ग्रिडमा ज्ञवाली र उत्पादनमा पन्त
काठमाडौं, ८ मंसिर– सरकारले खुल्ला प्रतिस्पर्धाबाट ऊर्जा मन्त्रालय मातहतको प्रसारण लाइन (ग्रिड) कम्पनीमा नेत्र ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने निर्णय गरेको छ । ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा बसेको ग्रिड कम्पनीको सञ्चालक समितिले छनौट समितिको सिफारिसमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो । ज्ञवाली त्रिभुवन विश्वविद्यालयका इलेक्ट्रिक इन्जिनियरिङ विषयका प्राध्यापक हुन् ।
सरकारद्वारा सीईओ छनौट गर्न सहसचिव केवल भण्डारीको संयोजकत्वमा गठित समितिले खुल्ला प्रतिस्पर्धामा आवेदन दिएका ५ जनासित लिखित प्रस्तुति र अन्तरवार्ता लिई मुख्य उम्मेदवारका रूपमा ज्ञवाली र वैकल्पिक उम्मेदवारमा मोहन न्यौपानेको नाम सिफारिस गरेको थियो । सञ्चालक समितिले मुख्य उम्मेदवार ज्ञवालीलाई नै सीईओमा रोजेको हो ।