Friday, January 31, 2014

सफा बागमतीका चुनौती

काठमाडौं, १६ माघ– सरकारले आगामी चार वर्षमै बागमतीलाई नुहाउन र पौडी खेल्नयोग्य नदी बनाउने महत्वाकांक्षी र अत्यावश्यक योजना अघि सारेको छ । काठमाडौं उपत्यकाका तीनवटै सहरको ढल र फोहोरले बागमती ‘ढलमती’ हुन पुगेको धेरै समय भइसकेको छ । उपत्यकाको जनसंख्या वृद्धि संख्या“गै धार्मिक दृष्टिले महत्वपूर्ण बागमती दिनानुदिन दुर्गन्धित र नजिक जा“दा नाक थुन्नुपर्ने अवस्था विद्यमान छ ।  बागमती र यसका सहायक नदी र खोलाको दुर्गन्धले पूरै राजधानीसमेत प्रदूषित र दुर्गन्धित बन्न पुग्नु राजधानीबासीका लागिमात्र सिंगो मुलुकका लागि चिन्ताको विषय बन्दै आएको छ । आसपासका क्षेत्रमा नदीको दुर्गन्धले महामारी नै फैलने खतरासमेत बढ्दै गएको छ । विश्वकका १ सय ७८ प्रमुख सहरमध्येमा काठमाडौं सबभन्दा प्रदूषित सहरमा परेको छ । अमेरिकाको येल युनिभसिर्टीले हालै गरेको प्रदूषण सर्वेक्षणमा काठमाडौं संसारकै प्रदूषित सहरमा परेको हो । यसले संसारभर नेपालप्रति गलत सन्देश गएको छ, जसले गर्दा मुलुकको पर्यटन विकासमा समेत नकारात्मक असर पर्ने सम्भावना बढ्दो छ । बागमती दुर्गन्धित भएको धेरै वर्ष बितिसक्ता यसलाई सफा बनाउन कुनै ठोस पहलकदमी गरिएको थिएन । यसैबीचमा सरकारले यसलाई सफा र कञ्चन बनाउने योजना अघि सारी कार्यान्वयन सुरु गर्न लाग्नु आफैंमा सकारात्मक र प्रशंसनीय कार्य हो । यस्तो सत्कर्म धेरैअघि ने कार्यान्वयन गरिसक्नुपथ्र्यो ।

राष्ट्रिय सहमति जुटाउन भोलि सर्वदलीय बैठक

भोलि सहमति नभए कांग्रेसले बहुमतीय प्रक्रिया सुरु गर्ने
काठमाडौं, १७ माघ–  संविधानसभाको ठूलो दल कांग्रेसले आफ्ना पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि समझदारी जुटाउन शनिबार सर्वदलीय बैठक बोलाएको छ ।
सहमतिको सरकार निर्माणको अन्तिम प्रयासका लागि संविधानसभामा प्रतिनिधित्व भएका ३० दल र २ स्वतन्त्र सभासदलाई सर्वदलीय बैठकका आउन लिखित आमन्त्रण गरिएको जानकारी कांग्रेस महामन्त्री प्रकाशमानसिंहले जानकारी दिए । ‘हामीले शनिबार सर्वदलीय बैठकका लागि सबै पार्टी अध्यÔ र दुई स्वतन्त्र सभासदलाई पत्राचार गरिसकेका छौं’ सिंहले भने ।
कांग्रेसले सहमतिको सरकार निर्माणका लागि दोस्रोपटक सर्वदलीय बैठक बोलाएको हो । उसले नै यसअघि मंगलबार सर्वदलीय बैठक बोलाएको थियो । पहिलो बैठकबाट सहमतिको सरकार नबन्ने संकेत मिलिसकेकाले अन्तिम प्रयास गर्न कांग्रेसले पुनः सर्वदलीय बैठक बोलाएको हो ।
राप्रपा नेपालले सरकारमा नजाने घोषणा गरिसकेको छ  भने पहिलो सर्वदलीय बैठकमा एमाओवादी र मधेसी जनअधिकार फोरमले कांग्रेसलाई आफ्नो पार्टीमा सत्तामा नजाने जानकारी गराइसकेकाले सहमतिको सरकार नबन्ने प्रायः निश्चित भइसकेको छ ।

Thursday, January 30, 2014

कोइरालाद्वारा तामाङ समुदायलाई ल्होसारको शुभकामना

काठमाडौं, १६ माघ–  कांग्रेस सभापति सुशील कोइरालाले तामाङ समुदायको महान् धार्मिक तथा सांस्कृतिक पर्व सोनाम ल्होसार र नव वर्ष २८५० को उपलक्ष्यमा देश÷विदेशमा रहेका तामाङ समुदायका समस्त दिदीबहिनी तथा दाजुभाइमा पार्टी र आफ्नातर्फबाट उत्तरोत्तर प्रगति, दीर्घायु र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।
उनले बिहीबार दिएको शुभकामना मन्तव्यमा आफ्ना मौलिक परम्परा र संस्कृतिको धनी तामाङ समुदायलाई यो पर्वले आफ्ना धार्मिक र सांस्कृतिक निधिहरूको संरक्षण र संवद्र्धन गर्ने प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । यसले मुुलुकका अरू सम्प्रदायका नागरिकहरूस“ग आपसी सद्भाव बढाउन सघाउने विश्वाससमेत उनको छ ।
‘मंसिर ४ मा सम्पन्न संविधानसभा चुनावले मुलुकलाई नया“ दिशा दिएको छ’ भन्दै कोइरालाले संविधानसभाले मुख्य दलहरूबीचमा सहमति भएअनुरूप निर्धारित समयमै संविधान बन्ने उल्लेख गरेका छन् । ल्होसारले सबैका घरघरमा सुख, शान्ति, र समृद्धि ल्याओस् भन्ने कामनासमेत गरेका छन् ।

चार वर्षमै बागमती पौडी खेल्न योग्य हुने

काठमाडौं, १६ फागुन– बागमती नजिक पुग्नेबित्तिकै जोसुकै नाक थुन्न बाध्य हुन्छ, दुर्गन्धबाट जोगिन नाक थुन्नु स्वभाविक पनि छ । तर, अबको तीन/चार वर्षमा बागमतीमा नजिक जा“दा नाक थुन्नुपर्ने छैन । ‘ढलमती’ का रूपमा चिनिने बागमती अब तीन/चार वर्षमै हिउ“दमा समेत कम्तीमा घु“डासम्म पानी हुने गरी कञ्चन बग्ने सफा र कञ्चन नदीमा रूपान्तरण हु“दैछ ।
सरकारले सहरी विकास मन्त्रालयको संयोजनमा अबको दुई वर्षमा चोभार गेटनजिक सुन्दरीघाटसम्म बागमतीलाई ढलमुक्त बनाउने र चार वर्षमा बागमतीलाई हिउ“दयाममा समेत कम्तीमा डेढ फिट गहिराइको नुहाउन तथा पौडिनयोग्य सफा र कञ्चन पानीयुक्त बनाउने परियोजना अघि बढाएको छ । ‘अबको चार वर्षमै बागमतीको पानी खानयोग्य होइन नुहाउन र पौडिन योग्य बनाउनेछौं’ सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले कान्तिपुरसित भने ।
ढलमतीलाई शुद्ध, सफा र कञ्चन बागमती बनाउन सरकारले आफ्नै स्रँेत र एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोग र अनुदानबाट झन्डै २० अर्ब रुपैया“ लगानी गर्दैछ । मुलुकको राजधानीलाई संसारकै सुन्दर र सफा सहर बनाउन सरकारले बागमतीलाई सफा बनाउने तीनवटा छुट्टाछुट्टै परियोजना अघि बढाएको छ । बागमतीमा सोझै ढल मिसिन नदिई दुवै किनारामा ढल बनाएर सफा बनाउने कार्य सुरु भइसकेको छ भने एडीबीको सहयोगमा एक÷दुई महिनामै दुइटा थप परियोजना सुरु गरिंदैछ ।

सरकार गठनमा ‘भागबन्डा’ बन्यो समस्या

  • राष्ट्रपतिबारे कांग्रेस र एमालेको भिन्न अडान
  • एमाओवादी, राप्रपा नेपाल र फोरम सरकारमा नजाने
काठमाडौं, १६ माघ– संविधानसभा चुनाव भएको झन्डै साढे दुई महिनापछि राजनीतिक दलहरूले सरकार गठनका लागि औपचारिक पहल सुरु गरेका छन् । एमाओवादीले सुरुमा दुई÷तीन सातासम्म चुनावमा धा“धली भएको भन्दै बखेडा झिकेकाले संविधानसभाका समानुपातिक सिटमा विजयी सभासदको छनोट गर्न ढिलाइ भएका कारण सरकार गठनको पहल गर्न झन्डै साढे दुई महिना लागेको हो । संविधानसभाको सबभन्दा ठूलो दल कांग्रेसले सभापति सुशील कोइरालालाई संसदीय दलको नेता चयन गरी आफ्नो पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । कांग्रेसमा प्रधानमन्त्रीका दाबेदारमध्ये उपसभापति रामचन्द्र पौडेलले कोइरालालाई समर्थन गरेको र कोइरालाले अर्का दाबेदार वरिष्ठ नेता शेरबहादुर देउवालाई दलको नेतामा पराजित गरिसकेपछि कांग्रेसबाट को प्रधानमन्त्री हुने विवाद टुंंगिएको हो । पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार चयन हुन सफल भएपछि कोइरालाले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन एमाले, एमाओवादीसहित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलसित संवाद थालेका छन् । उनकै पहलमा मंगलबार सरकार गठनबारेमा छलफल गर्न मंगलबार सर्वदलीय बैठक बस्यो । बैठकले कुनै ठोस निर्णय गरिसकेको छेन । तैपनि अरू दलले सबभन्दा ठूलो पार्टी कांग्रेसलाई सहमतिको सरकार गठनका लागि सत्ता बा“डफा“डको ठोस एजेन्डा ल्याउन आग्रह गरिसकेका छन् । राप्रपाका अध्यक्ष एवं ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको अध्यक्षतामा संविधानसभा र संसद्को बैठक बस्न थालेपछि दलहरूलाई सरकार गठनको पहल गर्ने बाटो खुलेको हो । राष्ट्रपति रामवरण यादवले आइतबार दलहरूलाई सात दिनभित्र सहमतिको सरकार गठन गर्न आह्वानसमेत गरिसकेका छन् । नया“ सरकार गठन नभइसकेकाले कुनै एजेन्डा पाउन नसकेका कारण संविधानसभा र संसद्को बैठक बसे पनि ठोस काम अघि बढाउन पाएका छैनन् ।

Tuesday, January 28, 2014

६ सचिवका लागि १६ सहसचिवको नाम सिफारिस

न्याय सेवाका सहसचिवको बाहुल्य
काठमाडौं, १४ माघ– विभिन्न मन्त्रालय र निकायमा रिक्त छ सचिवमा बढुवाका लागि १६ जना सहसचिवको नाम सिफारिस गरिएको छ । लोकसेवा आयोगकी कार्यवाहक अध्यÔ कयोदेवी यमीको अध्यÔतामा सोमबार बसेको बढुवा समितिको बैठकले १६ जनाको नाम सिफारिस गरेको जानकारी स्रोतले दिएका छन् ।
स्रोतका अनुसार अध्यादेशमार्फत् संशोधित निजामती ऐनको रिक्त पदमध्ये २० प्रतिशत सिटमा सबभन्दा वरिष्ठलाई सिफारिस गर्ने नया“ व्यवस्थाअनुसार रिक्त ६ सचिवमध्ये एक पदमा बढुवा गर्न समितिले सबभन्दा ज्येष्ठ सहसचिव प्रभाकर पाठकको नाम सिफारिस गरेको छ । रिक्त पदमध्ये वरिष्ठबाट बढुवा हुने २० प्रतिशतमा जति पद हुन्छन्, त्यति जनामात्र सिफारिस गर्ने र सरकारले उनैलाई बढुवा गर्नुपर्ने प्रावधान निजामती ऐनमा छ । पाठक कृषि मन्त्रालयमा कार्यरत छन् ।
कार्यसम्पादन मूल्यांकन र वरिष्ठताका आधारमा पदोन्नति हुने बा“की पा“च सचिवका लागि समितिले निजामती ऐनअनुसार आवश्यकताभन्दा तेब्बर संख्यामा १५ जना सहसचिवको नाम सिफारिस गरेको छ । निजामती ऐनको सचिव पदका लागि तेब्बर संख्यामा सिफारिस गर्ने प्रावधानअनुसार समितिले पा“च सचिवका लागि पा“च वर्È सेवा अवधि पूरा गरेका सहसचिवहरूमध्ये कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा बढुवा गर्न १५ जनाको नाम सिफारिस गरेको हो ।
सचिव बढुवाका लागि सिफारिस भएका सहसचिवमा वरीयताक्रमअनुसार अनुपकुमार उपाध्याय, चण्डिराज दाहाल, हरिकुमार श्रेष्ठ, नारायण्ँ रेग्मी,  राजेन्द्र सुवेदी, मधु रेग्मी, रञ्जनकृष्ण्ँ अर्याल,  भोला शिवाकोटी, शरदचन्द्र पौडेल, नरेन्द्रमान श्रेष्ठ, बद्री गोतम, सुनिलबहादुर मल्ल, लक्ष्मण मैनाली, कमलशाली घिमिरे, रामकुमार आचार्य छन् । सिफारिसमा पर्नेमा न्याय सेवाका सहसचिव बढी छन् । सिफारिसमा परेकामा न्याय सेवाका ८, सामान्य प्रशासन समूहका ५, पाठकसहित प्राविधिक तीन सहसचिव छन् ।

कोइरालालाई प्रधानमन्त्री हुने बाटो खुला

  • कोइरालाको १०५, देउवाको ८९ मत
  • सहमतिबिनै नेता चयनले देउवा पक्षमा असन्तुष्टि
काठमाडौं, १३ माघ– संविधानसभाको ठूलो दल कांग्रेस संसदीय दलको नेतामा सुशील कोइराला निर्वाचित भएपछि उनी पार्टीबाट प्रधानमन्त्री हुने बाटो खुलेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार भएको मतदानमा वरिष्ठ नेता शेरबहादुर देउवालाई १६ मतान्तरले पराजित गरी दलको नेता निर्वाचित भएपछि कोइराला सरकार निर्माणमा कोइराला अग्रसर भएका हुन ।
कोइरालाले १ सय ५ मत पाएका थिए भने देउवाले ८९ मत । कोइराला पार्टीको पछिल्लो महाधिवेशनमा देउवालाई नै पराजित गरी सभापति निर्वाचित भएका हुन् । कांग्रेसले संसदीय दलको नेताको चयन पहिलोपटक भोटिङ मेसिनबाट गरेको हो ।
कांग्रेसले सोमबारदेखि नै दलका नवनिर्वाचित नेता कोइरालाको नेतृत्वमा सहमतिको सरकार गठन गर्न पहल गर्ने भएको छ । राष्ट्रपति रामवरण यादवले आइतबार नै एक साताको समय दिई राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आव्हान गरेका छन ।
राष्ट्रपतिको आह्वानले कांग्रेसका प्रधानमन्त्रीका उम्मेदवार कोइरालालाई आफ्नो नेतृत्वमा राष्ट्रिय सहमति जुटाउन औपचारिक पहल गर्ने मार्ग प्रशस्त भएको छ । कांग्रेसले संविधानसभाबाट कम्तीमा एक वर्षमा संविधान निर्माण गरी जारी नगरेसम्म राष्ट्रिय सहमतिको सरकार हुनुपर्ने प्रस्ताव अघि सारेको छ ।
निर्वाचित हुनासाथ संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै कोइरालाले आफूले पार्टीमा देउवासहित सबैसित मेलमिलाप गरी पार्टीलाई एकजुट बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।