काठमाडौं, ११ कात्तिक– सरकारले छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै झन्डै एक वर्È लामो आमरण्ँ अनसनका क्रममा मृत्यु भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको अन्त्येष्टि गर्ने भएको छ ।
नन्दप्रसादका छोरा नुरप्रसादले बाबुको शव बुझ्न र दाहसंस्कार गर्न नमानेपछि मन्त्रिपरिÈदको सोमबार बसेको बैठकले उनको अन्त्येष्टि सरकारले गरिदिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।
आङ्खना छोरा कृष्णप्रसादको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै ११ महिनादेखि आमरण्ँ अनशनमा बसेका नन्दप्रसादको गत असोज ६ मा वीर अस्पतालमा निधन भएको थियो । नन्दप्रसादका छोरा नुरप्रसादसहित परिवारका सदस्यले उनको शव बुझ्न नमानेपछि अहिलेसम्म त्रिवि शिÔण्ँ अस्पताल महाराजगन्जमा राखिएको छ ।
सरकारले नन्दप्रसादको कहिले अन्त्येष्टि गर्ने भन्ने जानकारी भने दिएको छैन । मन्त्रिपरिषदले नन्दप्रसादकी पत्नी गंगामायाको जीवनयापनका लागि उचित आर्थिक सहयोग गर्ने निणर््ँयसमेत गरेको छ । कति आर्थिक सहयोग गर्ने भन्ने जानकारीसमेत सरकारले दिएको छैन । आमरण अनसन बस्ने क्रममा गंगामायाको स्वास्थ्य अवस्था नाजुक भएपछि सरकारले विशेÈ पहल गरी असोज ३१ मा उनको अनसन तोडाएको थियो ।
No comments:
Post a Comment