Tuesday, July 2, 2019

भूपू ब्रिटिस गोर्खाद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, १६ असार– भूपू ब्रिटिस गोर्खा सैनिकले बेलायती सेनासरह समान पेन्सनलगायत सुविधाका लागि पहल गरिदिन नेपाल सरकारसमक्ष माग गरेका छन् । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति नेपालले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी आफूहरूका माग सम्बोधन नभए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
समितिले बेलायती सेनामा गोर्खामाथि भएको असमानता हटाउन दुवै मुलुकका सरकारले प्राविधिक टोली बनाएर तयार गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेको छ । समितिका संयोजक कृष्णबहादुर राईले सन् १९९७ पछि बेलायती सेनामा भर्ती हुने नेपाली नागरिकले नेपालको नागरिकता रद्द गरी बेलायतको नागरिकता लिनुपर्ने बाध्यता रहेकाले दुवै मुलुकको नागरिकता पाउने व्यवस्था गर्नसमेत माग गरे ।
‘सन् १९४७ मा नेपाल, बेलायत र भारतबीच भएको त्रिपक्षीय सन्धिअनुसार हामी गोर्खाली कामका लागि बेलायती सेनामा भर्ती हुन थालेका हँैं,’ राईले भने, ‘सरकारले हामीलाई सेवापछि आफ्नै मुलुकमा बस्ने वातावरण मिलाइदिनुपर्छ ।’

Monday, July 1, 2019

कार्यकारी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १५ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संखुवासभाको चैनपुर नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत उत्तम रेग्मीसहित ८ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । रेग्मीले ठेकेदार र व्यापारीहरूस“गको मिलेमतोमा नगरपालिकाको ७ लाख ७ हजार रुपैयाँ अनियमितता गरेकाले उनीविरुद्ध मुद्दा चलाइएको अख्तियारको भनाइ छ ।
मुद्दा दायर गरिएकामा हिमालयन इन्स्टिच्युट अफ टेक्नोलोजी कम्पनीका सञ्चालक यज्ञप्रसाद ढकाल, इन्स्टिच्युट अफ रिसर्च एन्ड डेभलपमेन्टका सञ्चालक दुर्गाप्रसाद दाहाल तथा एभरेस्ट टेक्नोलिङस प्रालिका सञ्चालक अन्जिता गौतमसमेत छन् । अख्तियारले अभियोगपत्रमा चार जनाविरुद्ध ७ लाख ७ हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ ।
अख्तियारले सुर्खेतको लेकवेशी नगरपालिका–७ को आदर्श माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक भीमबहादुर ज्ञामीसहित ३ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ । ज्ञामीले लेखा शिक्षक भक्तबहादुर ज्ञामी र तत्कालीन स्रोत व्यक्ति दलबहादुर सिंहसितको मिलेमतोमा विद्यालयमा नक्कली शिक्षक खडा गरी तलब निकासा गरेको देखाएर २ लाख ३८ हजार रुपैयाँ हिनामिना गरेका थिए । त्यसैले उनीहरूविरुद्ध मुद्दा चलाइएको अख्तियारले जानकारी दिएको छ ।

लोकसेवाको विज्ञापनसम्बन्धी रिटमा फेरि पनि हेर्दाहेर्दैमा

काठमाडौं, १५ असार– लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन सम्बन्धमा सर्वोच्च अदालतमा परेका रिटमाथिको सुनुवाइ आइतबार पनि सकिएन । विज्ञापनसम्बन्धी ४ वटा रिटमाथि आइतबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासमा भएको बहस नसकिएकाले ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।
अधिवक्ता विकास ठाकुरले लोकसेवा विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशीअनुसार नरहेकाले रद्द गर्नुपर्ने जिकिरसहित सर्वोच्चमा रिट दायर गरेका थिए । विज्ञापनको पक्ष÷विपक्षमा थप तीन रिट सर्वोच्चमा छन् । ती रिटमाथि सर्वोच्चले एकसाथ सुनुवाइ गरिरहेको छ ।
लोकसेवाले ५१५ स्थानीय तहमा रिक्त ९ हजार १ सय ६१ पदका लागि गरेको विज्ञापनमा दरखास्त दिने म्याद असार १० मा सकिएको छ । दोब्बर दस्तुर तिरेर मंगलबारसम्म आवेदन दिन सकिने छ ।

पीडित सम्पर्कमा नआएपछि ‘धर्तीमाता’ विरुद्धको मुद्दा कमजोर

काठमाडौं, १५ असार– राजधानीको भद्रकाली मन्दिर परिसरमा उपचारका नाममा दुव्र्यवहारमा परेकी पीडित युवती सम्पर्कमा नआएपछि कथित ‘धर्तीमाता’ विष्णु कुँवरविरुद्धको मुद्दा कमजोर बनेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले दुव्र्यवहारबाट पीडित युवती सम्पर्कमा नआएकाले कुँवरविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेको छ । ‘युवती सम्पर्कमा आएको भए बोक्सीको नाममा दुव्र्यवहार आरोपमा बढी सजाय हुने प्रकृतिको मुद्दा चलाउ“थ्यौं, युवती सम्पर्कमा नआएकाले बाध्यतावश अभद्र व्यवहारमा मात्र मुद्दा अगाडि बढाएका छौं,’ प्रहरी स्रोतले भने ।
स्रोतका अनुसार युवतीको खोजी जारी रहेको र प्रहरीको सम्पर्कमा आए कुँवरविरुद्ध फेरि अर्काे मुद्दा दर्ता गरिनेछ । असार ५ मा आफूलाई धर्तीमाता बताउने कुँवरले भद्रकालीमा युवतीमाथि दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । 

परराष्ट्रमन्त्री चीन प्रस्थान

काठमाडौं, १५ असार– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको डालियान सहरमा हुने विश्व आर्थिक मञ्चको १३ औं सम्मेलनमा भाग लिन आइतबार प्रस्थान गरेका छन् । सम्मेलनको ‘विश्व अर्थतन्त्रमा नया“ अवसरको खोजी’ शीर्षकको अनौपचारिक छलफलमा उनी सहभागी हुने छन् । ज्ञवाली सन् २०२० का लागि जी–२० कार्यसूची विषयको छलफल सत्रमा समेत सहभागी हुने जानकारी परराष्ट्र मन्त्रालय दिएको छ ।
मन्त्री ज्ञवालीले मंगलबार ‘जलवायु परिवर्तन भावी वित्तीय संकट ?’ र, ‘नयाँ शक्ति संकलन’ विषयक छलफल सत्रमा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । उनले डालियानमा रहँदा राजनीतिक नेता एवं व्यापारिक वर्गसँग समेत भेटवार्ता गर्नेछन् ।तीनदिने बैठक सकेपछि उनी बुधबार डालियानबाट बेइजिङ जाने कार्यक्रम छ । बेइजिङमा उच्चस्तरीय चिनिया“ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । उनी असार २० मा स्वदेश फर्कने कार्यक्रम छ ।  

कान्तिपुरकर्मी पौड्याललाई मातृशोक

काठमाडौं, १५ असार– कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक ऋषिराम पौड्याललाई मातृशोक परेको छ । उनकी ९४ वर्षीया आमा तोयादेवीको आइतबार निधन भएको हो । सिन्धुपाल्चोकको सुनकोसी–४, यमुना डा“डाकी पौड्याल लामो सयमदेखि दम र उच्च रक्तचापबाट पीडित थिइन् । 
उनका ३ छोरा र ४ छोरी छन् । तोयादेवीको अपराह्न पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरियो । नेपाल पत्रकार महासंघ कान्तिपुर पब्लिकेसन्स शाखाले उनको निधनप्रति गहिरो शोक प्रकट गरेको छ ।

लुम्बिनी क्षेत्रका उद्योग तत्काल बन्द गर्न सर्वोच्च्को आदेश

काठमाडौं, १५ असार– सर्वोच्च अदालतले लुम्बिनी विकास कोष वपपरको १५ किलोमिटर क्षेत्रभित्रका प्रदुषणका कारक सिमेन्ट कारखानासहित सबै उद्योग बन्द या स्थानान्तरण गर्न अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमा आइतबार सुनुवाइ गर्दै लुम्बिनी क्षेत्रका प्रदूषण फैलाउ“दै आएका सिमेन्ट कारखानासहितका उद्योगहरू अन्यत्र सार्न अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा लुम्बिनी क्षेत्रका १५ किलोमिटर वरिपरिका क्षेत्रमा खुलेका प्रदूषण गर्ने उद्योगहरू बन्द गर्न सरकारलाई निर्देश गरिएको छ । २०६६ सालमा औद्योगिक प्रवद्र्धन बोर्डले लुम्बिनी क्षेत्रको १५ किमी वरपर क्षेत्रमा उद्योग नखोल्ने निर्णय गरेको थियो ।
आदेशमा औद्योगिक प्रवद्र्धनको बोर्डको निर्णय पालना गरी उक्त क्षेत्रका उद्योगहरू सार्न सर्वोच्चले आदेश दिएको हो । बोर्डको निर्णयविपरीत विभिन्न औद्योगिक घरानाले उद्योग स्थापना गर्ने कार्य अघि बढाएपछि सरोकारवालाहरूले त्यसका विरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।