Thursday, December 29, 2016

बुढी गण्डकी आयोजना अघि बढाउन सहजीकरण इकाइ


काठमाडौं, १४ पुस– सरकारले १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी आयोजना अघि बढाउन उच्चस्तरीय ‘जग्गा प्राप्ति, वातावरण तथा पुनर्बास सहजीकरण इकाइ’ गठन गर्ने भएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार गठन हुन लागेको इकाइले धादिङ र गोरखाका प्रमुख जिल्ला अधिकारीसित समन्वय गरी आयोजनास्थलमा परेका घरजग्गाको मुआब्जा वितरण र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनको कार्यान्वयन गर्ने र घरबार छाड्न बाध्य स्थानीयबासीलाई उचित ठाउ“ खोजेर पुनर्बास गराउने कार्य गर्ने जानकारी ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्ण पन्थले दिए । 
प्रमुख र विज्ञ नियुक्त भएपछि इकाइ विधिवत रूपमा गठन हुनेछ । जग्गा प्राप्ति, वातावरण तथा पुनर्बासको कामलाई प्रभावकारी रूपमा अघि बढाउन मन्त्रिपरिषदले इकाइ गठन गर्ने निर्णय गरेको हो ।

सञ्चालक हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं, १४ पुस– सर्वोच्च अदालतले विद्युत प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई हटाउने ऊर्जा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न सरकारलाई आन्तरिम आदेश दिएको छ । 
प्राधिकरणको काममा अवरोध गरेको भन्दै मन्त्रालयले सञ्चालक सदस्यत्रय लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई पुस ४ हटाएको थियो । लामिछानेले मन्त्रालयको निर्णयविरुद्ध पुस १२ मा सर्वोच्चमा रिट दिएका थिए ।
सर्वोच्चका न्यायाधीश प्रकाश राउतको इजलासले बुधबार तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको हो । सर्वोच्चले दुवै पक्षलाई लिखित जवाफसहित छलफलका लागि आगामी पुस १९ मा अदालतमा उपस्थित हुनसमेत आदेश दिएको छ ।

Saturday, December 24, 2016

आज क्रिसमस बिदा

काठमाडौं, १० पुस– सरकारले क्रिश्चियन धर्मावलम्बीको महान् चाड ‘क्रिसमस’ का दिन आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका सहसचिव यादव कोइरालाले ‘क्रिसमस डे’ का दिन बिदा दिने निर्णय गरेको जानकारी दिए ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको अघिल्लो सरकारले यो वर्षको ‘सरकारी क्यालेन्डर’ बनाउने क्रममा क्रिसमसको सार्वजनिक बिदा हटाई क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिने निर्णय गरेको थियो । तीन वर्षदेखि सरकारले लगातार क्रिसमसको सार्वजनिक बिदा दि“दै आएको थियो । क्रिश्चियन धर्मावलम्बीले सार्वजनिक बिदा दिन चर्को दबाब दि“दै आएका थिए । विश्वभरका इसाई धर्मावलम्बीले इसा मसिह अर्थात् जिसस क्राइस्टको जन्म दिन पारेर हरेक वर्ष २५ डिसेम्बरमा क्रिसमस मनाउ“छन् ।

भारतबाट पुस १७ देखि राजधानीमा ४० मेगावाट बिजुली

  • फेब्रुअरी १ देखि राजधानीमा भारतको ९० मेगावाट बिजुली आउने
  • हिउदमा भारतबाट ५ सय ६० मेगावाट बिजुली आयात गरिने
  • माथिल्लो तामाकोसी बनेपछि नेपाललाई वर्षायाममा बढी हुने बिजुली खरिद खरिदिन भारत सकारात्मक 
  • पञ्चेश्वरको डीपीआर छिट्टै स्वीकृत गर्ने तयारी


काठमाडौं, १० पुस– विद्युत प्राधिकरणले राजधानी उपत्यका ‘लोडसेडिङमुक्त अभियान’ लाई निरन्तरता दिन ढल्केबर(मुजफ्फरपुरबाट आगामी पुस १७ देखि थप ४० मेगावाट बिजुली आयात गर्ने भएको छ । सुख्यायामस“गै पानीको लेभल घटै गएकाले नदीको प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिका जलविद्युत आयोजनाहरूको उत्पादन घटै गएकाले भारतबाट थप आयात हुने विद्युतबराबरकै बिजुली मस्र्याङी कोरिडोरबाट पुस १७ देखि नै राजधानीमा ल्याइने जानकारी प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले दिए ।
उनका अनुसार भारतबाट आउने थप ४० मेगावाट बिजुली ढल्केबर–हेटौंडाको १३२ केभीको प्रसारण लाइनबाट हेटौंडा र वरपरको क्षेत्रमा पठाइनेछ भने मस्र्याङी कोरिडोरबाट हेटौंडामा पठाइ“दै आएको ४० मेगावाट बिजुली राजधानीमा ल्याइनेछ । अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने थप बिजुली ढल्केबर(खिम्ती प्रसारण लाइन हु“दै खिम्ती(काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याउने योजना प्राधिकरणको थियो । तर, ढल्केबर(खिम्ती प्रसारण लाइनको निर्माण गर्न बा“की एउटामात्र टावर बनाउन ढिलाइ भएकाले हेटौंडाको विकल्प रोजिएको हो ।

Friday, December 23, 2016

प्राधिकरणका तीन सदस्य पदमुक्त, तीनै जना थपिए

काठमाडौं, ८ मंसिर– ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणको सञ्चालक समितिका तीन सदस्य लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई सोमबार पदमुक्त गरेको छ । ऊर्जा मन्त्री जनार्दन शर्माले प्राधिकरणका काममा अवरोध पु¥याएको र कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गरेको आरोप लगाई मन्त्रालयस्तरीय निर्णयबाट तीन जनालाई पदबाट हटाएका हुन् ।

मन्त्रालयले कानुनले तोकेको दायित्व पूरा नगरी किन प्राधिकरण र कार्यकारी निर्देशकलाई असहयोग गरेको भन्दै उनीहरूसित स्पष्टीकरणसमेत लिएको थियो । मन्त्रालयले उनीहरूले दिएको लिखित स्पष्टीकरण चित्तबुझो नभएको भन्दै हटाएको जानकारी स्रोतले दिए ।

फास्ट ट्र्याक भारतीय कम्पनीलाई बनाउन दिने निर्णय रद्द

विद्युत् व्यापार कम्पनी र इन्जिनियरिङ कम्पनी स्थापना गर्ने निर्णय
काठमाडौं, ८ मंसिर– मन्त्रिपरिषदले काठमाडौंबाट निजगढ जोड्न द्रुत मार्ग (फास्ट ट्र«्याक) बुट प्रणालीमा भारतीय कम्पनी आईएल एन्ड एफएसलाई निर्माण गर्न दिने निर्णय खारेज गरेको छ । मन्त्रिपरिषदो बिहीबार बसेको बैठकले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारको निर्णय खारेज गरेपछि द्रुतमार्ग विदेशीलाई निर्माण जिम्मा दिने कि सरकार आफैले बनाउने भन्ने अन्योल हटेको छ । 
‘मन्त्रिपरिषद बैठकले फास्ट ट्र्याक निर्माण गर्न भारतीय कम्पनी आइएल एण्ड एफसीलाई दिने निर्णय रद्द ग¥यो’ सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले कान्तिपुरसित भने । मन्त्रिपरिषदले द्रुतमार्ग सरकार आफैंले स्वदेशी लगानीमा बनाउनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय समितिसमेत गठन गरेको छ । समितिलाई निर्माणको मोडालिटी र डीपीआर तयार पार्नेलगायतका काम गर्ने कार्यदेश दिइएको छ ।

औषधि लिमिटेडमा सुवेदी नियुक्त

काठमाडौं, ८ मंसिर– सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा डा। रोबसकुसुम सुवेदीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले खुल्ला प्रतिस्पर्धाबाट छानिएका सुवेदीलाई तीन वर्षका लागि महाप्रबन्धक नियुक्त गरेको हो । सुवेदीले फार्मेसी विषयमा पीएचडी गरेका छन् ।

डा। लक्ष्मी पाठक, डा। भगवान कोइराला र उद्योग मन्त्रालयका सहसचिव यामलाल भुसाललगायत रहेको छनोट समितिले आवेदकहरूमध्येबाट औषधि लिमिटेडलाई प्रभावकारी ढंगले सञ्चालन गर्नेबारेमा अन्तर्वार्ता र लिखित प्रस्तुति गर्न लगाई सुवेदीलाई सिफारिस गरेको हो ।