Friday, April 6, 2018

भ्रमण फलदायी हुने राष्ट्रपतिको विश्वास

काठमाडौं, २२ चैत– राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी ओलीको राजकीय भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी छन् । ओलीले बिहीबार सा“झ शीतलनिवास पुगेर आफ्नो भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
त्यही क्रममा राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दि“दै दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेकी हुन् ।

पुराना कम्युनिस्ट नेता रेग्मीको निधन


काठमाडौं, २२ चैत– ०१५ सालमा निर्वाचित पहिलो प्रतिनिधिसभाका सांसद एवं पुराना वामपन्थी नेता कमलराज रेग्मीको बिहीबार निधन भएको छ । ललितपुरको धोबीघाटस्थित निवासमा ९२ वर्षको उमेरमा रेग्मीको निधन भएको जानकारी पारिवारिक स्रोतले दिएको छ ।

रेग्मी ०१५ को प्रतिनिधिसभामा निर्वाचित नेपाल कम्युनिस्ट पार्टीका चार नेतामध्ये एक थिए । पञ्चायती व्यवस्था सुरु हुनुभन्दा पहिले कम्युनिस्ट पार्टीको जुझारु र सक्रिय नेता रेग्मीको किसान आन्दोलनमा समेत महŒवपूर्ण भूमिका थियो । पाल्पामा भएको किसान आन्दोलनको नेतृत्व उनैले गरेका थिए ।

Wednesday, April 4, 2018

संवैधानिक इजलाश गठन

काठमाडौं, २१ चैत— न्याय परिषद बैठकले सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसेलाई संवैधानिक इजलासको सदस्यमा मनोनयन गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको सिफारिसमा परिषदले चालिसेलाई संवैधानिक इजलासको सदस्य तोकेको हो । सर्वोच्चमा बुधबारदेखि नै संवैधानिक इजलास सुरु भएको छ ।
 विवादास्पद तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले उमेर हदले अवकास पाएपछि रिक्त रहेको संवैधानिक पदमा चालिसेलाई सदस्य तोकिएको हो । संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश जोशी, न्यायाधीशहरू ओमप्रकाश मिश्र, चोलेन्द्रसमसेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे छन् ।

५ मन्त्रालयमा १२ सचिवको दरबन्दी कायम

काठमाडौं, २० चैत– सरकारले ५ वटा मन्त्रालयमा सचिवको दरबन्दी १२ जना कायम गरेको छ । मन्त्रालयको संख्या ३१ बाट २१ मा घटाउ“दा एक–आपसमा जोडिई एकीकृत भएका ५ मन्त्रालयमा सचिवको दरबन्दी बढाइएको हो ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमा तीन÷तीन तथा शिक्षा, युवा तथा खेलकुद, ऊर्जा, जलस्रोत तथा सिंचाइ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दुई÷दुई सचिवको दरबन्दी कायम गरेको हो ।

मिलेनियम च्यालेन्ज विकास समिति गठन

काठमाडौं, २० चैत– सरकारले अमेरिकी सहयोगमा निर्माण हुने विद्युत प्रसारण लाइन र सडक निर्माण आयोजनाहरूको सञ्चालन, अनुगमन र निर्देशन गर्न मिलेनियम च्यालेन्ज विकास समिति गठन गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मिलेनियम च्यालेन्ज विकास समिति गठन आदेश पारित गरेको छ ।
गठन आदेशअनुसार समितिको अध्यक्ष अर्थसचिव हुनेछन् । समितिमा भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव तथा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई सदस्य राखिएको छ । समितिमा सरकारले तोकेका निजी क्षेत्र (उद्योग वाणिज्य महासंघ) र नागरिक समाजका प्रतिनिधिसमेत सदस्य रहनेछन् । 

Tuesday, April 3, 2018

जलस्रोतका ५ प्रमुख एजेन्डामा सहमति जुटाउने प्रयास

प्रधानमन्त्रीको भारत भ्रमणमा सहमति जुटाउन पहल गरिएका एजेन्डा
  • बिजुली विनिमय गर्न ‘इनर्जी बैंकिङ
  • महाकाली सन्धिको कार्यान्वयन र पञ्चेश्वर आयोजना निर्माण
  • बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटी
  • भारतको अनुदार निर्देशिकामा संशोधन
  • लम्की–बेलौरी अन्तरदेशीय प्रसारण लाइन निर्माण

काठमाडौं, १९ चैत– प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा सरकारले इनर्जी बैंकिङसहित ऊर्जा र जलस्रोतका ५ प्रमुख एजेन्डामा सहमति जुटाउने गृहकार्य थालेको छ । ऊर्जासचिव र सहसचिवस्तरमा वर्षौंदेखि भएका छलफलमा समेत सहमति हुन नसकेका ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालयद्वारा प्रस्तावित ती एजेन्डामा सरकारले प्रधानमन्त्रीको भ्रमण पारेर सहमति जुटाउन खोजेको हो ।
सरकारले सहमति जुटाउन खोजेको प्रमुख मुद्दा हो– ‘इनर्जी बैंकिङ’ । निर्माणाधीन माथिल्लो तामाकोसीसहितका जलविद्युत् आयोजनाको निर्माण सकिएपछि २०७६ वैशाखदेखि नेपालमा वर्षायाममा आवश्यकताभन्दा बढी बिजुली उपलब्ध हुनेछ । वर्षायाममा बढी हुने बिजुली भारत निर्यात गर्न र सुख्खायाममा मुलुकलाई आवश्यक बिजुली भारतबाट ल्याउनका लागि नेपालले इनर्जी बैंकिङ प्रस्ताव गरेको हो । भारतलाई सुख्खायाममा भन्दा वर्षायाममा बढी बिजुली चाहिन्छ भने नेपाललाई वर्षायाममा भन्दा सुख्खायाममा बढी चाहिन्छ । भारतमा वर्षायाममा खेतीका लागि बिजुलीको ठूलो माग छ ।

सिंहदरबारको अधिकार गाउँमा पुगेको अनुभूति गराउनोस् : प्रधानमन्त्री

गाउँपालिका महासंघको अधिवेशन सुरु
काठमाडौं, १७ चैत– प्रधानमन्त्री केपी ओलीले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको अनुभूति आमजनताले पाउने गरी काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको अधिवेशनको शनिबार राजधानीमा उदघाटन गर्दै उनले स्थानीय तह सफल भएमात्र मुलुक सफल हुने भएकाले जनप्रतिनिधिले भ्रष्टाचार हुन नदिई काम गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीले स्थानीय तहमा युवा र महिला जनप्रतिनिधिको संख्या बढी रहेकाले आमजनताका पक्षमा धेरै काम हुनेमा आफू विश्वस्त रहेको बताए । ‘अहिले ५१ प्रतिशत उपाध्यक्ष ४० वर्षभन्दा कमका, एक चौथाइ अध्यक्ष ४० वर्षभन्दा कम उमेरका छन् । ४० प्रतिशत जनप्रतिनिधि त महिला नै छन् । यस्तो बेलामा समेत स्थानीय तहमा विकास नभए कहिले होला ?’