Wednesday, January 29, 2020

प्रमुख प्रशासकसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं, १४ माघ– गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चौधरी र रेग्मीले काठमाडौं–१ स्थित गुठीको जग्गा गुठीमै कायम गर्न सेवाग्राहीसित ८ लाख रुपैया“ घूस लिएको र पछि सेवाग्राहीकै निजी खातामा फिर्तासमेत गरेको छानबिनबाट पुष्टि भएकाले उनीहरू विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
पूर्वाधार विकास कार्यालय वाग्मती प्रदेश ललितपुरका लेखा अधिकृत विष्णुहरि पुडासैनीविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

ललिता निवासको जग्गा अनियमितता गर्नेलाई छिट्टै कारबाही : मन्त्री अर्याल

काठमाडौं, १३ माघ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटारस्थित ललिता निवासको जग्गा हडपेर अनियमितता गर्नेहरूलाई केही दिनभित्रै कारबाही सुरु गर्ने तयारी भइरहेको बताएकी छन् ।
उनले मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरी ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मन्त्रालयले छानबिन गरिरहेको उल्लेख गर्दै केही जटिल विषय भएकाले कारबाही सुरु गर्न समय लागेको दाबी गरिने ।
उनले अवको केही दिनभित्रै जग्गा अतिक्रमणमा संलग्न सबैमाथि कारबाही सुरु हुने जानकारी दिइन् । उनले मन्त्रालयले अतित्रमित जग्गा सरकारका नाममा ल्याउन पहिला नै काम सुरु गरे पनि सर्वोच्च अदालतले प्रश्न उठाएका कारण केही ढिला भएको बताइन् ।

Monday, January 27, 2020

कोरोना भाइरसको जोखिममा रहेका नेपालीलाई तत्काल उद्धारको माग

काठमाडौं, १२ माघ– प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोना भाइरसबाट नेपाल समेत उच्च जोखिममा रहेको उल्लेख गर्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक कदम चाल्न सरकारसित माग गरेको छ ।
कांग्रेस संसदीय दलले आइतबार विज्ञप्ति जारी गरी चीनको हुबई प्रान्तको राजधानी उहानका विभिन्न विश्वविद्यालय र शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहा“ रहेका नेपाली व्यवसायीसमेत जोखिममा रहेकाले उनीहरूलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धार गर्नसमेत माग गरेको छ ।

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १२ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बबई सब डिभिजन वन कार्यालय, बर्दियाका वन अधिकृत आनन्दप्रसाद साहविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
 साहले निजी जग्गाको काठको नापजाँच लागत तयार गरी डिभिजन वन कार्यालय गुलरियामा बिमाको आदेश सिफारिस गरिदिएबापत घूस लिएको छानबिनबाट पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Sunday, January 26, 2020

गाउँपालिकाका अध्यक्ष केसीसहित तीन घूससहित पक्राउ

काठमाडौं (कास)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचा“दे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीसहित २ जनालाई घूस रकमसहित रंगेहात पक्राउ गरेको छ ।
अख्तियारले शनिबार विज्ञप्ति जारी केसी. र उनका सहयोगी चन्द्रबहादुर बस्नेतलाई सुर्खेतको वीरेन्द्रनगर– ७ स्थित हटलाइन रोडबाट ८ लाख रुपैयाँ घूससहित पक्राउ गरिएको जनाएको छ ।
उनीहरूले गाउँपालिका– ५ मा उपभोक्ता समितिहरूमार्फत निर्माण भएको सडकको भुक्तानी दिने क्रममा सेवाग्राहीसित घूस लिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । दुवै जनालाई अख्तियारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

Saturday, January 25, 2020

निगमको अध्यक्षमा अधिकारी

काठमाडौं, ९ माघ– सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको राजीनामा स्वीकृत गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिएको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले डेढ वर्षमै निगमको संगठनात्मक संरचना परिवर्तन गरी पुनः सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी पर्यटन सचिवलाई दिएको हो । कार्यकारी अध्यक्षको राजिनामा स्वीकृत भएपछि निगममा कार्यकारी प्रमुखका रूपमा प्रबन्ध निर्देशकको नियुक्ति गर्ने बाटो खुलेको छ ।

प्याजमा घूस लिने इन्स्पेक्टरविरुद्ध मुद्दा

काठमाडौं, ९ माघ– अभावका बेला भारतबाट आयात हुने गरेको प्याजमा घूस लिएको अभियोगमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका इन्स्पेक्टर अमृत थापासहित दुई जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सशस्त्र प्रहरी बल बीओपी मोरङका कार्यालय प्रमुख थापा र जवान शशितनारायण विश्वासले भारतबाट प्याज ल्याउने व्यापारीसित घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएस“गै दुवै जना निलम्बित भएका छन् ।
अख्तियारले दैलेखको श्री पिपलचौतरा माध्यमिक विद्यालय डुंगेश्वर ५ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनौट समितिको संयोजक भक्तबहादुर शाहीसहित तीन जनालाई पक्राउ गरेको छ । शाहीले म्यासेन्जरमार्फत शिक्षक छनौट परिक्षामा प्रश्नपत्र र उत्तर कुन्जिका पठाई आफ्नो मान्छेलाई उत्तीर्ण गराएको पाइएकाले नयन्त्रणमा लिइएको अख्तियारले उल्लेख गरेको छ ।