Friday, February 16, 2018

तरुण दलले बोलायो अगुवा कार्यकर्ता भेला


काठमाडौं, ५ फागुन– कांग्रेसको भातृ संगठन तरुण दलले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ मा उपत्यकास्तरीय अगुवा कार्यकर्ताको भेला बोलाएको छ । तरुण भेलामा प्रदेश तथा प्रतिनिधिसभा चुनावमा लज्जास्पद पराजय भोगेको माउ पार्टी कांग्रेसलाई कसरी पुनः सशक्त पार्टी बनाउने भन्नेबारेमा छलफल हुने जानकारी तरुण दलले दिएको छ । भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्नेछन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भेला बस्ने जानकारी तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले दिए । शाहीका अनुसार उपत्यका बाहेकका जिल्लाहरूमा तरुण दलका जिल्ला समितिहरूलाई विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाउन निर्देशन दिइएको छ । 

देउवाले बालुवाटार छाडे

काठमाडौं, ५ फागुन– निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट शुक्रबार अपराह्न बुढानीलकण्ठस्थित आफ्नो निजी निवासमा सरेका छन् । प्रधानमन्त्रीबाट राजिनामा दिई स्वीकृत भएको भोलिपल्ट शुक्रबार अपराह्न १ बजे देउवा सरकारी निवासबाट निजी निवासमा सरेका हुन् । 
गत जेठ २३ मा प्रधानमन्त्रीमा निर्वाचित भएपछि कांग्रेसका सभापति देउवा सरकारी निवासमा बस्दै आएका थिए । देउवाले छाडेपछि माओवादी केन्द्रको समर्थनमा नया“ प्रधानमन्त्री नियुक्त एमाले अध्यक्ष केपी ओलीलाई सरकारी निवासमा सर्ने बाटो खुलेको छ ।

Thursday, February 15, 2018

जाँदाजाँदै दुई मन्त्रीले गरे सरुवा

काठमाडौं, ३ फागुन– बहिर्गमनको तयारीमा रहेको सरकारका दुई मन्त्रीले आफ्नो मन्त्रालय मातहतका महत्वपूर्ण पदमा सरुवा गरेका छन् । दुवै जनाले बुधबार मन्त्रीस्तरीय निर्णय गरी सरुवा गरेका हुन् । सिंचाइ मन्त्री सञ्जय गौतमले उमेर हदले अनिवार्य अवकास पाउन १८ दिनमात्र बा“की रहेका सिंचाइ विभागका महानिर्देशक अशोक सिंहलाई जलस्रोत अनुसन्धान तथा विकास केन्द्रमा सरुवा गरेका छन् ।
 सिंहले ५८ वर्ष उमेर पूरा गरी आगामी फागुन २० मा अवकास पाउ“दैछन् । गौतमले सहसचिव सरोज पण्डितलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन् । गौतमले बबई सिंचाइ आयोजना प्रमुख रमेशबन्धु अर्याललाई समेत मन्त्रालयमा सरुवा गरेका छन् ।  उक्त आयोजनामा योञ्जन श्रेष्ठलाई लगिएको छ ।

राष्ट्रकवि घिमिरेलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं, ३ फागुन– राष्ट्रपति विद्या भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरेकी छन् । महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जंगी अड्डामा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपतिले घिमिरेलाई सेनाका तर्फबाट दज्र्यानी चिह्न प्रदान गरेकी हुन् ।
माघ २६ मा बसेको मन्त्रिपरिषद बैठकले साहित्यका माध्यमबाट राष्ट्रियता र स्वाभिमानलाई प्रवद्र्धन गरी योगदान गरेबापत उनलाई सहायक रथीको मानार्थ उपाधि प्रदान गर्ने निर्णय गरेको थियो । 

Sunday, February 11, 2018

बुढी गण्डकी ‘तामाकोसी मोडल’ मा बनाउने निर्णय

काठमाडौं, २८ माघ– सरकारले बहुचर्चित बुढी गण्डकी जलाशययुक्त विद्युत आयोजनाको निर्माण कार्य माथिल्लो तामाकोसीजस्तै कम्पनी मोडलमा अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित समितिले तयार गरेको बुढी गण्डकीको लगानीसम्बन्धी प्रतिवेदन स्वीकृत गर्दै विद्युत प्राधिकरण मातहतमा सहायक कम्पनी खोलेर स्वदेशी लगानीमा निर्माण अघि बढाउने निर्णय गरेको हो ।
१२ सय मेगावाट विद्युत उत्पादन क्षमता भएको राष्ट्रिय गौरवको आयोजनालाई कम्पनी मोडलमा बनाउ“दा आर्थिक रूपमा सम्भाव्य अर्थात् फाइदाजनक बनाउन सरकारले कुल लागतको ३५ प्रतिशत अर्थात ९४ अर्ब रुपैया“ अनुदान दिने भएको छ । समितिले आयोजना बनाउने विद्युत प्राधिकरण मातहत स्थापना गरिने कम्पनीलाई ९४ अर्ब रुपैया“ अनुदान दिंदा २ खर्ब ७० अर्ब लागतको बुढी गण्डकी आयोजना फाइदाजनक हुने निष्कर्ष समितिको छ ।

राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको दर्जा

काठमाडौं, २८ माघ– सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएको छ । सेनाको मुख्यालय जंगी अड्डाले रक्षा मन्त्रालयमार्फत गरेको सिफारिसमा मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले घिमिरेलाई मानार्थ सहायक रथीको दर्जा दिने निर्णय लिएको हो । 
उनले राष्ट्रलाई पु¥याएको योगदानलाई ध्यानमा राखेर मानार्थ सहायक रथीको दर्जा दिन सिफारिस गरिएको सेना प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । घिमिरेले अब सेनाबाट मानार्थ सहायक रथीको सम्मानका अतिरिक्त सेवासुविधा पाउनेछन् । उनले सहायक रथीको पोसाकसमेत लाउन पाउनेछन् । यसअघि संगीतकार अम्बर गुरुङ र कवि गोपाल पा“डे ‘असिम’ लाई सेनाको मानार्थ लेफटिनेन्ट कर्णेलको दर्जा दिइएको थियो ।   

Friday, February 9, 2018

प्रदेश ३ मा कांग्रेस संसदीय दलको नेतामा बानियाँ

काठमाडौं, २६ माघ– कांग्रेसको प्रदेश नं. ३ को संसदीय दलको नेतामा इन्द्र बानियाँ चयन भएका छन् । राजधानीमा बसेको प्रदेश नं. ३ का कांग्रेसका प्रदेश सभा सदस्यहरूको बैठकले बानिया“लाई सर्वसम्मत रूपममा दलको नेता चयन गरेको हो ।
दलको नेताका लागि पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्कीसमेत दावेदार थिए । पार्टी नेतृत्वबाट संसदीय दलको चयनका लागि अख्तियारी पाएकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायको पहलमा बैठकले सर्वसम्मत रूपमा दलको नेता छानेको हो ।