Friday, January 27, 2017

बिजुली चोरी नियन्त्रण गर्न २५ सय कर्मचारीको सरुवा


  • सरुवाले चोरी र चुहावट नियन्त्रण गर्न सहयोग पुग्छ : प्राधिकरण
  • विद्युत चोरीमा पक्राउ परेका कर्मचारीहरूसँग अस्वभाविक सम्पत्ति

काठमाडौं, १४ माघ– विद्युत प्राधिकरणले मिलोमतोमा हुने बिजुली चोरी नियन्त्रण गरी बढो चुहावट घटाउने उद्धेश्यले क्षेत्रीय वितरण कार्यालयका करिब २५ सय कर्मचारीलाई सरुवा गरेको छ । कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि प्राधिकरणले चिुहावट घटाउन ८ वटै क्षेत्रीय वितरण केन्द्रहरूलाई दिएको लक्ष्यअनुरूप काम हुन नसकेपछि ती कर्मचारीहरूलाई सरुवा गरिएको हो ।
विद्युत चुहावट लक्ष्यअनुरूप नघट्नुमा एउटै वितरण केन्द्रमा कार्यरत कर्मचारीहरूको विभिन्न उद्योग र बढी खपत गर्ने ठूला ग्राहकहरूसितको मिलोमतो कारण हुन सक्ने निष्कर्षमा पुगेर प्राधिकरणले ठूलो संख्यामा सरुवा गरेको हो । प्राधिकरणको विद्युत चुहावट झन्डै २५ प्रतिशतको हाराहारीमा छ । चुहावटमा ठूला ग्राहक र कर्मचारीहरूको मिलेमतोमा हुने विद्युत चोरीको अंश बढी रहेका जानकारी प्राधिकरणका अधिकारीले दिए ।

अब प्राधिकरणले टेक अर पेमा पीपीए गर्ने

  • कुल ७२६ मेगावाट क्षमताका ३९ आयोजनाको टेक एन्ड पे पीपीएसमेत टेक अर पेमा बदलियो 
  • अब प्राधिकरणले टेक अर पेमा पीपीए गर्ने
  • यो निर्णयले कुल २ हजार मेगावाट बिजुली उत्पादन क्षमताका विभिन्न आयोजना निर्माणको बाटो खुल्यो
  • अब हाइड्रोलोजी मापन कमजोरीको पेनाल्टी नलाग्ने

काठमाडौं, १४ माघ– विद्युत प्राधिकरणको सञ्चालक समितिले आफूले लिएको बिजुलीको मात्र पैसा तिर्ने (टेक एन्ड पे) नीति फिर्ता लिई अब बिजुली लिए पनि नलिए पनि रकम तिर्ने (टेक अर पे) मा विद्युत खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको बुधबार बसेको बैठकले यसअघि टेक एन्ड पेमा सम्झौता भएका विद्युत आयोजनासित समेत टेक अर पेको नीतिअनुसार पीपीए गर्ने निर्णय गरेको जानकारी प्राधिकरणका उच्च अधिकारीले दिए ।
प्राधिकरणले २०७० भदौ ३० देखि टेक एन्ड पेमा मात्र पीपीए गर्ने नीति कार्यान्वयनमा ल्याएपछि निजी क्षेत्रबाट प्रवद्र्धन लागेका कुल क्षमता २ हजार मेगावाट बराबरका दर्जनौं आयोजना प्रभावित भएका थिए । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंका अनुसार टेक एन्ड पेमा पीपीए हुने नीतिले गर्दा आयोजना फिजिबल (लगानी प्रतिफल प्राप्त नहुने) भएकाले बैंकहरूले वित्तीय लगानी गर्न नमानेपछि कुल २ हजार मेगावाट विद्युत उत्पादन क्षमता भएका ५० भन्दा बढी आयोजना अघि बढ्न सकेका थिएनन् । प्रवद्र्धकले ती आयोजनामा अध्ययन, जग्गा प्राप्ति, पहु“च मार्ग निर्माणमा अर्बौं लगानी गरिसकेका थिए ।

Friday, January 20, 2017

किराना पसलले चुरोट बेच्न नपाउने

काठमाडौं, ७ माघ– अब किराना पसलेले चुरोट तथा सुर्तीजन्य पदार्थ बेच्न नपाउने भएका छन् । सरकारले धूमपान तथा सुर्ती सेवनलाई न्यूनीकरण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री गर्न पाइने व्यवस्था गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा किराना पसलबाट चुरोट तथा सुर्ती बेच्न प्रतिबन्ध लगाएको हो । 
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा ११ (छ) मा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्था गर्न सक्ने कानुनी व्यवस्था भएबमोजिम मन्त्रिपरिषदले किराना पसलबाट चुरोट तथा सुर्ती बेच्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

अन्तःशुल्क स्टिकरको खुलेआम दुरुपयोग

काठमाडौं, ७ माघ– राजधानीको एउटा किरानामा पसल साहु र कामदार चुरोटका बट्टामा टा“सिएको अन्तःशुल्कको स्टिकर धमाधम उक्काइरहेका थिए । यो किन उक्काउनुभएको साहुजी ? ‘एउटा स्टिकर दुई रुपैया“मा बिक्छ, कमाइ होस् भनेर पसल खोलेको हो, स्टिकर बेचेर पनि थप आम्दानी,’ उनले सहजै जवाफ दिए । कति आम्दानी हुन्छ ? ‘मेरो पसलमा दैनिक ६ पेटी (२० बट्टा) सम्म चुरोट बिक्री हुन्छ, ६ पेटी चुरोटका बट्टामा रहेको स्टिकर बेच्दा दैनिक २ सय ४० रुपैया“ कमाइन्छ,’ नया“ बानेश्वरका ती किराना सञ्चालकले भने ।
कसले किन्छ यो ? उनले भने, ‘एउटा मान्छे आएर किन्छ, उसैले सिकाएको हो, अरू पसलबाट समेत लैजान्छ ।’ 
यसबारे जान्न खोज्दा अन्य पसलहरूबाट उस्तै जवाफ पाइयो । ग्राहकले स्टिकर उक्काएको चुरोटको बट्टा किन्छन् त ? पसलेहरू भन्छन्– ‘धेरै बिक्री खिल्लीमा हुन्छ, खिल्ली किन्नेलाई बट्टाको के मतलब ? बट्टै किन्नेले पनि स्टिकरको मतलबै गर्दैनन् ।’

भारतको बिजुली सिधै काठमाडौंमा

  • १४ वर्षमा खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माण सम्पन्न, २० मेगावाट बिजुली राजधानी आउन थाल्यो
  • माघ १९ देखि ७० देखि ९० मेगावाट बिजुली राजधानी ल्याइने

काठमाडौं, ७ माघ– विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हु“दै भारतबाट आयातित १ सय २० मेगावाट बिजुलीमध्ये २० मेगावाट मंगलबार बिहानदेखि सिधै काठमाडौं ल्याउन थालेको छ ।
२०५९÷६० मा सुरु भएको खिम्ती–ढल्केबर २२० केभीको प्रसारण लाइनको निर्माण कार्य विभिन्न अवरोध पार गर्दै १४ वर्षपछि सम्पन्न भएकाले भारतबाट ढल्केबर ल्याइएको बिजुली मंगलबारदेखि सिधै काठमाडौं ल्याउन सम्भव भएको हो । ढल्केबर–खिम्ती हु“दै ल्याइएको बिजुली १३२ केभीको खिम्ती–लामोसा“घु–काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याइएको हो ।
‘ढल्केबर–खिम्ती प्रसारण लाइनको बा“की एउटा मात्र टावरको निर्माण कार्य हालै सम्पन्न भएर सोमबार सा“झ साढे ५ बजे सफल टेस्ट (परीक्षण) ग¥यौं । त्यही प्रसारण लाइन हु“दै भारतबाट आयातित बिजुलीमध्ये मंगलबार बिहान ६ः०२ बजेदेखि २० मेगावाट राजधानीमा ल्याउन थालिएको छ,’ विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले कान्तिपुरसित भने । उनका अनुसार खिम्ती–ढल्केबर डबल सर्किटको प्रसारण लाइन हो । हाल उक्त प्रसारण लाइन सिंगल सर्किटमा मात्र सञ्चालन गरिएको छ । छिट्टै डबल सर्किटमा सञ्चालन गरिनेछ ।

Tuesday, January 17, 2017

पश्चिम सेतीको बाटो खुल्यो


  • संयुक्त लगानी गर्न थ्री गर्जेज र प्राधिकरणबीच सम्झौतामा हस्ताक्षर
  • थ्री गर्जेजलाई ६५, प्राधिकरणलाई २५ र स्थानीयवासीलाई १० प्रतिशत सेयर
  • १ खर्ब ६० अर्ब लागत
  • साढे सात वर्षमा आयोजनाबाट बिजुली उत्पादन सुरु हुने

काठमाडौं, ४ माघ– ७ सय ५० मेगावाट क्षमताको बहुचर्चित पश्चिम सेती जलाशययुक्त आयोजना अघि बढाउने बाटो खुलेको छ । चिनिया“ कम्पनी थ्री गर्जेज र विद्युत् प्राधिकरणबीच संयुक्त लगानीमा पश्चिम सेती आयोजना विकास गर्ने सम्झौतामा सोमबार हस्ताक्षर भएपछि मुलुकमा डेढ खर्ब लगानी भित्रिने वातावरण बनेको छ । पश्चिम सेतीबाट सुक्खायामको बढी बिजुली माग हुने सा“झमा ४ र बिहान २ गरी ६ घण्टामा ७ सय ५० मेगावाट बिजुली उत्पादन हुनेछ, त्यसले मुलुकमा सुक्खायाममा बिजुली व्यवस्थापन गर्न ठूलो योगदान पुग्ने जानकारी प्राधिकरणका अधिकारीले दिए । आयोजनामा १ खर्ब ६० अर्ब रुपैया“ लगानी हुनेछ । यसमध्ये चिनिया“ लगानी एक खर्ब रुपैया“ आउने छ भने बा“की प्राधिकरण र स्थानीयवासीको रहनेछ ।
लगानी बोर्डको संयोजनमा सोमबार सा“झ भएको सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चाइना थ्री गर्जेजका कार्यकारी उपाध्यक्ष युआयन जिम्माओले हस्ताक्षर गरेका छन् । चीनमा २२ हजार ५ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना सफलतापूर्वक बनाएको थ्री गर्जेजले पश्चिम सेती आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयसित सन् २०१२ मा समझदारी (एमओयू) गरेको थियो । एमओयू गर्दा थ्री गर्जेजले आयोजनामा नेपाल सरकार (विद्युत् प्राधिकरण) को २५ प्रतिशत लगानी हुनुपर्ने सर्त राखेको थियो । सरकारको समेत लगानी हु“दा आयोजना अघि बढाउन सजिलो हुने धारणा थ्री गर्जेजको थियो ।

माथिल्लो सेतीमा बल्ल ठेक्का प्रक्रिया सुरु


  • सुक्खायाममा दैनिक ६ घण्टा बिजुली उत्पादन हुने
  • लागत ५१ अर्ब, सन् २०२२ को डिसेम्बरमा सम्पन्न हुने
  • वर्षमा ५९ करोड युनिट बिजुली उत्पादन हुने
  • जलाशयमा १ सय ९० मिलियन क्युबिक मिटर पानी जम्मा हुने

काठमाडौं, ४ माघ– लगानी जुटिसकेको र परामर्शदाता कम्पनीसमेत छनोट भइसकेको तीन वर्षपछि मात्र माथिल्लो सेती जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढाउन ठेक्का प्रक्रिया सुरु भएको छ । १ सय ४० मेगावाटको जलाशययुक्त आयोजना निर्माण अघि बढाउन विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहु“ हाइड्रो पावर लिमिटेडले तीनवटा प्याकेज बनाएर ठेक्का प्रक्रिया सुरु गरेको छ ।
टेन्डर डकुमेन्ट तयार पारी मुख्य दुई दाता जापानी सहयोग नियोग (जाइका) र एसियाली विकास बैंकबाट स्वीकृत गराउन समय लागेको र परामर्शदाता कम्पनी ल्याहमेरलाई आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदनमाथि थप अध्ययन गर्न दिइएकाले ठेक्का प्रक्रिया थाल्न केही ढिलाइ भएको दाबी तनहु“ हाइड्रो पावर लिमिटेडका अधिकारीले गरे ।
पहिलो प्याकेजमा हेड वक्र्स र बा“ध तथा नदी डाइभर्सन, दोस्रोमा टनेल र पावर हाउस निर्माण तथा हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल र तेस्रो प्याकेजमा आयोजनास्थल तनहु“को दमौली नजिकबाट भरतपुरमा बनाइने नया“ सबस्टेसनसम्म ३७ किलोमिटर लामो २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने रहेको छ ।