Monday, March 23, 2015

प्रभावित बासिन्दालाई जलाशय वरपर चक्रपथ बनाएर पुनर्बास गराइने

बुढी गण्डकी जलाशययुक्त आयोजना
आयोजना १२ सय मेगावाट क्षमतामा बनाइने
काठमाडौं– बुढीगण्डकी जलाशययुक्त विद्युत् आयोजनाबाट प्रभावित हुने स्थानीयबासीलाई पुनर्बासका लागि चक्रपथ बनाई व्यवस्थित नया“ बस्ती निर्माण्ँ गरिने भएको छ । बुढी गण्डकी आयोजनाको प्रस्तावित जलाशयको वरपर तीन सय मिटर उचाइमा चक्रपथ निर्माण गरी त्यसको दायाबाया“ नया“ बस्ती निर्माण गरी प्रभावितलाई राखिनेछ ।
राष्ट्रिय गौरवको बुढी गण्डकी आयोजनाको जलाशय ६३ वर्ग किलोमिटर क्षेत्रफलको हुनेछ अर्थात् जलाशयबाट बन्ने ताल फेवातालभन्दा १५ गुना ठूलो हुनेछ । तालभन्दा तीन सय मिटर उचाइमा चारैतिर चक्रपथ निर्माण गर्ने र त्यसको दुवैतिर नया“ बस्ती बनाएर आयोजनाबाट प्रभावित स्थानीयबासीलाई राख्ने योजना बनाइएको जानकारी बुढी गण्डकी आयोजना विकास समितिका कार्यकारी निर्देशक गोपाल बस्नेतले दिए ।

उनका अनुसार बुढी गण्डकी जलाशययुक्त आयोजना बनाउ“दा धादिङ र गोरखाका ४५ हजार स्थानीयबासी प्रभावित हुने अनुमान छ । तिनलाई चक्रपथका अतिरिक्त पृथ्वी राजमार्गबाट आयोजनासम्म पुग्ने र त्यहा“बाट गोरखा जाने सडकको दायाबाया“समेत  व्यवस्थित रूपमा पुनर्बास गराउने योजना आयोजनाको छ ।
आयोजनाको काम अघि बढाउन आवश्यक पर्ने क्याम्प निर्माण्ँका लागि स्थानीय घ्यालचोक सियरेनीटारका बासिन्दाले जग्गा दिन मञ्जुर गरिसकेका कारण्ँ गोरखाका मातपोत अधिकृतको अध्यÔतामा मूल्य निर्धारण्ँ समितिसमेत गठन भइसकेको छ । क्याम्प निर्माण्ँ भएपछि सहज रूपमा चक्रपथ निर्माण्ँका लागि आवश्यक अध्ययन गर्नसमेत सहज हुने जानकारी आयोजनाका अधिकारीले दिएका छन् ।
आयोजनाले चक्रपथ निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन कार्य अघि बढाउन लागेको छ । आयोजनाले पूर्वसम्भाव्यता अध्ययनका लागि केही दिनभित्रै परामर्शदाता छनौट गर्ने जानकारी कार्यकारी निर्देशक बस्नेतले दिए । 
आयोजनाको बा“ध २ सय ६३ मिटर अग्लो बनाउ“दा गोरखाका घ्यालचोक, फुजेल, नाम्जुङ, बुङकोट, अस्राङ, बोर्लाङ, धावा, तान्द्राङ, आरुपोखरी, आरुचनौटे, आरु अर्बाङ गाविस बढी प्रभावित हुनेछन् । त्यसैगरी धादिङका सलाङ, मैदी, खरी, चैनपुर, सल्यानटार, आगिन्चोक, त्रिपुरासुन्दरी, मारपाक, मूलपानी, बसेरी र बुढाथुम गाविसका घर, महत्वपूणर््ँ धान खेत तथा टार बुढी गण्डकी जलाशय मुनि पर्ने अध्ययनले देखाएको छ ।
भीमसेन थापाको बगै“चा, पुथ्वीनारायण्ँ शाहको न्वागी खाने धान खेत, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, मास, भटमासका लागि प्रसिद्ध मासटार, क्यामुनटार, जोगीटार, सल्यानटारको तल्लो भाग, धादिङ र गोरखाको प्रमुख व्यापारिक Ôेत्र आरूघाट बजार पनि आयोजनाबाट प्रभावित हुनेछ ।  
आयोजनाले प्रभावित हुने स्थानीयबासी सबैलाई घरजग्गाको उचित मुआब्जा र आयोजनामा उचित शेयरमसेत दिने गृहकार्य गरिरहेको छ । स्थानीय राजनीतिक दलले भने ५० प्रतिशत मुआब्जा र ५० प्रतिशत सेयर दिन माग गरेको जानकारी आयोजनाका अधिकारीले दिए ।
आयोजनाका अधिकारीका अनुसार उचित क्षतिपूर्ति, मुआब्जा र शेयर पाए प्रभावित स्थानीयबासी आङ्खनो था“तथलो छाडेर पुनर्बासमा जान तयार भएका छन् ।
जलाशय (ताल) फेवाताल भन्दा १५ गुण्ाँ ठूलो हुने र करिब ६३ वर्गकिलोमिटर Ôेत्रफलमा फैलने हुनाले यसलाई आकर्षक पर्यटकीय Ôेत्रका रूपमा समेत विकास गर्ने योजना आयोजनाले बनाएको छ । 
बूढीगण्डकीको जलाशयका कारण्ँ निर्माण्ँ हुने तालमा व्यावसायिक माछापालन र जलविहार गर्नसमेत मिल्ने जानकारीसमेत आयोजनाका अधिकारीले दिए । भारतको उत्तराञ्चलमा रहेको टिहरी बा“धभन्दा दुई मिटर अग्लो बा“ध बन्ने भएकाले आयोजनाले केही प्रभावितलाई उक्त स्थानमा अध्ययन भ्रमण्ँ गराउने तयारीसमेत गरेको छ । 
बुढी गण्डकीको आयोजनास्थलसम्म पुग्न पृथ्वीराजमार्गको बेनीघाटदेखि गोरखाको आरूघाटसम्म कुल ४८ किलोमिटर ट्रयाक खुलेर यातायात सञ्चालनमा आए पनि सडकको अवस्था राम्रो छैन । त्यही कारण आयोजनाले उक्त सडकको मर्मत सम्भार तथा स्तरोन्नति गर्ने काम सुरु गरेको छ ।
बुढी गण्डकीको क्षमता बढयो
बुढी गण्डकी जलाशययुक्त आयोजना १२ सय मेगावाट क्षमतामा निर्माण गरिने भएको छ । डिटेल इन्जिनियरिङ अध्ययन गरिरहेको फ्रान्सको परामर्शदाता कम्पनी क्रामबेलले आयोजना १२ सय मेगावाट क्षमतामा बनाउन आर्थिक रूपमा उपयुक्त हुने प्रतिवेदन दिएको छ । बुढीगण्डकी आयोजना विकास समितिले परामर्शदाता कम्पनीकै सुझावअनुसार आयोजना १२ सय मेगावाट क्षमतामा बनाउने निर्णय गरेको हो ।
आयोजना निर्माण गर्न साढे २ खर्ब रुपैया“ लाग्ने जानकारी कार्यकारी निर्देशक बस्नेतले दिए । उनका अनुसार बुढी गण्डकीको बिजुलीको लागत प्रतियुनिट ६.४ सेन्ट (६ रुपैया“ ४० पैसा) पर्नेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा दिने घोषणा गरेको १ खर्ब रुपैया“ सहुलियत ऋण रकमको ठूलो अंश बुढी गण्डकी आयोजना निर्माणमा लगाउने तयारी सरकारको छ । नपुग रकम सरकार र अरू दाताको सहयोगबाट जुटाइनेछ । यो आयोजनासमेत माथिल्लो तामाकोसीजस्तै कम्पनी बनाएर निर्माण गर्ने तयारीसमेत सरकारले गरिरहेको छ ।  
उक्त आयोजनाको डिटेल इन्जिनियरिङ अध्ययन काम आगामी जुलाईभित्रमा सम्पन्न हुनेछ । त्यसपछि सरकारले आयोजना निर्माणका लागि वित्तीय स्रोत जुटाउने र ठेक्का आह्वान गर्नेछ ।  















No comments:

Post a Comment