Saturday, March 30, 2019

प्रदेश लोकसेवासम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं, १५ चैत– राष्ट्रपति विद्या भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।
संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उनले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयक, २०७५ र लेखापरीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

५ जना घुससहित पक्राउ, दुई जनाविरुद्ध मुद्दा

काठमाडौं, १५ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार ५ कर्मचारीलाई घुससहित पक्राउ गरेको छ भने दुई नक्कली प्रमाणपत्रधारी कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । छानबिनका क्रममा तनहु“काृ त्रिभुवन प्रावि जसपुरकी प्रधानाध्यापक सुशीला गुरुङ र राष्ट्रिय अनुसन्धान विभागकी अनुसन्धान अधिकृत विमला खडकाले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सेवामा रहेको पाइएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
डिभिजन वन कार्यालय, बाराका प्रमुख शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकरप्रसाद केशरी, कार्यालय सहयोगी रामचन्द्र अधिकारी ९० हजार, सव डिभिजन वन कार्यालय, लाटीझोडा, मोरङका सहायक वन अधिकृत सलाउदिन अन्सारी ३५ हजार र राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, बर्दघाट, नवलपरासीका कनिष्ट सहायक अन्चल सुनार १० हजार रुपैयाँ घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ । 

जुट उद्योगलाई विद्युत महसुल छुट

काठमाडौं, १४ चैत– सरकारले जुट उद्योगहरूका लागि विद्युत महसुल छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले आर्थिक संकटमा रहेका जुट उद्योगहरूलाई प्रवद्र्धन गर्न विद्युत महसुल छुट दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 
उनका अनुसार सरकारले विराटनगर जुट मिलमा भएको अनियमितता छानबिन गर्न समिति गठन गरेको छ । छानबिन समितिमा को को छन् भन्नेबारे बाँस्कोटाले बताएनन् ।

पानीजहाज कार्यालयको रजिस्ट्रारमा कोइराला

काठमाडौं, १४ चैत– सरकारले पानीजहाज कार्यालयको रजिस्ट्रारमा सहसचिव ऋषिराम कोइरालालाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सडक विभागका सहसचिव (मेकानिकल इन्जिनियर) कोइरालालाई पानीजहाज कार्यालय प्रमुख तोकेको हो । 
मुलुकका ठूला नदीमा पानीजहाज चलाउनका लागि आवश्यक कार्य गर्न सरकारले यो कार्यालय खोलेको हो । सरकारले पानीजहाज कार्यालयमा प्राविधिक सहसचिवको नेतृत्वमा १४ कर्मचारीको दरबन्दी रहने निर्णय यसअघि नै गरिसकेको थियो ।

वलीलाई तीन दिनभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं, १४ चैत– सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीलाई तीन दिनभित्र अदालतमा हाजिर गराउन सरकारलाई निर्देशन दिएको छ ।
वलीकी छोरी विपनाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा प्रारम्भिक सुुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बन्दी बनाउनुको कारणसहित तीन दिनभित्र अदालतमा वलीलाई उपस्थित गराउन आदेश दिएको हो ।
चन्द समूहका मध्य कमान्ड इन्चार्ज वली चैत ९ मा काभ्रेको खानीखोला–७, मिल्चेबाट पक्राउ परेका थिए । उनीसहित चन्द समूहका ९ जनालाई बा१७च ४८९३ नम्बरको स्कर्पियो जिपबाट काठमाडौं आउ“दै गर्दा प्रहरीले पक्राउ गको थियो । प्रहरीले वलीमाथि संगठित अपराध मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट ८ दिन थुनामा राख्न अनुमति पाएको छ ।

प्रधानमन्त्रीमाथि कांग्रेसको टिप्पणी ‘आमाको अगाडि मावलको बयान !’

काठमाडौं, १४ चैत– प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलप्रति हल्का टिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बिहीबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीको टिप्पणी पदीय गरिमाको उचाइअनुरूप नभएको आरोप लगाइएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बिहीबार राजधानीमा आयोजित पार्टीको कार्यक्रममा कांग्रेसलाई ओरालो लागेको भन्दै ‘बिचरा’ को संज्ञा दिएका थिए ।
‘एकदलीय अधिनायकवादको कम्युनिस्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वाद्र्ध बिताएका जोकोहीलाई जीवनको उत्तराद्र्धमा लोकतान्त्रिक पद्धतिको बाटो हि“ड्नुपर्ने परिस्थिति निश्चय नै कठिन रहेको मनस्थिति हामी बुझ्न सक्छौं । तर कांग्रेसले स्थापनाकालदेखि अंगीकार र विश्वास गरेको मार्गमा समाहित भएर अन्ततः कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अगाडि मावलको बयान’ भन्दा भिन्न छैन,’ विज्ञप्तिमा उल्लेख छ । शर्माले विज्ञप्तिमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिमाथि लगाइएको प्रतिबन्धबारे कांग्रेसको धारणा स्पष्ट रहेको बताएका छन् ।

करौडौंको ठगी गरेका गुरुङ बैंककमा पक्राउ

काठमाडौं, १४ चैत– वैदेशिक रोजगारीमा पठाइदिने भन्दै करोडौं ठगेर फरार परशुराम गुरुङ बुधबार थाइल्यान्डमा पक्राउ परेका छन् ।बैंककस्थित नेपाली दूतावास र नेपाल प्रहरीको सहयोगमा थाइल्यान्ड प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।
उनले क्यानडा, अस्ट्रेलिया, अमेरिका, कोरिया, मकाउलगायत देश पठाइदिने प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट करोडौं रुपैयाँ ठगी गरेको भन्दै नेपाली दूतावासमा उजुरी परेको थियो । नेपाल प्रहरीले गुरुङविरुद्ध इन्टरपोलमार्फत पक्राउ पुर्जीसमेत जारी गरेको थियो ।
थाई प्रहरीले गुरुङलाई नेपाली दूतावासका प्रतिनिधिको उपस्थितिमा बैंककमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दूतावासका अनुसार थाइल्यान्डमा बिनाप्रवेशाज्ञा बसेको अपराधमा समेत त्यहा“को प्रहरीले गुरुङमाथि अनुसन्धान अघि बढाइरहेको छ ।