Thursday, May 31, 2018

अब योगदानमा आधारित पेन्सन

लागू हुनेमा आशंका यथावत्
पेन्सनका लागि सरकारले खर्चिनुपरिरहेको रकमले हरेक वर्ष २ सय ५० मेगावाटभन्दा ठूला जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ 

काठमाडौं, १६ जेठ– मुलुकको अर्थतन्त्रले धान्नै नसक्ने गरी बर्सेनि बढदै गएको निवृत्तिभरण (पेन्सन) को बोझबाट मुक्ति पाउन सरकारले बजेट भाषणमार्फत सम्पूर्ण राष्ट्रसेवकको योगदानमा आधारित प्रणाली ‘पेन्सन फन्ड’ लागू गर्ने घोषणा गरेको छ । यसअघि पटक–पटक घोषणा गरिए पनि सरकारले ‘पेन्सन फन्ड’ लागू गर्न सकेको थिएन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले संसद्मा बहुमत प्राप्त दलको दुई तिहाइ समर्थन पाएको सरकार भएकाले यस पटक घोषित मिति साउन १ देखि नै पेन्सन फन्ड लागू हुने दाबी गरेका छन् ।
सेवा निवृत्त कर्मचारी, सेना, प्रहरी र शिक्षकलगायतलाई दिनुपर्ने पेन्सनको दायित्व बर्सेनि बढदै गई हरेक चार वर्षमा दोब्बर हुन थालेपछि सरकारले बजेटमार्फत योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्न लागेको हो । पेन्सनमा राज्यको २०६९/७० मा १६ अर्ब, ०७०/७१ मा २३ अर्ब, ०७१/७२ मा २९ अर्ब, ०७२/७३ मा ३२ अर्ब, ०७३/७४ मा ४२ अर्ब २६ करोड खर्च भएको थियो । चालु आर्थिक वर्षमा ४६ अर्ब रुपैया“ खर्च हु“दै छ । लोडसेडिङ हटाउन भारतीय बिजुलीमा परनिर्भर भइरहेको मुलुकमा यति रकमले हरेक वर्ष २ सय ५० मेगावाटभन्दा ठूला जलविद्युत आयोजना निर्माण गर्न सकिन्छ । मुलुकमा हाल सेवा निवृत्त निजामती, प्रहरी, शिक्षक, नेपाली सेनासहित साढे २ लाखले पेन्सन बुझ्छन् । यो संख्या हरेक वर्ष बढ्छ । उठ्ने कुल राजस्वको झन्डै ६.५ प्रतिशत पेन्सनमा मात्र खर्च हु“दै आएको छ । 

Sunday, May 27, 2018

ट्रेड युनियन कांग्रेस ३ नं. प्रदेशको अध्यक्षमा कार्की

काठमाडौं, १२ जेठ– नेपाल ट्रेड युनियन कांग्रेसको ३ नं. प्रदेशको अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् । ट्रेड युनियन कांग्रेसको ३ नं. प्रदेशको शुक्रबार राति सम्पन्न अधिवेशनमा कार्कीले २ सय ६६ तथा निकटतम प्रतिद्वन्द्वी गणेश भट्टराईले २ सय ५४ मत ल्याएका थिए ।
उपाध्यक्ष (खुल्ला) मा गोविन्द डंगोल र घनश्याम चापागाईं, उपाध्यक्ष (महिला) मा ईश्वरीदेवी लौडारी, उपाध्यक्ष (सेवा) मा लीलानाथ चौलागाईं, उपाध्यक्ष (उत्पादन) मा वीरेन्द्रबहादुर लामा, उपाध्यक्ष (अनौपचारिक) मा कुमारप्रसाद पौडेल र सचिवमा राजेश हुमागाईं, सहसचिव (खुल्ला) मा प्रकाश दाहाल, सहसचिव (महिला) मा उर्मिला कार्की, सहसचिव (सेवा) मा तुलसीप्रसाद अधिकारी, सहसचिव (उत्पादन) मा नरेन्द्र मानन्धर, सहसचिव (अनौपचारिक) मा भरतप्रसाद अधिकारी,  कोषाध्यक्ष विश्वहरि घिमिरे र सहकोषाध्यक्षमा तारा भण्डारी निर्वाचित भएका छन् ।

Thursday, May 24, 2018

सत्तारूढद्वारा नीति–कार्यक्रमको प्रशंसा, कांग्रेस र मधेसी दलद्वारा विरोध

नीति तथा कार्यक्रममाथि छलफल सुरु
राजनीतिक आन्दोलनका उपलब्धिलाई नजरअन्दाज गरिएको छ, यो स्वीकार्य हुन्न : देउवा
मुलुकलाई समृद्धिको बाटामा अग्रसर गराउने उत्साहजनक कार्यक्रम : नेकपा
संविधान संशोधनको प्रतिबद्धता नआउनु दुर्भाग्यपूर्ण : मधेसी दल
काठमाडौं, ९ जेठ–  प्रतिनिधिसभामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले सरकारको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम मृलुकलाई समृद्धिको बाटामा अग्रसर गराउन उत्साहजनक रहेको भन्दै प्रशंसा गरेका छन् भने प्रमुख प्रतिपक्ष कांग्रेस र मधेसी दलले भने कुनै नया“पनबिनाको निराशाजनक रहेको टिप्पणी गरेका छन्। नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बुधबारदेखि सैद्धान्तिक छलफल सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा कुनै सिर्जनशीलता नदेखिएको बताएका छन् । देउवाले भने,‘यसमा कुनै नया“ पन छैन । सरकारस“ग दुरदृष्टि नभएर हो या नचाहेर हो ? यस्तो अभुतपुर्व अनुकुलताको ऐतिहासिक अवसर त्यसै खेर फालिने त होइन ? हामीलाई चिन्ता छ ।’
देशले स्थिरता र सम्मुन्नतिको बाटो समातेको र राजनीतिक संक्रमण सकिएको अवस्थामा पनि सरकारले नीति तथा कार्यक्रममा नया“पन ल्याउन नसकेको भन्दै देउवाले तत्कालिन कांग्रेस नेतृत्वको सरकारले गरेका उपलव्धिको तथ्यगत विश्लेषण समेत गरे । सरकारको नीति तथा कार्यक्रमले संघीयतालाई प्राथमिकतामा नराखेको दाबीसमेत देउवाको थियो ।

कान्तिपुरका सम्पादक थापालाई सुशासन अवार्ड

काठमाडौं, ९ जेठ– असल शासनको क्षेत्रमा कार्यरत संस्था गोगो कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापार्ला यस वर्षको सुशासन अवार्ड प्रदान गर्ने भएको छ । फाउन्डेसनले असल शासन अभिवृद्धिका लागि विशिष्ठ योगदान गरेकामा थापालाई सुशासन अवार्डसहित सम्मान गर्ने निर्णय गरेको हो ।
फाउन्डेसनले विज्ञप्ति जारी गरी ‘पत्रकारिताका माध्यमबाट भ्रष्टाचारविरुद्धको अभियानमा विशिष्ठ योगदान गरेको’ ठहरसहित थापालाई सन् २०१७ को गोगो फाउण्डेसन अवार्ड प्रदान गर्ने निर्णय गरिएको जनाएको छ । सुशासन अवार्ड प्रदान गरिने व्यक्तित्वको चयनका लागि पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर बिरहीको संयोजकत्वमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की, गोगो फाउण्डेशनका अध्यक्ष अनिता बिन्दू र कार्यकारी निर्देशक केदार खडका सदस्य–सचिव रहेको समिति गठन गरिएको थियो ।

कारागार र हिरासतको अवस्था सुधार गर्न आयोगको सिफारिस

काठमाडौं, ९ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले मुलुकभरका कारागार तथा हिरासतमा कैदी तथा बन्दीहरूको आवासको अवस्था दारुण रहेको उल्लेख गर्दै सुधार गर्न सरकारलाई सिफारिस गरेको छ । मुलुकभरका कारागार र हिरासतको अनुगमनका क्रममा कैदी÷बन्दीको बसोबासको अवस्था राम्रो नपाइएपछि आयोगले सरकारलाई सुधार गर्न सिफारिस गरेको हो ।
आयोगको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा आयुक्त सुदीप पाठकले अनुगमनका क्रममा अधिकांश कारागार जीर्ण र बसोबासका लागि उपयुक्त नभएको पाइएको बताए । उनले आयोगको सिफारिसअनुसार कारागार र हिरासतको अवस्था मानव बसोबासका लागि उपयुक्त बनाउन सरकारलाई सिफारिस गरिएको बताए ।  ‘भवन निर्माण गरेर कैदी र बन्दीको उचित व्यवस्था गर्न हामीले सरकारलाई निर्देशन दिएका छौं’ उनले भने ।

Tuesday, May 22, 2018

चुरे तथा भित्री मधेस हुँदै पूर्वपश्चिम लोकमार्ग निर्माण हुने


‘मदन भण्डारी लोकमार्ग’ १२ सय किमी लामो हुने

काठमाडौं, ७ जेठ– सरकारले चुरे तथा भित्री मधेस हुँदै नया“ पूर्व–पश्चिम मदन भण्डारी लोकमार्ग निर्माण कार्य अघि बढाउने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको सरकारले आफ्ना नेता स्व. मदन भण्डारीका नाममा चौथो महत्वाकांक्षी पूर्व–पश्चिम लोकमार्ग निर्माण गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा पूर्वमा झापाको शान्तिनगरदेखि पश्चिममा डडेल्धुराको रूपाल (महाकाली नदी) सम्म मदन भण्डारी लोकमार्ग बनाउने निर्णय गरेको हो । लोकमार्गको लम्बाइ १२ सय किलोमिटर हुने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ।
चौथो पूर्व–पश्चिम लोकमार्ग चुरे र भित्री मधेसमा पर्ने झापाको शान्तिनगरदेखि चतरा–गाईघाट–कटारी–सिन्धुलीमाढी–हेटौंडा–गैंडाकोट–रामपुर–तम्घास–सिमलटारी–प्युठान–घोराही–तुलसीपुर–बोटेचौर–सुर्खेत–बट्टचौर–सीमचौर, वीपीनगर, सहजपुर, जोगबुढा हु“दै रूपालसम्म निर्माण हुनेछ।
पूर्व–पश्चिम महेन्द्र लोकमार्ग, हुलाकी लोकमार्ग र मध्यपहाडी लोकमार्गपछि सरकारले चौथो मदन भण्डारी पूर्व–पश्चिम लोकमार्ग निर्माण अघि बढाउन लागेको हो । निर्माण सम्पन्न भइसकेको १ हजार २७ किमी लामो पूर्व–पश्चिम महेन्द्र लोकमार्गमा २५ वर्षदेखि यातायात सञ्चालनमा छ ।

Saturday, May 19, 2018

आयुर्वेद चिकित्सक यादवविरुद्ध मुद्दा दायर

काठमाडौं, ४ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवीका निमित्त निर्देशक डा रामदेव यादवविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार डा. यादवले आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षणमा सहभागी गराउनका लागि ३७ हजार रुपैया“ घुस लिएको अभियोगमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 
अभियोगपत्रमा अख्तियारले बिगो असुल गरी चार महिना कैद सजाय गर्नसमेत माग गरेको छ ।