Sunday, June 24, 2018

५ महिला कामदार विमानस्थलबाट फर्काइए

काठमाडौं, ९ असार– वैदेशिक रोजगारका लागि कुवेत प्रस्थान गर्न लागेका ५ नेपाली महिला कामदारलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको छ । वैदेशिक रोजगार विभागको विमानस्थलस्थित श्रम डेस्कले कागजात चेकजा“च गर्ने क्रममा कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेको पाएपछि उनीहरूलाई फिर्ता पठाएको हो ।
विभागका एक अधिकारीका अनुसार वैभव म्यानपावर कम्पनीले उनीहरूलाई ‘रिसेप्सनिष्ट’ मा काम गर्ने भनेर पठाएको, तर भिसामा भने ‘क्लिनर्स’ का लागि श्रम स्वीकृति दिइएको पाइएको थियो । उनीहरूलाई बिहान ८ः३० बजे विमानस्थलबाट फिर्ता पठाइएको हो । ‘कुवेत पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले उनीहरूलाई फिर्ता गरिएको हो’ ती अधिकारीले भने ।

Tuesday, June 19, 2018

दुई जना सचिवमा बढुवा, एकको सरुवा

काठमाडौं, ४ असार– सरकारले दुई वरिष्ठ सहसचिव वैकुण्ठ अर्याल र नारायण बिडारीलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले लोकसेवा आयोगको सिफारिसमा अर्याललाई विशिष्ट श्रेणीमा बढुवा गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा पदस्थापन गरेको छ । 
सरकारले अर्का सहसचिव बिडारीलाई कायममुकायम सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदले ४ नं. प्रदेशका प्रमुख सचिव लक्ष्मण अर्याललाई योजना आयोगको सचिवमा सरुवा गरेको छ । कामु सचिव बिडारीलाई ४ नं. प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

Monday, June 18, 2018

चीनसितका सहमति कार्यान्वयन गर्न संयुक्त सयन्त्र गठन गरिने

काठमाडौं, ३ असार– चीन सरकारसितका समझदारी र सहमतिअनुसार अघि बढेका र अब बढाइने कार्यक्रम र परियोजना कार्यान्वयनका लागि छुट्टै संयुक्त संयन्त्र स्थापना गरिने भएको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले चिनिया“ सहयोगका कार्यक्रम र परियोजना कार्यान्वयनका लागि छुट्टै संयन्त्र स्थापना गर्ने समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको छ ।
मन्त्रिपरिषदले संयुक्त संयन्त्र गठनसम्बन्धी समझदारीपत्रमा चिनिया“ विदेश मन्त्रालयस“ग हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्रालयलाई दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले दिए । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको पूर्व सन्ध्यामा सरकारले विगतमा चीनस“ग भएका र अब हुने सहमति र सम्झौता कार्यान्वयनलाई सहज बनाउने गरी आवश्यक संयुक्त संयन्त्र स्थापना गर्ने परराष्ट्र मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषदले स्विकृत गरेको हो ।

Friday, June 15, 2018

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने प्रश्नमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी

जनयुद्धकालका मुद्दा मेलमिलाप आयोगमा लगौं : नेकपा
काठमाडौं, ३० असार– संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै पार्टीको भएकाले दुईमध्ये एक जनाले राजीनामा दिनुपर्ने वा नपर्ने प्रश्नमा संसदमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ ।
तत्कालीन माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुखमा र तत्कालीन एमालेकी नेतृ शिवमाया तुम्बाहम्फे उपसभामुखमा निर्वाचित भएको र अहिले दुवै पार्टी एकीकृत भई एउटा भएकाले संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखमध्ये एकले पद छाडेर अर्को दललाई दिनुपर्ने माग प्रमुख प्रतिपक्षी कांग्रेसको छ । संविधानमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने व्यवस्था छ ।
नेपाल कम्युनिस्ट पार्टीले भने सभामुख र उपसभामुखले पार्टीबाट राजीनामा दिइसकेकाले कांग्रेसको माग औचित्यहीन रहेको दाबी गरेको छ । दल त्याग गरेको व्यक्ति सांसद नै नरहने संवैधानिक व्यवस्था भएकाले सत्तापक्षको दाबी झूटो भएको जिकिर कांग्रेसको छ ।

Monday, June 11, 2018

एआईजी घटे, प्रहरी दरबन्दी ३,१०१ ले बढ्ने

काठमाडौं, २७ जेठ– सरकारले नेपाल प्रहरीलाई ३ हजार १ सय १ नया“ दरबन्दी सिर्जना गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रादेशिक तहका लागि नेपाल प्रहरीको नया“ संरचनाअनुसार उक्त संख्यामा दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
बा“स्काटोका अनुसार सरकारले प्रहरी एकाइ नै नपुगेका स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिको पहिलो प्राथमिकता दिन आगामी वर्ष एक हजार ६ सय दरबन्दी पूर्ति गर्ने तथा बा“कीमा क्रमशः दरबन्दी पूर्ति गर्ने गरी प्रस्तावित ३ हजार १ सय १ दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको हो । 

Thursday, June 7, 2018

वीर अस्पतालका अधिकारीविरुद्ध मुद्दा दायर

काठमाडौं, २२ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जबर्जस्ती करणीमा संलग्नलाई बचाउन घुस लिएको अभियोगमा चार जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
अख्तियारका अनुसार ५० हजार घुस लिई गलत लिखत तयार पारेको अभियोगमा वीर अस्पतालमा कार्यरत रेडियोग्राफर अधिकृत कृष्णप्रसाद तिमिल्सिना र अस्पतालकै सेवा आयोगका सचिव लक्ष्मणप्रसाद अर्यालविरुद्द विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 
अख्तियारले अस्पतालको कागजात अनधिकृत रूपले हेरफेर गर्ने केदारनाथ पराजुली र नक्कली कागजात पेश गर्ने उद्धवप्रसाद नेपालविरुद्धसमेत कैद सजाय माग गर्दै मुद्दा दायर गरेको छ । 

दलित भएकै कारण डेरा नपाएको सांसदको गुनासो

काठमाडौं, २१ जेठ– संघीय समाजवादी फोरमकी सांसद कलुदेवी विश्वकर्माले आफूले दलित भएकै कारण राजधानीमा एक महिनादेखि डेरा नपाएको गुनासो गरेकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै मुलुकको केन्द्रीय राजधानीमै दलितप्रति ठूलो भेदभाव रहेको र त्यही कारण आफूले एक महिनादेखि डेरा पाउन नसकेको बताइन् ।
‘सबभन्दा दुःखलाग्दो कुरा काठमाडौंजस्तो मुलुकको केन्द्रीय राजधानीमै दलितमाथि यति ठूलो छुवाछुत र भेदभाव रहेछ’ उनले भनिन् ‘हामीले डेरा खोजेको एक महिना पूरा भयो, दलित भएकै कारण पाउन सकेका छैनौं ।’ उनले संसदमा सरकारले छुवाछुत अन्त्य भएको पटकपटक घोषणा गरे पनि काठमाडौंमा नै आफूसहित दलितहरूको छुवाछुतको समस्या भोग्नुपरिरहेको बताइन् । ‘संसदमा पहिल्यै पटकपटक छुवाछुत अन्त्यको घोषणा भएको सुनिरहेको थिए“’ सांसद विश्वकर्माले भनिन् ‘राजधानीमै यस्तो छुवाछुत रहेछ भने दुरदराजका गाउ“घरको हालत कस्तो होला ?’