काठमाडौं, २५ पुस– सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई मर्ज गरी सार्वजनिक प्रसारण्ँ निकाय गठन गर्न कार्यदल गठन गरेको छ । नेपाल टेलिभिजनका अध्यक्ष नीर शाहको अध्यक्षतामा गठित कार्यदलले सार्वजनिक प्रसारण निकाय गठनका विÈयमा अध्ययन गरी सरकारलाई सिफारिस गर्नेछ ।
कार्यदलमा विज्ञका रूपमा पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, नेपाल टेलिभिजनका पूर्वअध्यक्ष कुन्दन अर्याल र रेडियो नेपालबाट सेवा निवृत्त कृष्ण्ँबहादुर केसीलाई राखिएको छ । कार्यदलको सदस्यमा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक रमेश कार्की, निर्देशक अशोक बाँस्कोटा, नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण्ँ हुमागाईं, नायब महाप्रबन्धक दीपकमणि धिताल र सञ्चार मन्त्रालयका सहसचिव र कानुन शाखाका उपसचिव रहेका छन् ।