Thursday, July 17, 2014

सात सचिवका लागि १७ सहसचिवको नाम सिफारिस

काठमाडौं, ३२ असार– विभिन्न मन्त्रालय र निकायमा रिक्त सात सचिवमा बढुवा गर्न १७ सहसचिवको नाम सिफारिस गरिएको छ । लोकसेवा आयोगकी अध्यक्ष कयोंदेवी यमी अध्यक्षतामा बुधबार बसेको बढुवा समितिको बैठकले सचिव बढुवाका लागि १७ जनाको नाम सिफारिस गरेको हो ।
बैठकले रिक्त सात सचिवमध्ये निजामती ऐनअनुसार वरिष्ठबाट पदोन्नति हुने २० प्रतिशत सिट (२ पद) मा बढुवा गर्न सबभन्दा वरिष्ठ सहसचिवद्वय नरबहादुर रजवार र उत्तमकुमार भट्टराईको नाम सिफारिस गरेको छ । अघिल्लोपटक ६ सचिव बढुवा हु“दा वरिष्ठतर्फको बा“की रहेको .२ प्रतिशत गणना गरी यसपटक सात जना बढुवा गर्दा वरिष्ठबाट पदोन्नति हुने सिट २ पुगेको हो ।

रजवार र भट्टराई दुवै कृषि मन्त्रालयका सहसचिव हुन् । रजवार ०५९ पुस १२ र भट्टराई ०६० साउन २९ मा बाहिरबाट सोझै सहसचिवमा सेवा प्रवेश गरेका हुन् । निजामती ऐन संशोधन गरी कुल सिटको २० प्रतिशत वरिष्ठबाट बढुवा हुने व्यवस्था गरिएपछि यसअघि वरिष्ठ सहसचिवद्वय राजकुमार मल्ल र प्रभाकर पाठक सचिवमा पदोन्नति भइसकेका छन् ।

बढुवा समितिले बा“की ५ पदका लागि कार्यसम्पादनक मूल्यांकन नम्बर र ज्येष्ठता हेरी निजामती ऐनअनुसार तेब्बर अर्थात १५ जना सहसचिवको नाम सिफारिस गरेको छ । सहसचिवहरू राजेन्द्र सुवेदी, रञ्जनकृष्ण अर्याल, शरदचन्द्र पौडेल, नरेन्द्रमान श्रेष्ठ, सुनिलबहादुर मल्ल, बद्री गौतम, लक्ष्मण मैनाली, कमलशाली घिमिरे, शिवकुमार शर्मा, रामकुमार आचार्य, अर्जुनकुमार कार्की, महाश्रम शर्मा, दीपेन्द्रनाथ शर्मा, केदारबहादुर अधिकारी र विष्णुप्रसाद लम्साल सचिव बढुवाको सिफारिसमा परेको जानकारी स्रोतले दिएका छन् ।
हाल कायममुकायम सचिव रहेका चार जनामध्ये क्षेत्रीय प्रशासकद्वय अर्जुनकुमार कार्की (पश्चिमाञ्चल) र महाश्रम शर्मा (पूर्वाञ्चल) मात्र बढुवाको सिफारिसमा पर्न सफल भए भने रक्षा मन्त्रालयका कामु सचिव देवेन्द्र सिटौला र मध्याञ्चलका कामु क्षेत्रीय प्रशासक शंकर कोइराला भने सचिव बढुवाको सिफारिसमा परेनन् । मन्त्रिपरिषद बैठकले सिफारिसमा परेका १५ सहसचिवमध्ये जोकोहीलाई सचिवमा बढुवा गर्न सक्ने कानुनी व्यवस्था ।
सिफारिसमा परेकामा न्याय सेवाका सात जना, इन्जिनियरिङ समूहका चार, सामान्य प्रशासन समूहका तीन र शिक्षा समूहका एक जना छन्् । मैनाली विदेशमा स्थायी बसोबासको अनुमति (पीआर) लिएको हुनाले अघिल्लोपटकसमेत कारबाहीस्वरूप सचिव बढुवामा परेका थिएनन् । उनको अस्ट्रेलियाको पीआर  ।
रक्षा र परराष्ट्र मन्त्रालय तथा पा“चवटा क्षेत्रीय प्रशासन कार्यालयमा सचिव पद रिक्त छ । परराष्ट्र मन्त्रालयमा परराष्ट्र सेवाकै सहसचिवमात्र सचिव बढुवा हुने कानुनी व्यवस्था छ । सचिव बढुवाका लागि परराष्ट्रको सिटमा समेत सिफारिस गरिएको छ । 
परराष्ट्र सेवाका सहसचिव सिफारिसमा नपरेकाले उक्त सिटमा अरू नै बढुवा हुनेछन्, तर सरकारले उक्त सिटमा बढुवा भएकालाई परराष्ट्र मन्त्रालयमा भने पठाउने छैन । सातमध्ये ६ जनालाई प्रशासनतर्फको सिटमा र एक जनालाई साउन ८ मा ११ सचिव रिक्त भएपछिमात्र पदस्थापन गरिने जानकारी सामान्य प्रशासन मन्त्रालय स्रोतले दिएको छ ।










No comments:

Post a Comment