Sunday, April 23, 2017

बूढीगण्डकी र नलसिंगाड कम्पनी मोडेलमा बनाइने


  • दुवै आयोजनाका विकास समिति खारेज
  • सर्वसाधारण र स्थानीय बासिन्दाले २७ प्रतिशतसम्म लगानी गर्न पाउने

काठमाडौं, १० वैशाख– सरकारले बहुचर्चित दुई जलाशययुक्त विद्युत् आयोजना बूढीगण्डकी र नलसिंगाडलाई कम्पनी मोडेलमा निर्माण गर्ने भएको छ । दुवै आयोजना निर्माण गर्न गठित दुवै विकास समितिहरू खारेज गरी कम्पनी मोडेलमा अघि बढाउने निर्णय सरकारले गरेको हो । ‘दुवै जलाशययुक्त आयोजना कम्पनी मोडेलमा बनाउन ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले दुवै विकास समिति खारेज गरेको छ,’ ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले कान्तिपुरसित भने । उनका अनुसार अर्थ मन्त्रालयले समेत दुवै आयोजनालाई कम्पनी मोडेलमा निर्माण गर्न सहमति दिइसकेको छ ।
सरकारले ठूला जलविद्युत् आयोजना निर्माण गर्न ऊर्जा मन्त्रालय मातहतमा केही समयअघि छुट्टै ‘जलविद्युत् उत्पादन कम्पनी’ स्थापना गरेको छ । प्रवक्ता घिमिरेका अनुसार यही कम्पनीले बूढीगण्डकी र नलसिंगाड जलविद्युत् आयोजना निर्माण गर्नेछ । दुवै आयोजनाको काम जुन चरणमा पुगेको छ, त्यही“बाट कम्पनीले तत्काल काम अघि बढाउनेछ । १२ सय मेगावाटको बूढीगण्डकी बनाउन करिब साढे २ खर्ब रुपैया“ लाग्ने अनुमान छ । नलसिंगाड बनाउन ८० अर्ब रुपैया“ लाग्ने अध्ययनले देखाएको छ । उत्पादन कम्पनीले आफ्नो मातहत छुट्टै सहायक कम्पनी बनाएरसमेत आयोजना अघि बढाउन सक्नेछ । सरकारले उत्पादन कम्पनीको सञ्चालक समिति गठन गर्नुका साथै प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत नियुक्त गरिसकेको छ । उत्पादन कम्पनीको सीईओमा मोहन पन्त छन् ।

नौ नगरमा माओवादीका उम्मेदवार घोषणा

काठमाडौं, १० वैशाख– माओवादी केन्द्रले काठमाडौंका ९ नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार घोषणा गरेको छ । तर, केन्द्रले काठमाडौं महानगरको मेयर÷उपमेयरको उम्मेदवार भने तय गर्न बा“की छ । माओवादी केन्द्रको जिल्ला कमिटीले शंखरापुर नगरपालिकाको मेयरमा कृष्णराज सुवेदी र उपमेयरमा इन्द्रमाया तामाङ, मनोहरा कागेश्वरीको मेयरमा महेश्वर फुया“ल र उपमेयरमा रुकु रणपाल, गोकर्णेश्वरको मेयरमा टीआर नेपाल र उपमेयरमा रेणु कार्कीलाई उम्मेदवार बनाएको छ ।
बुढानिलकण्ठ नगरपालिकाको मेयरमा रविन अधिकारी र उपमेयरमा होमकुमारी दुलाल, टोखाको मेयरमा कल्पना शर्मा र उपमेयरमा दिपक बानिया, तार्केश्वरको मेयरमा धनलाल महर्जन र उपमेयरमा बिना राना, नागार्जुन नगरपालिकाको मेयरमा कुमार तामाङ र उपमेयरमा देवकी पौडेल, चन्द्रागिरीको मेयरमा श्रीकृष्ण श्रेष्ठ र उपमेयरमा उर्मिला रोका तथा दक्षिणकाली नगरपालिकाको मेयरमा संजय लामालाई उम्मेदवार घोषणा गरेको छ । 

Friday, April 21, 2017

जहाज किन्न सरकार जमानी

दुइटा वाइडबडी जहाज खरिदका लागि निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट २२ अर्ब ऋण लिदै छ 
काठमाडौं, ८ वैसाख– नेपाल वायु सेवा निगमले दुइटा वाइडबडी जहाज खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिने ऋणमा सरकार जमानी बस्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जहाज खरिदका लागि निगमले दुई सरकारी वित्तीय संस्थाबाट लिने ऋणमा सरकार जमानी बस्ने निर्णय लिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकारी दिए ।
निगमले गत चैत २५ मा अमेरिकी विमान कम्पनी ‘एएआर’स“ग २१ अर्ब ९० करोड रुपैया“मा एयर बसका दुइटा वाइडबडी जहाज खरिद गर्ने सम्झौता गरिसकेको छ । त्यसका लागि दुई कोषस“ग २२ अर्ब रुपैया“ ऋण लि“दै छ । सरकार जमानी बसिदिएपछि दुवै कोषले निगमलाई सहज रूपमा ऋण उपलब्ध गराउनेछन् ।
निगमले खरिद गर्ने पहिलो जहाज सन् २०१८ को अप्रिल र दोस्रो मेमा नेपाल आइपुग्ने सम्झौतामा उल्लेख छ । यी दुई जहाजबाट छिमेकी चीन र युरोपेली मुलुकसहित लामो रुटमा उडान भर्ने कार्ययोजना निगमले बनाइसकेको छ ।

बीपी र पुष्पलालको जन्मस्थलमा पार्क निर्माण गरिने

काठमाडौं, ८ वैसाख– सरकारले कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइराला र कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको जन्मस्थलमा संग्रहालय र पार्क निर्माण गर्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा लोकतान्त्रिक आन्दोलनका दुई अग्रणी नेताको जन्मस्थलमा संग्रहालय र पार्क निर्माण गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार बीपीको जन्मस्थल सिन्धुलीको दुम्जामा संग्रहालय र पार्क तथा पुष्पलालको जन्मस्थल रामेछापमा पार्क निर्माण गरिनेछ । त्यसका लागि काम अघि बढाउन तत्कालका लागि ५०÷५० लाख रुपैया“ रकम दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

डीआईजी सिलवालसित स्पष्टीकरण माग

काठमाडौं, ७ वैसाख– प्रहरी प्रधान कार्यालयले संगठनको अनुशासन उल्लंघन गरेकामा डीआईजी नवराज सिलवालसित स्पष्टीकरण माग गरेको छ । महानिरीक्षक प्रकाश अर्यालको निर्देशनमा सिलवालसित स्पष्टीकरण मागिएको जानकारी प्रहरीको उच्च अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार महानिरीक्षक अर्यालले पद सम्हालेको भोलिपल्ट चैत २९ मा बोलाएको प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा सहभागी नभएर डीआईजी सिलवालले प्रहरीको नियम र चेन अफ कमान्ड उल्लंघन गरेकामा स्पष्टीकरण सोधिएको हो । ‘संगठनको अनुशासन र प्रहरी नियम उल्लंघन गरेकामा तपाईंमाथि कारबाही किन हुनु नपर्ने हो लिखित स्पष्टीकरण पेस गर्न’ भन्दै प्रहरी प्रधान कार्यालयले सिलवाललाई लेखेको पत्रमा उल्लेख छ ।

Wednesday, April 12, 2017

मन्त्रिपरिषदले सेनालाई दियो जहाज किन्न स्वीकृति

काठमाडौं, ३१ चैत– सरकारले नेपाली सेनालाई एउटा जहाज खरिद गर्नका लागि स्वीकृति दिएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले रक्षा मन्त्रालयको प्रस्तावमा सेनालाई जहाज खरिद गर्न स्वीकृति दिएको हो ।
मन्त्रिपरिषदले गृह मन्त्रालयलाई आगामी बैशाख ३१ मा हुने स्थानीय तहको चुनावका लागि ७५ हजार म्यादी प्रहरी भर्ना गर्न सहमति दिएको छ । उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधि र कमल थापाबीचको वरियता विवादका कारण मन्त्रिपरिषद बैठक बस्न नसकेका कारण म्यादी प्रहरी भर्ना गर्नका लागि मंगलबारमात्र औपचारिक स्वीकृति दिइएको हो । गृह मन्त्रालयले यसअघि नै म्यादी प्रहरी भर्ना गरी तालिम दिन थालिसकेको छ ।
भारतीय सेनाले चलाएको गोली लागेर मृत्यु भएका वासुदेव शाहको परिवारलाई १० लाख रुपैया“ राहत प्रदान गर्ने निर्णयसमेत मन्त्रिपरिषदले गरेको छ । सरकारले राजबिराज घटनामा मृत्यु भएका इन्द्र यादवको परिवारलाई १० लाख रुपैया“ राहत दिने निर्णय गरेको छ ।

आईजीपी अर्यालले बोलाएको बैठकमा सिलवाल अनुपस्थित

काठमाडौं, ३१ चैत– नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक प्रकाश अर्यालले मंगलबार बोलाएको प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा डीआईजी नवराज सिलवाल अनुपस्थित भएका छन् । उनी पीसीसी मिटिङ छाडेर मन्त्रिपरिषदको अर्याललाई महानिरीक्षकमा बढुवा गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत गुहार्न पुगेका थिए ।
अर्यालले महानिरीक्षकका रूपमा पीसीसीको पहिलो बैठक बोलाएका हुन्, जसमा मन्त्रिपरिषदले आईजीपीमा बढुवा गरे पनि सर्वोच्च अदालतले निर्णय उल्ट्याइदिएका कारण फुली लगाउन नपाएका डीआईजी जयबहादुर चन्द भने बैठकमा सहभागी भए । महानिरीक्षकको प्रतिस्पर्धामा रहेका अर्का डीआईजी बमबहादुर भण्डारी समेत बैठकमा उपस्थित थिए ।