Sunday, March 11, 2018

‘संवैधानिक इजलासमा महिला प्रतिनिधित्व अनिवार्य’

काठमाडौं, २६ फागुन– सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्चमा रहेको संवैधानिक इजलासमा अनिवार्य रूपमा महिला प्रतिनिधित्व आवश्यक भएको बताएकी छन् ।
बार एसोसिएसनद्वारा महिला दिवसका अवसरमा शनिबार आयोजित ‘महिलाको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार ः उपलब्धि र चुनौती’ विषयक अन्तरक्र्रिया कार्यक्रममा उनले संवैधानिक इजलासमा महिला न्यायाधीशलाई ल्याउने तयारीसमेत नभएको उल्लेख गर्दै न्यायालयको सर्वोच्च निकायमा समेत महिलामाथि विभेद रहेको बताइन् ।

ओलीले न्यायालयलाई धम्क्याए : देउवा

काठमाडौं, २४ फागुन– कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले न्यायालयलाई धम्क्याएर राज्य संयन्त्रमाथि नियन्त्रण जमाउन खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा मनोनीत तीन सदस्यलाई शपथ नगराउन भनी सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशमाथि टिप्पणी गर्दै न्यायालयलाई राजनीति नगर्न आग्रह गरेका थिए । 
ओलीको अभिव्यक्ति आएकै भोलिपल्ट सर्वोच्चले राष्ट्रिय सभामा मनोनीत सदस्यलाई शपथ नगराउन दिएको अन्तरकालीन आदेशलाई निरन्तरता दिनुपर्ने आदेश दिएको छ ।

Thursday, March 8, 2018

मनोनीत तीन जनाको सपथ खुल्यो

काठमाडौं, २३ फागुन– प्रधानमन्त्री केपी ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीबाट मनोनीत तीन राष्ट्रियसभा सदस्यलाई सपथ लिने बाटो खुलेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने फैसला गरेपछि राष्ट्रियसभामा मनोनीत तीन सदस्यलाई सपथ लिने बाटो खुलेको हो । 
अब राष्ट्रियसभा सदस्यहरू डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. बिमला पौडेल राईले सपथ लिएर सदनको गतिविधिमा भाग लिन पाउने छन् । डा. खतिवडा अर्थमन्त्रीसमेत छन् । यसअघि फागुन १३ मा सर्वोच्चकै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले राष्ट्रियसभा सदस्य मनोनीत डा. खतिवडा, विडारी र पौडेललाई सपथ नगर्न÷नगराउन संघीय संसद् सचिवालय तथा विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशका कारण मनोनीत तीन सांसदले गत फागुन २० मा सपथ लिन पाएका थिएनन् ।

राष्ट्रपतिका लागि मनोनयन बुधबार

काठमाडौं, २२ फागुन– संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ । सविधानसभा र राष्ट्रियसभाको निर्वाचनपछि फागुन २९ (आगामी मंगलबार) राष्ट्रपति चयन गर्न निर्वाचन हु“दैछ ।  राष्ट्रपति चुनावका लागि बुधबार १० देखि अपराह्न २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । 
राष्ट्रपति चयन गर्न मतदानको समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएको छ । निर्वाचन आयोगका अनुसार चुनाव कार्यक्रम अनुसार बिहीबार सा“झ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।  आयोगले मंगलबार राष्ट्रपति चुनावका लागि मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरेको छ ।  आयोगका अनुसार राष्ट्रपति चुनावमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० जनाले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ, जसमध्ये ४ जनाको नाम मतदाताको सूचीमा छैन । 

Monday, March 5, 2018

संघीय संसदलाई सफलताको शुभकामना

काठमाडौं, २१ फागुन– संघीय संसदका दुवै सभा प्रतिनिधिसभा तथा राष्ट्रियसभाको पहिलो ऐतिहासिक बैठक सोमबारदेखि सुरु हु“दैछ । दुवै सभाका सदस्यहरूले आइतबार सपथग्रहण गरे । दुवै सभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिसित सपथ लिए भने बा“की सदस्यहरूले ज्येष्ठ सदस्यहरूबाट सपथ लिए । संविधान जारी हु“दा संविधानसभाकै प्रक्रियाबाट असहमत भई आन्दोलनमा रहेका नेता राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले ज्येष्ठ सदस्यका नाताले प्रतिनिधिसभा सदस्यहरूलाई सपथग्रहण गराए । यसले मुलुकमा विद्यमान राजनीतिक गतिरोध अन्त्य भई सहमतिको राजनीति सुरु भएको सन्देश दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सहभागी भए पनि मधेसी केन्द्रित दुई दल संघीय समाजवादी फोरम र राजपा संविधानसभाबाट जारी संविधानप्रति सहमत छैनन् ।

 दुवै दलले प्रदेशको संख्या र सिमा हेरफेरसहितका मुद्दा सम्बोधन गर्न संसदबाट जारी संविधान संशोधन हुनुपर्ने माग राख्दै आएका छन् । आन्दोलन छाडेर चुनावमार्फत् संसदमा आएका दुवै दलको माग सम्बोधन गर्न प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रले लचकतापूर्वक अग्रसरता लिनै पर्छ । मधेसी दलहरूलाई संविधानप्रति पूर्ण सहमत गराउन उनीहरूका जायज माग सम्बोधन गर्न प्रमुख दलहरू त्यसमा पनि सत्तामा रहेका एमाले र माओवादीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । संविधानलाई सबै दल र पक्षको सर्वसम्मत दस्तावेज बनाउन संघीय संसदले कुनै कसरत बा“की राख्नु हु“दैन ।
यसअघिका संसदमा ५७ दिनसम्म सदन अवरुद्ध भएको तीक्ततापूर्ण इतिहास छ । यसअघि सदनमा पटकपटक गतिरोध, कुर्ची तोडफोड र हानाहान भएका तथा बजेट वक्तव्य रोक्न ब्रिफकेससमेत फुटाइएका उदाहरण छन् । पहिलो संघीय संसदले इतिहासका नराम्रा अभ्यासबाट पाठ सिकेर संसदीय अभ्यासमा नया“ इतिहास रच्न र पुराना राम्रा अभ्यासलाई आत्मसात गरेर अघि बढ्न कुनै कसरत बा“की राख्नु हुन्न । सत्तारूढ दलहरूले प्रतिपक्षका जायज मागलाई सम्बोधन गर्ने र प्रतिपक्षी पार्टीहरूले समेत रचनात्मक विपक्षीको भूमिका निर्वाह गर्ने हो भने पहिलो संघीय संसदलाई सफल बनाउन सकिन्छ ।
मुलुक अहिले गम्भीर आर्थिक संकटमा छ । मुलुकका सबै आर्थिक सूचकांक नकारात्मक छन् । राज्यले प्रशासनिक खर्च जुटाउनसमेत आन्तरिक ऋण लिनुपर्ने अवस्था छ । व्यापार घाटा अकासिंदै गएको छ । निर्यात र रेमिट्यान्ससमेत घट्न थालेको छ । एकातिर राज्यले विकास खर्च गर्न सकिरहेको छैन भने वैदेशिक लगानीसमेत बढन सकिरहेको छैन । मुलुकमा तीन तह स्थानीय, प्रदेश, केन्द्र सरकार र संसदको अभ्यास हु“दा राज्यको प्रशासनिक खर्च बढनु स्वभाविकै हो । यस्तो अवस्थामा प्रशासनिक खर्च धान्न र मुलुकको विकासनिर्माणलाई जनअपेक्षा अनुरूप तीव्र गतिमा अघि बढाउन राज्यको आम्दानी बढाउनु अपरिहार्य भएको छ । त्यसका लागि मुलुकको पहिलो संघीय संसदले सामयिक र ऐतिहासिक महत्वको नीति निर्माण गर्नु आवश्यक छ ।
अघिल्ला संसदकालमा निहित स्वार्थ बोकेका सांसदहरू स्वार्थ मिल्ने समितिमा बसेका तीक्त उदाहरण छन् । पूर्वाधार नपुगेका मेडिकल कलेजका लगानीकर्ता र कलेज तथा स्कुलका सञ्चालकहरू सांसदको हैसियतमा स्वार्थ मिल्ने समितिमै बसेको र समितिको कामकारबाहीलाई प्रभावित पारेको इतिहास छ । त्यसले हाम्रो मुलुकको संसदीय अभ्यासमा कालो धब्बा लागेको छ । संघीय संसदले त्यस्तो कालो धब्बा लाग्न नदिन पहिल्यै बुद्धि पु¥याउनु राम्रो हुन्छ । संघीय संसदका दुवै सभाले नियमावली र कार्यविधि बनाई आफू मातहतमा विभिन्न समिति गठन गर्दैछन् । निहित स्वार्थ भएका सांसदहरूलाई स्वार्थ बाझिने समितिहरूमा राख्नुहु“दैन । संघीय संसदका दुवै सभाले नियमावलीमा नै आफ्नो मातहतमा समिति गठन गर्दा निहित स्वार्थ भएका सांसदहरूलाई नराख्ने व्यवस्था गर्नु सामयिक हुन्छ । संसदले निहित स्वार्थ भएका सांसदहरूलाई आफू मातहत गठन हुने स्थायी वा अस्थायी प्रकृतिका समितिहरूमा समेत भूमिका नदिई स्वच्छ र उदाहरणीय संसदीय अभ्यास सुरु गर्नुपर्छ । स्वच्छ संसदीय अभ्यासको सुरुआतबाट नै संघीय संसदले सफलताको सिंढी चढन सुरु गर्नेछ । संघीय संसदलाई सफलताको शुभकामना ।



४.६ रेक्टरको भूकम्प

काठमाडौं, २० फागुन– दोलखालाई केन्द्रविन्दु बनाई शुक्रबार ४.६ रेक्टर स्केलको परकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले यसलाई तीन वर्षअघि गोरखालाई केन्द्रविन्दु बनाई गएको शक्तिशाली भूकम्पकै परकम्प भएको जनाएको छ । केन्द्रका अनुसार जिरी नजिकको स्यामा भन्ने स्थानलाई केन्द्रविन्दु बनाई बिहान १० बजेर ५१ मिनेटमा परकम्प गएको हो । 
उक्त कम्पन राजधानी काठमाडौंसम्मै महसुस गरिएको थियो । गत मंगलबारसमेत सोही क्षेत्रलाई केन्द्रविन्दु बनाई ४.३ रेक्टरको परकम्प गएको थियो । गोरखा भूकम्पपछि हालसम्म ४ रेक्टर स्केलभन्दा माथिका ४ सय ९१ वटा परकम्प गएको केन्द्रले जानकारी दिएको छ ।

Friday, March 2, 2018

प्रधानमन्त्री कार्यालय अब ‘पावरफुल’

  • राष्ट्रिय अनुसन्धान, सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग अब प्रधानमन्त्री मातहतमा
  • प्रधानमन्त्री कार्यालयले नै एनजीओ÷आईएनजीओको कार्य सञ्चालन मापदण्ड बनाउने र अनुगमन गर्ने
  • प्रधानमन्त्री कार्यालयमा ‘थिंक ट्यांक’ राखिने
  • केन्द्र, मन्त्रालय, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रमा नपर्ने सबै काम हेर्ने अवशिष्ट अधिकार प्रधानमन्त्रीलाई 

काठमाडौं, १८ फागुन– प्रधानमन्त्री केपी ओलीले आफनो कार्यालयलाई सर्वाधिकार सम्पन्न बनाउन गृह, अर्थ र समाज कल्याण मन्त्रालयमातहत रहेका ‘पावरफुल’ निकायलाई आफ्नो मातहतमा ल्याएका छन् । ओलीले मन्त्रिपरिषदको बुधबार बसेको बैठकबाट सरकारको कार्यविभाजन नियमावली संशोधन गरी अर्थमन्त्रालय मातहतका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग तथा गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याएका छन् ।
मुलुकको प्रमुख इन्टिलिजेन्स निकाय (राष्ट्रिय अनुसन्धान विभाग) र ‘आकर्षक तथा कमाउ अडडा’ समेत मानिने राजस्व अनुसन्धान तथा सम्पत्ति शुद्धीकरण विभागका कामकारबाही अब प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा मन्त्रिपरिषद कार्यालयले हेर्ने व्यवस्था मिलाइएको जानकारी प्रधानमन्त्री कार्यालयले दिएको छ ।