- १४ वर्षमा खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माण सम्पन्न, २० मेगावाट बिजुली राजधानी आउन थाल्यो
- माघ १९ देखि ७० देखि ९० मेगावाट बिजुली राजधानी ल्याइने
काठमाडौं, ७ माघ– विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हु“दै भारतबाट आयातित १ सय २० मेगावाट बिजुलीमध्ये २० मेगावाट मंगलबार बिहानदेखि सिधै काठमाडौं ल्याउन थालेको छ ।
२०५९÷६० मा सुरु भएको खिम्ती–ढल्केबर २२० केभीको प्रसारण लाइनको निर्माण कार्य विभिन्न अवरोध पार गर्दै १४ वर्षपछि सम्पन्न भएकाले भारतबाट ढल्केबर ल्याइएको बिजुली मंगलबारदेखि सिधै काठमाडौं ल्याउन सम्भव भएको हो । ढल्केबर–खिम्ती हु“दै ल्याइएको बिजुली १३२ केभीको खिम्ती–लामोसा“घु–काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याइएको हो ।
‘ढल्केबर–खिम्ती प्रसारण लाइनको बा“की एउटा मात्र टावरको निर्माण कार्य हालै सम्पन्न भएर सोमबार सा“झ साढे ५ बजे सफल टेस्ट (परीक्षण) ग¥यौं । त्यही प्रसारण लाइन हु“दै भारतबाट आयातित बिजुलीमध्ये मंगलबार बिहान ६ः०२ बजेदेखि २० मेगावाट राजधानीमा ल्याउन थालिएको छ,’ विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले कान्तिपुरसित भने । उनका अनुसार खिम्ती–ढल्केबर डबल सर्किटको प्रसारण लाइन हो । हाल उक्त प्रसारण लाइन सिंगल सर्किटमा मात्र सञ्चालन गरिएको छ । छिट्टै डबल सर्किटमा सञ्चालन गरिनेछ ।