Thursday, April 4, 2019

खाद्य अनुसन्धान अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, २० चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कार्यालय प्रमुखसमेत रहेका श्रीवास्तवले भन्सारबाट आयात हुने खाद्यान्नको चेकजाँच, प्रज्ञापन(पत्र र ल्याब परीक्षणलगायतको काममा सहजीकरण गरिदिने नाममा सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिएको प्रमाणित भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएस“गै उनी सेवाबाट निलम्बित भएका छन् ।

नासु रोकाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १९ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याव टेक्निसियन (नायब सुब्बा) सरोज रोकाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको छ । 
रोकाले मेडिकल सेन्टर सेवा विस्तार गर्ने प्रयोजनका लागि सेवाग्राहीस“ग २२ हजार रुपैया“ घुस लिएको प्रमाणित भएकाले उनीवरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएस“गै रोका सेवाबाट निलम्बित भएका छन् ।

ढुंगाना राजदूत नियुक्त

काठमाडौं, १९ चैत– राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानालाई सोमबार क्यानाडाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन् ।
संसदीय सुनुवाइबाट अनुमोदित ढुंगानालाई भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

स्रोत नखुलेको २० लाखसहित पक्राउ

काठमाडौं, १९ चैत– प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँ नगदसहित शनिबार एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले रौतहटबाट काठमाडौं आउ“दै गरेको ना५ख २२३३ नं.को बस जा“च गर्ने क्रममा त्यसमा सवार रुबोधकुमार यादवलाई स्रोत नखुलेको २० लाखसहित पक्राउ गरेको हो ।
रौतहट राजदेवी नगरपालिका– ७ घर भएका यादवलाई आफूले बोकेको नगदको स्रोत खुलाउन नसकेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

५ जना घुससहित पक्राउ, दुई जनाविरुद्ध मुद्दा

काठमाडौं, १९ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार ५ कर्मचारीलाई घुससहित पक्राउ गरेको छ भने दुई नक्कली प्रमाणपत्रधारी कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । छानबिनका क्रममा तनहुँको त्रिभुवन प्रावि जसपुरकी प्रधानाध्यापक सुशीला गुरुङ र राष्ट्रिय अनुसन्धान विभागकी अनुसन्धान अधिकृत विमला खडकाले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सेवामा रहेको पाइएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
डिभिजन वन कार्यालय, बाराका प्रमुख शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकरप्रसाद केशरी, कार्यालय सहयोगी रामचन्द्र अधिकारी ९० हजार, सव डिभिजन वन कार्यालय, लाटीझोडा, मोरङका सहायक वन अधिकृत सलाउदिन अन्सारी ३५ हजार र राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, बर्दघाट, नवलपरासीका कनिष्ट सहायक अन्चल सुनार १० हजार रुपैयाँ घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ । मुद्दा दायर भएका दुवै जना सेवाबाट निलम्बित भएका छन् भने घुससहित पक्राउ परेका ५ जनालाई हिरासतमा राखी छानबिन भइरहेको अख्तियारले जनाएको छ ।

Monday, April 1, 2019

गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार श्रेष्ठलाई

कान्तिपुरकर्मी मिश्र पुरस्कृत
काठमाडौं, १६ चैत– रिपोर्टर्स क्लब नेपालले यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ ‘नेपाल समाचारपत्र’ दैनिकका प्रधान सम्पादक एवं प्रकाशक पुष्करलाल श्रेष्ठलाई प्रदान गरेको छ । रिपोर्टर्स क्लबद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममाप्रधानमन्त्री केपी ओलीले १ लाख रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरे ।
प्रधानसम्पादक श्रेष्ठ अस्पतालमा उपचाररत रहेकाले पुरस्कार समाचारपत्र दैनिकका कार्यकारी सम्पादक दीपक रिजालले ग्रहण गरेका थिए । क्लबले ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ ‘रिपब्लिका’ अंग्र्रेजी दैनिकका प्रधानसम्पादक सुवास घिमिरे र वरिष्ठ पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रूपमा प्रदान गरेो छ । उक्त पुरस्कारको राशि जनही ५०÷५० हजार रुपैयाँ छ ।
क्लबले २५ हजार रुपैयाँ राशिको ‘वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार’ ‘कान्तिपुर दैनिक’ का राजेश मिश्रलाई प्रदान गरेको छ ।  २५ हजार रुपैयाँ राशिको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष एवं प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाललाई प्रदान गरिएको छ ।

तीन नक्कली प्रमाणधारीविरुद्ध मुद्दा, एक जना घुससहित पक्राउ

काठमाडौं, १६ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्रधारी सहप्रशासकसहित तीन जनाविरुद्ध बिहीबार विशेष अदालताम भ्रष्टाचार मुद्दा दायर गरेको छ । छानबिनका क्रममा त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रकी सहप्रशासक शारदाकुमारी पौडेल, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षकद्वय खेमराज कठायत र सुरेशकुमार गुरुङको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर भएस“गै तीनै जना सेवाबाट निलम्बित भएका छन् । यसैबीच अख्तियारले ललितपुर महानगरका अमिन वीरेन्द्र चन्दलाई घुस रकमसहित पक्राउ गरेको छ ।