Friday, April 5, 2019

भिक्षु अश्वघोष रहेनन्

काठमाडौं, २२ चैत– भिक्षु अश्वघोष महास्थवीरको ९३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत भिक्षुको दिउ“सो निधन भएको हो । उनी तीन साताअघि अस्पताल भर्ना भएका थिए ।
उनी कम रक्तचाप, मृर्गौला र मुटुमा समस्या र कलेजोमा पानी जम्ने समस्याबाट पीडित थिए । भिक्षु २०४७ देखि २०४९ सम्म राष्ट्रिय सभाका सदस्य थिए । २०५१ सालमा उनी लुम्बिनी विकास कोषका उपाध्यक्ष भएका थिए । भिक्षुका करिब डेढ सय पुस्तक प्रकाशित छन् ।

दुई पूर्वसहायक रथीलाई ‘सचेत’ गराइयो

काठमाडौंं, २२ चैत– सैनिक मुख्यालयले आफ्ना दुई पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई सचेत गराएको छ । संविधानमा रहेको सुरक्षा परिषदको व्यवस्थाविपरीत प्रधानमन्त्री केपी शर्मा ओली एक्लैले सेना परिचालन गर्न सक्नेगरी अघि बढाइएको विधेयकको विरोध गरेको भन्दै जंगी अड्डाले उनीहरू दुवै जनालाई पत्र पठाई सचेत गराएको हो ।
संवैधानिक व्यवस्थाविपरीत सेना परिचालनसम्बन्धी विधयेक अघि बढाइएको विषयलाई लिएर बानियाँ र बस्न्यातले प्रधानमन्त्री ओली र रक्षामन्त्री ईश्वर पोखरेलको आलोचना गरेका थिए । सञ्चारमाध्यममा अनावश्यक टिप्पणी गरेको आरोपमा जंगी अड्डाले उनीहरूलाई शुक्रबार पत्र पठाएर सचेत गराएको जानकारी सैनिक स्रोतले दिएको छ । 

महानगरद्वारा हावाहुरी पीडितलाई २५ लाख राहत

काठमाडौं, २२ चैत– काठमाडौं महानगरपालिकाले बारा र पर्साका हावाहुरी पीडितलाई २५ लाख रुपैया“ सहयोग गर्ने घोषणा गरेको छ । महानगर कार्यपालिकाकाको शुक्रबार बसेको बैठकले हावाहुरी प्रभावितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको हो । 
यसैगरी महानगरका जनप्रतिनिधि र कर्मचारीले समेत आ–आफ्नो एक÷ दिनकोे तलब पीडितलाई सहयोग गर्ने निर्णय गरेका छन् ।

हुरी प्रभावितलाई अस्थायी आवास निर्माण सुरु : सञ्चारमन्त्री

काठमाडौं, २१ चैत– सरकारले बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा पीडितहरूको उद्धार र उपचारस“गै अस्थायी बसोबासका लागि आवास बनाउन थालेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा प्रभावित क्षेत्रमा प्रारम्भिक राहत वितरण सकेर सरकारले घरबारविहीनहरूका लागि अस्थायी आवास निर्माण थालेको जानकारी दिए ।
‘प्रारम्भिक राहत वितरण सकेर सरकारले पीडितका लागि आवश्यक अस्थायी प्रकृतिको बस्ने, खाने र औषधोपचार गर्नेलगायत व्यवस्था गरिरहेको छ,’ उनले भने ।
उनले गृह मन्त्रालयको समन्वयमा क्षतिको यथार्थ विवरण संकलन भइरहेको जानकारी दिए । ‘पीडितको पुनःस्थापना र आवास पुनर्निर्माण गर्न केही समय लाग्छ,’ उनले भने । यसपटक सरकारले समयमै उद्धार गरेन भनी पीडितबाट गुनासो नआएको उनको दाबी छ ।
मन्त्री बाँस्कोटाले हावाहुरीपीडितको उद्धार तथा राहतमा कमी हुन नदिन केन्द्र सरकारले प्रदेश तथा स्थानीय तह र सामाजिक संघसंस्थाहरूसित समन्वय गरेर काम गरिरहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंंले स्थलगत अवलोकन गरी पीडितको पुनर्वासको व्यवस्था गराउने प्रतिबद्धता व्यक्त गरेको र त्यसका लागि आवश्यक काम अघि बढाइएको जानकारी दिए । आइतबार साँझ आएको हावाहुरीमा परी बारा र पर्सामा २८ जनाको मृत्यु भएको छ भने घाइतेमध्ये ३ सयभन्दा बढीको अस्पतालमा उपचार भइरहेको छ ।

अत्यावश्यक सेवामा हडताल गर्न प्रतिबन्ध

काठमाडौं, २१ चैत– सरकारले १३ प्रकृतिका सेवालाई ‘अत्यावश्यक सेवा’ मा राखी बन्द र हडताल गर्न निषेध गरेको छ । मन्त्रिपरिषद् बैठकले सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा बन्द, हडताल गर्न निषेध गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बा“स्कोटाका अनुसार सरकारले हरेक ६÷६ महिनामा हडताल निषेधसम्बन्धी व्यवस्था पुनरावलोकन गरी नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । राजपत्रमा सूचना प्रकाशित भएपछि अत्यावश्यक सेवामा हडताल निषेधको व्यवस्था लागू हुनेछ ।
सरकारले डा“क, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाई मार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाईजहाजको छेकवार, सञ्चालन वा मर्मतस“ग सम्बन्धित सेवा र रेलवे स्टेसनमा बन्द, हडताल गर्न निषेध गरिएको छ । यसपटक अत्यावश्यक सेवामा पुनरावलोकन गरी रेल्वे र जलमार्ग थपिएको हो ।
हडताल निषेध गरिएको क्षेत्रमा प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, हातहतियार खरखजाना वा अन्य कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने र वितरण गर्ने कामस“ग सम्बन्धित सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यस“ग सम्बन्धित सेवा, खानेपानी सञ्चालन तथा वितरण सेवा, दैनिक उपभोग्य वस्तुहरू, खाद्यान्न, दाल, चामल, नुन तेल, पैठारी ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा छन् ।

सडक दस्तुर बढयो

काठमाडौं, २१ चैत– सरकारले सार्वजनिक र निजी सवारी साधनको सडक उपभोग दस्तुर वृद्धि गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले साविकको सडक उपभोग दस्तुरमा १५ देखि ३० प्रतिशतसम्म वृद्धि गरी नयाँ दररेट तोकेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीले दिए ।

Thursday, April 4, 2019

विभागमै प्रहरी घुससहित पक्राउ

काठमाडौं, २० चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा सुरक्षाका लागि खटिएका एक जना प्रहरी जवानलाई घुससहित पक्राउ गरेको छ ।
महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वरबाट विभागमा खटिएका प्रहरी जवान गणेश लोहारले साउदी अरबका लागि श्रम स्विकृति लिने क्रममा रहेका सेवाग्राहीस“ग १७ हजार रुपैया“ घुस लिएको अख्तियारले जनाएको छ ।
लोहारलाई अख्तियारको टंगालस्थित हिरासतमा राखी थप अनुसन्धान भइरहेकोसमेत अख्तियारले उल्लेख गरेको छ ।