Thursday, October 4, 2018

लोहनी र खनालको निलम्बन फुकुवा

काठमाडौं, १७ असोज– गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा बुधबार एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरेको छ ।
प्रहरी नियमावलीमै साधारण तारेखमा रिहा भएका प्रहरी अधिकारीको निलम्बन फुकुवा हुने प्रावधान छ । सोही प्रावधानमा टेकेरमा दुवै जनाको निलम्बन फुकुवा गरिएको जानकारी गृह मन्त्रालय स्रोतले दिएको छ ।
साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्यको हत्यामा संलग्न भएको आरोपमा लोहनी र खनाल निलम्बनमा परेका थिए । उच्च अदालत विराटनगरले उनीहरूलाई साधारण तारेखमा रिहा गरेको थियो । अदालतको आदेशस“गै उनीहरूले निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको हो ।

बागमतीमा नयाँ मोटरसाइकल दर्ता रोकियो

बागमतीमा १० लाख मोटरसाइकल पुगे
काठमाडौं, १७ असोज– सरकारी अदुरदर्शिता र लापरबाहीका कारण दशैंको मुखमा बागमतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ । बाग्मतीमा ९९ लटकोे अन्तिम नम्बरसम्म दर्ता भइसकेकाले नयाँ मोटरसाइकल दर्ता रोकिएको जानकारी यातायात व्यवस्था विभाग स्रोतले दिएको छ ।
यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्ममात्रै लट नम्बर राखेर मोटरसाइकलसहितका गाडी दर्ता गर्न मिल्ने प्रावधान छ । अब तीन डिजिट अर्थात १०० को लटमा जानुपर्ने भएकाले नयाँ मोटरसाइकल दर्ता गर्न कानुनी अडचन उत्पन्न भएको हो ।
९९ लटको सबै नम्बर सकिएपछि बुधबारदेखि नयाँ मोटरसाइकल दर्ता रोकिएको जानकारी स्रोतले दिएको छ । काठमाडौंमा ‘बा ९९ प’ मा ९९९९ वटा मोटरसाइकल दर्ता भइसकेका छन् । ९९ लट पूरा भएपछि बाग्मतीमा दर्ता भइसकेका मोटरसाइकलको संख्या १० लाख पुगेको छ ।

Wednesday, October 3, 2018

१०५ दिनमै फास्ट ट्रयाकको डीपीआर

नेपाली सेना र कोरियाली कम्पनीबीच सम्झौता
काठमाडौं, १६ भदौ– नेपाली सेनाले संघीय राजधानीलाई तराई–मधेससित जोडने रणनीतिक महत्वको द्रुत मार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको जिम्मा दक्षिण कोरियाली कम्पनीलाई दिएको छ । ग्लोबल प्रतिस्पर्धाबाट छानिएको कोरियाको सुसोङ इन्जिनियरिङ कम्पनी र नेपाली सेनाबीच मंगलबार डीपीआर निर्माणसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेपाली सेनाका फास्ट ट्रयाक आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खा“ण र कम्पनीका अध्यक्ष किहायन हवाङले हस्ताक्षर गरेका छन् । कोरियाली कम्पनीले १० करोड १२ लाख ७८ हजार ९३२ रुपैया“को लागतमा ७६ किमी लम्बाइको फास्ट ट्रयाकको डीपीआर निर्माण गर्नेछ ।
सम्झौताअनुसार सुसोङ इन्जिनियरिङले कात्तिक ४ देखि डीपीआर निर्माणको काम थाल्नेछ । काम सुरु गरेको १ सय ५ दिनमै कम्पनीले डीपीआर तयार पारेर नेपाली सेनालाई बुझाउने सम्झौतामा उल्लेख छ ।

Tuesday, October 2, 2018

थानकोट सडक राति बन्द

काठमाडौंं, १५ असोज– दसैंको पूर्वसन्ध्यामा केन्द्रीय राजधानी आउजाउ गर्ने प्रमुख नाका थानकोट–पिपलामोड सडक खण्डमा सोमबारदेखि सात दिनका लागि राति यातायात सेवा बन्द गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौं–२ का अनुसार उक्त खण्डमा सडक मर्मतसम्भार (अस्फाल्ट ओभरले) को काम सुरु भएकाले राति ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रु र मालवाहक गाडी बन्द गरिएको हो । 
उक्त खण्डमा असोज २२ सम्म राती ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द रहने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उक्त खण्डको मर्मतसम्भारको काम कृष कन्स्ट्रक्सनले गरिरहेको जानकारी सडक डिभिजन कार्यालय, काठमाडौं–२ ले जनाएको छ ।

Monday, October 1, 2018

त्रिवि पदाधिकारीद्वारा चिकित्सा विधेयक र आयोगको विरोध

काठमाडौं, १४ असोज– त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकको चर्को विरोध गर्दै यसलाई स्वीकार गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले आइतबार बोलाएको बैठकमा उनीहरूले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा डा. गोविन्द केसीको ‘गुण्डागर्दी’ चलिरहेको र त्यसको नकारात्मक असर विधेयकका परेको दाबी गरे ।
त्रिवि उपकुलपति तीर्थराज खनिया“, रजिष्टार डिल्लीराम उप्रेती र शिक्षाध्यक्ष सुधा त्रिपाठीले यो विधेयक र प्रस्तावित चिकित्सा शिक्षा आयोग आफूहरूलाई स्वीकार्य नरहेको र संसदीय समितिले समेत स्वीकार्न नहुने बताए ।
केसी अनसनमा बसेकै कारण हचुवाका आधारमा विधेयक ल्याइएको हुनाले स्वाकार्न नहुने जिकिर खनिया“को थियो । रजिष्टार उप्रेतीले मुलुकका विश्वविद्यालयहरूले कुनै अपराध नगरेको दाबी गर्दै कसैको दबाबमा चिकित्सा शिक्षा आयोग बनाउ“दा विश्वविद्यालयहरूको स्वायत्तता र अधिकारमाथि नै ठाडो हस्तक्षेप हुने बताए ।

मालपोत प्रमुखसहित चार जना पक्राउ

काठमाडौं, १४ असोज– नेपाल प्रहरीको महानगरीय वृत्त, गौशालाले मालपोत कार्यालय, चाबहिलका प्रमुख (उपसचिव) कमलप्रसाद तिम्सिनासहित ४ कर्मचारीलाई आइतबार पक्राउ गरेको छ । वृत्तले उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नाममा रजिस्ट्रेसन पार गरेको अभियोगमा पक्राउ गरेको हो ।
पक्राउ परेकामा मालपोत प्रमुख तिम्सिनासहित नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठ, कार्यालय सहयोगी रमेश श्रेष्ठ र मुकुन्द धिताल छन् । प्रहरीले उक्त प्रकरणमा यसअघि मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नायव सुब्बा रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिना तथा बिचौलियाहरू ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई पक्राउ गरेको थियो ।

अब पशुपतिमा लकरदेखि निःशुल्क टेम्पो सेवा

काठमाडौं, १४ असोज– अब पशुपतिनाथ मन्दिर दर्शन गर्न जानेहरूले आफ्ना बहुमूल्य सामान ‘लकर’ मा सुरक्षित रूपमा राख्न पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले माछापुच्छ«े बैंकसितको सहकार्यमा आइतबारदेखि लकर सेवा सुरु गरेको छ ।
पशुपति क्षेत्रमा आइतबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडढययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले लकर सेवाको सुरुआत गरे । लकर सेवास“गै अब दर्शनार्थीहरूले मन्दिरभित्र प्रवेश गर्दा गरगहना, मोबाइल, नगदलगायत बहुमूल्य सामग्री हराउने डरबाट मुक्ति पाउने विश्वास पशुपति विकास कोषले व्यक्त गरेको छ ।
कोषले लकर सेवा दर्शनार्थीहरूलाई निःशुल्क उपलब्ध गराउने छ । बैंकले पशुपतिनाथ मन्दिर क्षेत्रमा ५ सय १० वटा लकर उपलब्ध गराएको छ । लकर सेवा भुवनेश्वरी मन्दिरअगाडिको वरुणधारामा राखिएको छ । कोषले अब जुत्ताचप्पल राख्ने स्थलसमेत यही ठाउ“मा उपलब्ध गराउने भएको छ ।