Sunday, August 12, 2018

कोहलपुरदेखि दुहवीसम्म दुई घन्टा विद्युत कटौती हुने

काठमाडौं, २६ साउन– विद्युत प्राधिकरणले कोहलपुरदेखि दुहबीेसम्म औद्योगिक फिडरहरूमार्फत आपूर्ति हुने ग्राहकहरूमा चार दिन सा“झको २ घन्टा बिजुली कटौती हुने जनाएको छ । 
प्राधिकरणद्वारा शनिबार जारी सूचनामा उक्त क्षेत्रमा विशेष गरी १३२ केभी, ६६ केभी र ३३ केभीका सबस्टेसनहरूबाट विद्युत आपूर्ति हुने ग्राहकहरूमा सोमबारदेखि बिहीबारसम्म राति ९ देखि ११ बजेसम्म बिजुली कटौती हुने उल्लेख छ ।

खाद्य संस्थान र नेसनल ट्रेडिङ गाभिए

काठमाडौं, २६ साउन– सरकारले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङलाई मर्ज गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले दुई संस्थानलाई मर्ज गरी राष्ट्रिय आपूर्ति कम्पनि स्थापना गरेको छ । 
दुवै संस्थानले एउटै प्रकृतिको काम गर्दै आएकाले सरकारले तिनलाई मर्ज गरेको हो । निर्णयस“गै मर्जको औपचारिक प्रक्रियासमेत सुरु हुनेछ ।

Tuesday, August 7, 2018

द काठमान्डु पोस्टको प्रधान सम्पादकमा काफ्ले

काठमाडौं, २२ साउन– द काठमान्डु पोस्टको प्रधान सम्पादकमा अनुप काफ्ले मंगलबार नियुक्त भएका छन् । उनले कान्तिपुर मिडिया ग्रुप (केएमजी) को ‘डिजिटल ट्रान्सफर्मेसन’ को समेत नेतृत्व गर्नेछन् । 
केएमजीका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले काफ्लेलाई पोस्टको प्रधान सम्पादक तथा ‘डिजिटल ट्रान्सफर्मेसन’ प्रमुख नियुक्त गरिएको घोषणा गर्दै भने, ‘उहा“को नेतृत्वमा द काठमान्डु पोस्टले नया“ उचाइ लिनेछ ।’ डिजिटल प्रमुखका रूपमा काफ्लेले कान्तिपुर पब्लिकेसन, कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरको ‘डिजिटल ट्रान्सफर्मेसन’ को समेत नेतृत्व गर्नेछन् ।

मिडिया सोसाइटीको अध्यक्षमा कँडेल

काठमाडौं, २१ असार– नेपाली मूलधारका आम सञ्चार मँध्यम (मूल प्रवाहक प्रकाशन गृह र स्याटेलाइट टेलिभिजन) हरूको छाता संगठन मिडिया सोसाइटीको अध्यक्षमा शुभशंकर कँडेल निर्वाचित भएका छन् । 
मिडिया सोसाइटको दोस्रो साधारण सभाले सोमबार एबीसी न्युजका अध्यक्ष तथा निर्वतमान महासचिव कँडेलको नेतृत्वमा नया“ कार्य समिति चयन गरेको हो ।
सोसाइटीको उपाध्यक्षमा सगरमाथा टिभीका अध्यक्ष निर्मल गुरुङ, महासचिवमा आर्थिक अभियान दैनिकका प्रकाशक मदन लम्साल, सचिवमा न्युज २४ का अध्यक्ष अनिल जोशी र  कारोबार दैनिकका प्रवन्धक शिशिर भट्ट र कोषाध्यक्षमा फिल्मी टिभीकी निर्देशक निकिता पौडेललाई निर्वाचित भएका छन् ।

संसदमा कांग्रेसको प्रश्न, ’जोशी आयोग्य भए सिफारिस गर्ने प्रधानमन्त्री कसरी योग्य ?’

काठमाडौं, २१ असार– सत्तारूढ नेकपाले दुई तिहाइको दम्भमा ससदीय सुनुवाइ समितिबाट बिना आधार प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गरेको आरोप प्रमुख प्रतिपक्षी कांग्रेसले लगाएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेस सांसदहरूले सुनुवाइ समितिको निर्णयका कारण स्वतन्त्र रहनुपर्ने न्यायपालिका कार्यपालिकाको लाचार छाया हुने खतरा बढेको दाबीसमेत गरे ।
‘दीपकराज जोशी प्रधानन्यायाधीशका लागि अयोग्य हुने हो भने उहा“को नाम सिफारिस गर्ने प्रधानमन्त्रीको हैसियत के हुने ?’ कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भने– बिनाप्रमाण आग्रह र पूर्वाग्रहका आधारमा सुनुवाइ समितिबाट गरिएको निर्णय गलत छ, यसलाई अवैध घोषणा गर्दछौं, निर्णय मान्दैनौं ।’  

Friday, August 3, 2018

मन्त्रिपरिषदले पायो पूर्णता

ढकाल कानुन र अर्याल भूमि व्यवस्थामन्त्री, यादव स्वास्थ्य राज्यमन्त्री
काठमाडौं, १८ साउन– प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरी २५ सदस्यीय बनाएका छन् । प्रधानमन्त्रीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् ।
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ विवादमा परेका थिए । पार्टीको दबाबमा उनले साउन ८ मा राजीनामा दिएपछि रिक्त मन्त्रालयमा ढकाललाई नियुक्त गरिएको हो । 
ढकाल नेकपाका पोलिटब्युरो सदस्य एवं मोरङ–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । अनेरास्ववियुका महासचिव भइसकेका ढकाल दोस्रो संविधानसभा सदस्यसमेत थिए । प्रधानमन्त्री ओलीले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका छन् । 

चिकित्सकको लापर्बाहीले मृत्यु भएको भन्दै उजुरी

काठमाडौं, १६ साउन– कान्तिपुर दैनिकका पत्रकार एवं साहित्यकार यादव थपलियाको उपचारमा संलग्न चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको दाबी गर्दै उनकी पत्नी गंगा खतिवडाले बुधबार छानबिनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन् ।
सामान्य ज्वरो आएर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पताल (केएमसी) मा भर्ना गरेको ४८ घण्टा बित्न नपाउ“दै गत असार १५ मा थपलियाको मृत्यु भएको थियो । 
 ‘चिकित्सकले बिरामीको निधनमा हामीलाई जे कारण (भाइरल इन्फ्लुएन्जा) भन्नुभएको थियो, परीक्षणका क्रममा त्यो असत्य सावित भएको छ, भाइरल इन्फ्लुएन्जा नेगेटिभ देखिएको छ, त्यसैले यसको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्छु’ खतिवडाले निवेदनमा उल्लेख गरेकी छन् ।