Thursday, March 30, 2017

लोहनीको नेतृत्वमा नयाँ राप्रपा

काठमाडौं, १७ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा.प्रकाशचन्द्र लोहनीले बुधवार नयाँ पार्टी घोषणा गरेका छन् । उनको नेतृत्वमा एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बनेको हो ।नया“ पार्टीको मुख्य एजेण्डा हिन्दु धर्म र राजसंस्था रहेको छ । चुनाव चिन्ह हलो रहने लोहनीले बताए ।
फागुनको पहिलो साता कमल थापा नेतृत्वको राप्रपाको महाधिवेशन लगत्तै लोहनी चुनाव चिन्हमा असहमति राख्दै पार्टीबाट बाहिरिएका थिए । नया“ पार्टीमा राप्रपाबाटै बाहिरिएका नेता केशरबहादुर विष्टसहितका नेता छन् ।

Saturday, March 18, 2017

प्रधानमन्त्रीलाई चुनाव तयारीबारे जानकारी

काठमाडौं, ५ चैत– निर्वाचन आयोगले स्थानीय चुनावका तयारीबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई शुक्रबार जानकारी गराएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी पुनःसंरचित ७ सय ४४ वटा स्थानीय तहको चुनावको तयारीका विषयमा जानकारी गराएका हुन् ।
भेटमा यादवले निर्वाचन आयोगको कामकारबाही तथा चुनावको तयारीका विषयमा जानकारी गराउ“दै निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । प्रत्युत्तरमा प्रधानमन्त्रीले चुनावका लागि विश्वासको वातावरण बनाउन आफूले पहल गरिरहेको जानकारी गराए । 

सुनकाण्डका अभियुक्त एसएसपी खत्री धरौटीमा छुटे

७ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
काठमाडौं, ५ चैत– ३३ किलो सुन तस्करी काण्डमा पक्राउ परेका नेपाल प्रहरीका एसएसपी श्याम खत्री शुक्रबार धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला अदालतका दीपेन्द्र अधिकारीको इजलासले खत्रीसहित ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । अदाततले एसएसपी खत्रीस“ग २ लाख रुपैया“ मात्र धरौटी मागेको थियो ।
खत्री शुक्रबारै २ लाख धरौटी बुझाएर छुटेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी काण्डमा संलग्न रहेको आरोपमा त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुख खत्रीलाई माघ २३ मा पक्राउ गरेको थियो भने प्रहरी प्रधान कार्यालयले तत्काल उनलाई निलम्बन गरेको थियो ।
खत्री सुरक्षा प्रमुख रहेकै बेला दुबईबाट आएको सुन विमानस्थलबाट बाहिरिएको थियो । सीआईबीको टोलीले उक्त सुन बरामद गरेको थियो । अनुसन्धानका क्रममा सुन तस्करहरूस“ग एसएसपी खत्रीको मिलेमतो देखिएको सीआईबीले अभियोगपत्रमा दाबी गरेको छ । 

मन्त्री सिंहको पार्टी खारेजीको निर्णय उल्टियो

काठमाडौं, ५ चैत– सर्वोच्च अदालतले विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टीलाई खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । 
न्यायाधीश गोपाल पराजुली र प्रकाशसिंह राउतको इजलासले ‘समाजवादी जनता पार्टीले आफ्नो विवरण बुझाउने विश्वास’ व्यक्त गर्दै दल खारेजीको निर्णयलाई कार्यान्वयन नगर्न आदेश दिएको हो । आयोगले लगातार तीन वर्षसम्म दलको विवरण नबुझाएकामा कारबाही गर्दै एक वर्षअघि समाजवादी जनता पार्टीलाई खारेज गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध अध्यक्ष प्रेमबहादुर सिंह सर्वोच्च गएका थिए ।

राप्रपाको विधानबाट ‘राजसंस्था’ र हिन्दुराष्ट्र’ हट्यो

राप्रपाले कानुन उपचार खोज्ने

काठमाडौं, ५ चैत– निर्वाचन आयोगले राप्रपाको विधानबाट राजसंस्था र हिन्दुराष्ट्रसम्बन्धी वाक्यांश हटाइदिएको छ । आयोगको शुक्रबार बसेको बैठकले राप्रपा विधानको राजसंस्था र हिन्दुराष्ट्रसम्बन्धी संविधानस“ग बाझिएको ठहर गर्दै हटाइदिएको हो ।
राप्रपाको विधानको प्रस्तावनामै ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्थासहितको लोकतन्त्रको मान्यता अभिवृद्धि र कायम गर्न’ भन्ने वाक्यांश थियो । विधानको धारा ५ मा ‘नेपालमा सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने’ भन्ने वाक्यांशसमेत उल्लेख थियो । फागुन ६–१० मा भएको राप्रपाको एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लिखित हिन्दुराष्ट्र र राजसंस्थासम्बन्धी वाक्यांश मुलुकको संविधानस“ग मेल नखाएकाले विधानबाट हटाइएको जानकारी आयोगका अधिकारीले दिएका छन् ।

कांग्रेसका पूर्व सांसद ढुंगेलको निधन

काठमाडौं, ५ चैत– पूर्वसांसद रामहरि ढुंगेलको बिहीबार निधन भएको छ । कांग्रेस महासमिति सदस्य रामेछापका ६० वर्षीया ढुंगेलको डिल्लीबजारस्थित डेरामा सुतिरहेका बेला निधन भएको हो । २०१३ सालमा रामेछापको पकरवासमा जन्मेका ढुंगेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

लोकतन्त्रको पक्षमा क्रियाशील रह“दा दर्जनौंपटक जेल परेका ढुंगेल ०५६ सालको निर्वाचनमा कांग्रेसका तर्फबाट रामेछाप २ बाट सांसद निर्वाचित भएका थिए । उनी कृषि सहायकमन्त्रीसमेत भएका थिए । कांग्रेसले ढुंगेलको निधनप्रति दुःख व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै मुलुकमा लोकतन्त्र स्थापनामा सक्रिय भूमिका निर्वाह गरेका ढुंगेलको निधनको खबरले आफू अत्यन्त मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन् । 

स्थानीय तहमा थप ३ सहसचिव, २/२ सय उपसचिव र अधिकृत

स्थानीय तह पुनःसंरचना
काठमाडौं, ५ चैत– निर्वाचन आयोगले चैत ३ भित्र कार्यस्थलमा पुग्ने गरी ७ सय ४४ वटै स्थानीय तहमा कर्मचारी खटाउन सरकारलाई निर्देशन दिएको छ । वैशाख ३१ मा हुने चुनावका लागि स्थानीय तहमा कर्मचारी आवश्यक पर्ने भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।
सात सय ४४ स्थानीय तह कार्यान्वयनमा आउनुअघिका २ सय १७ नगरपालिका (महानगरपालिका र उपमहानगरपालिकासमेत) मा मात्र कार्यकारी अधिकृतसहितका कर्मचारी छन्, बा“की ४ सय ८१ गाउ“पालिकासहित ५ सय ३३ वटा स्थानीय तहमा कर्मचारी छैनन् । कर्मचारी नभएकाले बहुसंख्यक स्थानीय तहमा काम सुरु हुन सकेको छैन ।