Wednesday, November 28, 2018

सम्पादक चन्दलाई रिहा गर्न महासंघको माग

काठमाडौं, १२ मंसिर– नेपाल पत्रकार महासंघले पक्राउ परेका सम्पादक गोपाल चन्दलाई तत्काल रिहाइ गर्न माग गरेको छ । पत्रकार महासंघले बुधबार विज्ञप्ति जारी गरी झूटो समाचार लेखेको आरोपमा पोष्ट पार्टी डटकमका सम्पादक चन्दलाई मंगलबार पक्राउ गरी  विद्युतीय कारोवार ऐनअन्तर्गत कारवाही अघि बढाएको घटनाको विरोध गर्दै तत्काल रिहाई गर्न माग गरेको हो ।
‘प्रहरीले पटकपटक आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर पत्रकारलाई पक्राउ गर्नु र मुद्दा चलाउनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीका बारेमा छानबिन गर्ने र कारवाही गर्ने अधिकार प्रेस काउन्सिल नेपाललाई मात्र छ’ विज्ञप्तिमा छ ।

मुलुकभर चिसो बढयो

काठमाडौं, १० मंसिर– राजधानी उपत्यकासहित मुलुकभर चिसो बढेको छ । आइतबार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तापक्रम घटेकाले उपत्यकामा बढी चिसो (जाडो) महसुस गरिएको छ । केही दिनयता उपत्यकासहित देशभरको तापक्रम घटिरहेको छ ।
सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस ०.१ डिग्री र अधिकतम तापक्रम २१.५ डिग्री सेल्सियस छ । वीरेन्द्रनगर (सुर्खेत) को न्यूनतम तापक्रम १३.५ डिग्री र अधिकतम तापक्रम २९.६ डिग्री मापन गरिएको छ ।
सिमराको न्यूनतम तापक्रम ११.८ डिग्री र अधिकतम तापक्रम २९.५ डिग्री सेल्सियस छ । दाङको न्यूनतम तापक्रम भने १०.१ डिग्री र अधिकतम तापक्रम २५.८ डिग्री सेल्सियस मापन गएिको छ ।

Sunday, November 25, 2018

निर्मलाका हत्यारालाई सरकारले लुकायो, हामी पक्रन्छौं : विप्लब नेकपा

काठमाडौं, ८ मंसिर– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या गर्ने दोषीहरूलाई सरकारले लुकाएर संरक्षण दिइरहेको आरोप लगाएको छ ।
पार्टी पुनगर्ठनको पा“चौ वार्षिकोत्सवमा राजधानीमा शनिबार बृहत् ¥यालीपछि आयोजित सभामा बोल्दै नेकपाका प्रवक्ता तथा स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्माले निर्मला हत्याका दोषीहरूलाई आफ्नो पार्टीले पक्राउ गरेर सार्वजनिक गर्ने बताए ।
‘अपराधीलाई लुकाएर सरकारले अनुसन्धानको नाटक गरिरहेको छ, अब हामी सहेर बस्दैनौं । हाम्रो पार्टीले निर्मलाका हत्यारालाई पक्राउ गरेर सार्वजनिक गर्छ’ उनले भने ।
उनले महिला हिंसा, बलात्कार र हत्याका घटनाले आमजनता आजित भइसक्दा पनि सरकार आ“खा चिम्लिएर बसेको बताए । विश्वकर्माले ‘हिजो भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने प्रधानमन्त्री केपी ओलीको सरकार वाइड बडी जहाज खरिदमा भएको भ्रष्टाचारमा मुकदर्शक भएर बसेको आरोपसमेत लगाए ।

नेकपामा केन्द्रीय सदस्यहरूको कार्य विभाजन भोलि

काठमाडौं, ८ मंसिर– सत्तारूढः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्यहरूको कार्य विभाजन सोमबार गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका बसेको नेकपा सचिवालयको बैठकले सोमबार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने निर्णय गरेको हो । 
बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनबारे छलफल भएको र आइतबार गृहकार्य गरी सोमबार टुंगो लगाउने निर्णय भएको जानकारी पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए ।
उनका अनुसार केन्द्रीय सदस्यको कार्य विभाजनपछिमात्रै जनवर्गीय संगठनको एकीकरणको प्रक्रियामा प्रवेश गर्नेबारेमा छलफल भएको जानकारी दिए । बैठकमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेललगायतका नेता सहभागी थिए ।

Friday, November 23, 2018

सरकार पूर्ण रूपमा असफल : कांग्रेस

काठमाडौं, ६ मंसिर- प्रमुख प्रतिपक्षी कांग्रेसले नौ महिने कार्यकालको समिक्षा गर्दै सरकार पूर्णतः असफल भएको टिप्पणी गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओली सरकार गठन भएको ९ महिना पुग्दा पनि मुलुकमा सरकार भएको महसुस गर्न नसकिएको दाबी गरे । ‘नेपाल देशमा सरकार छ ? छ भने कहा“ छ’ शर्माको प्रश्न थियो ।
उनले शान्ति सुरक्षा र सुशासन कायम गर्न, बजार मूल्य नियन्त्रण गर्न सरकार असफल भएको दाबी गरे । संविधान र संघीयता कार्यान्वयन तथा समृद्धिको यात्रामा सरकारको प्रभावकारिता शून्य रहेको दाबीसमेत उनको थियो ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्वाचन क्षेत्रमा भएका दुई हत्याका अभियुक्त र कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा संलग्न दोषीको पहिचान गर्न नसक्नु सरकारको सबभन्दा ठूलो असफलता भएको बताए । मुलुकमा दिनप्रतिदिन महिला हिंसा, बलात्कार, लुटपाटका घटना बढदै जानुले सरकार ९ महिनामै असफल भएको प्रमाणित गरेको दाबीसमेत शर्माको थियो। ‘प्रधानममन्त्रीज्यू, यहाँको रामराज्यमा निर्मलाले न्याय पाउने संभावनाको मृत्यु भइसकेको हो ?’ प्रवक्ता शर्माले भने।

राष्ट्रपति कार्यालयमा स्टेट ब्यांकेट र विशिष्ट अतिथि गृह बनाइने

काठमाडौं, ६ मंसिर- राष्ट्रपति कार्यालय र निवास विस्तार गरी हेलिप्याडका अतिरिक्त अत्याधुनिक र सुविधासम्पन्न ‘भीभीआईपी पाहुना घर’ र ‘स्टेट ब्यांकेट’ (राजकीय सत्कार गृह) निर्माण गर्न थप जग्गा आवश्यक परेकाले सरकारले नजिकको प्रहरी एकेडेमीलाई महाराजगन्जबाट सार्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अधिकारी दिएका छन् ।
मन्त्रिपरिषदको भदौ २१ मा बसेको बैठकले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न प्रहरी एकेडेमी पनौती सार्ने निर्णय गरेको थियो । प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषदको निर्णय गृह मन्त्रालयलाई पठाई प्रहरी एकेडेमी डेढ वर्षभित्र पनौतीमा सारिसक्न लिखित निर्देशन दिइसकेको छ ।
राष्ट्रपति कार्यालयले लामो समयदेखि शीतल निवास सानो भएकाले त्यसलाई विस्तार गरी सुविधासम्पन्न बनाउन सरकारलाई दबाब दिंदै आएको थियो । केपी ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि राष्ट्रपति कार्यालयको मागअनुसार शीतल निवासलाई सुविधासम्पन्न बनाउने प्रक्रिया अघि बढेको हो ।
राष्ट्रपति कार्यालय र निवास रहेको ‘शीतल निवास’ लाई कसरी आधुनिक र सुविधासम्पन्न बनाउन सकिन्छ भनेर सरकारले जेठ ९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । समितिमा गृह, सहरी विकास मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव र सहरी विकास तथा भवन विभागका महानिर्देशकलाई राखिएको थियो ।

सञ्चारमन्त्रीद्वारा शीतल निवास विस्तार र उपराष्ट्रपति कार्यालय सार्ने निर्णयको बचाउ

काठमाडौं, ६ मंसिर– सरकारले राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र निवासको व्यवस्थापनबारेमा मन्त्रिपरिषदले गरेको निर्णयलाई अनावश्यक रूपमा विवादमा पार्न खोजिएको दाबी गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बा“स्कोटाले बिहीबार पत्रकार सम्मेलन गरी संघीय लोकतान्त्रिक गणतन्त्रका सबभन्दा सम्मानित र मर्यादित संस्था राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय र निवासलाई व्यवस्थित गर्ने निर्णय मन्त्रिपरिषदले गरेको उल्लेख गर्दै त्यसको विरोध गर्नुमा कुनै तुक नरहेको बताए ।
मन्त्रिपरिषदले भदौ २१ मा राष्ट्रपति कार्यालय विस्तार र आधुनिकीकरण गर्न प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई महाराजगन्जबाट पनौती सार्ने र समाज कल्याण परिषदको भवनमा उपराष्ट्रपति कार्यालय र निवास राख्ने निर्णय गरेको थियो । त्यसको चर्को विरोध भइरहेका बेला सरकारका तर्फबाट प्रवक्ता बा“स्कोटाले मन्त्रिपरिषदको निर्णयको सार्वजनिक रूपमा बचाउ गरेका हुन् ।
उनले राष्ट्रपति विद्या भण्डारीका लागि १८ करोड रुपैया“मा गाडी खरिद गर्न सरकारले अघि बढाएको प्रक्रियाको समेत बचाउ गरे । सम्मानित संस्थालाई विवादमा पार्ने उद्धेश्यले अनावश्यक रूपमा गाडीको विषय उठाइएको दाबीसमेत उनको थियो ।  ‘१८ करोड एउटै गाडीको मूल्य होइन । एउटा बुलेट प्रुफ गाडीस“गै अगुवा, पछुवा, एम्बुलेन्सका लागि गाडी खरिद गर्न लागिएको हो’ उनले भने ।