Friday, September 28, 2018

अख्तियारद्वारा उपसचिवद्वय पक्राउ

काठमाडौं, ११ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका उपसचिवद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई बिहीबार पक्राउ गरेको छ । अख्तियारको टोलीले किर्ते गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरू दुवै जनालाई बबरमहलको वन परिसर अगाडिबाट पक्राउ गरेको हो । उनीहरूलाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जानकारी अख्तियार स्रोतले दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरू दुवै जनालाई किर्ते कागजपत्र बनाएर ७० करोड रुपैया“को धन सम्पत्ति बेचबिखन प्रकरणमा संलग्न रहेको आरोपमा खोजी गरिरहेको थियो । ब्युरोले उक्त प्रकरणमा संलग्न १२ जनालाई पक्राउ गरे पनि पौडेल र रोकाय भने फरार थिए ।  ब्युरोले उनीहरूमाथि छानबिन अघि बढाई खोजी गर्दै आएको थियो । अब उनीहरूमाथि ब्युरो र अख्तियार दुवैले आ–आफ्नो किसिमले छानबिन गरी अनियमितताको अभियोगमा मुद्दा दायर गर्ने जानकारी स्रोतले दिए ।

घुस लिएको आरोपमा असई पक्राउ

काठमाडौं, ११ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको का“डाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्की दिई रकम उठाएको आरोपमा प्रहरी नायव निरीक्षक (असई) गोविन्द खरेललाई पक्राउ गरेको छ । 
अख्तियारले गत भदौ ३० मा का“डाघारीबाट बालुवा व्यवसायीसित घुस लिएको आरोपमा १० प्रहरी कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका प्रहरीको बयानका आधारमा अख्तियारको टोलीले बिहीबार महानगरीय प्रहरी प्रभाग का“डाघारीका असई खरेललाई पक्राउ गरेको हो ।  खरेललाई हिरासतमा राखी अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

थपलियाको परिवारलाई करिब १२ लाख सहयोग

काठमाडौं,  ११ असोज– कान्तिपुर मिडिया ग्रुपको व्यवस्थापन र पत्रकार–कर्मचारीले कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक स्व. यादव थपलियाको परिवारलाई करिब १२ लाख रुपैया“ सहयोग गरेका छन् । कान्तिपुर परिसरमा बिहीबार आयोजित कार्यक्रममा केएमजीका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले थपलियाकी पत्नी गंगा खतिवडालाई ११ लाख ९३ हजार ५ रुपैया“को रसिद (मुद्दति खातामा जम्मा गरिएको रकमको कागजात) हस्तान्तरण गरे ।
कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकार–कर्मचारीले  ६ लाख ७३ हजार ५ र व्यवस्थापनले ५ लाख र फोटो पत्रकार नरेन्द्र श्रेष्ठले २० हजार रुपैया“ थपलियाका दुई छोरीको शिक्षादिक्षा र पालन पोषणका लागि सहयोग संकलन गरेका थिए । नेपाल पत्रकार महासंघ, कान्तिपुर प्रतिष्ठान शाखाले संकलित सहयोग रकम खतिवडाको नाममा एनआईसी एसिया बैंकमा ५ वर्षका लागि मुद्दति खातामा जम्मा गरिदिएको छ ।

Thursday, September 27, 2018

कोरियाद्वारा ५५ करोड सहयोग

काठमाडौं, १० असोज– दक्षिण कोरियाली सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाललाई ५५ करोड रुपैया“ अनुदान सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा कोरियाका राजदूत पार्क योङ सिक र अर्थसचिव राजन खनालले हस्ताक्षर गरे ।
सहयोग रकम प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तरका साथै प्राविधिक संस्था र तिनका प्रशिक्षकहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा खर्च हुनेछ ।  राजदूत पार्कले नेपालको प्राविधिक जनशक्तिलाई थप सशक्त बनाउन आफ्नो देशले सहयोग प्रदान गरेको उल्लेख गर्दै यसले ुई देशबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने बताए ।

Wednesday, September 26, 2018

तीन किलो सुनसहित दुई जना पक्राउ

काठमाडौं, ९ असोज– प्रहरीले तीन किलोग्राम सुनसहित दुई जनालाई संघीय राजधानीबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले तीनपिप्ले र टोखा सडकमा निगरानी गर्ने क्रममा सोमबार राति मोटरसाइकलमा आइरहेका दुई व्यक्तिबाट रसुवागढी नाका हु“दै तस्करी गरी ल्याइएको उक्त परिमाणको सुन बरामद गरेको हो । 
बा ७३ प ३४०२ नम्बरको मोटरसाइकलमा आएका तीन दुई जनाको शरीर खानतलासी गर्ने क्रममा अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकामा रसुवाको गोसाइकुण्ड गाउ“पालिका–१ का २४ वर्षीय नरबहादुर घले र २० वर्षीय पेम्बा तामाङ छन्। चिनिया“ नागरिकबाट सुन लिएर उनीहरू राजधानी आएका हुन्।

Tuesday, September 25, 2018

नुरप्रसाद अधिकारी थुनामा

काठमाडौं, ८ असोज– गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई ज्यान मुद्दामा अनुसन्धानका लागि भन्दै पक्राउ गरेको हो । प्रहरीले सोमबार नै अनुसन्धानका लागि उनलाई ७ दिन थुनामा राख्न जिल्ला अदालत, ललितपुरबाट अनुमति लिएको छ । ललितपुरका एसएसपी रवीन्द्र धानुकका अनुसार अधिकारीले आइतबार उच्च अदालत पाटनमा तोडफोड गर्दै  इजलाश अधिकृत रोशन बस्नेतलाई कुर्चीले हानेका थिए । उच्च अदालतले अधिकारीमाथि अनुसन्धान गर्न माग गर्दै पत्राचार नै गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
ललितपुरकी विन्दु घतानीको जग्गासम्बन्धी मुद्दामा उच्च अदालतले सोमबार विपक्षमा फैसला गरेपछि उनी तोडफोड र आक्रमणमा उत्रिएका थिए । उनी घतानीको मुद्दामा वारेस बसेका थिए । 

दुई उपरथीलाई दज्र्यानीचिह्न प्रदान

काठमाडौं, ८ असोज– प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथीद्वय रघु भण्डारी र नरेशचन्द्र भट्टलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।  
मन्त्रिपरिषदको पछिल्लो निर्णयबाट सहायक रथीबाट उपरथीमा बढुवा भएका दुवै जनालाई प्रधानसेनापति थापाले सोमबार जंगी अड्ठामा आयोजित कार्यक्रममा दज्र्यानी चिह्न लगाइदिएका हुन् ।
भण्डारीलाई सम्भार रथीेको कार्यालय र भट्टलाई व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको छ ।