Monday, April 30, 2018

मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार

काठमाडौं, १७ वैशाख– कांग्रेसको भातृ संगठन मुस्लिम संघ नेपालको अध्यक्षमा पुनः अब्दुल सत्तार निर्वाचित भएका छन् ।् संघको आइतबार राति राजधानीमा सम्पन्न दोस्रो महाधिवेशनले सत्तारको नेतृत्वमा ५२ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा मोहमद निजा मुद्दिन, उपाध्यक्षमा रफिक मियाँ, फत्तेह मोहमद, अब्ताबुल अन्सारी, मोहमद जब्बादिन मिया, नुर मोहमद मियाँ, अकिल मिया, नजामुद्दीन अन्सारी, महिला उपाध्यक्षमा कौशर शाह, शाहिदा मियाँ र महासचिवमा मुत्तार अहमद निर्वाचित भएका छन् ।

संघीय संसदको सचिवमा फुयाल र योगी नियुक्त

काठमाडौं, १६ वैशाख– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको सचिवमा गोपालनाथ योगी र राजेन्द्र फुयाललाई नियुक्त गरेकी छन् । राष्ट्रपतिले आइतबार सभामुख कृष्णबहादुर महराको सिफारिसमा योगीलाई प्रतिनिधिसभा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको सिफारिसमा फुयाललाई राष्ट्रिय सभाको सचिव पदमा नियुक्त गरेकी हुन् । 
संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवा सर्त र सुविधासम्बन्धी अध्यादेशका आधारमा नियुक्त उनीहरूको कार्यकाल ५ वर्षको हुनेछ । 

Sunday, April 15, 2018

थपिंदै बिजुली

काठमाडौं, २९ चैत– नेपालमा बर्सेनि करिब सय मेगावाट बिजुलीको माग बढ्छ । सुखद संयोग– २०७४ मा मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा सय मेगावाट बिजुली थपिएको छ । ‘यो अघिल्लो वर्षको भन्दा धेरै र उत्साहजनक हो,’ विद्युत् विकास विभागका सीडीई सुनीलकुमार पिया भन्छन्, ‘अबको एक महिनाभित्र निजी क्षेत्रका, त्यो पनि स्वदेशी प्रवद्र्धकका ६ आयोजनाबाट थप ९० मेगावाट थपिंदै छ ।’ उनका अनुसार यस वर्ष स्वदेशी निजी क्षेत्रका ११ आयोजनाबाट ७० र विद्युत् प्राधिकरणको चमेलिया जलविद्युत् आयोजनाबाट ३० गरी १०० मेगावाट थपिएको हो । 
यसै वर्ष सकिने भनिएको प्राधिकरणकै १४ मेगावाटको कुलेखानी तेस्रो आयोजनाबाट भने विद्युत् उत्पादन सुरु हुन सकेन । उक्त आयोजना आगामी हिउ“दसम्म सक्ने तयारी प्राधिकरणको छ । पियाका अनुसार यस वर्ष स्वदेशी प्रवद्र्धकका आयोजनाहरूले थापाखोला १३.६, पुवाखोला ४, माई साना क्यास्केट ८, चाकेखोला २.८३, मोडक्यु १३, अपर माई सी ६.१, थावाखोला ५, मोलुङ ७, ठेउले १.५, सभाखोला ४ मेगावाट विद्युत् उत्पादन सुरु गरेका छन् । आगामी एक महिनाभित्र स्वदेशी प्रवद्र्धकका विद्युत् आयोजनाहरू तल्लो मोदी २०, अपर मैलुङ ए ६.४२ काबेली बी १ बाट २५, तल्लो हेवा २१.६, इवाखोला ९.९ र रुवी ए ८.८ मेगावाट विद्युत् उत्पादन सुरु हुनेछ । 

महानिरीक्षक खनालद्वयलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं, २९ चैत– नवनियुक्त महानिरीक्षकद्वय नेपाल प्रहरीका सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका शैलेन्द्र खनाललाई बिहीबार दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृह सचिव प्रेमकुमार राईले मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा महानिरीक्षक खनालद्वयलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।
दज्र्यानी चिह्न पाएपछि महानिरीक्षकद्वय खनालले बिहीबार नै आ–आफ्नो कार्यालयमा पुगेर कार्यभार सम्हाले । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सर्वेन्द्रलाई नेपाल प्रहरी र शैलेन्द्रलाई सशस्त्र प्रहरी बलको महानिरीक्षकमा बढुवा गरेको थियो । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधि पूरा गरी बुधबार अवकास पाएका थिए ।

प्रहरीको छवि धमिल्याउनेहरू संगठनमा अटाउँदैनन् : महानिरीक्षक

काठमाडौं, २९ चैत– नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नैतिक आचारण र इमानदारी प्रहरीको प्राण हो भन्दै छवि धमिल्याउनेहरू संगठनमा नअटाउने बताएका छन् । 
खनालले बिहीबार महानिरीक्षकमा पद बहाली गरेपछि प्रहरी प्रधान कार्यालयमा उच्च पदस्थ अधिकृतहरूलाई सम्बोधन गर्दै गुन्डागर्दी र तस्करको विरुद्धमा प्रहरी संगठनलाई सक्रिय बनाउन निर्देशन दिए ।  ’संगठनको छवि धमिल्याउने काम भइरहेको छ । अब त्यस्ता प्रहरीहरू संगठनमा अटाउन सक्दैनन्’ उनले भने ।

Thursday, April 12, 2018

जनअपेक्षा पूरा गर्ने गरी काम गर्छु : महानिरीक्षक खनाल

काठमाडौं, २८ चैत– नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरकार र जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्न आफूले कुनै कसर बा“की नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित निवर्तमान महानिरीक्षक प्रकाश अर्यालसहित बुधबारदेखि अवकाश पाएका एआईजीहरूको बिदाइ कार्यक्रममा बोल्दै खनालले प्रहरी संगठनलाई प्राप्त स्रोत साधनको अधिकतम सदुपयोग गरी प्रहरीको छवि अझ उच्च बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे । 
‘जुन अपेक्षा राखेर सरकारले मलाई यो जिम्मेवारी दिएको छ, त्यसलाई पूरा गर्न कुनै असर बा“की राख्ने छैन’ उनको भनाइ थियो । उनले आफूलाई महानिरीक्षकको जिम्मेवारी दिएकामा मन्त्रिपरिषद, प्रधानमन्त्री, गृहमन्त्री र निवर्तमान प्रहरी प्रमुखप्रति आभारसमेत प्रकट गरे ।

डीआईजी खरेलद्वारा राजिनामा


गृहमन्त्रीद्वारा राजिनामा स्वीकृत

काठमाडौं, २८ चैत– नायव प्रहरी महानिरीक्षक (डीआईजी) रमेश खरेलले महानिरीक्षक बढुवाप्रति असन्तुष्टि प्रकट गर्दै बुधबार पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषदले कार्यसम्पादन मूल्यांकनका आधारमा एक नं. मा रहेका डीआईजी सर्वेन्द्र खनाललाई महानिरीक्षकमा बढुवा गरेपछि दोस्रो वरियतामा रहेका खरेलले राजिनामा दिएका हुन् ।
एसएसपीमा बढुवा हु“दासम्म कार्यसम्पादन मूल्यांकनमा एक नं. मा रहेका खरेल डीआईजीमा भने खनालपछि दोस्रो वरियतामा बढुवा भएका थिए । खरेलले डीआईजी बढुवा हु“दा अघिल्लो सरकारले दोस्रो वरियतामा पारेर आफूलाई अन्याय गरेको र मंगलबारको महानिरीक्षक बढुवाको निर्णयले त्यसलाई निरन्तरता दिएको उल्लेख गर्दै मौखिक रूपमा असन्तुष्टि प्रकट गरेका हुन् ।