Wednesday, February 25, 2015

चार निकायमा पदाधिकारी नियुक्त

काठमाडौं, १३ फागुन– सरकारले खुला विश्वविद्यालय पूर्वाधार विकास समितिसहित चार निकायमा पदाधिकारी नियुक्त गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले शिक्षा मन्त्रालयको प्रस्तावमा खुला विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्षमा राजेश अग्रवाललाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदले उच्चस्तरीय प्रशासन सुधार सुझाव कार्यदल अनुगमन समितिको संयोजकमा काशीराज दाहाललाई नियुक्त गरेको छ । समितिका संयोजक कृष्णहरि बा“स्कोटा सूचना आयोगको प्रमुख आयुक्त नियुक्त भएपछि रिक्त पदमा दाहाललाई नियुक्त गरिएको हो ।

Sunday, February 22, 2015

महाकालीमा तटबन्ध निर्माण सुरु नै भएन

दार्चुलाको सदरमुकाम नै बग्ने खतरामा 
काठमाडौं, १० फागुन– महाकाली नदीमा आएको भीषण बाढीले जोखिममा परेको दार्चुला जिल्लाको सिंगै सदरमुकाम खलंगाबजारलाई जोगाउन सरकारले झन्डै दुई वर्ष हुन लागिसक्दासमेत तटबन्ध निर्माणको काम सुरु गर्न सकेको छैन ।
मन्सुन सुरु हुन चार महिनाभन्दा कम समय बा“की छ । तर तटबन्ध निर्माणको ठोस काम थालनी नै भएको छैन । खलंगाबासी वर्षायाममा आउने बाढीले सिंगै सदरमुकाम खतरामा पर्ने हो कि भन्ने चिन्ताले झन त्रसित छन् ।
बाढी आएको एक वर्षपछिमात्र सरकारले तटबन्धका लागि बजेट छुट्ट्याएको र गत जेठमा टेन्डर प्रक्रियाबाट छानिएका ठेकेदारले नौ महिनासम्म काम सुरु नगरेकाले निर्माणमा ढिलाइ भएको हो ।

Saturday, February 21, 2015

सहमतिमा संविधान निर्माण गर्नुको विकल्प छैन : राष्ट्रपति

काठमाडौं, ८ फागुन– राष्ट्रपति डा रामवरण्ँ यादवले अघिल्लो संविधानसभाको असफलताको भोगाइ र अनुभवबाट पाठ सिकेर सहमतिका साथ साझा विचार निर्माण्ँ गरी संविधान निर्माणको विकल्प नरहेको बताएका छन् ।
‘हामी सबै किसिमका आरोह–अवरोह पार गर्दै आएका छौ“, यी सबै भोगाइ र अनुभवबाट हामीले अन्तरिम संविधान २०६३ ले निर्दिष्ट गरेका मूल्य मान्यतालाई कदर गर्दै सहमतिका साथ साझा विचार निर्माण्ँ गरी संविधान बनाउनुको विकल्प छैन’ राष्ट्रपतिले प्रजातन्त्र दिवसका दिन जारी गरेको शुभकामना सन्देशमा भनेका छन्– ‘ नेपालका राजनीतिक दल, नेतृत्व र देश समाजप्रति उत्तरदायी नागरिक सबैले संविधान निर्माण्ँको पुनित कार्यलाई प्रथमिकता दिनुको विकल्प छैन ।’

सहमति र सहकार्यमा संविधान जारी हुन्छ : कोइराला

काठमाडौं, ८ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्रीले सहमति, सहकार्य, एकता र मेलमिलापका आधारमा नया“ संविधान जारी गरिने बताएका छन् । संविधानसभाको एजेन्डा वि.सं २००७ साल देखिकै भएको उल्लेख गर्दै उनले छिटोभन्दा छिटो नया“ संविधान जारी गरी देशलाई समृद्धितर्फ लगिने बताएका छन् ।
बिहीबार सैनिक मञ्च टु“डिखेलमा आयोजित ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवसका समारोहमा प्रधानमन्त्री कोइरालाले संविधान बनाएर देशको गरिबी र बेरोजगारी अन्त्य गर्न लाग्नुपर्ने बताए । उनले संविधानसभाभित्र र बाहिर रहेका सबै दलस“ग सम्वाद जारी राखेको जानकारीसमेत दिए । नया“ संविधानमा सबै जाति, भाषा, धर्म, लिंगका अधिकार सुरक्षित रहने उनले बताए ।

Sunday, February 15, 2015

दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, ३ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली स्कुल खडा गरी ९ लाख रुपैया“ भ्रष्टाचार गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यÔ रामनारायण्ँ महरा र प्रधानाध्यापक रत्ना सापकोटाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सिरहाको मिर्चैया–५ जिवाटोलस्थित जनवल प्रा.वि.का अध्यÔ महरा र प्रधानाध्यापक सापकोटाले मिलोमतोमा सञ्चालनमा नै नभएको स्कुल खडा गरी विभिन्न आर्थिक वर्षमा भौतिक निर्माण्ँ, तलब र फर्जी कागजी प्रमाण्ँ बनाई अनुदानका रूपमा प्राप्त सरकारी रकम हिनामिना गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले ९ लाख रुपैया“ बिगो कायम गरी दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।

Friday, February 13, 2015

बाग्लुङ–१ मा चैत २८ मा उपनिर्वाचन

काठमाडौं, १ फागुन– सरकारले बाग्लुङ क्षेत्र नं. १ मा आगामी चैत २८ मा उपनिर्वाचन गराउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निर्वाचन आयोगसित परामर्श गरी बाग्लुङ–१ मा उपनिर्वाचन गर्ने तिथि तय गरेको जानकारी सरकारको प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।
बाग्लुङ–१ का सभासद हरिबहादुर खडकाको निधन भएपछि उक्त क्षेत्र रिक्त भएको थियो । खडका कांग्रेसका सभासद थिए । गत मंसिर १७ गते जिप दुर्घटनामा घाइते भएका खडकाको मंसिर २१ गते काठमाडौंमा उपचारको क्रममा निधन भएको थियो ।

सन् २०१७ भित्र पूर्ण सरसफाइयुक्त देश बनाउने घोषणा

सुन्तली र धुर्मुस सरसफाइ दूत नियुक्त
काठमाडौं, १ फागुन– सरकारले सन् २०१७ भित्र नेपाललाई पूर्ण सरसफाइयुक्त देश बनाउने घोषणा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुई वर्षभित्र देशलाई पूर्ण सरसफाइयुक्त देश बनाउने लक्ष्य पूरा गर्न हा“स्य कलाकारद्वय कुन्जना घिमिरे (सुन्तली) र सिताराम कट्टेल (धुर्मुस) लाई सरसफाइ दूत नियुक्त गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।
सहरी विकास मन्त्रालयले सन् २०१७ भित्र मुलुकलाई खुल्ला दिशामुक्त र पूर्ण सरफाइयुक्त देश बनाउन देशव्यापी अभियान सञ्चालन गर्ने कार्यक्रम अघि सारेको छ । सरसफाइ दूत सुन्तली र धुर्मुसले मुलुकभर सरसफाइ र खुल्ला दिशामुक्त अभियानबारेमा आमजनतामा जनचेतना फैलाउने कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन् ।