Sunday, February 5, 2017

भूकम्पका कारण जोखिमयुक्त बस्ती सार्न समिति गठन

काठमाडौं, २३ माघ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले जोखिम बढाएका विभिन्न जिल्लाका बस्ती स्थानान्तरण गर्न समिति गठन गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रा. डा गोविन्दराज पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने सम्बन्धमा प्रतिवेदन तयार पार्न कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माको संयोजकत्वमा समिति गठन गरेको हो । 
शर्माको संयोजकत्वमा गठित समितिमा प्राधिकरणका विभागीय प्रमुख, सहरी विकास, भूमिसुधार तथा व्यवस्था र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिसहित ९ सदस्य छन् । समिति गठनपछि भूकम्प गएको २२ महिनापछि जोखिममा परेका बस्ती सार्ने प्रक्रिया सुरु हुने भएको छ । समितिलाई एक साताभित्र बस्ती स्थानान्तरणसम्बन्धी प्रतिवेदन पेस गर्ने समय तोकिएको छ । 

तीन स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति सिफारिस

काठमाडौं, २३ माघ– तीन स्वास्थ्य प्रतिष्ठानमा रिक्त उपकुलपति छनोट गर्न गठित सर्च कमिटीले प्रत्येक प्रतिष्ठानका लागि तीन÷तीन जनाको नाम सिफारिस गरेको छ । कमिटीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि डा भरत यादव, डा गोपी अर्याल र डा रूपा सिंह, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा. बुद्धिबहादुर थापा, डा. निलाम्बर झा र डा डुकबहादुर क्षेत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा अमिरबाबु श्रेष्ठ, डा गेहनाथ बराल र डा राजेन्द्र वाग्लेको नाम सिफारिस गरेको छ ।
उपकुलपतिका लागि तीन÷तीन जना नाम सिफारिस गर्न स्वास्थ्यमन्त्री गगनकुमार थापाको संयोजकत्वमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उपे्रती र योजना आयोगका सदस्य गीताभक्त जोशी सदस्य रहेको सर्च कमिटी गठन गरिएको थियो । 

दुई सचिव बढुवा

काठमाडौं, २३ माघ– सरकारले दुई वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बढुवा समितिको सिफारिसमा भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानालाई सचिवमा पदोन्नति गरेको छ । मन्त्रिपरिषदले उद्योग मन्त्रालयकी सहसचिव यामकुमार खतिवडालाई कायममुकायम सचिवमा बढुवा गरेको छ । 
खतिवडासमेत लगातार दुईपटक सचिव बढुवाको सिफारिसमा परेकी थिइन् । ६५ जना विशिष्ट श्रेणी (सचिव) मा खतिवडा एक्ली महिला हुन् । ढुंगानालाई क्षेत्रीय प्रशासन कार्यालय, दिपायल र खतिवडालाई क्षेत्रीय प्रशासन कार्यालय पोखराको क्षेत्रीय प्रशासकमा पदस्थापन गरिएको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले दिए ।

मोबाइलबाटै विद्युत महसुल तिर्ने व्यवस्था गर्न निर्देशन

काठमाडौं, २३ माघ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ऊर्जा मन्त्रालयमार्फत् विद्युत प्राधिकरणलाई मोबाइल र बैंकबाट बिजुलीको महसुल तिर्ने सहज ब्यवस्था गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तर्फबाट मुख्यसचिव सोमलाल सुवेदीले उर्जासचिव अनुपकुमार उपाध्यायलाई बिहीबार पत्र लेखी दुरदराजका नागरिकले विलुलीको महसुल तिर्न ठूलो सास्ती खेपिरहेकाले त्यसलाई सम्बोधन हुने गरी मोबाइलबाट बुझाउन सकिनेलगायतका वैकल्पिक सहज व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री कार्यालयले ऊर्जा मन्त्रालयले ल्याएएको कार्ययोजनामा घुम्ती महशुल संकलन केन्द्र राख्ने र थप महसुल केन्द्र खोल्ने उल्लेख भए पनि त्यसअनुरूपको काम नभएको भन्दै वैकल्पिक व्यवस्था गर्न ध्यानाकर्षण गराएको हो । पत्रको बोधार्थ प्राधिकरणका कार्यकारी निर्देश्क कुलमान घिसिङलाई समेत दिइएको छ ।

तनहुँमा प्राणी उद्यान

काठमाडौं, २३ माघ– तनहुँ जिल्लाको वालिङ खरेपानी क्षेत्रस्थित आठ सामुदायिक वनमा प्राणी उद्यान (चिडियाखाना) निर्माण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले तनहुँमा चिडियाखाना निर्माण गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सुरेन्द्र कार्कीले दिए ।
सरकारले वाणिज्य मन्त्रालयका सहसचिव रवि भट्टराईलाई चीनको ग्वान्जाओका लागि महावाणिज्यदूत नियुक्त गरेको छ । कार्कीका अनुसार सरकारले अर्थमन्त्री कृष्णबहादुर महराको संयोजकत्जमा पू“जीगत (विकास) खर्च बढाउन अध्ययन कार्यदलसमेत गठन गरेको छ । सरकारले शिक्षा मन्त्री धनीराम पौडेलको प्रस्तावमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा महेश तिमिल्सिनालाई नियुक्त गरेको छ ।

इच्छामृत्युमा ‘एमिकस क्युरी’ माग

काठमाडौं, २३ माघ– सर्वोच्च अदालतले इच्छामृत्युको कानुनी अधिकारका विषयमा परेको रिटमा छलफलका लागि ‘एमिकस क्युरी’ (अदालतका सहयोगी कानुन व्यवसायी) बोलाउने निर्णय गरेको छ । न्यायाधीशद्वय गोपाल पराजुली र चोलेन्द्रसमसेर राणाको संयुक्त इजलासले बिहीबार इच्छामृत्युको कानुनी अधिकारसम्बन्धी विषय गम्भीर प्रकृतिको भएकाले बृहत् छलफलका लागि नेपाल बार र सर्वोच्च अदालत बारबाट एमिकस क्युरी बोलाउने आदेश दिएको हो । 
इजलासले मृत्यु हुन पाउने अधिकारको विषयमा बृहत् संवैधानिक तथा कानुनी छलफलका लागि नेपाल बार एसोसिएसन र सर्वोच्च बारबाट तीन÷तीन जना वरिष्ठ अधिवक्ता वा अधिवक्ता उपलब्ध गराउन आग्रह गरेको जानकारी सर्वोच्च अदालत प्रशासनले दिएको छ ।

भारतबाट थप सय मेगावाट बिजुली ल्याउन कूटनीतिक पहल


  • कटैया–कुसाहा र रक्सौल–परवानीपुरबाट ५०/५० मेगावाट बिजुली ल्याइने
  • भारतबाट आजदेखि थपियो २५ मेगावाट 

काठमाडौं, २२ माघ– ऊर्जा मन्त्रालयले सुख्खायममा देशभर लोडसेडिङ हुन नदिन विद्युत प्राधिकरणको प्रस्तावमा कटैया–कुसाहा र रक्सौल–परवानीपुर प्रसारण लाइन हु“दै भारतबाट ५०÷५० मेगावाट बिजुली ल्याउन कूटनीतिक पहल सुरु गरेको छ । ऊर्जा मन्त्रालयले कटैया–कुसाहामा नेपाल–भारत दुवैतर्फ १३३ केभीको प्रसारण लाइन निर्माण भइसकेको र रक्सौल–परवानीपुरमा नेपालतर्फ १५ दिनभित्रै काम सकिने उल्लेख गर्दै परराष्ट्र मन्त्रालयलाई भारतबाट थप बिजुली ल्याउने प्रबन्ध गर्नका लागि कूटनीतिक पहल गरिदिन लिखित आग्रह गरेको छ ।
ती दुवै ठाउ“मा भारततर्फको प्रसारण लाइन भारतीय विदेश मन्त्रालयले निर्माण गरेको हो । परराष्ट्र मन्त्रालयले पत्राचार गरी कूटनीतिक पहल गरेपछि नेपाल–भारतबीचको विद्युत व्यापार सम्झौता (पीटीए) अन्तर्गतको दुवै देशका ऊर्जा सचिव र सहसचिव रहेको ज्वाइन्ट स्टेरिङ कमिटी र ज्वाइन्ट वर्किङ कमिटीको बैठक बोलाइने भएको छ । ‘ती दुई ठाउ“बाट विद्युत खरिद गर्न छिट्टै दुवै कमिटीको बैठक बस्छ । बैठकमा सहमति भएपछि प्राधिकरणले ती दुई ठाउ“ हु“दै भारतबाट ५०÷५० मेगावाट बिजुली ल्याउनेछ’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले कान्तिपुरसित भने । स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले ऊर्जाको आग्रहमा भारतीय विदेश मन्त्रालयलाई पीटीए अन्तर्गतको संयुक्त समितिको बैठक बोलाउन कूटनीतिक आग्रह गरिदिइसकेको छ । सम्भवतः मार्चको दोस्रो सातामा ज्वाइन्ट कमिटीको बैठक बस्ने सम्भावना छ । दुवै देशका ऊर्जा मन्त्रालयको थप कूटनीतिक पहलबाट बैठकको मिति तय हुनेछ ।