काठमाडौं, १९ कात्तिक– वैदेशिक रोजगार विभागले मलेसियामा रोजगारीका लागि पठाउने नाममा पूर्वस्वीकृतिलगायत प्रक्रिया पूरा नगरी स्वास्थ्य परीक्षण तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ का नाममा कामदारसँग रकम नअसुल्न निर्देशन दिएको छ ।
श्रम कार्यालय ताहाचलबाट हालसम्म करिब १ हजार ८ सय जनाले मात्र पूर्वस्वीकृति लिएको तर मलेसिया पठाउने नाममा झन्डै एक लाखभन्दा बढी कामदारबाट अवैध रूपमा स्वास्थ्य परीक्षण तथा इमिग्रेसन सेक्युरिटी क्लियरेन्सका नाममा रकम असुल भइरहेको पाइएको उल्लेख गर्दै विभागले त्यसरी रकम असुल नगर्न निर्देशन दिएको हो ।
विभागले मंगलबार सार्वजनिक सूचना जारी गरी वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया पूरा नगरी विभिन्न बहानामा शुल्क लिनु अनुचित भएको बताएको छ । कुनै पनि व्यक्ति तथा संस्थालाई अनुचित कार्य नगर्न÷नगराउनसमेत सचेत गराएको छ ।