नं. १ नापी टोली, बुटवल रूपन्देहीका नापी सर्भेक्षक जाकिर राइनविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
बुटवल नगरपालिका–९ मा रहेको कित्ता नंं. ९८ र १०३ को जग्गा हालसाबिक गर्ने क्रममा सेवाग्राहीस“ग लिएको १० हजार घुससहित पक्राउ परेका राइनले भ्रष्टाचारको कसुर गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

सूचक भुर्तेलविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, २७ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, रूपन्देहीका सुचक विष्ण्ँुप्रसाद भुर्तेलविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
रूपन्देहीको बेलहियास्थित भन्सार नाकामा स्थानीय व्यापारीस“ग लिएको ६ हजार रुपैया“ घुससहित पक्राउ परेका भुर्तेलले भ्रष्टाचारको कसुर गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Monday, February 9, 2015

सर्वोच्चद्वारा पूर्वमहानिरीक्षक खरेललाई सफाइ

काठमाडौं, २६ माघ– सर्वोच्च अदालतले पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सफाइ दिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश रामकुमारप्रसाद शाह र न्यायाधीश दीपकराज जोशीको इजलासले आइतबार पुनरावेदनको फैसलालाई सदर गर्दै खरेललाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी खरेलले गैरकानुनी रूपमा १ करोड ६३ लाख रुपैया“ आर्जन गरेको दाबी गर्दै ११ वर्षअघि पुनरावेदन अदालतमा उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

डीएसपी तामाङविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, २५ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी वृत्त नया“ बानेश्वर काठमाडौंका प्रहरी नायव उपरिÔक (डीएसपी) रमेशकुमार तामाङविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
सेवाग्रहीस“ग लिएको ५० हजार रुपैया“ घुससहित पक्राउ परेका तामाङलाई भ्रष्टाचार निवारण्ँ ऐन २०५९ को दफा ३ (१) द्वारा परिभाÈित कसुर गरेको पुष्टि हुन आएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले तामाङमाथि ५० हजार बिगो कायम गरी हदैसम्मको सजाय गर्न मागदाबी गरेको छ ।

Friday, February 6, 2015

१७ सहसचिव विशिष्ट श्रेणीमा बढुवा

बढुवामा कांग्रेस र एमालेबीच भागबण्डा
काठमाडौं, २३ माघ– सरकारले १७ सहसचिवलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बढुवा समितिले सिफारिस गरेका सहसचिवहरूमध्येबाट सचिवमा पदोन्नति गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।
बढुवा समितिले पुस २७ मा सिफारिस गरे पनि कांग्रेस र एमालेबीच कस–कसलाई बढुवा गर्ने भागबण्डा नमिलेका कारण सचिवको पदोन्नतिको निर्णय झन्डै एक महिना ढिलो गरी भएको हो । तेब्बर संख्यामा सिफारिस भएका सहसचिवबाट बढुवा हुने १३ पदमा कांग्रेसको कोटामा ७ र एमालेका ६ जना भागबण्डा गरी पदोन्नति गरिएको हो ।
कांग्रेसले ९ कामु सचिवमध्ये सबैलाई बढुवा गर्नुपर्ने अडान राख्दै आएको थियो । तर, एमालेले कामु सचिवमा आफ्ना मान्छे कम भएको भन्दै कांग्रेससित असहमति राखेको थियो । एमालेलाई ६ जना कोटा दिने सहमति गर्दा नौ कामु सचिवमध्ये एक जना शंकर कोइरालामात्र बढुवामा परेनन् ।

लोडसेडिङको मार खेपिरहेकालाई शुक्रबारदेखि राहत

भारतबाट आजदेखि थप २० मेगावाट बिजुली आउने
बन्द रहेको मध्यमस्र्याङ्दीले आजदेखि पुनः विद्युत् उत्पादन थाल्ने
काठमाडौं, २२ माघ– दैनिक ११ घन्टा लोडसेडिङको समस्या भोगिरहेका आमजनतालाई खुसीको खबर छ । विद्युत् प्राधिकरणले मुलुकमा लोडसेडिङ कम गर्न शुक्रबारदेखि भारतबाट थप २० मेगावाट बिजुली आयात गर्दैछ भने मर्मत सम्भारका कारण १५ दिन बन्द रहेको ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाले समेत शुक्रबारदेखि नै उत्पादन सुरु गर्ने भएको छ ।
विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीका अनुसार भारतबाट शुक्रबारदेखि थप २० मेगावाट बिजुली आउन थाल्नेछ भने मध्यमस्र्याङदी आयोजनाले पनि मर्मतसम्भार पूरा भई शुक्रबारदेखि विद्युत् उत्पादन सुरु गर्नेछ । फलस्वरूप दैनिक एक घन्टा लोडसेडिङ घट्नेछ, त्यसबाट लोडसेडिङको मार खेपिरहेका आमजनताले थोरै भए पनि राहत पाउने जानकारी क्षेत्रीले दिए । 

Thursday, February 5, 2015

प्रबन्धक श्रेष्ठसहित १७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, २२ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देबदह मेडिकल कलेज, रुपन्देहीलाई एमबिबिएस कक्षा संचालन गर्न अनुमति दिंदा अनिमयमितता गरेको अभियोगमा  काठमाडौंं विश्वविद्यालयका प्रबन्धकसहित १७ जनाविरुद्ध बुधबार भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
काठमाडौं विश्वविद्यालयका प्रबन्धक प्रद्युम्न श्रेष्ठ, परीक्षा नियन्त्रक डा. पन्ना थापा, नेपाल मेडिकल काउन्सिलका उपाध्यÔ अनवर एलाही अन्सारीसहित ७, कानुन व्यवसायी ज्योति बानियाँ, शिवजी पौडेल, देबदह मेडिकल कलेजका सञ्चालक हिमलाल ज्ञवाली र अध्यक्ष निलकण्ठ काफ्लेलगायत विरुद्ध मुद्दा दायर गरिएको हो ।
काठमाडौं विश्वविद्यालयका जगदीश चटौत, प्राध्यापक रमेशप्रसाद सिंह, मेडिकल काउन्सिलका सदस्यहरू मनोहर प्रधान, अनिलकुमार झा, रोशन पिया, निरज पन्त, कुलदीप गोइत, अंकुर साह, चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्जका सहप्राध्यापक सतिशकुमार देव, देवदह मेडिकलका सञ्चालक एवं निर्देशक रजनीश जिन्दलविरुद्धसमेत मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध हदैसम्मको कारबाही गर्न तथा अनियमितता गरेको रकमबराबरको जरिवाना गर्न तथा बिगो भराउन अख्तियारले माग दाबी गरेको छ ।