Friday, October 13, 2017

पार्टी सदस्यसमेत बन्न नपाउने खडका टिकट बाँडदै

कांग्रेसमा विधान उल्लंघन गरेर उम्मेदवार छान्ने समिति गठन
काठमाडौं, २७ असोज– प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरवहादुर देउवाले पार्टी विधानलाई ठाडै उल्लंघन गरेर उम्मेदवारलाई टिकट बाँडने अधिकारसम्पन्न संसदीय समिति गठन गरेका छन् । विधानत ः १४ सदस्यीय मात्र हुनुपर्ने समितिलाई उनले १७ सदस्यीय बनाएका त छन् नै, साधारण सदस्यसमेत हुन अयोग्य नेता खुमबहादुर खडकालाई चुनावमा टिकट बाँड्ने महत्वपूर्ण समितिमा मनोनयन गरी कानुनको पनि उल्लंघन गरेका छन् । खडका सर्वोच्चबाट भ्रष्टाचारी ठहर भई जेल सजाय भोगिसकेका व्यक्ति हुन् ।
  उम्मेदवार छान्ने अधिकार सम्पन्न संसदीय समिति पार्टी महाधिवेशनको दुई वर्षपछि मात्र गठन हुन सकेको हो । समितिले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि प्रत्यक्ष र समानुपातिक सिटमा उम्मेदवार छनोट गर्नेछ ।  

Saturday, September 9, 2017

पञ्चेश्वरबाट बाह्रैमास कम्तीमा ९२५ मेगावाट बिजुली


  • फर्म इनर्जीमा सहमति हुनु उपलब्धिमूलक : नेपाली अधिकारी
  • ‘तल्लो शारदाका लागि पानी दिनुपर्ने भारतीय सर्तले थप बुँदामा समझदारी हुन सकेन’

काठमाडौं, २४ भदौ– महाकालीको पञ्चेश्वर बहुउद्धेश्यीय आयोजनाबाट बाह्रै महिना (फर्म इनर्जी) कम्तीमा ९ सय २५ मेगावाट उत्पादन हुने भएको छ । नेपाल र भारतका ऊर्जा अधिकारीहरूको नया“दिल्लीमा दुई दिन बसेको बैठकमा महाकालीको पानीको बहाव (हाइड्रोलोजिकल सिरिज) को अध्ययनका आधारमा पञ्चेश्वर आयोजनाबाट बाह्रै महिना कम्तीमा पनि ९ सय २५ मेगावाट हुने गरी निर्माण गर्ने समझदारी बनेको हो । आयोजना बनेपछि नेपालले बाह्रै महिना कम्तीमा ४६२.५ मेगावाट बिजुली र जलाशयमा जम्मा हुने पानी आधा सिंचाइका लागि पाउनेछ ।
भारतीय कम्पनी वापकोसले तयार गरेको डीपीआरमा पञ्चेश्वर आयोजनाको ‘फर्म इनर्जी’ ७ सय ६७ मेगावाट मात्र हुने प्रतिवेदन तयार गरेको थियो । नेपालले उक्त ‘फर्म इनर्जी’ कम भएको भन्दै असहमति राख्दै आएको थियो । डीपीआरलाई अन्तिम रूप दिन बसेको बैठकमा दुवै देशका प्राविधिक अधिकारीले सन् १९६२ देखि २०१२ सम्मको महाकालीको पानी बहाव अध्ययनलाई आधार बनाई पञ्चेश्वर आयोजनाको फर्म इनर्जी कम्तीमा ९ सय २५ मेगावाट हुने समझदारी गरेको ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले जानकारी दिए । यो वापकोसले तयार गरेको डीपीआरमा प्रस्तावितभन्दा १ सय ५८ मेगावाट बढी हो ।

Thursday, September 7, 2017

जीएमआरले फेरि माग्यो एक वर्ष म्याद

माथिल्लो कर्णाली जलविद्युत आयोजना
काठमाडौं, २२ भदौ– भारतीय कम्पनी जीएमआरले बहुचर्चित ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका लागि लगानी जुटाउने म्याद फेरि एक वर्ष थप गरिदिन लगानी बोर्डमा आवेदन दिएको छ । करिब १ खर्ब १६ अर्ब रुपैया“ लागतको माथिल्लो कर्णाली आयोजना निर्माणका लागि आफूले लगानी जुटाउन बा“की रहेको उल्लेख गर्दै हालै बोर्डमा म्याद थप गरिदिन लिखित आग्रह गरेको हो ।
जीएमआरले लगानी जुटाउन यसअघि एक वर्षका लागि लिएको म्याद २५ दिनपछि सकि“दै छ । बोर्डसित परियोजना विकास सम्झौता (पीडीए) गरेको तीन वर्ष पुगिसक्न लाग्दासमेत जीएमआरले आवश्यक लगानी जुटाउन सकेको छैन । बोर्डले यस्तै आवेदनका आधारमा जीएमआरलाई लगानी जुटाउने म्याद एक वर्ष थप गरिदिएको थियो ।
बोर्डले म्याद थप गरिदिएमा जीएमआरले माथिल्लो कर्णाली आयोजना निर्माणका लागि लगानी जुटाउन थप एक वर्ष म्याद पाउनेछ । माथिल्लो कर्णाली आयोजना बनाउन नेपाल सरकार र जीएमआरबीच सन् २०१४ सेप्टेम्बर १९ मा पीडीएमा हस्ताक्षर भएको थियो ।

Monday, September 4, 2017

मुलुकको हितमा डीपीआर बनाउनुस् : प्रधानमन्त्री

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना
काठमाडौं, १९ भदौ– प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई फाइदा हुने गरी पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न ऊर्जा मन्त्रालय र पञ्चेश्वर प्राधिकरणका उच्च अधिकारीलाई निर्देशन दिएका छन् ।
देउवाकोे भारत भ्रमणका क्रममा एक महिनाभित्र पञ्चेश्वरको डीपीआर तयार गर्ने सहमति भएको थियो । सहमतिअनुसार मंगलबारदेखि भारतको नया“दिल्लीमा दुई देशका विज्ञ समूहबीच त्यस विषयमा दुईदिने बैठक हु“दैछ ।  

सचिवहरूको विदेश भ्रमणबारे जानकारी माग

१० सचिव र १४ सहसचिवको विदेश भ्रमणबारे दुई दिनभित्र वास्तविकता जानकारी गराउनू  :  निर्वाचन आयोग
काठमाडौं, १९ भदौ– निर्वाचन आयोगले विभिन्न मन्त्रालयका १० सचिव र १४ सहसचिव विदेश भ्रमणमा जान लागेको सम्बन्धमा दुई दिनभित्र जानकारी दिन सरकारलाई आग्रह गरेको छ । सरकारी उच्च पदस्थ अधिकारी विदेश भ्रमणमा जान लागेको जानकारीमा आएको जनाउ“दै आयोगले ‘त्यसको वास्तविकता के हो ? दुई दिनभित्र जानकारी दिन’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई लिखित आग्रह गरेको हो ।
आयोगले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा भदौ १४ देखि लागू हुने गरी आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार आयोगले संयुक्त राष्ट्रसंघ, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लगायत अन्तर्राष्ट्रिय संस्था तथा क्षेत्रीय संगठनमा भाग लिन वा विदेशी राष्ट्रको भ्रमणमा राज्यको प्रतिनिधित्व गर्नेबाहेक अन्य वैदेशिक भ्रमणमा जान रोक लगाएको छ ।

खनियाँद्वारा प्रधानमन्त्रीकै निर्देशन अवज्ञा

  • सम्बन्धन खारेज नै गर्न भनिए पनि स्थगन मात्रै गरियो 
  • आईओएमको खोसिएका अधिकार फिर्ता गर्न दिएको निर्देशनसमेत मानिएन

काठमाडौं, १९ भदौ– प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दिएको ‘काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने’ निर्देशनलाई उपकुलपति तीर्थराज खनियाँ र कार्यकारी परिषद्ले अवज्ञा गरेको पाइएको छ । 

‘कलेजको सम्बन्धन नै खारेज गर्न निर्देशन दिएको हु“, तर खनियाँ र कार्यकारी परिषद्ले स्थगनको मात्र निर्णय गरे,’ आफ्नो निर्देशनको अवज्ञा भएको खुलासा गर्दै प्रधानमन्त्री देउवाले आइतबार नेपाल चिकित्सक संघको टोलीस“गको भेटमा भने, ‘तत्काल सम्बन्धन नै खारेज गर्न पुनः निर्देशन दिनेछु, नगरे कारबाही नै गर्ने चेतावनी पनि दिन्छु ।’

Thursday, August 31, 2017

गृह राज्यमन्त्री आफैं फर्जी नम्बरप्लेटको गाडीमा

काठमाडौं, १५ भदौ– गृह मन्त्रालयको कामै नक्कली गाडी नियन्त्रण गरी कानुनी कारबाही गर्नु हो । मन्त्रालयको उद्धेश्यविपरीत गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले नै पदमा बहाल भएको दिनदेखि नै फर्जी नम्बर प्लेटको गाडी चढ्न थालेका छन् ।
श्रेष्ठले बा १ झ १००९ नं. को ल्यान्डक्रुजर प्राडो गाडी चढदै आएका छन् । यो गाडीको वास्तविक नं. बा ६ च १००९ हो । यो नम्बरको गाडी चमेलिया जलविद्युत आयोजनाको नाममा बागमती यातायात साना तथा ठूला सवारी कार्यालय, एकान्तकुनामा दर्ता छ ।