Sunday, March 3, 2019

लागू औषधसहित तीन जना पक्राउ

काठमाडौं, १८ फागुन– प्रहरीले राजधानीको नागढुंगाबाट लागू औषधसहित शनिबार तीन जनालाई पक्राउ गरेको छ । लागू औषध गाडीमा लुकाई काठमाडौं ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले भारत सीतामडीका शिवकुमार गुप्तालाई नागढुंगाबाट नियन्त्रित लागू औषध नाइट्राभेट एक हजार ८ सय चक्कीसहित शनिबार बिहान पक्राउ गरेको हो ।
बारा निजगढका सुरेश लामा नियन्त्रित लागू औषध नाइट्राभेट २६ चक्की र स्पास आठ चक्कीसहित पक्राउ परेका छन् । झापा कन्काई नगरपालिका–५ का सागर विक अवैध लागू औषध ब्राउनसुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

ठेकेदारको लापर्बाहीले दार्चुलामा दुर्घटना : सांसदहरू

काठमाडौं, १८ फागुन– सांसदहरूले सरकारी निकाय र निर्माण व्यवसायीले सडकको निर्माण र स्तरोन्नतिमा ध्यान दिन नसक्दा मुलुकमा दिनहुँजसो नै गाडी दुर्घटना भइरहेको आवाज उठाउ“दै यसमा गम्भीर हुन सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा विशेष समय लिएर बोल्दै उनीहरूले सुदूरपश्चिमको पहाडी जिल्लामा सडक निर्माणको काम स्तरीय र प्रभावकारी हुन नसक्दा दैनिकजसो नेपाली नागरिकले दुर्घटनामा परी अकालमा ज्यान गुमाउनु परेको उल्लेख गर्दै तत्काल सुधारको काम थाल्न र गैरजिम्मेवारी निर्माण व्यवसायी र सडकका अधिकारीलाई कारबाही गर्न माग गरे ।
उनीहरूले शुक्रबार दार्चुलामा भएको जीप दुर्घटनामा परी ११ जनाको ज्यान गएको र एक जना गम्भीर घाइतेको उपचार भइरहेको सदनलाई जानकारी गराउ“दै सडक निर्माणमा लापर्बाही गर्ने निर्माण व्यवसायी र सरकारी अधिकारीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरे ।

रवीन्द्रको क्षेत्रमा उठदिनन, कुप्रचार नगरियोस् : वामदेव

काठमाडौं, १८ फागुन– सत्तारूढ नेकपाका नेता वामदेव गौतमले हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा उपचुनाव हु“दा आफू उम्मेदवार नहुने बताएका छन् । उनले शनिबार विज्ञप्ति जारी गरी स्वर्गीय अधिकारीको निर्वाचन क्षेत्र कास्की–२ मा आफू उम्मेदवार हुन लागेको भनेर दुष्प्रचार सुरु गरिएकामा आपत्ति जनाउ“दै खण्डन गरेका हुन् ।
उनले पार्टीले आफूलाई उम्मेदवार बनाउने निर्णय गरेको खण्डमा पनि त्यसलाई स्वीकार नगर्ने उल्लेख गरेका छन् । ‘श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रवीन्द्रको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ । यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचारमात्र हो’ उनले विज्ञप्तिमा भनेका छन् ।
उनले मृत्युको शोकबाट आफूले व्यक्तिगत लाभ लिने काम कहिल्यै नगरेको र अब पनि नगर्ने उल्लेख गरेका छन् । गौतमले रवीन्द्रको खाली भएको निर्वाचन क्षेत्रमा उनकै परिवारबाट उम्मेदवार बनाउनुपर्ने धारणा अघि सारेका छन् ।

विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षा आवश्यक : पूर्वराष्ट्रपति

काठमाडौं, १८ फागुन– पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकका लागि विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षाको आवश्यकता रहेको बताएका छन् ।
राजधानीको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले युग अनुसारको शिक्षाको विकासका लागि राजनीतिक नेतृत्वले विद्वानहरूसँग छलफल गरेर सुधारका काम अघि बढाउनुपर्ने बताए ।
‘विश्वका धेरै मुलुक शिक्षाका कारण विकसित भएका छन्, नेपालको शिक्षालाई पनि विश्वमै प्रतिस्पर्धी बनाउनु आवश्यक छ’ उनले भने ।
उनले शिक्षकले विद्यार्थीलाई रोबोट बनाएका छन् कि मान्छे भनी प्रश्न उठन थालेको उल्लेख गर्दै मुलुकको भूगोल र सामाजिक विविधता बुझ्ने शिक्षा प्रदान गर्नु आवश्यक रहेको बताए । सरकारले मधेश र पहाड मिलाएर गएमात्र मुलुकको विकास हुने उनले बताए ।

Friday, March 1, 2019

मन्त्रीको निधनमा परम्पराअनुसार नै सार्वजनिक बिदा : गृह

काठमाडौं, १६ फागुन– सरकारले परम्पराअनुसार नै संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा राष्ट्रिय शोक घोषणा गरी बिहीबार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
‘मुलुकमा राष्ट्राध्यक्ष, पूर्व राष्ट्राध्यक्ष, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहितका विशिष्ट पदाधिकारी निधन हु“दा राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक बिदा दिने परम्परा छ’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले कान्तिपुरसित भने– ‘त्यही परम्पराअनुसार बहालवाला मन्त्री अधिकारीको निधन हुँदा राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक बिदा दिइएको हो ।’
उनले परम्पराअनुसार नै सरकारले स्व. अधिकारीको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको जानकारीसमेत दिए । सरकारले पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, सूर्यबहादुर थापाको निधन हुँदा राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक बिदा दिएको थियो । सरकारले उनीहरूको अन्तिम संस्कारसमेत राजकीय सम्मानका साथ गरेको थियो । सरकारले पञ्चायतकालीन पूर्वप्रधानमन्त्रीहरूको निधन हुँदा भने राष्ट्रिय शोक घोषणा गर्ने र सार्वजनिक बिदा दिने गरेको छैन । ०४६ सालको परिवर्तनपछि प्रधानमन्त्री भएकालाई मात्र त्यस्तो सम्मान दिने सरकारको निर्णय छ ।

हेलिकप्टर दुर्घटना मुलुकलाई अपूरणीय क्षति : नेकपा

काठमाडौं, १५ फागुन– सत्तारूढ नेकपाले ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।
नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालद्वारा बुधबार जारी विज्ञप्तिमा दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधनबाट विकासप्रेमी जनप्रतिनिधि, देशविकासमा समर्पित पर्यटन उद्यमी र राष्ट्रसेवक गुमाउनुपरेकामा दुःख व्यक्त गर्दै यसबाट मुलुकलाई अपूरणीय क्षति पुगेको भएको उल्लेख गरेका छन् ।
‘यस दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति भएको छ, मुलुकले जनता र विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि गुमाएको छ, निजी क्षेत्रबाट देशको विकासमा समर्पित पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारीहरु र हेलिकोप्टर चालक गुमाएको छ’ विज्ञप्तिमा छ ।
नेकपाले अधिकारीलाई होनाहार नेता, विकासप्रेमी जनप्रतिनिधि र प्रचुर सम्भावना बोकेको भरोसायोग्य नेता गुमाएको बताएको छ । अधिकारीले नेपालको कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदानको पार्टीले उच्च मूल्यांकन गर्नेसमेत विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार राष्ट्रिय शोक र सार्वजनिक बिदा

दुर्घटनाबाट राष्ट्रलाई अपुरणीय क्षति : मन्त्रिपरिषद
काठमाडौं, १५ फागुन– सरकारले हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएकामा गहिरो दुःख र शोक प्रकट गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको आकस्मिक बैठकले अकल्पनीय, अप्रत्याशित र दुःखद घटनाबाट राष्ट्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।
‘नेपाल सरकार यस दुःखद घडीमा अत्यन्त गहिरो दुःख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ । साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना र सहानुभूति प्रकट गर्दछ’ मन्त्रिपरिषद बैठकपछि बुधबार सा“झ जारी विज्ञप्तिमा छ ।
मन्त्रिपरिषदले फागुन १६ गते बिहीबारको दिनलाई राष्ट्रिय शोकको दिन घोषणा गरी उक्त दिन सम्पूर्ण सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नेपाली दुतावास तथा नियोगमा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदले राष्ट्रिय शोकको दिनमा सम्पूर्ण सरकारी कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णयसमेत गरेको छ ।