Tuesday, April 17, 2012

कृषि मन्त्रालयमा करोडौं भ्रष्टाचारको आशंकामा अख्तियार र सतर्कताद्वारा छानबिन

काठमाडौं, ५ वैसाख- कृषि मन्त्रालय र मातहतका विभिन्न निकायमा भएका करोडौं रुपैयाँ भ्रष्टाचार भएको र अरु दर्जनौं अनियमितता र अख्तियार दुरुपयोगका घटनामा दोषी अधिकारीमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले भिन्नभिन्नै रुपमा छानबिन थालेका छन् ।
दुवै निकायले अनुसन्धान टोली र अधिकृत नै तोकेर सरकारले कृषि सामग्री कम्पनी लिमिटेडलाई दिएको ३ अर्ब अनुदान रकमको खर्च गर्दा र अघिल्लो वर्ष हाइबि्रड मकैमा घोघा नलागेपछि राहत वितरणमा करोडौं भ्रष्टाचार भएकोसहित विभिन्न घटनामा छानबिन थालेको जानकारी सम्बन्धित निकायका अधिकारीले दिए ।
अख्तियार र सतर्कता केन्द्रले कृषि मन्त्रालयका सचिव नाथुप्रसाद चौधरीलाई हालै पत्र पठाई विभिन्न विषयमा आफ्नो निकायले छानबिन थालेको जानकारी गराउँदै सात दिनभित्र सम्बन्धित विषयको सक्कल कागजात पठाउन निर्देशन दिएका छन् । अख्तियारले तराईका चार जिल्लामा हाइबि्रड मकैमा घोघा नलागेपछि पीडित किसानलाई राहतबापत २० करोड रुपैयाँ वितरण गर्दा व्यापक अनियमितता भएको पाइएको भन्दै कृषि मन्त्रालयसित त्यससम्बन्धी निर्णय र रकम वितरण गर्दाको सक्कलै कागजात माग गरिएको जानकारी अख्तियारका एक अधिकारीले दिए ।
अघिल्लो वर्ष सर्लाही, बारा, पसा् र रौतहटमा हाइबि्रड मकैमा घोघा नै नलागेर किसान आन्दोलित भएपछि कृषि मन्त्रालयले २० करोड राहत बाँडेको थियो । राहत दिने क्रममा नक्कली किसान खडा गरेको, एउटै किसानलाई दोहोरो राहत दिएको, मकै खेती नै नलगाएका व्यक्तिलाई समेत राहत वितरण गरेको देखाएर भ्रष्टाचार गरेको पाइएको भन्दै अख्तियारले छानबिन थालेको हो ।
स्रोतका अनुसार अख्तियारले कृषि मन्त्रालयसित राहत निर्देशिका राहत, वितरण गर्दा भएको निर्णय रकम वितरणको भपाई, राहत पाउने व्यक्तिहरुको सूचीसहितको कागजात माग गरेको छ । मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्व कृषि विभाग र मातहतका अधिकारी मिलेर अनियमितता गरेको आशंकामा छानबिन थालेको र अनुसन्धान पूरा भएपछि दोषी अधिकारीमाथि भ्रष्टाचार मुद्दा अदालतमा दायर गरिने जानकारी अख्तियारका अधिकारीले दिए ।
कृषि सामग्री कम्पनी लिमिटेडलाई सरकारले रासायनिक मल खरिदलगायतमा िदंदै आएको अनुदान रकम खर्च गर्दा हिनामिना भएको भनी महालेखा परिक्षकको कार्यालयले दिएको लेखा प्रतिवेदनअनुसार अनियमितता रोक्नेतर्फ कुनै कदम नचाली पुनः यस वर्ष तीन अर्ब रुपैयाँ दिई अपव्यय जारी राख्न िदंदा कृषि मन्त्रालयको नेतृत्व नै जिम्मेवार रहेको ठान्दै सतर्कता केन्द्रले छानबिन टोली नै बनाएर अनुसन्धान थालेको हो । कम्पनीले अनुदानबाट खरिद गर्दै आएको मलमा प्रतिबोरा ४ केजीसम्म मल कम भएको अनुसन्धानबाट खुलेको छ ।
त्यसैगरी केन्द्रले दुग्ध विकास संस्थानलाई मन्त्रालयले अघिल्लो वर्षको अन्त्यमा असार २८ मा १ करोड ५० लाख रुपैयाँ अनुदान दिएको र त्यो रकम तीन दिनमा खर्च भएको देखाई हिनामिना गरिएको घोटालाको समेत छानबिन गरिरहेको छ । केन्द्रले संस्थानमा पटकपटक महाप्रबन्धक परिवर्तन गर्दा र दूध तथा दुग्धजन्य पदार्थ कम गुणस्तरको उत्पादन गरी भ्रष्टाचार भएकामा समेत छानबिन गरिरहेको केन्द्रका अधिकारीले दिए । ती अधिकारीका अनुसार लेखा परिक्षण प्रतिवेदन संस्थानमा अनियमितता भइरहेको औंल्याए पनि मन्त्रालयको नेतृत्वले त्यसतर्फ कुनै ध्यान नदिई मन्त्रालयले थप ३ करोड रुपैयाँ िदंदासमेत अनियमिततकाृ आशंका बढेको केन्द्रका अधिकारीले उल्लेख गरेका छन् ।
तत्कालीन कृषिमन्त्री नन्दनकुमार दत्त र वर्तमान राज्यमन्त्री ओमप्रकाश यादवले मन्त्रिपरिषद सचिवालयबाट तलबभत्ता र पेस्की पाउने प्रचलन भए पनि कृषि मन्त्रालयबाट समेत हचुवाका भरमा पेस्की लिइरहेको पाइएको भन्दै केन्द्रले छानबिन थालेको छ । केन्द्रले मन्त्रालयसित मन्त्री र राज्यमन्त्रीको पेस्की विवरण सात दिनभित्र उपलब्ध गराउन निर्देश गरेको छ ।
केन्द्रले मन्त्रालय मातहतका विभिन्न बोर्ड र संस्थानबाट मन्त्री, राज्यमन्त्री, राजनीतिक नियुक्तिका अध्यक्ष, सदस्यलाई नियमविपरीत बढी रकम बैठक भत्ताबापत दिइएको पाइएको उल्लेख गर्दै छानबिनका लागि भत्ता विवरणको कागजात माग गरेको छ ।
बीउबिजन कम्पनीमा पटकपटक प्रबन्ध साचालक परिवर्तन गरेको, अनियमितता गर्न साथ नदिएको भन्दै अर्थमन्त्रालयको प्रतिनिधि जनकराज पन्तलाई नबोलाई बैठक गर्ने गरेको र आवश्यक बीउ बिक्रीविरतणको व्यवस्था गर्न नसकेकामा प्रश्न उठाउँदै केन्द्रले कम्पनीका निर्णय र कामकारबाहीमाथि छानबिन थालेको छ । बीउ बिजन कम्पनीको अध्ययक्ष जयनाथ राय यादव छन् । बीउबिजन कम्पनीको साचालक स्नातकोत्तर तह उत्तीर्ण बीउ विज्ञ नियुक्त हुनुपर्नेमा कानुनविपरीत प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गौरीकुमारी यादवलाई नियुक्त गरेकामा अख्तियारले छानबिन थालेको छ । अख्तियारले विज्ञका ठाउँमा कानुन मिचेर नियुक्ति गरेको र दुई जना वरिष्ठलाई बाइपास गरेर तेस्रो वरियताका प्रदीपकुमार यादवलाई बीउ बिजन कम्पनीको कामु प्रबन्ध साचालक नियुक्त गरेकामा कृषि सचिवसित लिखित स्पष्टीकरण मागेको छ ।
केन्द्रले कृषि मन्त्रालयमा मातहतका निकायमा लामो समयदेखि सहसचिव तहका १० जनाभन्दा बढी प्रमुख पद रिक्त राखेको र महत्वपूर्ण ठाउँमा पदस्थापन र सरुवा गर्दा मोलमोलाइ गर्ने गरेको भन्दै त्यसमा आर्थिक अनियमितता रहेको प्रश्न उठाएको छ । मन्त्रालयमा बिना दरबन्दी अधिकृतदेखि सहसचिवसम्म ६० जना काजमा छन् । मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्वले 'आकर्षक' कार्यालयमा मोटो रकम नलिई पदस्थापन र सरुवा गर्न लामो समयदेखि पद रिक्त राख्ने गरेको पाइएपछि आफ्नो निकायले छानबिन थालेको जानकारी केन्द्रका एक अधिकारीले दिए । केन्द्रले समयमा रिक्त पदमा किन पदस्थापन र सरुवा नभएको भनेर प्रश्न उठाएको छ ।
स्रोतका अनुसार पशु सेवा विभागमा दुई उपमहानिर्देशक, कृषि विकास तथा अनुसन्धान कोषका सदस्यसचिव, कृषि तालिम केन्द्र पूर्वााचल प्रमुख, कालीमाटी तरकारी विकास समितिको कार्यकारी निर्देशक, कृषि विभागको कृषि बजार निर्देशनालय प्रमुख पद लामो समयदेखि रिक्त छन् । जबकि मन्त्रालयमा सहसचिवको पाँच जनाको दरबन्दी भए पनि सात सहसचिव छन् । महाशाखा प्रमुख हुनुपर्ने दुई सहसचिवलाई शाखा हेर्ने जिम्मा दिएर राखिएको छ भने अरुलाई दायित्व नदिई मन्त्रालयमा काजमा राखिएको छ ।

Monday, April 16, 2012

िसंचाइ विभागको डीजीमा दाहाल

लामो समयदेखि पाँच सहसचिव बरण्डामा बस्न बाध्य
काठमाडौं, ४ वैसाख- सरकारले िसंचाइ मन्त्रालयका सहसचिव खोमराज दाहाललाई िसंचाइ विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । विभागका महानिर्देशक अनिल पोखरेललाई विज्ञान मन्त्रालयमा सरुवा गरिएपछि रिक्त पदमा मन्त्रालयको नीति महाशाखा प्रमुख दाहाललाई सारिएको हो ।
दाहाल पोखरेलपछि विभागमा िसंचाइतर्फका सबभन्दा वरिष्ठ सहसचिव हुन् । विज्ञान मन्त्रालयबाट सरुवा गरी ल्याइएका सहसचिव ईश्वरिसंह थापालाई िसंचाइ मन्त्रालयको नीति महाशाखामा सरुवा गरिएको छ ।
युनियनको शैलीमा कर्मचारीहरुको दलबलका साथ पोखरेलले प्रधानमन्त्री बाबुराम भट्टराई र मुख्यसचिव माधव घिमिरेलाई भेटी िसंचाइमन्त्री यादवसित आफूहरुले काम गर्न नसक्ने भनी लबिङ गरेको र मन्त्रीको कार्यकक्षमा ताला नै लगाइदिने चेतावनी दिएकाले उनको सरुवा भएको जानकारी स्रोतले दिएको छ । आफ्नो मन्त्रालयका सचिव वृन्दा हाडालाई अमर्यादित शब्दमा गाली गरेको भन्दै पोखरल मन्त्री यादवका विरुद्धमा लबिङमा उत्रिएका थिए ।
झन्डै एक वर्षदेखि पदस्थापन हुन नसकेका कारण िसंचाइका पाँच प्राविधिक सहसचिव हाजिरमात्र गरेर दिन बिताउन बाध्य भएका छन् । मन्त्री यादव र सचिव हाडाबीच समन्वय हुन नसकेका कारण उनीहरुको पदस्थापनाका बारेमा िसंचाइ मन्त्रालयले कुनै निर्णय नगरेको जानकारी स्रोतले दिए । पदस्थापना नभएका कारण सहसचिवहरु बिना काम मन्त्रालयको बरण्डामा समय बिताउन बाध्य छन् भने पदीय हैसियतले पाउनुपर्ने गाडी सुविधासमेत पाएका छैनन् ।
पदस्थापना नभएका कारण लामो समयदेखि दायित्वविहीन सहसचिवहरुमा महाजन यादव, मथुरा डंगोल, राजेन्द्र अधिकारी, प्रकाश पौडेल र दिलीप कार्की छन् । जबकि राष्ट्रिय गौरवका दुई ठूला िसंचाइ परियोजना सिक्टा र रानीजमरा, क्षेत्रीय िसंचाइ कार्यालय मध्यमााचल र सुदूर पश्चिमााचल तथा िसंचाइ विभागमा सुई पद लामो समयदेखि रिक्त छन् ।

पौडेलको हत्याबारे उच्चस्तरीय मिडिया मिसनको प्रारम्भिक प्रतिवेदन

नेपाल पत्रकार महासंघद्वारा पत्रकार यादव पौडेलको हत्याबारे छानविन गर्न गठित
उच्चस्तरीय मिडिया मिसनको प्रारम्भिक प्रतिवेदन

पृष्ठभूिम
न्यू मेची टाइम्स दैनिकका कार्यकारी सम्पादक एभीन्युज टेलिभिजन र राजधानी दैनिकका झापास्थित सम्वाददाता यादवप्रसाद पौडेल विगत ८ वर्षदेखि विर्तामोडमा रहेर पत्रकारिता पेशामा सकि्रय रहँदै आएका थिए । मोरङको सिजुवा गाविस वडा नं ९ सौठा स्थायी घर भएका पौडेल श्रीमती सोनम छोरा क्षितिज र छोरी वितिसाका साथ विर्तामोडमा वस्दै आएका थिए । खोज तथा अनुसन्धान रिपोर्टिङमा विशेष रुची राख्ने पौडेललाई हालै केटो झापावाट पहिलो पटक प्रकाशित पत्रिकाको नाममा स्थापित पुरस्कार पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ झापाले सम्मानित गरेको थियो । एक दशकभन्दा कम समय अवधिमै उनी मूलधारको पत्रकारितामा स्थापित भइसकेका थिए ।
उज्यालो पूर्व दैनिकको तयारी २०६८ चैत यता पत्रकार पौडेल आफ्नै सम्पादनमा उज्यालो पूर्व नामक दैनिक पत्रिकाको प्रकाशन गर्ने अन्तिम तयारीमा थिए । होटल व्यवसायी संघ झापाका पूर्व अध्यक्ष युवराज गिरी प्रकाशक रहने निश्चित भए पनि अन्य लगानीकर्ताको खोजी भइरहेको अवस्था थियो । पत्रिका प्रकाशनका लागि विर्तामोडस्थित श्याम मिष्ठान्न भण्डार एण्ड गेष्ट हाउसको एउटा कोठामा कार्यालय स्थापना
गरी ९ वटा कुसर्ी र तीन वटा टेवल राखिएको थियो । प्रकाशक युवराज गिरी र सम्पादक पौडेलले ती सामान खरिद गरी चैत २१ गते वेलुका ५।३० वजे कार्यालय कोठामा पुर् याएका थिए । त्यही दिन पत्रकार तथा कर्मचारी माग गर्न विज्ञापन छाप्न स्थानीय एक दैनिक पत्रिकालाई प्रकाशक गिरी र सम्पादक पौडेलले जिम्मा दिइसकेको तर विज्ञापन प्रकाशित भइनसकेको अवस्था थियो । पत्रिका प्रकाशनको तयारीमा लागे यताको एक महिना पत्रकार पौडेल र युवराज गिरीबीच निरन्तर भेटघाट हुने गरेको र अधिकांश समय दुवै
संगैसंगै हिँड्ने गरेका थिए । चैतको दोस्रो साता युवराज गिरीको मोटरसाइकल हराएपछि त झन् पौडेलले नै उनलाई राति समेत घर पुर् याउने काम गर्दै आएका थिए ।
घटना विवरण
२०६८ चैत २१ गते उज्यालो पूर्व दैनिकको कार्यालय भनिएको कोठामा केही फर्निचर राखेपछि पत्रकार पौडेल र गिरी विर्तामोडस्थित नयाँ वसपार्क नजिक रहेको होटल देउरालीमा खानपिनका लागि गएका थिए । त्यसपछि दुवै जना छुट्टाछुट्टै मोटरसाईकलमा विर्तामोड चोकमा रहेको जिल्ला ट्राफिक कार्यालय पुगे । त्यहाँ पौडेलले प्रहरी निरीक्षक नवराज खड्कालाई भेटी आफूले बैशाख १ गते नयाँ दैनिक पत्रिका उज्यालो पूर्व प्रकाशित गर्न लागेको जानकारी दिए । पहिलो अंकमा प्रथम पृष्ठमा शुभकामना विज्ञापन छाप्ने बारे कुरा गरे ।
त्यहाँबाट दुवै जना पूर्बााचल सेकुवा कर्नर एण्ड गेष्ट हाउसमा पुग्दा रातको ११ वजेको थियो । होटलमा खानपिन गर्दै गीत गाएर रमाइलो गरिरहेको अवस्थामा युवराज गिरीले मदन राई मेला साचालन र ठेक्कापट्टामा संलग्न स्थानीय लाई फोन गरे । करिव २१ मिनेट लामो टेलिफोन वार्तामा दुवैबीच चर्काचर्की भएको थियो । पुरानो लेनदेनको कुरा उठाउँदै गिरीले फोनमा मदनलाई गाली गलौज गरेका थिए । लगत्तै मदन राईको समूह होटलमा आई युवराज गिरीलाई बाहिर निकाल्न भन्दै हल्लाखल्ला गरेको थियो ।
हल्लाखल्ला र चर्काचर्की भइरहँदा होटल साहु सोमनाथ ढकालले युवराज गिरीलाई होटलको माथिल्लो तल्लामा जान आग्रह गरे । त्यसपछि होटल साहुनी माजु भनिने फूलमाया कार्की युवराज गिरी र पत्रकार पौडेल माथिल्लो तला तर्फ लागेका थिए ।
तल्लो तलामा रहेको रेण्टुरेन्टमा होटल साहु सोमनाथ र ग्राहक रोजन र योगेश रणपहेली ग्राहक खानपिनमै थिए । होटल साहु सोमनाथ ढकाल रोजन र योगेश रणपहेलीले अहिले गिरी खाएर मातेका छन् जे कुरा गर्नु छ भोलि गरौला भनेर मदन राईलाई सम्झाए । ल ठिक छ भोलि तपाईले नै युवराजलाई मेरो जिम्मा लगाउनु होला भनेर मदन राईको समूह करिव १०/१५ मिनेटपिछ त्यहाँबाट फर्कियो । तीनै जना होटल साुहनी माजु ढकाल युवराज गिरी र पत्रकार पौडेल होटलको छतमा गएको १५ मिनेट भित्र नै पौडेलको हत्या भयो । तीन तलामाथि छतवाट तल फालिएको अवस्थामा पौडेलको मृत शरीर फेला परेको थियो ।
प्रहरी घटना स्थलमा
विर्तामोड वसपार्क बिटका प्रहरी सहायक निरीक्षक रामकुमार शेर्पाको कमाण्डमा प्रहरी टोली सबैभन्दा पहिला घटनास्थलमा पुगेको थियो । प्रहरी पुग्दा होटल साहु साहुनी छिमेकी जम्मा भइसकेका थिए । प्रहरी घटनास्थल पुगेपछि मात्र युवराजले आफू छतमा रहेको जानकारी गराएका थिए । घटनास्थालाई नियन्त्रणमा लिई प्रहरीले युवराज गिरी होटल साहु सोमनाथ ढकाल माजु फूलमाया कार्की लगायत १६ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लियो ।
पोष्टमार्टमको रिपोर्ट
पोष्टमार्टम रिपोर्टमा पत्रकार यादव पौडेलको मृत शरीरमा कुनै धारिलो हतियार तथा अन्य चिजबस्तुले प्रहार गरेको देखिएको छैन । देव्रे हातको कुहिनो भाँचिएको, टाउकोमा रगत जमेको, देव्रे फोक्सो छेडिएर रगत जमेको कलेजो फुटेको देव्रे करङ भाचिएको अवस्था रहेको उल्लेख छ ।
सोनम पौडेल (श्रीमती यादव पौडेल) को भनाई
तीन जना मिलेर ५/५ लाख रुपैयाँ लगानी गरेर नयाँ पत्रिका निकाल्ने भन्नु हुन्थ्यो । युवराजले म एक्लै लगानी गर्छु भन्थ्यो रे । तर उहाँले नमानेपछि अरु पाँच लाख हामीले पनि लगाउने कुरा भएको सुनाउनुहुन्थ्यो । नयाँ पत्रिकाको तयारी गरेको एक महिना मात्र भयो । युवराजको मोटरसाइकल हरायो भनेका दिनदेखि बेलुका र राति पनि घरसम्म पुर् याउन भनेर युवराजले वोलाउने गरेको थियो । पहिले पसल चलाएका थियौ । त्यो वेचेपछि आएको पैसा व्याजमा लगाउने गरेका थियौ । १०-१२ दिनअघि उहाँले त्यो पैसा
मलाई राख्न दिनु भएको थियो । चैत २१ गते १ वजे म घर सौठा जान लागेपछि आज पैसा लग्छु । तीनै जनाको पैसा बैंकमा राख्नु छ भनेर माग्नु भएको थियो । मैले दिएर आएकी थिएँ । राति नहिँड्नु भन्दा मेरो गल्ती छैन केही हुँदैन भन्नु हुन्थ्यो ।
प्रत्यक्षदर्शी ः योगेश र रोजन रणपहेली
त्यो रात घटना हुँदा दुवै जना होटल साहु सोमनाथ ढकालसंगै खानपानमा थियौं । मदन राईको समुहले होटल बाहिरबाट युवराज गिरीलाई बाहिर निकाल भन्दै सटरमा डाङडुङ र हल्ला खल्ला गरेपछि साहु सोमनाथले युवराज गिरीलाई माथि जान भने । अिन माजुको पछि युवराज र युवराजको पछि पत्रकार पौडेल पनि माथि तिर लागे । हामी खाँदै थियौ । एक्कासी साहुनी माथिबाट अत्तालिएर कुद्र्दै तल आइन । सटर खोलेर वाहिरिन गइन् । कराउँदै हल्ला गर्न थालिन । छरछिमेकका मान्छे के भयो भनेर जम्मा भए । बाहिर निस्केपछि मैले पत्रकार पौडेलको लास होटल वाहिर सडकमा देखेँ । त्यसै बेला होटल साहुले मदन राईलाई फोन गरेर तेरो कारण मानिस मर् यो भने । केही क्षणमा मदन वाइकमा त्यहाँ आयो । लास हेरेर सुटुक्क हिडिहाल्यो ।
रमेश वस्नेत पूर्वााचल सेकुवा कर्नरसंगै जोडिएको पाँचथर दमक पोखरा गेष्ट हाउसका साचालक ।
छिमेकी होटल साहुनी जोड जोडले चिच्याएको सुनेपछि के हो भनेर बाहिर हेरेँ । मोवाइलको स्क्रिन लाईटले लास हेरेँ । मान्छे मरेको जस्तो लागेपछि घटनास्थलमा प्रमाण नमेटियोस् भनेर दुई छेउमा ढुंगा राखे । मानेछलाई लास नछुन भनेँ । पूर्वााचल सेकुवा कर्नरको सटर लगाई दिएँ ता कि कोही पनि भाग्न नपाओस् । आफ्नो घरको साँधमा त्यत्रो घटना भएपछि डर लाग्नु स्वभाविक थियो ।
माजु फूलमाया कार्की ढकाल होटल साहुनीले प्रहरीलाई दिएको भिडियो वयानमा आधारित सोम ढकालसंग विवाह भएको ८ वर्ष भयो । म उहाँकी कान्छी श्रीमती हुँ । ३ वर्षदेखि होटल व्यवसायमा लागेका हौँ । शुरुमा
वस पार्कमा ओमन एभर गि्रन होटल चलाएँ । त्यो होटल दर्ता गरेको थिएन । तीन महिनापछि फेरी फेवा ताल नामको अर्को होटल चलाएँ । केटी राखेको आरोपमा प्रहरीले छापा मारेपछि त्यो बन्द भयो । अनी पुर्वााचल सेकुवा कर्नर खोलेँ । चैत २१ गते होटल खोलेको दुई महिना पुग्यो ।
त्यो दिन युवराज गिरी र पत्रकार यादव पौडेल होटलमा आउनुअघि मदन राईको समुहले पनि खानपिन गरेर फर्किएको थियो । मदनका पाहुनाको रुपमा धरानका दुई भाइ योगेश र रोजन रणपहेली त्यहीँ वास वसेका थिए । मदन गएर होटलको सटर बन्द गरेपछि युवराजले ढोका खोल्न भने उनको साथमा पत्रकार यादव पौडेल पनि रहेछन् । यसअघि पौडेल एक पटक उनैसंग आएका थिए । खानपिन र गीत गाउने काम भइरहेको वेला युवराजले मदनलाई फोन गरे । निक्कै बेर चर्काचर्की भयो । केही समयपछि मदन राईको समुह आइपुग्यो । युवराजलाई ठिक लगाउँछौ भन्दै होटलको सटर ड्याङडुङ गरे ।
त्यो वेलासम्म गिरी पौडेल त मातेका थिए नै मैले पनि दुई पेक लगाएकी थिए । मेरो श्रीमानले युवराजलाई माथि लिएर जाउ भन्नुभयो । म अघि लागेँ युवराज र यादव पछिपछि थिए । युवराज र म छतमा
पुग्दा यादव आइपुगेका थिएनन् । युवराजले मेरो साथी खोई लिएर आउ भनेर पठाए । म जाँदा यादव कोठामा पल्टिरहेका थिए । मैले माथि साथीले खोजेको छ भन्दा आउन मानेका थिएनन् । कहाँ यहाँ सुतेको । माथि साथीले खोजिरहेको छ जाउँ भनेर ल्याएँ । छतमा पुगे पछि यादवले मलाई के छ हो साउनी भन्दै अंगालो मार्न खोजे ।
यतिकैमा युवराजसंग यादव दाइको भनाभन भयो । म कुकुरको छाउरो समाएर उभिएकी थिएँ । एकै छिनमा युवराजले उचालेर यादवलाई छतबाट फ्याँकी दियो । मैले छतबाट हेरेँ । भूइर्ंमा यादव दाइ छट्पटाई रहेका थिए । त्यही बेला युवराजले मलाई समातेर जीउ बटार्याे । भनिस् भने तेरो सबै विगारी दिन्छु भन्यो । उसबाट उम्किन खोज्दा मेरो म्याक्सीको पकेट च्यातियो । दौडेर तल आएँ । यादव दाइको शरीर चिसो भइसकेको रहेछ । म कराएको सुनेर छिमेकीहरु जम्मा भए । पुलिस आएपछि मात्र युवराजले म यहाँ छु भनेर करायो । उसले किन त्यस्तो गर् यो । उसको के दुश्मनी थियो मलाई थाहा भएन । युवराज र मेरो दुई वर्षदेखि शारीरिक सम्वन्ध थियो । भनिस् भने तलाई र तेरो श्रीमानलाई सिध्याई दिन्छु भन्यो ।
युवराज गिरी प्रहरीलाई दिएको भिडियो वयानमा आधारित म विदेशबाट आएपछि २०६० सालबाट होटल व्यवसायमा लागेको हुँ । गिरी ग्राण्ड होटल छ । इलेक्ट्रोनिक्स पसल र सहकारीमा पनि संलग्न छु । पछिल्लो समय पत्रकार यादव पौडेलसंग मिलेर उज्यालो पूर्व दैनिक पत्रिका निकाल्ने तयारीमा थिएँ । चैत
२१ गते विहानैदेखि हामीसंगै छौं । सबै लगानी मैले गर्ने र यादवजी सम्पादक हुने कुरा थियो । उहाँको एक रुपैयाँ पनि लगानी थिएन । दिनभर पत्रिकाको अफिसमा फर्निचर ल्याउने काम गर्यौ । राम्रो जनशक्ति राखेर पत्रिका चलाउने भनेर पत्रकारका लागि विज्ञापन छाप्न दियौं । वेलुका पख देउराली होटलमा तोङवा खायांै । ट्राफिक प्रहरीमा एक छिन बसेर फरि निस्कियौ । तीर्थ सिग्देललाई फोन गरेर ड्यानियल होटलमा वोलायौ । उहाँ आउनु भएन । अनि हामी वसपार्कतिर लाग्यौं । अन्दाजी ११ वजेतिर होटल खोल्न लगायौ । साहु साहुनी र दुई जना केटा खाँदै थिए । खाएको झोकमा मैले कस कसलाई फोन गरेँ । प्रहरी डीआईजीलाई पनि गरेछु ।
दुई चार वर्षअघि मेरो होटलमा खाएको पैसा अझै नतिरेको झोंकमा मैले मदन राईलाई फोनबाटै गाली गलौज गरेँछु । केही वार्तालाप मेरो मोवाइलमा रेकर्ड पनि गरेको छु ।
क्षणभरमै मदन राई र उसका केटाहरुले होटल बाहिर डाङडुङ गरे । साहुनीले भाग्नुस् भनिन् । उसैले छततिरको बाटो देखाइन । मदनहरु युवराजलाई निकाल म ठेगान लाउँछु भनेर कराउँदै थिए । म साहुनी र यादवजी मात्र छतमा पुग्यौ । डरले म पानी ट्याङकीबाट उक्लेर अर्को घरको टिनमा वसेँ । हातमा हेलमेट र मोवाइल थियो । त्यहीँबाट प्रहरीलाई फोन गरेँ । यादवलाई पनि गरेँ तर उठेन । म अत्तालिएको र हतास मानसकितामा थिएँ । अरु के भयो मलाई केही थाहा छैन ।
सोमनाथ ढकाल (होटल साहु) प्रहरीलाई दिएको भिडियो वयानमा आधारित
त्यो राति नौ वजेतिर मात्र म सिलिगुढीबाट आएँ । म होटलमा आउँदा मदन राईको टोली खानपिन गरिरहेको थियो । मदनका गेष्ट पनि थिए । मैले पनि रोमानो भोड्का खाएँ । थाकाई लागेको थियो ।
राति करिव ११ वजेतिर दुई जना मानिस आएर ढोका खोल भन्न थाले । श्रीमतीले युवराज र यादव दाइ आउनु भएको छ के गरौ भनिन् । हामीले नौ वजेपछि होटल बन्द गर्ने सहमति गरेको भए पनि चिनेको मानिस आएपछि जति बेला पनि खोल्ने गरेका छांै ।
उनीहरु आएपछि खानपिन सुरु भयो । गीत गाउन सुरु भयो । यादवजीले राम्रो गीत गाउनु भयो । त्यही बीचमा युवराजले मदन राईलाई फोन गरे । उनीहरुको फोनमै चर्काचर्की भयो । त्यसको केही समयपछि मदन राईको समुह त्यहीँ आयो र युवराजलाई बाहिर निकाल भन्न थाल्यो ।
मेरो मिसेसले युवराज र यादव सरलाई माथि लगिन । त्यसको केही समयपछि मदन राईहरु त्यहाँबाट गए । केही समयपिछ सटर ह्वार् खुल्यो । चेनगेटबाट बाहिर गएर पिसाव फेर्दा त मान्छे लडेको देखेँ । त्यसपछि मेरी श्रीमती आइन । पौडेल सर लडी रहनु भएको रहेछ । मैले इनिष्पेक्टरलाई फोन गरे । घटना भएपछि र्मैले मदनलाई फोन गरेर तैँले गर्दा यस्तो भयो भने । त्यसपछि उ आएर हेर् यो अनि तत्काल भागिहाल्यो ।
मदन राई फरार
पाँचथर घर भइ विर्तामोडमा ठेक्का पट्टा र मेला साचालन गर्दै आएका मदन राई अहिलेसम्म फरार छन् । प्रहरीले राई पक्राउ परेपछि अनुसन्धानको टुङ्गो लाग्ने अनुमान गरेको छ । सुरुका दिनमा राई सम्पर्कमा भए पनि पछि उनी सम्पर्कमा आएका छैनन् ।
युवराज र फूलमाया माजु को सम्वन्ध
युवराज गिरी होटल व्यवसायी संघको अध्यक्ष हुँदादेखि नै माजुसंग उनको शारीरिक सम्वन्ध रहँदै आएको थियो । श्रीमान नभएको मौकामा एक पटक आफू रक्सीले मातेको मौकामा गिरीले यौनसम्वन्ध राखेको र त्यसपछि व्ल्याकमेलिङ गरी श्रीमान नभएको बेला शारीरिक सम्पर्क गर्दै आएको वयान माजुले प्रहरीलाई दिएकी छन् ।
प्रहरी प्रशासनको भनाई
झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा र प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले मिसनटोलीसंगको भेटमा घटनाका बारेमा अनुसन्धान पूरा भइनसकेको तर अहिलेसम्म प्राप्त तथ्य प्रमाणका आधारमा युवराज गिरी नै मुख्य दोषी देखिएको वताएका छन् । फरार रहेका मदन राई पक्राउ पर्नासाथ घटनाको सबै तथ्य बाहिर आउने प्रहरी प्रशासनको भनाइ छ ।
झापाका पत्रकारको अवस्था
पत्रकार यादव पौडेलको हत्यापछिका दिनमा झापाका पत्रकारहरुले स्वतन्त्रतापूर्वक लेख्न सक्ने अवस्था छैन । पत्रकारहरु भन्नु भयो गर्नु भयो भन्ने सतही समाचार लेख्न वाध्य छन् । पत्रकारका परिवारजनमा कति वेला के हुने हो भन्ने मानसिक तनाव रहेको देखिन्छ । झापा मात्र होइन यो घटनापछि पूर्वााचल क्षेत्रमै कार्यरत पत्रकारहरुमा समेत स्वतन्त्रतापूर्वक लेख्न नसक्ने अवस्था सिर्जना भएको छ ।
नेपाल पत्रकार महासंघ लगायत पत्रकारसंग सम्वन्धित संघ संस्थाहरुले घटनाको विरोधमा लगातार कार्यक्रम गर्दै आएका छन् । त्यस्ता कार्यक्रमहरुमा विभिन्न राजनीतिक दल नागरिक समाज अधिकारकर्मी र सर्वसाधारणले ऐक्यवद्धता जनाइरहेका छन् । घटनाको छानविन गरी अपराधीलाई कानूनी दायराभित्र ल्याएर पीडितलाई न्याय दिन लगातार दवाव सिर्जना गर्ने काम गरिरहेका छन् ।
निष्कर्ष
१। मिसनले प्रत्यक्षदर्शी प्रहरी प्रशासन अनसुन्धानमा खटिएका अधिकारीहरुसंग गरेको कुराकानी र प्राप्त तथ्यका आधारमा पत्रकार यादव पौडेलको हत्या गरिएको देखिन्छ । पत्रकार पौडेलले सोमनाथ ढकाल र माजु ढकाल फूलमाया कार्की ले यस अघि साचालन गरेको ुफेवाताल होटलु मा हुने गरेको देहव्यापार वारे समाचार प्रकाशन र प्रशारण गरेका थिए । त्यस पिछ साचालकहरुले होटलको नाम फेरेर ुहोटल पूर्वााचल एण्ड सेकुवा कर्नरु खोलेको देखिन्छ । होटल पुन साचालनमा आएको ठिक दुई महिना पछि पत्रकार पौडेलको हत्या त्यही होटलमा हुनु संयोगमात्र मान्न सकिन्न ।
२। पत्रकार पौडेललाई ुहोटल पूर्वााचल एण्ड सेकुवा कर्नरु को तीनतला माथिको छतवाट युवराज गिरीले फालेर हत्या गरेको भन्ने होटल साहुनी माज फूलमाया कार्की ढकालले प्रहरी र पत्रकास सम्मेलनमा दिएको जानकारीले देखाउँछ । र पौडेललाई माथिबाट झारिएको भनेर पोष्टमार्टम रिपोर्टसमेतले पुष्टि गर्छ ।
३। घटना हुँदा युवराज गिरी माजु ढकाल र पत्रकार पौडेल मात्र छतमा रहेको भन्ने गिरी र ढकालले प्रहरीसमक्ष स्वीकार गरिसकेका छन् । अहिलेसम्म मिसनलाई प्राप्त तथ्यका आधारमा पत्रकार पौडेलको हत्या कसरी भयो भन्ने आरोपी माजु ढकालको वयानबाट खुली सकेको छ । तसर्थ युवराज गिरी र मदन राईबाट थप विवरण खोज्न र यथार्थ बाहिर ल्याउन
मिसन अनुसन्धान निकायसंग माग गर्दछ ।
४। मदन राई लगायत घटनासंग सम्बन्धित अन्य अभियुक्त फरार रहेको भन्ने नाममा अनुसन्धानमा गरिएको ढिलाईप्रति मिसन
खेद व्यक्त गर्दछ । यसले पत्रकारहरुलाई बदनामी गर्ने हुनाले तत्काल अनुसन्धान पूरा गरी सत्यतथ्य बाहिर ल्याउन पिडितलाई न्याय र क्षतिपुर्ति दिन सरकारसंग माग गर्दछ । साथै सरकारले गठन गर्ने निर्णय गरेको न्यायिक आयोग तत्काल
गठन गर्न माग गदै पिडितलाई दिने भनिएको आर्थिक सहयोग तत्काल उपलब्ध गराउन माग गर्दछ ।
५। समाजका सबै क्षेत्रसँग पत्रकारको सम्बन्ध व्यवसायिक हुनुपर्छ । पत्रकार आचारसंहिताको मर्म र भावना पनि यही हो ।
समाचार लेखिएको विषयमा पत्रकार जिम्मेवार हुनुपर्छ र त्यसले ल्याउन सक्ने जोखिमको आँकलन गर्नुपर्छ । आफैले समाचार लेखेको बिषयसंग सम्बन्धित ठाउँमा मध्यरातमा पुग्नु र राति अवेलासम्म रहनुजस्ता सार्वजनिक तथ्यले सो कार्य व्यवसायिक पत्रकारिताको मान्यताभित्र थियो/थिएन भनेर छलफल गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । तसर्थ कार्य समय स्थान र आफनो सुरक्षा बारे बिश्वस्त हुन र संगत गरिरहेको व्यक्तिका सम्बन्धमा ख्याल गर्न मिसन पत्रकार मित्रहरुसँग आह्वान
गर्दछ ।
कुराकानी गरिएका व्यक्तिहरु
१ नरेन्द्रराज शर्मा प्रमुख जिल्ला अधिकारी झापा
२ तारिणीप्रसाद लम्साल प्रहरी उपरीक्षक झापा
३ जीवन श्रेष्ठ नायव प्रहरी उपरीक्षक केन्द्रीय अनुसन्धान व्युरो
४ छविरमण भट्टराई प्रहरी निरीक्षक विर्तामोड
५ नवराज खड्का ट्राफिक प्रहरी निरीक्षक झापा
६ रामकुमार शेर्पा प्रहरी सहायक निरीक्षक बसपार्क बिट
७ तीर्थ सिग्देल सम्पादक न्यू मेची टाइम्स दैनिक
८ डा। सुमन फुयाल र डा। बालकृष्ण शाह मेची अाचल अस्पताल
९ सोनम पौडेल श्रीमती यादव पौडेल
१० राजु पारिक होटल व्यवसायी श्याम मिष्ठान्न भण्डार
११ भीम श्रेष्ठ स्थानीय वासिन्दा छिमेकी
१२ सावित्रा वस्नेत होटल व्यवसायी छिमेकी
१३ रमेश वस्नेत होटल व्यवसायी छिमेकी
१४ रोजन र योगेश रणपहेली अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यक्ति प्रहरीले लिएको भिडियो मिसन टोलीले हेरेका आधारमा तथ्य लिइएका व्यक्तिहरु माजु ढकाल फूलमाया कार्की घटनाको प्रत्यक्षदर्शी होटल साहुनी युवराज गिरी पत्रिकाका प्रकाशक एवम् घटनाको प्रत्यक्षदर्शी सोमनाथ ढकाल होटल साहु पूर्वााचल सेकुवा कर्नर
सोमनाथ ढकाल (होटल साहु) प्रहरीलाई दिएको भिडियो वयानमा आधारित
त्यो राति नौ वजेतिर मात्र म सिलिगुढीबाट आएँ । म होटलमा आउँदा मदन राईको टोली खानपिन गरिरहेको थियो । मदनका गेष्ट पनि थिए । मैले पनि रोमानो भोड्का खाएँ । थाकाई लागेको थियो । राति करिव ११ वजेतिर दुई जना मानिस आएर ढोका खोल भन्न थाले । श्रीमतीले युवराज र यादव दाइ आउनु भएको छ के गरौ भनिन् । हामीले नौ वजेपछि होटल बन्द गर्ने सहमति गरेको भए पनि चिनेको मानिस आएपछि जति बेला पनि खोल्ने गरेका छांै । उनीहरु आएपछि खानपिन सुरु भयो । गीत गाउन सुरु भयो । यादवजीले राम्रो गीत गाउनु भयो । त्यही बीचमा युवराजले मदन राईलाई फोन गरे । उनीहरुको फोनमै चर्काचर्की भयो । त्यसको केही समयपछि मदन राईको समुह त्यहीँ आयो र युवराजलाई बाहिर निकाल भन्न थाल्यो ।
मेरो मिसेसले युवराज र यादव सरलाई माथि लगिन । त्यसको केही समयपछि मदन राईहरु त्यहाँबाट गए । केही समयपिछ सटर ह्वार् खुल्यो । चेनगेटबाट बाहिर गएर पिसाव फेर्दा त मान्छे लडेको देखेँ । त्यसपछि मेरी श्रीमती आइन । पौडेल सर लडी रहनु भएको रहेछ । मैले इनिष्पेक्टरलाई फोन गरे । घटना भएपछि र्मैले मदनलाई फोन गरेर तैँले गर्दा यस्तो भयो भने । त्यसपछि उ आएर हेर् यो अनि तत्काल भागिहाल्यो ।
मदन राई फरार
पाँचथर घर भइ विर्तामोडमा ठेक्का पट्टा र मेला साचालन गर्दै आएका मदन राई अहिलेसम्म फरार छन् । प्रहरीले राई पक्राउ परेपछि अनुसन्धानको टुङ्गो लाग्ने अनुमान गरेको छ । सुरुका दिनमा राई सम्पर्कमा भए पनि पछि उनी सम्पर्कमा आएका छैनन् ।
युवराज र फूलमाया माजु को सम्वन्ध
युवराज गिरी होटल व्यवसायी संघको अध्यक्ष हुँदादेखि नै माजुसंग उनको शारीरिक सम्वन्ध रहँदै आएको थियो । श्रीमान नभएको मौकामा एक पटक आफू रक्सीले मातेको मौकामा गिरीले यौनसम्वन्ध राखेको र त्यसपछि व्ल्याकमेलिङ गरी श्रीमान नभएको बेला शारीरिक सम्पर्क गर्दै आएको वयान माजुले प्रहरीलाई दिएकी छन् ।
प्रहरी प्रशासनको भनाई
झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा र प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले मिसनटोलीसंगको भेटमा घटनाका बारेमा अनुसन्धान पूरा भइनसकेको तर अहिलेसम्म प्राप्त तथ्य प्रमाणका आधारमा युवराज गिरी नै मुख्य दोषी देखिएको वताएका छन् । फरार रहेका मदन राई पक्राउ पर्नासाथ घटनाको सबै तथ्य बाहिर आउने प्रहरी प्रशासनको भनाइ छ ।
झापाका पत्रकारको अवस्था
पत्रकार यादव पौडेलको हत्यापछिका दिनमा झापाका पत्रकारहरुले स्वतन्त्रतापूर्वक लेख्न सक्ने अवस्था छैन । पत्रकारहरु भन्नु भयो गर्नु भयो भन्ने सतही समाचार लेख्न वाध्य छन् । पत्रकारका परिवारजनमा कति वेला के हुने हो भन्ने मानसिक तनाव रहेको देखिन्छ । झापा मात्र होइन यो घटनापछि पूर्वााचल क्षेत्रमै कार्यरत पत्रकारहरुमा समेत स्वतन्त्रतापूर्वक लेख्न नसक्ने अवस्था सिर्जना भएको छ । नेपाल पत्रकार महासंघ लगायत पत्रकारसंग सम्वन्धित संघ संस्थाहरुले घटनाको विरोधमा लगातार कार्यक्रम गर्दै आएका छन् । त्यस्ता कार्यक्रमहरुमा विभिन्न राजनीतिक दल नागरिक समाज अधिकारकर्मी र सर्वसाधारणले ऐक्यवद्धता जनाइरहेका छन् । घटनाको छानविन गरी अपराधीलाई कानूनी दायराभित्र ल्याएर पीडितलाई न्याय दिन लगातार दवाव सिर्जना गर्ने काम गरिरहेका छन् ।
निष्कर्ष
१। मिसनले प्रत्यक्षदर्शी प्रहरी प्रशासन अनसुन्धानमा खटिएका अधिकारीहरुसंग गरेको कुराकानी र प्राप्त तथ्यका आधारमा पत्रकार यादव पौडेलको हत्या गरिएको देखिन्छ । पत्रकार पौडेलले सोमनाथ ढकाल र माजु ढकाल फूलमाया कार्की ले यस अघि साचालन गरेको ुफेवाताल होटलु मा हुने गरेको देहव्यापार वारे समाचार प्रकाशन र प्रशारण गरेका थिए । त्यस पिछ साचालकहरुले होटलको नाम फेरेर ुहोटल पूर्वााचल एण्ड सेकुवा कर्नरु खोलेको देखिन्छ । होटल पुन साचालनमा आएको
ठिक दुई महिना पछि पत्रकार पौडेलको हत्या त्यही होटलमा हुनु संयोगमात्र मान्न सकिन्न ।
२। पत्रकार पौडेललाई ुहोटल पूर्वााचल एण्ड सेकुवा कर्नरु को तीनतला माथिको छतवाट युवराज गिरीले फालेर हत्या गरेको भन्ने होटल साहुनी माज फूलमाया कार्की ढकालले प्रहरी र पत्रकास सम्मेलनमा दिएको जानकारीले देखाउँछ । र
पौडेललाई माथिबाट झारिएको भनेर पोष्टमार्टम रिपोर्टसमेतले पुष्टि गर्छ ।
३। घटना हुँदा युवराज गिरी माजु ढकाल र पत्रकार पौडेल मात्र छतमा रहेको भन्ने गिरी र ढकालले प्रहरीसमक्ष स्वीकार
गरिसकेका छन् । अहिलेसम्म मिसनलाई प्राप्त तथ्यका आधारमा पत्रकार पौडेलको हत्या कसरी भयो भन्ने आरोपी माजु ढकालको वयानबाट खुली सकेको छ । तसर्थ युवराज गिरी र मदन राईबाट थप विवरण खोज्न र यथार्थ बाहिर ल्याउन मिसन अनुसन्धान निकायसंग माग गर्दछ ।
४। मदन राई लगायत घटनासंग सम्बन्धित अन्य अभियुक्त फरार रहेको भन्ने नाममा अनुसन्धानमा गरिएको ढिलाईप्रति मिसन
खेद व्यक्त गर्दछ । यसले पत्रकारहरुलाई बदनामी गर्ने हुनाले तत्काल अनुसन्धान पूरा गरी सत्यतथ्य बाहिर ल्याउन पिडितलाई न्याय र क्षतिपुर्ति दिन सरकारसंग माग गर्दछ । साथै सरकारले गठन गर्ने निर्णय गरेको न्यायिक आयोग तत्काल गठन गर्न माग गदै पिडितलाई दिने भनिएको आर्थिक सहयोग तत्काल उपलब्ध गराउन माग गर्दछ ।
५। समाजका सबै क्षेत्रसँग पत्रकारको सम्बन्ध व्यवसायिक हुनुपर्छ । पत्रकार आचारसंहिताको मर्म र भावना पनि यही हो ।
समाचार लेखिएको विषयमा पत्रकार जिम्मेवार हुनुपर्छ र त्यसले ल्याउन सक्ने जोखिमको आँकलन गर्नुपर्छ । आफैले समाचार लेखेको बिषयसंग सम्बन्धित ठाउँमा मध्यरातमा पुग्नु र राति अवेलासम्म रहनुजस्ता सार्वजनिक तथ्यले सो कार्य व्यवसायिक पत्रकारिताको मान्यताभित्र थियो÷थिएन भनेर छलफल गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । तसर्थ कार्य समय स्थान र आफनो सुरक्षा बारे बिश्वस्त हुन र संगत गरिरहेको व्यक्तिका सम्बन्धमा ख्याल गर्न मिसन पत्रकार मित्रहरुसँग आह्वान गर्दछ ।
कुराकानी गरिएका व्यक्तिहरु
१ नरेन्द्रराज शर्मा प्रमुख जिल्ला अधिकारी झापा
२ तारिणीप्रसाद लम्साल प्रहरी उपरीक्षक झापा
३ जीवन श्रेष्ठ नायव प्रहरी उपरीक्षक केन्द्रीय अनुसन्धान व्युरो
४ छविरमण भट्टराई प्रहरी निरीक्षक विर्तामोड
५ नवराज खड्का ट्राफिक प्रहरी निरीक्षक झापा
६ रामकुमार शेर्पा प्रहरी सहायक निरीक्षक बसपार्क बिट
७ तीर्थ सिग्देल सम्पादक न्यू मेची टाइम्स दैनिक
८ डा। सुमन फुयाल र डा। बालकृष्ण शाह मेची अाचल अस्पताल
९ सोनम पौडेल श्रीमती यादव पौडेल
१० राजु पारिक होटल व्यवसायी श्याम मिष्ठान्न भण्डार
११ भीम श्रेष्ठ स्थानीय वासिन्दा छिमेकी
१२ सावित्रा वस्नेत होटल व्यवसायी छिमेकी
१३ रमेश वस्नेत होटल व्यवसायी छिमेकी
१४ रोजन र योगेश रणपहेली अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यक्ति
प्रहरीले लिएको भिडियो मिसन टोलीले हेरेका आधारमा तथ्य लिइएका व्यक्तिहरु
माजु ढकाल फूलमाया कार्की घटनाको प्रत्यक्षदर्शी होटल साहुनी
युवराज गिरी पत्रिकाका प्रकाशक एवम् घटनाको प्रत्यक्षदर्शी
सोमनाथ ढकाल होटल साहु पूर्वााचल सेकुवा कर्नर
उच्चस्तरीय मिडिया मिसन
शिव गाउँले संयोजक अध्यक्ष नेपाल पत्रकार महासंघ
पोषण केसी सल्लाहकार नेपाल पत्रकार महासंघ
जगत नेपाल सचिव नेपाल पत्रकार महासंघ
मोहनकाजी न्यौपाने पूर्वााचल संयोजक एवम् केन्द्रीय सदस्य नेपाल पत्रकार महासंघ
गणेश पोखरेल अध्यक्ष नेपाल पत्रकार महासंघ झापा
गोविन्दचन्द्र क्षेत्री पूर्व अध्यक्ष नेपाल पत्रकार महासंघ झापा
तारामणि सापकोटा पूर्व कोषाध्यक्ष नेपाल पत्रकार महासंघ झापा

शिव गाउँले संयोजक अध्यक्ष नेपाल पत्रकार महासंघ
पोषण केसी सल्लाहकार नेपाल पत्रकार महासंघ
जगत नेपाल सचिव नेपाल पत्रकार महासंघ
मोहनकाजी न्यौपाने पूर्वााचल संयोजक एवम् केन्द्रीय सदस्य नेपाल पत्रकार महासंघ
गणेश पोखरेल अध्यक्ष नेपाल पत्रकार महासंघ झापा
गोविन्दचन्द्र क्षेत्री पूर्व अध्यक्ष नेपाल पत्रकार महासंघ झापा
तारामणि सापकोटा पूर्व कोषाध्यक्ष नेपाल पत्रकार महासंघ झापा

Sunday, April 15, 2012

मन्त्रिपरिषदद्वारा लडाकु छनौट कार्यविधि पारित

छनौट गर्न लोकसेवाका अध्यक्ष या निजले तोकेको सदस्यको अध्यक्षतामा समिति गठन
काठमाडौं, ३ वैसाख- सरकारले नेपाली सेनामा अधिकृतस्तरमा र सोभन्दा तल्ला पदमा समायोजन हुने माओवादीका लडाकुहरुको छनौट गर्न दुइटा छुट्टाछुट्टै उच्चस्तरीय छनौट समिति गठन गरेको छ । मन्त्रिपरिषदले दलहरुबीच विभिन्न समयमा भएका समझदारी र विशेष समितिको निर्णयअनुसार बढीमा ६ हजार ५ सय माओवादीका लडाकुलाई सेनामा समायोजन गर्ने निर्णय गरी छनौट प्रकि्रया सुरु गर्न समिति गठन गरेको हो ।
मन्त्रिपरिषदको आइतबार बिहान बसेको बैठकले सेनामा समायोजन हुने लडाकु छनौट गर्न दुइटा समिति गठन गरेको जानकारी अर्थमन्त्री वर्षमान पुनले दिए । उनका अनुसार सेनामा अधिकृतस्तरका दर्जामा समायोजन हुने लडाकुहरुको छनौट गर्न लोकसेवा आयोगका अध्यक्ष या निजले तोकेका लाकसेवाकै सदस्यको अध्यक्षतामा समिति गठन गरेको छ ।
समितिमा सेनाका विशिष्ट श्रेणीका अधिकृत, रक्षा मन्त्रालयको प्रथम श्रेणीको अधिकृत, प्रधानसेनापतिले तोकेका सम्बन्धित विषयका कम्तीमा तीन जना विज्ञ सदस्य र सेनाको प्रथम श्रेणीको अधिकृत सदस्यसचिव रहनेछन् । समितिका रहने सैनिक अधिकारी र विज्ञ जंगी अड्डा र प्रधानसेनापति छत्रमानिसंह गुरुङ र रक्षाका अधिकारी मन्त्रालयस्तरीय निर्णयबाट तत्काल तोकिने जानकारी स्रोतले दिए । स्रातका अनुसार विज्ञबाट माओवादी लडाकुका तर्फबाट एक जना प्रतिनिधित्व गराइनेछ ।
सेनामा अधिकृतभन्दा तल्लो दर्जामा समायोजन हुने लडाकुको छनौट गर्न मन्त्रिपरिषदले सेनाको द्वितीय श्रेणीको अधिकृतको अध्यक्षतामा अर्को समिति गठन गरेको छ । समितिमा सम्बन्धित विषयका सेनाका दुई जना विज्ञ, लोकसेवाका अधिकृत सदस्य र सेनाका तृतीय श्रेणीका अधिकृत सदस्यसचिव रहनेछन् । जंगी अड्डा तथा प्रधानसेनापतिले अध्यक्ष र सदस्य तथा लोकसेवाका प्रतिनिधि लोकसेवा आयोगले तोकेपछि समितिले काम गर्न थाल्नेछ ।
सरकारले माओवादी लडाकुलाई समायोजन गर्न नेपाली सेनाको मातहतमा महानिर्देशनालय गठन र त्यसको मातहतमा चारवटा निर्देशनालय राख्ने निर्णयसमेत गरेको छ । निर्णयअनुसार महानिर्देशनालयमातहतमा राष्ट्रिय विकास निर्देशनालय, औद्योगिक सुरक्षा निर्देशनालय, वन तथा पर्यावरण सुरक्षा निर्देशनालय र विपद् व्यवस्थापन निर्देशनालय गठन रहनेछन् ।
माओवादी लडाकुबाट ६ हजार ५ सय जना समायोजन गरिने महानिर्देशनालयमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतबाट गरी बढीमा १८ हजार ५ सय ७२ जना रहनेछन् । महानिर्देशनालयमा सेना र लडाकुबाट ३५/३५ प्रतिशत र बाँकी ३० प्रतिशत नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट लिने निर्णय गरेको छ ।
महानिर्देशनालयमा रहने १८ हजार ५ सय ७२ दरबन्दीमध्ये राष्ट्रिय विकास निर्देशनालयमा ३०, औद्योगिक सुरक्षा निर्देशनालयमा २०, वन तथा पर्यावरण सुरक्षा निर्देशनालयमा ३० र विपद व्यवस्थापन निर्देशनालयमा २० प्रतिशत राख्ने विशेष समितिको निर्णयलाई समेत मन्त्रिपरिषदले अनुमोदन गरेको छ ।
समायोजनका लागि लडाकुको छनौट प्रकि्रया सकिएपछि महानिर्देशनालय र निर्देशनालयको नेतृत्वको बारेमा निर्णय हुने जानकारी अर्थमन्त्री पुनले जानकारी दिए । महानिर्देशनालय र निर्देशनालयमा माओवादी लडाकुलाई बढीमा कुन दर्जासम्म दिने भन्ने निर्णय भने समायोजन हुनेहरुको छनौट प्रकि्रया पूरा भइसकेपछि हुने जानकारी सरकारी स्रोतले दिए ।
मन्त्रिपरिषदले विशेष समितिको निर्णय र दलहरुबीचको समझदारीअनुसार समायोजन हुने लडाकुलाई सेनामा दिइने अधिकृतस्तर र तल्ला दर्जाको आधारभूत तालिमको अवधिसमेत घटाएको छ । अधिकृतस्तरको आधार तालिम १८ महिनाबाट ९, सैन्य आधारभूत तालिम ९ महिनाबाट सट्टा ७ महिनामा झारिएको छ । हरेक दर्जाका व्यक्तिलाई ३/३ महिनाको दर्जा विशेषको तालिम दिइनेसमेत कार्यविधिमा उल्लेख छ ।
दलहरुलाई सरकारको अपिल
यसैबीच मन्त्रिपरिषदले जेठ १४ भित्रै सहमतिमा संविधान निर्माण लागि कार्य सम्पन्न गर्नका लागि गम्भीर र एकताबद्ध भएर लाग्न र बन्द हडताल नगर्न सबै दललाई अपिल गरेको छ । सरकाले समयमै संविधानका निर्माणका लागि लागि आवश्यक वातावरण बनाउन र रचनात्मक दबाब दिनका लागि का लागि आ-आफ्नातर्फबाट पहल गर्न नागरिक समाज र विभिन्न पेसागत संघसंगठनलगायतलाई आह्वानसमेत गरेको छ ।




Friday, April 13, 2012

पूर्वराजालाई सैन्य टोलीले छाड्यो

ज्ञानेन्द्रको सुरक्षाको जिम्मा सशस्त्रलाई
काठमाडौं, १ वैसाख- नेपाली सेनाले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरÔार्थ खटिएको सैनिक टोलीलाई फिर्ता गरेको छ । सरकारको निर्णयअनुसार पूर्वराजाको सुरक्षाको जिम्मा बिहीबारदेखि सशस्त्र प्रहरीले लिएपछि सैन्य टोली फिर्ता गरिएको जानकारी सैनिक अधिकारीले दिए ।
मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि सरकारले दिएको आवास नागार्जुन दरबारमा सरेका पूर्वराजाको ज्ञानेन्द्रको सुरÔाको जिम्मा सेनालाई दिइएको थियो । २०६५ जेठदेखि तत्कालीन सरकारको निर्णयअनुसार पूर्वराजाको सुरक्षामा सेनाले मेजरको कमान्डमा २५ जनाको सैन्य टोली खटाउँदै आएको थियो ।
वर्तमान सरकारले पूर्वराजाको सुरक्षाको सम्पूर्ण जिम्मा सशस्त्र प्रहरीलाई दिने त्यहाँ रहेका सैन्य टोली फिर्ता गर्ने भनी छ महिनाअघि गरेको निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको हो । सरकारको निर्णयअनुसार पूर्वराजाको सुरक्षार्थ सशस्त्र प्रहरीको थप टोली खटिएपछि त्यहाँ खटिएका सेनालाई फिर्ता गरिएको हो ।
करिब चार वर्षदेखि तैनाथ सैन्य टोली फिर्ता भएपछि पूर्वराजा ज्ञानेन्द्रको सुरÔाको सम्पूण्र्ँ जिम्मा बिहीबारदेखि सशस्त्र प्रहरीले लिएको छ । नागार्जुन दरबारको सुरक्षामात्र होइन अब पूर्वराजा ज्ञानेन्द्र स्वदेशभित्र भ्रमणमा जाँदासमेत गाडीमा पस्रनल सेक्युरिटी र इस्कर्टिङको कामसमेत सेनाको सट्टा सशस्त्र प्रहरीको टुकडीले गर्नेछ ।
नेपाली सेनाका प्रवक्ता रमीन्द्र क्षेत्रीले सरकारको पुरानै निण्र्ँयअनुसार पूर्वराजाको सुरक्षार्थ खटिएको सैन्य टोली फिर्ता गरिएको जानकारी दिए । 'सरकारले पहिल्यै निर्णय गरे पनि सशस्त्र प्रहरीले पूर्वराजाको सुरक्षाको सम्पूर्ण जिम्मा लिन आवश्यक तयारी गर्न केही समय लागेकाले ढिलाइ भएको हो । सशस्त्रको तयारी पूरा भएपछि बिहीबारदेखि सैन्य टोली फिर्ता भएको हो' क्षेत्रीले भने ।
सैनिक टोलीको सट्टामा पूर्वराजाको सुरक्षार्थ गृह मन्त्रालयको निर्देशनमा सशस्त्र प्रहरीबाट डीएसपी उद्धव रावलको कमान्डमा थप ५० जनाको टोली नागार्जुनमा खटाइएको छ । 'पूर्वराजाको पस्रनल क्लोज प्रोटेक्सन र स्कर्टिङ भित्री सुरक्षा को काम सेनाले र सशस्त्रले पूर्वराजा बस्ने नागार्जुन दरबार र पूर्वयुवराज बस्ने निर्मल निवासको टेलिमिटर सेक्युरिटी बाहिरी सुरक्षा को जिम्मेवारी िलंदै आएका थिए' सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र खनालले भने- 'सेनाले गर्दै आएको पूर्व राजाको पस्रनल क्लोज प्रोटेक्सन र इस्कर्टिङको जिम्मासमेत बिहीबारदेखि सशस्त्र प्रहरीले लिएको छ ।'
सेना फर्किएपछि पूर्वराजाको सुरक्षार्थ थप ५० जनाको टोली खटाइएको छ । नागार्जुन र निर्मल निवासको टेलिमिटर सेक्युरिटीका लागि सशस्त्र प्रहरीको ७१ जनाको टोली पहिल्यैदेखि परिचालित छ ।

अनधिकृतरुपमा विदेश गएकामा कृषि सचिवमाथि छानबिन

काठमाडौं, १ वैसाख- राष्ट्रिय सतर्कता केन्द्रले कृषि सचिव नाथुप्रसाद चौधरी मन्त्रिपरिषदबाट स्वीकृति नलिईकन अनधिकृतरुपमा सरकारी टोलीको नेतृत्व गर्दै विदेशमा कार्यशालामा सहभागी हुन गएकामा छानबिन थालेको छ । चौधरी मन्त्रिपरिषदको स्वीकृतिबिना नै विदेश भ्रमणमा गएको उजुरी परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशनमा केन्द्रले टोली नै बनाएर उनीमाथि छानबिन थालेको हो ।
चौधरी २०६७ सालमा कृषि मन्त्रालयका तत्कालीन सहसचिव लक्ष्मण पोखरेलसहितको टोलीको नेतृत्व गर्दै अस्ट्रेलियामा बर्डफ्लु नियन्त्रणसम्बन्धी कार्यशालामा सहभागी भएका थिए । सचिव सरकारी प्रतिनिधिका रुपमा विदेश भ्रमणमा जाँदा मन्त्रिपरिषदबाट पूर्व स्वीकृति लिनुपर्छ । तर केन्द्रको टोलीले मन्त्रिपरिषदका निर्णय केलाउँदा चौधरीले अस्ट्रेलियामा जाँदा स्वीकृति लिएको नपाइएको जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए ।
'केन्द्रले रेकर्ड हेर्दा मन्त्रिपरिषदबाट चौधरीलाई अस्ट्रेलिया जान स्वीकृति दिने निर्णय भएको पाइएन' ती अधिकारीले भने । स्रोतका अनुसार केन्द्रले मन्त्रिपरिषदबाट स्वीकृति लिएको नदेखिएकाले सचिव चौधरीलाई नै सरकारबाट भ्रमणमा जान सहमति लिएको लिखित प्रमाण पेस गर्न आग्रह गरेको छ ।
चौधरीले प्रमाण देखाउन नसकेमा छानबिन टोलीले मन्त्रिपरिषदको स्वीकृतिबिना अनधिकृत रुपमा विदेश गएको ठहरसहित उनीमाथि नसहितसहितको विभागीय कारबाही गर्न र भ्रमणमा जाँदा खर्च भएको रकम बेरुजु हुने भएकाले उनीबाटै असुल उपर गर्न सिफारिस गर्ने जानकारी केन्द्रका अधिकारीले दिए । केन्द्रको सिफारिसमा सचिवमाथि कारबाहीको निर्णय भने मन्त्रिपरिषदले गर्छ ।

Thursday, April 12, 2012

प्रधानमन्त्री भट्टराईको विशेष सम्बोधन


आदरणीय आम नेपाली आमाबुबा, प्यारा दिदीबहिनी तथा दाजुभाइहरू,
सबैभन्दा पहिले म बलिदानी संघर्षका अनेक श्रृफ्लाको अजेय शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुन्दर ढोका खोल्न अतुलनीय योगदान पुर्‍याउने दशवर्षे जनयुद्ध, उन्नाइस दिने जनआन्दोलन, तराईमधेश आन्दोलन लगायतका सबै न्यायपूर्ण आन्दोलनहरूमा सहादत प्राप्त गर्ने शहिदहरू र बेपत्ता योद्धाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र  जनयुद्ध र जनआन्दोलनका क्रममा घाइते तथा अपाङ्गहरू प्रति उच्च सम्मान प्रकट गर्दछु । साथै ती तमाम आन्दोलनहरूमा आˆना सहयोद्धा तथा आफन्तजन गुमाएको पीडामा परेका दिदीबहिनी/दाजुभाइ प्रति हार्दिक सहानुभूति व्यक्त गर्न चाहन्छु । इतिहासका हरेक लडाईमा एउटा समुन्नत र समतामूलक नेपालको सपना देख्ने ती तमाम योद्धाहरू तथा शहिदहरूको सपना साकार पार्न म जीवनपर्यन्त लडिरहने वचनवद्धता व्यक्त गर्दछु ।

आज म मुलुकको कार्यकारिणी प्रमुखका रुपमा जिम्मेवारी सम्हालेको ७ महिना पश्चात एउटा युगको अन्त भएको र अर्को संस्थागत भैनसकेको संक्रमणकालको यथार्थतालाई आत्मबोध गर्दै केही उत्साहका कुरा, केही असजिलाहरू र केही मेरो भावनाका कुरा तपाई नेपाली जनता समक्ष स्पष्ट राख्ने उद्देश्यले यहाँ उपस्थित भएको छु ।
सात महिनाअघि मुलुकको राजनीति एकपछि अर्को वक्ररेखामा फसेको थियो । राजनीतिक शक्तिहरुबीच संवादको स्तर एकदमै दयनीय थियो र शान्ति र संविधानको राष्ट्रिय प्राथमिकता गणितीय राजनीतिका एकपछि अर्का असफल खेलहरुबाट नराम्ररी प्रभावित भइरहेको थियो । शान्ति र संविधानका जटिल कार्यभार पूरा गर्न नसकी नेपाल कतै असफल राष्ट्र हुने त होइन भन्ने आशंका देशभित्र र बाहिर पनि बढिरहेका बेला मेरो नेतृत्वको सरकारको गठन भएको थियो । सात महिनापछि अहिले आन्तरिक र बाह्य रुपमा पनि अविश्वासको वादल फाटेको छ र विश्वासको घाम लागेकोे छ । दलहरुबीचका आशंका मेटिदै गएका छन् र भरोसा थपिदै गएको छ । सबैभन्दा मुख्य उपलब्धि के भने प्रतिक्रिया र निषेधको ध्वंशात्मक राजनीति त्यागेर मुलुक फेरि क्रियात्मक र रचनात्मक राजनीतिमा फर्केको छ । यो वातावरणको निर्माण र सहजीकरणमा मेरो नेतृत्वको सरकारले योगदान गर्न पाएकोमा म गौरवान्वित र हषिर्त छु ।
यो सरकार गठन सँगै नागरिकका आकांक्षाहरु चुलिए । किनकि एकातिर सदियौँ देखिको वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पिडनबाट पिल्सिएका जनसंख्याको ठूलो हिस्सा गणतन्त्रको स्थापना पछि उनीहरूका मुद्दाको यथोचित सम्वोधन हुन नसक्दा क्रमशः अधैर्य र निरास हुँदै जान थालेको थियो ।  लामो समय देखि शिविरमा खुम्चिएर अनिश्चित भविष्य बोकेर बसेका जनमुक्ति सेनाको ठूलो हिस्सा शान्ति प्रकृयाको गन्तव्यको व्यग्र प्रतीक्षामा रहेको थियो ।  नागरिक समाज र आम जनसमुदायमा पनि संविधान निर्माण प्रकृयामा गतिरोध पैदा हुँदा र दलहरू सरकार बनाउने र भत्काउने खेलमा लागि रहँदा अक्रोस र निराशा बढ्दै गरेको थियो ।  संक्रमण लम्बिदै जाँदा शान्ति सुव्यवस्थामा देखिएका विकृतिहरू, हिंसाको सँस्कृति, राजनीति र प्रशासनमा अपराधको घुसपैठ, महङ्गी र सरकारी सेवामा देखिएका विकृति विसंगतिबाट आम जनसमुदायले राहत खोजिरहेको थियो ।  त्यस्तो नकारात्मक वातावरणको एउटा उत्कर्षको विन्दुमा मेरो नेतृत्वमा सरकार बन्यो । त्यसैले यस सरकार प्रति जनताका धेरै अपेक्षा थिए । यिनै जनताका अपेक्षालाई बोध गरेर नै यो सरकारले शान्ति, संविधान, सुशासन र संवृद्धिका चार प्राथमिकता तय गरेको थियो ।

सरकार गठन पश्चात नै सरकारले मूलतः आˆनो ध्यान शान्ति प्रकृयालाई तीव्रता दिने र संविधान निर्माणका लागि आफूले पहलकदमी लिनुका साथै सहज वातावरण बनाउने कामलाई प्राथमिकता दियो । सरकार गठन भए लगत्तै सेना समायोजन विशेष समितिको पहिलो बैठकबाट शिविरमा रहेका हाहतियारका कन्टेनरको साँचो हस्तान्तरण गरियो । यो तत्काल सरकारले चालेको शान्ति प्रकृयालाई गुणात्मक रुपमै अगाडि बढाउने अत्यन्त महत्वपूर्ण आधारभूत काम थियो । तत्पश्चात सरकार कहिलै पछाडि फर्केको छैन । यहि चैत्र २८ गते हामीले शान्ति प्रकृयाको सबैभन्दा महत्वपूर्ण र जटील काम सेना समायोजनलाई बस्तुतः सम्पन्न गरेका छौं । अव देशमा एउटा राज्य र दुईवटा सेनाको स्थितिको अन्त्य भएको छ । माओवादी जनमुक्ति सेना नेपाल सरकार मातहत आएको छ र नेपाली सेनाले लडाकु, हतियार सहितका कन्टेनर र शिविरको सुरक्षाको जिम्मा लिएको छ । अव समायोजन प्रक्रियाका केही प्राविधिक पक्षमात्र वाँकी छन्, जुन छिटै सम्पन्न हुने छन् । यो नेपाली शान्ति प्रक्रियाको ऐतिहासिक उत्कर्ष हो । नेपाली शान्ति प्रक्रिया अव कहिल्यै पछाडि नर्फकने गरी अगाडि बढेको छ । माओवादी पार्टीको लचकता, नेपाली सेनाको जिम्मेवार प्रस्तुति, राजनीतिकदलहरुको सुझवुझ र पूर्व जनमुक्ति सेनाको सुझवुझ विना यो सम्भव थिएन । यी सवै पक्षलाई म नेपाल सरकारका तर्फबाट र समग्र मुलुकका तर्फबाट हार्दिक वधाई तथा धन्यावाद दिन चाहन्छु ।

विशेषतः म जुनयुद्धका अदम्य साहसी जनसेनाका सबै जनयोद्धाहरुलाई हार्दिकतापूर्वक सलाम गर्दछु । उहाहरुकै वलिदान र त्यागको कारण हाम्रो राजनैतिक आन्दोलनले यो उचाई प्राप्त गरेको हो । यो मुलुकलाई गणतन्त्रमा लैजान कुनै एउटा समुह विशेषको सबैभन्दा बढी योगदान छ भने त्यो जनसेनाको योगदान हो । तपाईहरूको वीरता, धैर्य, शाहस र वलिदानको इतिहासले उच्च मूल्याङ्कन गर्नेछ । तपाई हाम्रा सहयोद्धाका रगतले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तपाईहरूले सहजतापूर्वक सरकार र सेना समायोजन विशेष समितिका हरेक निर्णयणलाई शिरोधार्य गर्नु भयो । यो तपाईहरूको महानताको शब्दमा प्रशंसा गर्न सकिन्न । अब तपाईहरूको बलिदान र त्यागको प्राप्तिलाई संस्थागत गर्ने भनेकै अग्रगामी संविधानको निर्माणबाट हो । हामी त्यो दिशामा धेरै अगाडी बढेका छौँ । म तपाईहरू र आम नेपाली दाजुभाई दिदीबहिनीहरूलाई विश्वश्त बनाउन चाहान्छु । अब संविधान समयमै जारी हुने वातावरण बनेको छ । सबै राजनैतिक दलले आलटाल वा अन्य कुनै बहानामा संविधान निर्माणमा बाधा पुर्‍याएमा जनताले क्षमा दिने छैनन् । जनताका अदालतमा हामी सबैले उभिनै पर्छ । त्यसैले जन अपेक्षा पूरा गर्न समयमै संविधान जारी गर्नुको विकल्प छैन ।

त्यसरी नै म नेपाली सेना र त्यसको नेतृत्वपंक्तिले यो सेना समायोजन प्रक्रियामा निर्वाह गरेको असाध्यै जिम्मेवारपूर्ण भूमिकाको उच्च प्रशंशा गर्दछु । नेपाली सेना र पूर्व जनमुक्ति सेना दुवै अव नेपाल राज्यका एकीकृत सुरक्षा शक्ति बनेका छन् । दुवैले विगतको भिन्न परिस्थतिको तिक्तता र वैरभावलाई विर्सेर एकतावद्ध र अनुशाशित ढंगले देश र जनताको सेवा गर्नेछन् र विश्वलाई नै नेपाली शान्ति प्रक्रियाको मौलिकताको परिचय दिने छन् भन्ने मैले विश्वास लिएको छु ।

कुनै पनि ऐतिहासिक काम सम्पन्न गर्दा अग्रगामी वस्तुवादी सोंच र पिछडिएको मनोगत सोँच बीच द्धन्द हुनु स्वभाविक हुन्छ । यो प्रकृति र समाज विकासको नियम नै हो  । अहिले सेना समायोजन र शान्ति प्रक्रिया सम्पन्न गर्ने विषयमा पनि सरकार र देशकै नेतृत्व गरिरहेको एकीकृत नेपाल कम्युनिष्ट पार्टी -माओवादी) भित्र विचारको द्धन्द देखा पर्नुलाई अन्यथा मान्नु हुँदैन । परन्तु म माओवादी पार्टी भित्रका असन्तुष्ट र भिन्न मत राख्ने साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने क्रान्ति आवेगले होईन विवेकले गरिन्छ र त्यो कहिल्यै पनि सिधा रेखामा वा बनिवनाउ बाटोबाट सम्पन्न हुँदैन । वरु त्यो त अत्यन्त जटील, वांगोटिंगो, र वर्तुलाकार बाटोबाट पो पूरा हुन्छ । नेपालको क्रान्ति एक्काइसौ शताब्दीको विश्वपरिस्थिति, क्षेत्रिय परिवेश र देश भित्रको वर्गीय तथा राजीतिक शक्ति सन्तुलनले निर्धारण गरेको मौलिक बाटो बाट मात्रै सम्पन्न हुनेछ । हामीले अहिले सोही अनुरुप ठोस स्थितिको ठोस विश्लेषण गरेर शान्ति र संविधानको बाटो बाट आमुल परिवर्तनका एजेण्डालाई संवोधन गरिरहेका छौं । त्यसैले म सबै भिन्न मत राख्ने साथीहरुलाई विशेषतः पूर्व जनमुक्ति सेनाका लडाकु र कमाण्डरहरुलाई सेना समायोजन र शान्ति प्रक्रियाबारे अनावश्यक ढंगले तंरगित र आशंकित नबन्न हार्दिक आग्रह गर्दछु ।
सेना समायोजन संगसंगै सरकारले राष्ट्रिय सुरक्षा नीति, सेनाको लोकतान्त्रीकरण र राष्ट्रिय सुरक्षा परिषदको पुनसंरचना जस्ता महत्वपूर्ण कार्यहरुलाई पनि अघि बढाईरहेको जानकारी गराउन चाहन्छु ।
सेना समायोजन शान्ति प्रक्रियाको महत्वपुर्ण पाटो हो, तर त्यो नै सम्पूर्ण होईन । ऐतिहासिक दश बर्षे जनयुद्धकालमा भएका सहादत, मृत्यु, वेपत्ता, घाइते आदि बारे सत्यतथ्य पत्ता लगाउनु, पीडित पक्षलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउनु र समाजमा मेलमिलाप कायम गर्नु पनि उत्तिकै जरुरी र महत्वपूर्ण कुरा हो । त्यसैले वर्तमान सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ता व्यक्तिहरुको छानवीन गर्ने सम्वन्धी आयोग गठन गर्ने सम्वन्धी विधेयकलाई राजनीतिक सहमतिका आधारमा करिव करिव अन्तिम रुप दिइसकेको छ र केही हप्ताभित्रै ती विधेयकलाई विधिवत् ढंगले पारित गरेर आयोगहरु गठन गर्ने काम सम्पन्न हुने छ । त्यसरी नै सरकारले शहीद तथा बेपत्ताहरुका परिवालाई यस आर्थिक बर्षमा थप रु २ लाखका दरले राहत उपलब्ध गराएको छ र घाईते तथा अपांगहरुलाई आजीवन भत्ता, स्वास्थ्यसेवा लगायतका अन्य सुविधा प्रदान गर्ने व्यवस्था मिलाएको छ ।               
शान्ति प्रक्रिया र राज्यको अग्रगामी रुपान्तरणको अभिन्न अंगको रुपमा सरकारले मधेसी, आदिवासी जनजाति, उत्पीडित क्षेत्र, महिला, दलित, मुस्लिम आदिका मुद्धाहरुलाई पनि सम्वोधन गर्ने गम्भीर र सकारात्मक पहल गरेको छ  । मओवादी र मधेसी मोर्चा वीच सम्पन्न ४ बुँदे सहमतिलाई कार्यान्वय गर्ने क्रममा नयाँ समावेसी विधेयक मन्त्रीपरिषदबाट पारित गरेर व्यवास्थिापिका-संसदमा पठाईसकिएको छ भने नेपाली सेनालाई अझै बढी समावेसी बनाउने सम्वन्धी अवधारणापत्र पारित गरेर कार्यान्वयनको निम्ति अघि बढाईएको छ । पहिलो पटक देशमा मुस्लिम आयोग गठन गर्ने विधिवत् निर्णय हालै मन्त्रीपरिषदबाट भएको छ भने छिटै कर्णाली विकास आयोग गठन गरिदै छ । त्यसरी नै वैज्ञानिक भूमिसुार आयोगहरुका प्रतिवेदनका आधारमा नयाँ भूमिसुधार र व्यवस्था सम्वन्धी विधेयक तयार गरेर पारित गर्ने दिशामा गम्भीर गृहकार्य भैरहेको छ र छिटै त्यसले मूर्तरुप लिने छ ।
आदरणीय दिदीवहिनी तथा दाजुभाईहरु,
संविधानसभा मार्फत संविधान निर्माण गर्नु पनि शान्ति प्रक्रियाकै एउटा अभिन्न राजनीतिक आयाम हो भन्ने तथ्य कसैले विर्सन मिल्दैन । किनकि दश बर्षे सशस्त्र जनयुद्धको केन्द्रीय राजनीतिक माग संविधानसभाको निर्वाचन र त्यसमार्फत वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्या संवोधन गर्ने गरी अग्रगामी संविधानको निर्माण गर्नु नै थियो । अव शान्ति प्रक्रियाको हलो अड्काएर नयाँ संविधान बन्न नदिने र परिवर्तनको समग्र प्रक्रियालाई नै अवरुद्ध पार्ने षडयन्त्र असफल भएको छ । हामीले अव सम्पूर्ण शक्ति अग्रगामी नयाँ संविधान अगामी जेठ १४ भित्र निर्माण गरिसक्ने कुरामा केन्दि्रत गर्न जरुरी छ । यो वा उ वाहानामा संविधान निर्माणको काममा अवरोध वा ढिलासुस्ती गर्ने जो कसैलाई इतिहासले क्षमा गर्नेवाला छैन । सरकार प्रमुखको हैसियतले जेठ १४ भित्र नयाँ संविधान जारी गर्न आवश्यक भुमिका निर्वाह गर्न म पूर्ण  प्रतिबद्ध छु । आजै देखि संविधानका टुंगो लाग्न बाँकी रहेका विषयमा केन्दि्रत रहेर सार्थक संवाद सुरु गर्न सवै राजनीतिक दलहरुका शीर्ष नेताहरुसँग म आग्रह गर्दछु ।
अधूरो संविधान वा संघीयता विनाको संविधान आउने वजारिया हल्लाको पछाडि नलाग्न पनि म सवैसँग आग्रह गर्दछु । केही सुधारिएको २०४७ सालको संविधान ल्याउन वेतुकका कुराको पछाडि नलाग्न समेत म सवैमा अपील गर्दछु । किनकि गत २०।२२ बर्षमा हाम्रा नदीहरुमा थुप्रै पानी मात्र होईन रगतको भलनै बगिसकेको छ । त्यसैले अव बन्ने संविधान गणतन्त्र, संघियता, धर्मनिरपेक्षता तथा समावेसी, समानुपातिक र सहभागितामूलक लोकतान्त्रिक मूल्यमान्यता सहितको पूणर्ांगी संविधान नै हुनेछ । त्यसरी नै संघीयताको मूल आधार पहिचान र समथ्र्य नै हुने छ । त्यसबाट पछि हट्नु भनेको ठूलो द्धन्दको खाडलमा खस्नुमात्र हो ।
हामीले रोजेको संविधान विश्वकै सबैभन्दा बढी समावेशी संविधान सभाले सबै नेपालीका साझा भावना समेट्ने गरी तयार गर्ने साझा दस्तावेज हो । हामीले खोजेको संविधान सामाजिक सद्भाव बढाउन, राष्ट्रिय एकतालाई सुदृढ बनाउन, जनतालाई शासन प्रणालीमा अधिक सहभागि बनाउन, जनताका आधारभूत मौलिक हकको प्रत्याभूति गर्न, विकास र संवृद्धिका अवसरहरूको ढोका सबै नागरिकलाई खोल्न सक्ने र सबै खाले विभेद विरुद्धको उपचार दिने साझा दस्तावेज हो । यो सबै गर्न रचनात्मक ढङ्गले लाग्न सबै राजनैतिक दल र आम नेपाली दाजुभाई दिदीबहिनीहरूलाई आहृवान गर्दछु । त्यस निम्ति सबै राजनैतिक दललाई घचघच्याउन र त्यसो नगर्ने अथवा संक्रमण काललाई लम्बाएर मुलुकलाई अनिश्चितता तर्फ धकेल्न कुनै शक्ति वा समुदाय लाग्छ भने त्यस्ता तत्वलाई टाउको उठाउन नदिन आम जनसमुदायबाट दवाव तथा खवरदारी गर्नु हुनेछ भन्ने अपेक्षा पनि मैले गरेको छु ।

न्याप्रेमी दिदीवहिनी तथा दाज्युभाईहरु,
शान्ति र संविधान सँगसँगै यो सरकारले सुशासन र समतामूलक सम्वृद्धिलाई उचित जोड दिँदै आएको छ । किनकि शान्ति र संविधान त राजनीतिक माध्यम मात्र हो, हाम्रो अन्तिम अभीष्ट भनेको गरीवी, वेरोजगारी, विभेद तथा उत्पीडनको अन्त्य र समतामूलक आर्थिक-समाजिक सम्वृद्धि नै हो । अथाह प्राकृतिक र मानवीय साधन श्रोतले सम्पन्न तर ऐतिहासिक कारणले विपन्न हाम्रो मुलुकलाई २१ औं शताब्दीमा गर्व गर्न लायक सम्वृद्धिको चुचुरोमा पुर्‍याउनु नै हो ।
नेपाली जनता विगतमा सामन्ती राज्यसत्ता र शासन शैलीका कारण धेरै सम्भावना हुँदाहुँदै पनि पछौटेपन र गरिवीको चपेटामा परे । विश्वका कतिपय मुलुकहरूले विगत ५०/६० वर्षको अवधीमा संबृद्धिमा ठूलो फड्को मारेर आˆना नागरिकलाई संवृद्ध र सम्मानपूर्ण जीवनयापन गर्ने अवसर जुटाए । हाम्रा छिमेकीहरू पनि विगत २/३ दशकमा तीव्र आर्थिक सामाजिक रुपान्तरणको चरण पार गरी जनताको जीवनस्तर उल्लेख्य रुपमा माथि उठाउन सफल भए । यही कालखण्डमा हामी भने चरम गरिवी, सामाजिक विभेद, कुशासनको सिकार भयौं । सरकारहरू जनताप्रति उत्तरदायी नभइ दिंदा जनतमा चरम निरासा र आक्रोस बढ्यो, धनी र गरिवबीचको खाडल बढेकै कारण जनतामा असन्तोष र आक्रोस बढ्यो ।

आज हरेक चार जनामा एक नेपाली निरपेक्ष गरीविको रेखामुनी जीवन जीउन बाध्य छ । एकातिर शिक्षा र स्वास्थ्यमा सरकारको ठूलो धनराशी लगानी भै रहेको छ भने अर्को तर्फ सुत्केरी व्यथाले जीवन गुमाउने आमाहरू र शिक्षाको उज्यालोबाट वञ्चित ठूलो जनशक्तिका कारण धनी र गरिब विचको खाडल फराकिलो हुँदै जानु अर्को चिन्ताको विषय भएको छ । अझै पनि जनसंख्याको दुई तिहाई हिस्सा ओगट्ने किसानहरूको जीवन स्पष्ट माथि उठ्न सकेको छैन । दलित र पछाडी परेका क्षेत्र तथा समुदायका जनतासम्म शिक्षा, स्वास्थ्य, खानेपानी, पोषणयुक्त खाना जस्ता न्यूनतम मानवोचित आधारभूत सेवाको पहुँच पुग्न सकेको छैन । युवा वेरोजगारी र अर्ध वेरोजगारी, सामाजिक विभेद र कुरीति, वर्गीय विभेद, शोषण तथा उत्पीडनबाट मुक्ति दिई हरेक नागरिकलाई मानवोचित जीवन यापनको प्रत्याभूति गर्न हाम्रा अगाडी चुनौतिका पहाडहरु छन् ।

यी सबैको सम्बोधन एक्लो सरकार वा एउटा दलले मात्र गरेर पुरा हुने कुरा होइन, फेरी यी कामहरू कसैले चाँहदैमा तत्काल पुरा हुने पनि होइनन् । जननिर्वाचित सरकारको पहलकदमी र अगुवाईमा सरकारको दूरदृष्टि र योजनाका आधारमा आम नागरिकको सहभागितामा सम्पन्न गर्न सकिने कामहरू छन् । त्यसैलाई मध्य नजर गर्दै सरकारले सुशासन कार्ययोजना २०६८ र आर्थिक विकास तथा सम्वृद्धिको कार्ययोजना २०६८ तयार गरि लागु गरेको छ ।

वर्तमान सरकारले आˆनो कार्यकालको शुरु मै विपन्न जनतालाई लक्षित गरी तत्कालिन राहत कार्यक्रम संचालन गरेको थियो । त्यस कार्यक्रमले दशैं, तिहार, छठ जस्ता हाम्रा महत्वपूर्ण चाडमा जनतालाई केही मात्रामा भएपनि राहत दिन सकेको थियो । त्यसरी नै हामीले सरकारको प्रतिबद्धताअनुरुप सरकारी अंगहरूमा सुशासनका जग हाल्न केही महिना पहिले सुशासन कार्ययोजना ल्याएका थियौं । यस अन्तर्गत सरकारी सेवा प्रवाह गर्ने सरकारका मुख्यमुख्य निकायहरूमा सेवा प्रवाह लाई  तीब्रता दिने तथा सेवा प्रवाहमा पारदर्शिता, दक्षता र उत्तरदायित्व कायम गर्ने भन्ने नै थियो । सोही अनुरुप हाल विभिन्न निकायहरूको काम कारवाहीमा निष्पक्षरुपमा अनुगमन गर्ने कायमै रहेको छ ।

सुशासनलाई प्रवर्द्धन गर्ने उद्देश्यले जन उत्तरदायी सरकारको अवधारणमा आधारित 'हेलो सरकार', 'जनतासँग प्रधानमन्त्री' कार्यक्रम, जिल्ला तहमा सार्वजनिक सुनुवाई सेवा केन्द्र, चार स्थानमा एकीकृत सेवा केन्द्र मार्फत जनतालाई नजीकबाट सेवा प्रवाह, घुम्ती सेवा, जस्ता कार्यक्रम र मन्त्रीहरूको भ्रमण आचार संहिता जस्ता विविध कार्यक्रम, दलित तथा फरक किसिमले सक्षमका गुनासा र पीरमर्का संवोधन गर्न छुट्टै संयन्त्र, नतिजामुलक कार्य सम्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले उच्च तहमा कार्य सम्पादन करार जस्ता थुप्रै नवीनतम कार्यक्रमहरू ल्याएको छ । साथै जिल्ला तहमा अनुगमनलाई तीव्रता दिने कार्यहरू भएका छन् । संघीय ढाँचाको प्रशासकीय पुनसंरचना कार्य पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अगाडी बढाइएको छ । लामो समय देखि रिक्त रहेका संवैधानिक नियुक्तिहरुलाई निश्चित मापदण्ड सहित खुला र पारदर्शी ढंगले पुरा गर्ने काम अन्तिम चरणमा पुगेको छ र छिटै पुरा गरिने छ ।

सरकारी कार्यालयमा हुने ढिलासुस्ती, घुसखोरी र अनियमितता हटाउन, पूर्वाधार निर्माणमा देखिएका अनियमितता हटाई गुणस्तरीय विकास निर्माणको प्रत्याभूति गर्न, वैदेशिक रोजगारीमा जाने युवाहरू माथि हुने ठगी रोक्न, यातायात/मालपोत/जिल्ला प्रशासन कार्यालय जस्ता जनसरोकारका कार्यालयमा हुने अनियमितता रोक्न, राजश्व चुहावट नियन्त्रण गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई सुदृढ गराई परिचालन गरिदैछ ।

आदरणीय दिदीवहिनी तथा दाज्यूभाइहरू,

आर्थिक संवृद्धिका लागि उत्पादन र उत्पादकत्व बढ्नुपर्छ । त्यसका लागि पुँजीको आवश्यकता पर्दछ । हाम्रो अर्थतन्त्रको कूल वचतले आर्थिक संवृद्धिका लागि आवश्यक पुँजीको माग पूरा हुँदैन । फेरि भैरहेको पुँजीको लगानीका लागि पनि उपयुक्त वातावरण बनाउनु पर्दछ । त्यसैले लगानी मैत्री वातावरण बनाउन लगानीबोर्डको गठन गर्दै काम अगाडि बढेको छ । वैदेशिक लगानी तथा स्वदेशीपुँजीको लगानीका लागि विशेष वातावरण बनाउन सरकारले सन २०१२/०१३ लाई लगानी वर्ष घोषणा गरेको छ ।  त्यसरी नै निजी क्षेत्र सँग सहकार्य गरेर अघि बढ्ने निती अनुरुप लगानी बोर्ड, आर्थिक सल्लाहकार परिषद् आदिमा निजी क्षेत्रको प्रतिनिधित्वलाई विशेष ध्यान दिइएको छ । पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गिकरण गर्न हालै उच्चस्तरीय कार्यदलले दिएको प्रतिवेदन छिटै कार्यान्वयनमा जादैछ । संस्थानहरुमा भैरहेको श्रोतको ठूलो अपव्यय र अव्यवस्थाबाट जोगाउन संस्थानहरुमा निर्देशन बोर्ड गठन गरी काम शुरु भएको छ । विगत झण्डै २० वर्ष देखि थाती रहेको पश्चिम सेती जलविद्युत आयोजना कार्यान्वयन हुने प्रवल सम्भावना बढेको छ । यसैगरी पोखरा विमान स्थल र भैरहवा विमानस्थलको स्तरोन्नती हुने र दोश्रो अन्तराष्ट्रिय विमानस्थल, काठमाडौँ तराई दु्रत मार्ग, काठमाडौँ हेटौडा सुरूङ मार्ग जस्ता ठूला पूर्वाधार योजना अगाडी बढ्दै छन् । तराईमा रेलमार्ग विस्तार हुने र उत्तरदक्षिण लोक मार्ग तथा मध्यपहाडी पुष्पलाल लोकमार्गको निर्माण कार्य पनि दु्रत गतिमा अगाडी बढेको छ । यी परियोजनाहरुलाई राष्ट्रिय गौरवका योजना घोषणा गरेर स्वयं प्रधानमन्त्री स्तरबाट अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै केही समय देखि अवरुद्ध रहेका वैदेशिक लगानिमा संञ्चालित उपल्लो कणर्ाली, अरुण तेस्रो, उपल्लो मस्र्याङदी आदि जलविद्युत परियोजनाहरुका परियोजना विकास सम्झौता -पी.डी.ए.) छिट्टै सम्पन्न गरिने छ । यी र यस्तै कार्यक्रमको कार्यान्वयनबाट नै रोजगारीका अवसर बढ्ने र आर्थिक संवृद्धि हासिल हुने अवस्था बन्दैछ । तर यी सबैका लागि सरकारले शुरु गरेको प्रयासमा आम जनसमुदायको सहभागिता, चासो र निगरानी र पृष्ठपोषण आवश्यक पर्दछ । सरकार यी सबै काम जनताको अगाडि पारदर्शी ढङ्गले सम्पादन गर्न चाहन्छ ।

यो सरकार आर्थिक वृद्धि, सामाजिक कार्य, गरीबि निवारण र रोजगारीलाई केन्द्र विन्दुमा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा जुटेको छ । जनताका आकांक्षा पूरा गर्न सरकारले आˆना नीति तथा कार्यक्रम ल्याउँछन् र कार्यान्वयन गर्छन् । दुर्भाग्यवस वर्तमान सरकार पूर्ववर्ति सरकारले ल्याएको कार्यक्रमको विरासतमा आˆना योजना र कार्यक्रम समाहित गर्ने अवसर नै नपाउने अवस्थामा गठन भयो । त्यसैले कतिपय अवस्थामा चाहेर पनि सरकारले आˆनो नविनतम सोँच र कार्यक्रम ल्याउन, कार्यान्वयन गर्न र जनताका आकांक्षा संवोधन गर्न सकेको छैन । 

तैपनि सरकारले केही दुरगामी महत्वका पहल गरेको छ । उदाहरणको लागि गरीवीको रेखामुनी रहेका जनताको पहिचान गरेर उनीहरुलाई परिचयपत्र र अत्यावश्यक वस्तुहरु राहतमूल्यमा उपलब्ध गराउने व्यवस्था गर्न गरिवी निवारण कोष मार्फत अभियानात्मक कार्यक्रम शुरु गरिएको छ । त्यस्तै वेरोजगारहरुलाई रोजगारीको अधिकार प्रत्याभूत गर्न, कमसेकम बर्षको सय दिन रोजगारीको ग्यारेन्टी गर्न र सो नभएमा वेरोजगार भत्ताको व्यवस्था गर्न विधेयक निर्माण गर्ने प्रक्रिया अगाडि बढिसकेको छ र छिटै सो विधेयक व्यवस्थापिका संसदमा प्रस्तुत गरिने छ । साथै पहिलो गणतान्त्रिक सरकारको पालामा शुरु गरिएको युवा स्वरोजगार कार्याक्रम आवश्यक परिमार्जन सहित पुनः संचालनमा ल्याईएको छ । यसले हाम्रा युवाहरुको उर्जाशील श्रम देशको विकासमा सदुपयोग हुने परिस्थीति निर्माण भएको छ ।
त्यसरी नै वास्तविक सुकुम्बासीलाई बसोबासको उचित व्यवस्था गरी तथाकथित सुकुम्बासी बनी सरकारी जग्गा ओगटेकालाई हटाउने कार्य सरकारले छिटै थाल्दैछ । साथै काठमाण्डौमा सुरु गरिएको सडक विस्तार अभियानलाई निरन्तरता दिईने छ र निर्माण कार्य तोकिएको अवधिमा पुरा गरिने छ ।
   
उपभोक्ताहरू अखाद्य वस्तुको मिसावट, मूल्यवृद्धि, कालोबजारी, अभाव र ठगी जस्ता अपराधबाट पीडित छन् । त्यसैले अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न, किसानलाई मलवीउ, तथा कृषि सामाग्रीमा अनुदान दोब्बर गर्न तथा जैविक मल एवं वायो डिजलको प्रवर्द्धन गर्दै मूल्य वृद्धि नियन्त्रण गर्ने कार्यमा सरकार क्रियासिल छ । सरकारले मूल्य वृद्धि नियन्त्रण नीति ल्याई त्यसको प्रभावकारी कार्यान्वयन गर्नेछ ।

आधा आकाश आधा धर्ती ओगटेका हाम्रा महिला दिदीवहिनीहरु माथि अझै पनि भैरहेको पितृसत्तात्मक शोषण-उत्पीडन र विभेदबाट म असाध्यै मर्माहत र लज्जित छु । त्यसैले वर्तमान सरकारले महिला हिंसा विरुद्धको संयन्त्रलाई विशेष क्रियाशील बनाएर गाउँ गाउँ  सम्म इकाइहरु व्यवस्था गर्न महिला प्रहरीको संख्या वृद्धि गर्ने प्रक्रिया शुरु गरिसकेको छ । एक्काइसौं शताब्दीमा पनि बोक्सीको नाउँमा महिलाहरुलाई कुटपीट गर्ने र ज्यानसम्म लिने कार्यलाई दुरुत्साहित गर्न र दण्डित गर्न सरकारले हालै एउटा विधेयक तयार गरी व्यवस्थापिका - संसदमा पठाएको छ । अन्ततः महिलाहरुलाई सम्पतिको अधिकार व्यवहारतः सुनिश्चित नगरेसम्म र राज्यसत्ताका सवै अंगहरुमा समानुपातिक सहभागिता नगराएसम्म यो समस्याको दीर्घकालीन समाधान नहुने कुरामा सरकार विल्कुल प्रष्ट छ र त्यसलाई कार्यान्वयन गर्न पूर्ण प्रतिवद्ध छ ।
यसरी नै दलित र अपांगहरु प्रति राज्यले विशेष सम्वेदनशीलता र जिम्मेवारी वहन गर्नु पर्ने कुरालाई मध्यनजर गर्दै प्रधानमन्त्री कार्यालयमा ती बारे विशेष संयन्त्र निर्माण गरिएको छ ।
परन्तु जनसहभागिता र जनसाझेदारी विना कुनै पनि राष्ट्र समुन्नत बनेको उदाहरण विश्वको इतिहासमा कहीँ पनि छैन । हामी मात्रै त्यसको अपवाद हुन सक्दैनौ । त्यसैले सरकारले राष्ट्रिय स्वयंसेवा अभियानको विशेष नीति तथा कार्ययोजा हालै अघि सारेको छ ।
त्यस अन्तरर्गत एक गाउँ एक पोखरी, एक घर एक शौचालय, सबैलाई साक्षर बनाऔँ जस्ता अभियानमा आम जनसमुदाय परिचालन गर्ने लक्ष्य राखेको छ । सरकार केवल सहजकर्ता हो । आˆना लागि उपयुक्त कार्यक्रम बनाउने, कार्यान्वयन गर्ने, त्यसबाट प्राप्त लाभको न्यायोचित वितरण गर्ने काम तपाईहरू आफैले गर्नुहोस् । तपाईका सीर्जनशील काम र योजनामा प्राविधिक र आर्थिक सहयोग जुटाउने तथा समन्वय र सहजकारी भूमिका खेल्ने काममा सरकार तत्पर छ ।
यसै सन्दर्भमा काठमाडौँ उपत्यका सरसफाई र काठमाडौँका नदी सरसफाईको काम आजै सम्पन्न भएको छ । हाम्रो घर आँगान आफैले सफा राखौ भनेर शुरु गरिएको पवित्र अभियानमा आम सहभागिता जुटाई हामी फोहोरी आचरण छाडेर सफा वातावरण बनाउँछौ र आˆनो गाउ शहर आफै सफा गर्छौ भन्ने सन्देश दिनु पर्नेमा कतिपयले नकारात्मक टिप्पणी गरेको देखेर म आश्चर्यचकित भएको छु । अव पुग्यो ! हामी निर्माणमा जुटौ । अरुले भन्दा आफूले राम्रा कार्यक्रम र योजना ल्याएर प्रतिस्पर्धा गरौँ । राम्रो कामको, आˆनै कामको नकारात्मक टिप्पणी गरेर हामी कहिं पुग्दैनौ । सरकारले ७५ वटै जिल्लामा स्वयंसेवक परिचालन गरी विभिन्न अभियान चलाउन निर्देशन दिएको छ । यस काममा सम्पूर्ण जनसमुदायको सकृय सहभागिताका लागि आहृवान गर्दछु ।

यदि हामी एउटा समुन्नत, सभ्य, सुसँस्कृत र न्यायपूर्ण समाजका नागरिक हुन चाहन्छौँ भने करौडोको घरमा बसी लाखौको गाडी चढ्नेले आˆना घर अगाडीको खाल्डोमा दैनिक गाडि गुडाउँदै सरकारलाई गाली गर्ने तथा घरकै अगाडी फोहोर ˆयाकेर दुर्गन्धबाट बच्न गाडीको सीसा बन्द गरी सुगन्ध छर्कने सँस्कृतिको अन्त हुनै पर्छ । हाम्रो मुलुक हामीले बनाउने हो, हामीले नबनाए कस्ले बनाउँछ? हाम्रा छिमेकी र बाँकी विश्व तीव्र गतिमा समुन्नतितर्फ दौडिरहेको वर्तमान अवस्थामा हाम्रो मुलुक अहिले नबनाए कहिले बनाउने? अब पनि हामी हाम्रो मुलुक बनाउन एक भएर लागेनौ भने समयले पर्खदैन । हामी धेरै पछि पर्ने छौँ । संवृद्धिमा पछि पर्नु भनेको अरु माथिको निर्भरता बढाउनु हो । निर्भरताले स्वतन्त्रता र स्वाभिमान गुम्छ । हाम्रो स्वाभिमानी र स्वतन्त्र सार्वभौमराष्ट्रलाई अक्षुण्ण राख्न पनि हामीले एकतावद्ध भएर समाजिक-सांस्कृतिक रुपान्तरण र आर्थिक संवृद्धिको बाटो रोज्नै पर्छ ।

हामीले हाम्रो राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई उच्च प्राथमिकता दिनै पर्छ । विश्वको वदलिदो भूराजनीतिक शक्तिसन्तुलन र दुई ठूला छिमेकी वीचको हाम्रो देशको विशिष्ठ अवस्थितिको वस्तुसंगत आंकलन गरेर हामीले आफ्नो राष्ट्रिय सुरक्षा नीति र परराष्ट्र नीति निर्धारण गर्नु पर्दछ । त्यसैले वैदेशिक सम्बन्धलाई यो सरकारले उच्च प्राथमिकतामा राखेको छ । मैले संयुक्त राष्ट्र संघ तथा छिमेकी राष्ट्र भारतको भ्रमण गरेर बहुपक्षीय तथा द्विपक्षीय हीतका विषयलाई प्राथमिकताका साथ अगाडी बढाएको छु । छिमेकी राष्ट्र चीनका महामहिम प्रधानमन्त्रीको हालैको नेपाल भ्रमणले दुई मुलुक विचको ऐतिहासिक सम्बध थप सुदृढ भएको छ । नेपाल सबै मुलुक खास गरी छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गरी दुवै मुलुकका हित र चासोको सन्तुलित सम्बोधन गर्दै दुई तीब्र आर्थिक वृद्धि गरि रहेका मुलुकहरूको बीचको गतिशिल पुल बन्न चाहन्छ । हाम्रो वैदेशिक नीति यिनै सिद्धान्तमा आधारित हुनेछ ।
आदरणीय जनसमुदाय !
शान्ति र संबिधानको कार्यभार पूरा गर्न प्रमुख राजनीतिक दलहरु सम्मिलित राष्ट्रिय सरकार चाहिन्छ भन्ने माओवादी पार्टीको सुरुदेखिको अवधाारणा हो र विगतदेखि यसमा मेरो झन बढी जोड हो । तर परिस्थितिवश संबिधानसभाको निर्वाचन पछि हामी बहुमतीय सरकारमात्रै निर्माण गर्न बाध्य भयौ । म पनि परिस्थितिवश बहुमतीय सरकारको ढोकाबाट आए पनि अबिलम्ब राष्ट्रिय सरकारका पक्षमा सधैं उभिएको छु । शान्ति प्रक्रियाले निणर्ायक छलांग हानेको पछिल्लो सन्दर्भमा सरकारलाई सकेसम्म छिटो राष्ट्रिय स्वरुप दिन सबै पक्षसँग फेरि एकपटक विनम्र अपिल गर्दछु । शान्ति र संविधान हेतु राष्ट्रिय सरकारका लागि आफ्नो तर्फबाट आवश्यक योगदान गर्न हमेशा तत्पर रहेको व्यहोरा पुनः एकपटक स्मरण गराउँदछु ।
न्यायप्रेमी दिदीवहिनी तथा दाज्यूभाईहरु,
 म जान्दछु, जनताले मबाट अझ धेरै अपेक्षा राखेको थियो । लामो समयदेखि विपन्नता, बेरोजगारी, अभाव, महंगी, भ्रष्टचार र विभेदबाट पिडित जनताले यसबाट सकेसम्म छिटो मुक्तिको चाहना राख्नु गलत होइन । जनताको ठूलो सद्भावसहित बनेको मेरो नेतृत्वको  सरकारसँग अझ धेरै अपेक्षा हुनु स्वाभाविक हो ।  तर एकातिर शान्ति र संबिधान निर्माणमा केन्दि्रत हुनुपर्ने वाध्यता र त्यसका लागि राजनीतिक दलहरुबीच सहमति, अनि आन्तरिक र  वाह्य शक्ति सन्तुलनका लप्रकाशित मिति: २०६८ चैत्र ३० १२:००