Saturday, August 4, 2012

सरकार धमाधम अध्यादेश ल्याउने गृहकार्यमा

काठमाडौं, २० साउन- संविधानसभाको निर्वाचन गर्न राष्ट्रपति रामवरण यादवसमक्ष सिफारिस गरिएका दुई अध्यादेश जारी नभइसक्दै सरकारले धमाधम थप पाँच अध्यादेश ल्याउने गृहकार्य अघि बढाएको जानकारी सरकारी अधिकारीले दिएका छन् ।
विपक्षी दलहरुले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको काम चलाउ सरकारले अध्यादेशका भरमा ुनिरंकुश शासनु गर्न खोजेको आरोप लगाइरहेका बेला थप पाँच अध्यादेश ल्याउने गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी ती अधिकारीले दिए । सरकारले यसअघि नै पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने अध्यादेश जारी गरेको थियो । आजीवन सुविधाको तीव्र विरोध भएपछि पूर्वविशिष्ट पदाधिकारीहरुले धमाधम सुविधा फिर्ता गरेकाले उक्त अध्यादेशसमेत औचित्यहीन भइसकेको छ ।
संविधानसभा सदस्य निर्वाचन ऐन २०६३ तथा निर्वाचनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न सरकारले दुई अध्यादेश जारी गर्न दुई साताअघि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । तर वर्तमान अन्तरिम संविधानमा दोस्रोपटक संविधानसभाको निर्वाचन गर्ने कुनै व्यवस्था नरहेको र परिकल्पनासमेत नगरिएकाले राष्ट्रपति ती अध्यादेश जारी गर्ने÷नगर्ने विषयमा अन्यौलमा परेको जानकारी उनी निकट स्रोतले दिएका छन् । राष्ट्रपतिले जारी नगरेकाले ती दुई अध्यादेश त्यत्तिकै थाँती रहेका छन् ।
संविधानसभा निर्वाचन गराउन अत्यावश्यक अध्यादेशसमेत थाँती रहेकै बेला तत्काल ल्याउन अपरिहार्य नभएका पाँचवटा कानुनलाई समेत संशोधन गर्न सरकारले अध्यादेश ल्याउन धमाधम गृहकार्य गरिरहेको जानकारी सरकारी अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार कानुन मन्त्रालयले स्वास्थ्य सेवा ऐन शिक्षा ऐन निजामती सेवा ऐन स्थानीय प्रशासन ऐनलाई संशोधन गर्न र गणतन्त्र कार्यान्वयन गर्न राजतन्त्र हुँदादेखि हालसम्म प्रचलित नियमहरुलाई एक मुष्ठ संशोधन र खारेजीका लागि पाँचवटा अध्यादेश ल्याउने गृहकार्य अघि बढाएको जानकारी सरकारी अधिकारीले दिए । विभिन्न मन्त्रालय र निकायहरुले विघटन हुनुअघि संसदमा विचाराधीन र दर्ता भएका तीन दर्जनभन्दा बढी विधेयकलाई अध्यादेशका रुपमा जारी गर्न दबाब दिए पनि अहिले पाँचवटामात्र अध्यादेश ल्याउन गृहकार्य अघि बढाइएको जानकारी कानुन मन्त्रालयका अधिकारीले दिए ।
ती अधिकारीका अनुसार स्वास्थ्य सेवा ऐनलाई समावेशी बनाउन अध्यादेश ल्याउन लागिएको हो । अरु सबै सरकारी सेवामा महिला आदिबासी जनजाति मधेसी दलित अपांग र पिछडिएको क्षेत्रका लागि आरक्षणको व्यवस्था गरिए पनि स्वास्थ्य सेवामा त्यस्तो समावेशी व्यवस्था गरिएको छैन ।
सरकारले स्वास्थ्य सेवामा महिला आदिबासी जनजाति मधेसी दलित अपांग र पिछडिएको क्षेत्रका लागि आरक्षणको व्यवस्था गर्न ऐन संशोधन गर्न अध्यादेश जारी गर्ने तयारी गरिरहेको हो । स्वास्थ्य सेवा ऐनलाई समावेशी नबनाइएका कारण सरकारले स्वास्थ्य सेवामा रिक्त पदमा लामो समयदेखि नयाँ नियुक्ति र बढुवा गर्न पाएको छैन । सरकारले स्वास्थ्य सेवामा रिक्त पदमा नयाँ नियुक्ति र बढुवाको परिक्षा लिन लोकसेवा आयोगलाई आग्रह गरे पनि उसले स्वास्थ्य सेवा ऐन समावेशी नभएसम्म प्रकि्रया अघि बढाउन अस्वीकार गर्दै आएको छ ।
ुहामीले स्वास्थ्य सेवामा रिक्त पदमा नयाँ नियुक्ति र बढुवा गरिदिन लोकसेवालाई आग्रह गर्दै आएका छौं तर लोकसेवाले स्वास्थ्य सेवा ऐन समावेशी नभएसम्म प्रकि्रया अघि बढाउन मिल्दैन भनेर फर्काइदिने गरेको छ त्यही कारण स्वास्थ्य सेवामा आरक्षणको व्यवस्था गर्न अध्यादेश ल्याउने प्रकि्रया अघि बढाएका हौंु स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । ती अधिकारीका अनुसार नयाँ नियुक्ति र बढुवा गर्ने कार्य रोकिएकाले स्वास्थ्य सेवामा सात हजारभन्दा बढी पद रिक्त भइसकेका छन् । त्यही कारण स्वास्थ्य सेवामा जतिसक्दो छिटो पदपूर्ति गर्न अध्यादेश ल्याउनु अपरिहार्य भइसकेको दाबी स्वास्थ्यका अधिकारीले गरे ।
प्रस्तावित अध्यादेशमा स्वास्थ्य सेवामा रिक्त वा बढुवा हुने पदमा ५५ प्रतिशत खुल्ला र ४५ प्रतिशत सिटमा महिला आदिबासी जनजाति मधेसी दलित र पिछडिएको क्षेत्रलाई आरक्षण गरिएको छ । आरक्षित ४५ प्रतिशत सिटलाई सय प्रतिशत मानी महिलालाई ३३ आदिबासी जनजातिलाई २७ मधेसीलाई २२ दलितलाई ९ अपांगलाई ५ र पिछडिएको क्षेत्र दुर्गम नौ जिल्ला कालीकोट डोल्पा मुगु जुम्ला हुम्ला अछाम जाजरकोट बझाङ र बाजुरां लाई चार प्रतिशत सिट आरक्षण गर्न प्रस्ताव गरिएको छ ।
निजामती सेवा ऐनको २४ घ को व्यवस्थाअनुसार स्वतः बढुवा भएका १८ हजारभन्दा बढी कर्मचारीलाई पदोन्नति भएकै पदमा समायोजन गर्न अध्यादेश ल्याउन लागिएको हो । स्वतः बढुवा भएका ठूलो संख्यामा रहेका कर्मचारीलाई पदोन्नति हुनुअघिको तल्लो पदको काममा लगाइँदै आएको छ । स्वतः बढुवा भएका कर्मचारीहरुले पदोन्नति भएकै पदको काम गर्न पाउनुपर्ने माग गर्दै कानुन संशोधन गर्न दबाब दिइरहेकाले सरकारले अध्यादेश ल्याउन लागेको हो ।
निजामती सेवा ऐनलाई संशोधन गर्न प्रस्तावित अध्यादेशमा स्वतः बढुवा भएका कर्मचारी सबैलाई एकैचोटि पदोन्नति भएकै पदमा समायोजन गर्ने र उनीहरुले अवकास पाएपछि निजामती सेवाको कुल संख्यामा कटौती नहुने गरी उनीहरुको पद स्वतः खारेज हुने व्यवस्था प्रस्ताव गरिएको छ । प्रस्तावित नयाँ अध्यादेशमा स्वतः बढुवाको व्यवस्था खारेज गर्ने प्रस्ताव गरिएको छ । स्वतः बढुवाको सट्टा कुल रिक्त हुने पदको ३५ प्रतिशत सिटमा ज्येष्ठताका आधारमा बढुवा गर्ने प्रस्ताव गरिएको जानकारी कानुन मन्त्रालयका एक अधिकारीले दिए ।
सरकारले पाँच विकास क्षेत्रमा रहेका क्षेत्रीय प्रशासन कार्यालयहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमातहत ल्याउन स्थानीय प्रशासन ऐन संशोधन गर्न अध्यादेश ल्याउन लागेको हो । स्थानीयन प्रशासन ऐनमा क्षेत्रीय प्रशासन कार्यालयको प्रमुख विशिष्ट श्रेणी सचिव को कर्मचारी रहने र उसले गृह सचिवलाई आफ्नो क्षेत्रभित्रको कामकारबाही र भएका घटनाको बि्रफिङ गर्नुपर्ने व्यवस्था छ । क्षेत्रीय प्रशासक सचिव हरुले आफूसरहको गृह सचिवलाई बि्रफिङ गर्ने व्यवस्था गलत भएको उल्लेख गर्दै आफूहरुलाई प्रधानमन्त्री कार्यालयमातहतमा राख्न दबाब दिइरहेकाले सरकारले स्थानीय प्रशासन ऐन संशोधन गर्न अध्यादेश ल्याउन लागेको हो ।
तीन महिनाअघि मन्त्रिपरिषदको बैठकले क्षेत्रीय प्रशासन कार्यालयहरुलाई प्रधानमन्त्री कार्यालयमातहतमा ल्याउने निर्णय गरेको थियो । तर स्थानीय प्रशासन ऐनमा क्षेत्रीय प्रशासन कार्यालयहरु गृह मन्त्रालयमातहतमा रहने व्यवस्था भएकाले मन्त्रिपरिषदको निर्णय कानुनसम्मत नभएकाले कार्यान्वयन हुन सकेन । त्यही कारण क्षेत्रीय प्रशासन कार्यालयहरुलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउन स्थानीय प्रशासन ऐन संशोधन गर्न अध्यादेश ल्याउन लागिएको जानकारी कानुन मन्त्रालयका अधिकारीले दिए । ती अधिकारीका अनुसार स्थानीय प्रशासन ऐन संशोधन गर्ने अध्यादेश जारी गरिएपछि क्षेत्रीय प्रशासन कार्यालयहरु प्रधानमन्त्री कार्यालय मातहत आउने र क्षेत्रीय प्रशासकहरुले आफ्नो क्षेत्र मातहतका कामकारबाही र घटनाका बारेमा गृह सचिवको सट्टा मुख्यसचिवलाई बि्रफिङ गर्नेछन् ।
सरकारले शिक्षा ऐनलाई संशोधन गर्न अर्को अध्यादेश ल्याउने गृहकार्य गरिरहेको छ । सरकारले अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न र विद्यालयीय शिक्षालाई दुई तह कायम गर्न शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश ल्याउन लागेको हो । प्रस्तावित अध्यादेशमा रिक्त शिक्षक पदमा अस्थायीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न ६० प्रतिशत सिट प्रस्ताव गरिएको छ भने बाँकी ४० प्रतिशत सिटमा खुल्ला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्ति गरिनेछ । अस्थायी शिक्षकहरुले आफूहरुलाई स्थायी गर्न माग गर्दै पटकपटक आन्दोलन गर्दै आएकाले सरकारले शिक्षा ऐनमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गर्न लागेको जानकारी शिक्षा मन्त्रालयका अधिकारीले दिए । देशभरका विद्यालयमा २४ हजार अस्थायी शिक्षक छन् । सरकारले देशभरका विद्यालयहरुका लागि ४० हजार शिक्षक स्थायी गर्ने तयारी गरेको छ ।
प्रस्तावित अध्यादेशमा कक्षा १ देखि ५ लाई प्राथमिक कक्षा ६ देखि १० लाई माध्यमिक र ११ र १२ कक्षालाई उच्च माध्यमिकको सट्टा कक्षा १ देखि ९ सम्मलाई आधारभूत तह र ९ देखि १२ कक्षालाई माध्यमिक तह बनाउने प्रस्ताव गरिएको छ । यो व्यवस्था गरिएपछि एसएलसी बोर्ड र उच्च माध्यमिक परिषदको सट्टा एउटै बोर्ड रहनेछ र अहिलेजस्तो फलामे ढोकाका रुपमा एसएलसी रहने व्यवस्थाको अन्त्य हुने जानकारी शिक्षा मन्त्रालयका अधिकारीले दिए ।
सरकारले गणतन्त्र बहाली हुनुअघिदेखिका प्रचलित नियमहरुलाई एकमुष्ठ संशोधन गर्न अर्को अध्यादेश ल्याउन लागेको छ । मुलुकमा गणतन्त्र स्थापना भएको चार वर्ष भए पनि कैयौं नियममा अझै पनि संवैधानिक राजतन्त्रको बेलाका श्री ५ श्री ५ उल्लिखित दफाहरु अद्यापि छन् । प्रचलित नियमहरुमा रहेका त्यस्ता व्यवस्थालाई एकमुष्ठ रुपमा संशोधन र खारेजी गर्न सरकारले गणतन्त्र कार्यान्वयनसम्बन्धी अध्यादेश ल्याउन लागेको जानकारी दिए । उक्त अध्यादेश जारी भएपछि एकमुष्ठ रुपमा प्रचलित नियमहरु संशोधन गरी राजतन्त्रसम्बन्धी व्यवस्था हटाइने जानकारी कानुन मन्त्रालयका अधिकारीले दिए ।


सेवाग्राहीलाई हँसिलो मुद्रामा सेवा दिन कर्मचारीलाई आह्वान

काठमाडौं, २० साउन- नेपाल निजामती कर्मचारी संघले सरकारी सेवालाई प्रभावकारी र जनमुखी बनाउन सम्पूर्ण राष्ट्रसेवकहरुलाई आमजनतालाई हँसिलो मुद्रामा रहेर सेवा दिन आह्वान गरेको छ ।
संघको शनिबार बसेको पहिलो बैठकले सम्पूर्ण निजामती कर्मचारीहरुको व्यवहारलाई सुधार्न सेवाग्राहीलाई सेवा िदंदा ुटिथ विस स्माइलु हँसिलो मुद्रामा रहेर सेवा दिनुपर्ने नारा तय गरी त्यसलाई व्यवहारमा उतार्न सबैलाई आह्वान गरेको हो ।
कर्मचारी संगठनको पहलमा पहिलोपटक सरकारी सेवालाई जनमैत्री बनाउन संघले सम्पूर्ण राष्ट्रसेवकले हाँसेर सेवा दिने नारा तय गरी त्यसलाई संघका पदाधिकारी र सदस्यहरुले व्यवहारमा उतार्ने र अरुलाई पनि अनुसरण गर्न आह्वान गर्ने निर्णय गरिएको जानकारी संघका प्रवक्ता विश्वबन्धु रेग्मीले दिए ।
उनका अनुसार संघको बैठकले निजामती सेवा ऐन २४ घ को व्यवस्थाअनुसार स्वतः बढुवा भएका १८ हजारभन्दा बढी कर्मचारीलाई तत्काल समायोजन गर्न स्वास्थ्यकर्मीहरुको पद र तह मिलान गर्न तथा श्रेणीविहीन र जुनियर वन प्राविधिकहरुको बढुवाका लागि सरकारलाई दबाब दिने र त्यसका लागि उच्च प्रशासकहरुसमक्ष तत्कालै लबिङ थाल्ने निर्णयसमेत गरेको छ । बैठकले सम्पूर्ण लोकतन्त्रवादी कर्मचारीहरुलाई संघमा गोलबद्ध गर्ने निर्णयसमेत गरेको छ ।

Thursday, August 2, 2012

दुई पूर्वप्रधानमन्त्री र १० पूर्वन्यायाधीशद्वारा अझै सुविधा फिर्ता गरेनन्

काठमाडौं, १८ साउन- सर्वोच्च अदालतको आदेशविपरीत अझै २ पूर्वप्रधानमन्त्री र १० पूर्वन्यायाधीशले चालकसहितको गाडीलगायतको सुविधा फिर्ता नगरेको जानकारी सरकारी अधिकारीले दिएका छन् । सर्वोच्चले पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन गाडी र सचिवालयलगायतका सुविधा दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरे पनि उनीहरुले अटेर गरी अझै गाडी फिर्ता नगरेको जानकारी ती अधिकारीले दिए ।
सर्वोच्चले सुविधासम्बन्धी निर्णय कार्यान्वयन नगर्न दिएको आदेशअनुसार उनीहरुले गाडीलगायतको सुविधा अनिवार्य रुपमा फिर्ता गर्नुपर्ने भए पनि नगरेको ती अधिकारीले बताए । सरकारले उनीहरुलाई प्रदान गरिएको सुविधा फिर्ता गर्नेतर्फ चासो नदिई सर्वोच्चको आदेश कार्यान्वयन गर्न आलटाल गरेको जानकारीसमेत ती अधिकारीले दिए ।
गाडीलगायतको सुविधा फिर्ता नगर्ने पूर्वप्रधानमन्त्रीद्वयमा शेरबहादुर देउवा र सूर्यबहादुर थापा छन् । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्दले भने गाडीलगायतको सुविधा फिर्ता गरिसकेका छन् । पछिल्लोपटक पूर्वप्रधानमन्त्री चन्दले बिहीबार वक्तव्य जारी गरी आफूले राज्यबाट लिएको चालकसहित गाडी र इन्धन सुविधा फिर्ता गरेको जनाएका छन् । उनले वक्तव्यमा आवास सुविधा तथा सचिवालयलगायतका सुविधा भने आफूले नलिएको उल्लेख गरेका छन् ।
गाडीलगायतको सुविधा फिर्ता नगर्ने पूर्वप्रधानन्यायाधीशहरुमा विश्वनाथ उपाध्याय, सुरेन्द्रप्रसाद िसंह, त्रिलोकप्रताप राणा, केशवप्रसाद उपाध्याय, केदारप्रसाद गिरी, हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, गोविन्दबहादुर श्रेष्ठ, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा छन् । उनीहरुले सर्वोच्चबाट चालकसहित फोर्ड गाडी सुविधा लिएर चढिरहेका छन् । सरकारले अध्यादेश जारी गरी बहुदल पुनर्बहालीपछिका पूर्वप्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश पूर्वसभामुख र पूर्वगृहमन्त्रीलाई आजीवन गाडीलगायतका सुविधा दिएको थियो ।
पूर्वप्रधानन्यायाधीशत्रय मीनबहादुर रायमाझी, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठले एक साताअघि सर्वाेच्चमै ल्याएर गाडीसहितको सुविधा फिर्ता गरेको बताएका थिए । पूर्वसभामुखहरु रामचन्द्र पौडेल, तारानाथ रानाभाट र सुवास नेम्वाङले समेत गाडीलगायतका सुविधा एक साताअघि फिर्ता गरिसकेका छन् । पूर्वसभामुख दमननाथ ढुंगानाले भने गाडीलगायतको सुविधा लिएका थिएनन् । पूर्वगृहमन्त्रीहरुलाई भने सरकारले गाडी सुविधा दिनै बाँकी थियो ।

नेविसंघद्वारा एघारौं महाधिवेशन पुस २५-२७ मा

काठमाडौं, १८ साउन- कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आफ्नो ११ औं केन्द्रीय महाधिवेशन पुसको २५ देखि २७ गते गर्ने प्रस्ताव पार्टीको केन्द्रीय नेतृत्वसमक्ष गरेको छ । नेविसंघका अध्यक्ष रिाजत कर्णको अध्यक्षतामा राजधानीमा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको तिथि प्रस्ताव गरेको हो । पार्टीको केन्द्रीय नेतृत्वले सहमति दिएपछि नेविसंघले महाधिवेशन तयारी थाल्ने जानकारी अध्यक्ष कर्णले दिए ।
नेविसंघले केन्द्रीय महाधिवेशन लाहान विराटनगर काठमाडौं झापा पोखरा बुटवल र धनगढीमध्ये कुनै एक ठाउँमा गर्ने प्रस्ताव गरेको छ । नेविसंघले इकाइ क्षेत्रीय जिल्लादेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिकासमेत तय गरेको छ । कार्यतालिकाअनुसार नेविसंघले असोज २९ गते देशभरका सरकारी निजी क्याम्पस प्राविधिक शिक्षालय मावि र उच्च माविमा अनिवार्य रुपमा अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधि छान्ने कार्यक्रम राखेको छ ।
नेविसघले मंसिर २१ देखि २५ गतेसम्म देशभरका २४० वटै क्षेत्रमा संघको क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने तिथि तय गरेको छ । मंसिर ३० मा एकै दिन सबै जिल्लामा जिल्ला अधिवेशन गरी महाधिवेशन प्रतिनिधि छान्ने कार्यक्रम नेविसंघको छ । सरकारी तथा निजी कलेज मावि र उच्च माविको कक्षा कोठासम्म संगठन विस्तार गरी इकाइ अधिवेशनको १५ दिन अगावै सदस्यता वितरण गरिसक्ने कार्यतालिकामा उल्लेख छ ।
पुस १० मा महाधिवेशन प्रतिनिधिहरुको नामावली केन्द्रीय कार्यालयमा प्रकाशन गरी एक प्रति कांग्रेसको पार्टी कार्यालयमा बुझाउने र राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन गर्ने निर्णयसमेत नेविसंघले गरेको छ । कांग्रेसले नेविसंघका तत्कालीन अध्यक्ष प्रदीप पौडेल नेतृत्वको कार्यसमितिले महाधिवेशन गर्न नसकेकाले त्यसलाई विघटन गरी कर्णको अध्यक्षतामा महाधिवेशन गर्न छ महिनाअघि तदर्थ समिति गठन गरेको हो ।
जातीय सद्भावका लागि अभियान चलाउने निर्णय
नेविसंघले वर्तमान सरकारले सदियौंदेखिको सद्भाव सहिष्णुता र भातृत्वलाई खल्बल्याएर राष्ट्रियतालाई कमजोर बनाउन लागिपरेको निष्कर्ष निकाल्दै राष्ट्रिय एकतालई सुदृढ गर्न ुजातियता हैन आत्मीयता खोजौं साम्प्रदायिकता हैन राष्ट्रियता रोजौु भन्ने नाराका साथ पाँचै विकास क्षेत्रमा राष्ट्रिय एकता र जातीय सद्भाव अभियान चलाउने र देशको राज्य पुर्नसंरचना जातीय आाधारमा नभई हिमाल पहाड र तराइलाई मिलाएर आर्थिक सामथ्र्य र पहिचानलाई समेत समेटी थोरै संख्यामा गर्नुपर्ने निर्णय गरेको छ ।
नेविसंघले जेठ १४ को मध्यरातमा हठात संविधानसभा भंग गराएको प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले लोकतन्त्रविरोधी कदम चालिरहेको निष्कर्ष निकाल्दै सरकारविरुद्ध चरणवद्ध सशक्त आन्दोलन गर्ने निर्णयसमेत गरेको छ ।
नेविसंघले दैनिक उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्विले गरीब जनताको दैनिक जीवन थप कष्टकर भएको निष्कर्ष निकाल्दै न्यून आय भएका नागरिक र विद्यार्थीलाई रासन कार्ड उपलब्ध गराउन माग गरेको छ । वर्तमान कामचलाउ सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई अध्यादेशमार्फत् आजीवन विलाशी गाडी चालक इन्धन मर्मतखर्च आवास र सचिवालय प्रदान गर्नु भनेको राष्ट्रिय ढुकुटीलाई ब्रह्मलुट गरी गरीब जनताको ढाड भाँच्ने षड्यन्त्र हो भन्दै तत्काल त्यस्तो सुविधा खारेज गर्न माग गरेको छ ।
नेविसघले इन्जिनियरिङ नसर्िङ मेडिकल कलेज र प्राविधिक शिक्षालय र निजी स्कूल तथा कलेजमा मौलाएको शैक्षिक व्यापारीकरण र चर्को शुल्कले आम विद्यार्थी आहत भएको उल्लेख गर्दै त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णयसमेत गरेको छ । नेविसंघले प्राविधिक शिक्षामा सबैको सहज पहुँच पुर् याउनका लागि प्रत्येक अाचलमा कम्तीमा एक÷एकवटा कृषि क्याम्पस प्राविधिक शिक्षालय र सुविधासम्पन्न विज्ञान संकाय खोल्न तथा गरीब विद्यार्थीका लागि शैक्षिक प्रमाणपत्र बैंंकमा राखी शैक्षिक ऋण दिने व्यवस्था गर्न आग्रह गर्दै त्यसका लागि शैक्षिक आन्दोलन गर्ने निर्णयसमेत गरेको छ ।

सहमतिको सरकारको नेतृत्व गर्न कोइरालालाई आग्रह

जिल्ला सभापतिहरुद्वारा कोइरालालाई संकट समाधानका लागि पार्टीका तर्फबाट कदम चाल्न आग्रह
काठमाडौं, १८ साउन- कांग्रसका जिल्ला सभापतिहरुले सभापति सुशील कोइरालालाई नयाँ संविधान निर्माण नगरी संविधानसभाको विघटन र सरकारद्वारा दलहरुबीच सहमतिबिना नै निर्वाचन घोषणा गरेपछि उत्पन्न राजनीतिक संकटको समाधानका लागि पार्टीका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
राजधानीमा बिहीबार नै आयोजित कार्यक्रममा उनीहरुले दलहरुबीच सहमतिपछि बन्ने राष्ट्रिय सरकारको नेतृत्व गर्नसमेत कोइरालालाई आग्रह गरेका छन् । उनीहरुले आगामी १० दिनभित्रमा पार्टीबाट प्रधानमन्त्रीको सर्वसम्म्त उमेदवार तय गरी सार्वजनिक गर्नसमेत नेतृत्वलाई सुझाव दिएका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा हालै सम्पन्न दोस्रो राष्ट्रिय भेलाबाट फर्किएका सभापतिहरुले कोइरालालाई बिहीबार सामूहिक रुपमा भेटी कांग्रेसलाई मजबुत बनाउन पार्टीभित्रका कमजोरी हटाएर अघि बढ्नसमेत आग्रह गरे । उनीहरुले बाह्रबिसे भेलाबाट पारित घोÈणु तत्काल कार्यान्वयन गर्नसमेत आग्रह गरेका थिए ।
'देशमा विद्यमान संवैधानिक तथा राजनीतिक संकटको समाधान गर्न बाह्रबिसे घोÈणु कार्यान्वयन गर्न तथा संगठन सुदृढीकरण्ँका िवÈयमा केन्द्रय सभापतिलाई आग्रह गर् यौं' नुवाकोट कांग्रेसका सभापति जगदीशनरिसंह केसीले कोइरालासितको भेटपछि भने ।
भेटघाटका क्रममा कोइरालाले जिल्ला सभापतिहरुलाई गाउँगाउँमा गई एकजुट भएर संगठन विस्तार गर्न निर्देशन दिएका थिए । उनले पार्टीमा कमजोरी भएको भए सच्याउँदै अघि बढ्ने तर अरुले गल्ती गरेको भए त्यसबारेमा बोल्न पनि जिल्ला सभापतिहरुलाई आग्रह गरेका थिए । 'पार्टीभित्र मैले गल्ती गरेको छु र कमी कमजोरी भएका छन् भने म सुधार्छु तर अरुले गल्ती गरेका छन् भने तपाईंहरुले पनि बोल्नुपर्छ' कोइरालको भनाइ उद्धृत गर्दै केसीले भने ।
यसैबीच जिल्ला सभापतिहरुले दलहरुबीच सहमतिपछि बन्ने राष्ट्रिय सरकारको नेतृत्व गर्न सभापति कोइरालालाई आग्रह गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा काठमाडौं कांग्रेसका सभापति भीमसेनदास प्रधानले संसदसमेत नरहेको अवस्थामा कांग्रेस सभापतीय प्रणुलीमा चलेको पार्टीका तर्फबाट कोइराला नै सर्वसम्मत रुपमा प्रधानमन्त्रीको उम्मेदवार हुनुपर्ने बताए ।
'सहमतिको सरकारको नेतृत्व गर्ने सर्वोत्कृष्ट व्यक्ति कोइराला नै हो' उनले भने 'सभापतिले म प्रधानमन्त्री बन्छु भनेर इच्छा व्यक्त गरेपछि पार्टीबाट अरु कसैले पनि दाबी गर्न मिल्दैन ।'
दोलखा कांग्रेसका सभापति ताराबहादुर कोइरालाले सभापति कोइराला नै प्रधानमन्त्रीको सबभन्दा सर्वोत्कृष्ट उम्मेदवार हुने उल्लेख गर्दै सभापतिले इच्छा नगरेमात्रै उपसभापति रामचन्द्र पौडेल या वरिष्ठ नेता शेरबहादुर देउवामध्येबाट एक जना प्रधानमन्त्रीको उमदेवार बन्ने बताए ।
गुल्मी कांग्रेसका सभापति चन्द्र केसीले पनि सभापति कोइरालाले चाहेकै व्यक्ति भावी सहमतिको सरकारको प्रधानमन्त्री बन्ने उल्लेख गर्दै आगामी १० दिनभित्रमा पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार तय गरी सार्वजनिक गर्न आग्रह गरे । 

राणालाई कामु प्रधानसेनापतिको जिम्मेवारी

काठमाडौं, १८ साउन- प्रधानसेनापति छत्रमान िसंह गुरुङले तीनवर्षे पदावधि सकिनु एक महिनाअघि साउन २६ गतेदेखि बिदामा बस्ने भएका छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले रथी गौरवसमसेर राणालाई साउन २६ गतेदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको जानकारी वनमन्त्री यदवंश झाले जानकारी दिए ।
गुरुङको पदावधि भदौ २५ मा सिकंदैछ । गुरुङको पदावधि सकिएपछि मन्त्रिपरिषद बैठकले राणालाई प्रधानसेनापतिमा बढुवा गर्नेछ । वरिष्ठ रथी राणा प्रधानसेनापतिको रोलक्रममा थिए । नेपाली सेनामा प्रधानसेनापति पदावधि सकिनु एक महिनाअघि बिदामा बस्ने परम्परा छ ।
पाँच सचिवको राजिनामा स्वीकृत
मन्त्रिपरिषदले मुख्यसचिवमा आफूभन्दा कनिष्ठ लीलामणि पौडेलको बढुवा भएकामा असन्तुष्टि प्रकट गर्दै पाँच सचिवले दिएको राजिनामा स्वीकृत गरेको छ । सचिवहरु निर्वाचन आयोगका शंकर कोइराला सूचना तथा साचार मन्त्रालयका सचिव अवनीन्द्रकुमार श्रेष्ठ प्रधानमन्त्री कार्यालयका त्रिलोचन उप्रेती र लोकसेवा आयोगका श्याम मैनालीले को राजिनामा मन्त्रिपरिषदले स्वीकृत गरेको जानकारी जानकारी साचारमन्त्री राजकिशोर यादवले दिए ।
निर्वाचनबारे सहमति गर्न कार्यदल गठन
मन्त्रिपरिषदले निर्वाचन आयोगको पत्रअनुसार दलहरुसित सहमति कायम गरी घोषित मिति मंसिर ७ मा चुनाव गराउने या सहमति हुन नसके निर्वाचनको अर्को मिति तोक्न उपप्रधानमन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा पर्यटनमन्त्री पोष्टबहादुर बोगटी र भूमिसुधार मन्त्री चन्द्रदेव जोशी सदस्य छन् । कार्यदललाई दलहरुसित वार्ता गरी निर्वाचनका लागि सहमति जुटाउने या सहमतिमा अर्को मिति प्रस्ताव गर्ने जिम्मेवारी दिइएको मन्त्री यादवले जानकारी दिए ।

Wednesday, August 1, 2012

राजिनामा दिएका सचिवहरुबाट अशोभनीय कार्य : प्रधानमन्त्री

'मेरो विवेकले पौडेललाई कार्यकुशलाका आधारमा उत्कृष्ट देखेर बढुवा गरिएको हो'
काठमाडौं, १७ साउन- प्रधानमन्त्री बाबुराम भट्टराईले मुख्यसचिव बढुवामा असन्तुष्ट सचिवहरुले आफ्नो राजिनामालाई साचार माध्यममार्फत् छताछुल्ल पारेर विरोध गर्नु अशोभनीय कार्य गरेको आरोप लगाएका छन् ।
आफ्नो कार्यकक्षमा सचिवहरुसित बिहीबार सामूहिक छलफल गर्ने क्रममा प्रधानमन्त्रीले मुख्यसचिवमा बढुवाबाट असन्तुष्ट सचिवहरुले राजिनामा दिनु आपत्तिजनक नभए पनि निजामती प्रशासनका उच्च पदमा रहेकाहरुले नै पत्रकार सम्मेलन गर्नु आफ्नो राजिनामापत्र प्रेसमा लानु अनुचित भएको बताए ।
सचिवहरु शंकर कोइराला, अवनीन्द्रकुमार श्रेष्ठ, त्रिलोचन उप्रेती र सुशीलजंग राणाले निजामती सेवा ऐनविपरीत कनिष्ठलाई मुख्यसचिव बढुवा गरिएकामा असन्तुष्टि व्यक्त गर्दै राजिनामा दिएका थिए भने अर्का सचिव श्याम मैनालीले आफ्नो असन्तुष्टि पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका थिए ।
'कनिष्ठलाई मुख्यसचिवमा बढुवा गरियो भने राजिनामा दिनु अस्वभाविक होइन पद एउटा भएकाले एक जना बढुवा हुँदा बाँकी अरु खिन्न हुनु पनि अस्वभाविक होइन । तर सचिवजस्तो मर्यादित पदमा रहेको व्यक्तिले पत्रकार सम्मेलन गर्नु प्रेसमा राजिनामा छताछुल्ल पार्नु अशोभनीय कार्य हो' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सचिवले कान्तिपुरसित भने ।
ती सचिवले दिएको जानकारीअनुसार प्रधानमन्त्रीले सचिव लीलामणि पौडेललाई मुख्यसचिव बढुवा गर्ने निर्णयको विरोध भएकामा समेत असन्तुष्टि प्रकट गरेका थिए । उनले कार्यकुशलतामा सबभन्दा उत्कृष्ट रहेका पौडेललाई मुख्यसचिवमा बढुवा गरिएको जिकिर गरेका थिए ।
'मेरो विवेकले पौडेललाई ठीक ठान्यो । उनी कार्यकुशलतामा दाबेदार अरु १२ सचिवभन्दा उत्कृष्ट ठानेर नै मुख्यसचिवमा बढुवा गरेको हो' उनको भनाइ थिए । छलफलका क्रममा प्रधानमन्त्रीले धेरै समय पौडेललाई मुख्यसचिव बढुवा गर्नुको कारण प्रस्ट पार्न खर्च गरेका थिए । 
उनले तीनवर्षे पूरै अवधि बाँकी रहेको एउटै ब्याचमा पदोन्नति भएका सचिवहरुको एउटै वरिष्ठता मानेर र कार्यकुशलतामा अरुभन्दा राम्रो भएको तीनवटा कुरालाई आधार बनाएर पौडेललाई मुख्यसचिव बढुवा गरिएको दाबी गरे ।
एउटै ब्याचका भएकाले दाबेदार १३ सचिवमध्ये कोही पनि वरिष्ठ र कनिष्ठ नहुने दाबी गर्दै प्रधानमन्त्रीले कार्यकुशलताका आधारमा पौडेललाई बढुवा गरिएको जिकिरसमेत गरे । निजामती प्रशासनको सर्वोच्च पद मुख्यसचिव अस्थिर नहोस् भनेर तीनवर्षे पूरै अवधि भएकालाई आधार बनाइएको उनले बताए ।
छलफलका क्रममा वातावरण मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले आफ्नो सचिवको पदावधि सिकंदा ५८ वर्ष पुग्न दुई वर्षमात्र बाँकी रहने उल्लेख गर्दै आफूजस्ता पूरा अवधि बाँकी नरहेका सचिवहरुले कहिल्यै मुख्यसचिव हुन नपाउने भन्ने प्रश्न प्रधानमन्त्रीसित गरेका थिए ।
प्रधानमन्त्रीले संक्रमणकालमा सरकार अस्थिर भएकाले स्थायी सरकार मानिने निजामती प्रशासनको नेतृत्वमा रहेका सचिवहरुलाई सुशासन सेवा प्रवाह र विकासनिर्माणलाई प्रभावकारी बनाउन सकि्रय भूमिका निर्वाह गर्न आग्रह गरे । सरकारको प्रयास पूर्ण बजेट ल्याउने भए पनि राजनीतिक कारणले एक तिहाइ बजेटमात्र ल्याउनुपरेको उल्लेख गर्दै उनले एक तिहाइ बजेटभित्रबाट पनि राष्ट्रिय गौरवका ठूला आयोजनाहरुलाई प्रभावित हुन नदिन सचिवहरुलाई आग्रह गरे ।
सार्वजनिक खरिद अनुगमन कार्यालका सचिव यज्ञ गौतमले आफूलाई कहिल्यै मन्त्रालय नदिई सधैं कामै नभएका निकायमा राखेर सरकारले अन्याय गरेको गुनासो प्रधानमन्त्रीसमक्ष गरेका थिए । उनले आफूलाई अब कुनै मन्त्रालयको सचिव बनाउन माग गरेका थिए । 
'मैले त सचिव भएपछि मन्त्रालय नै नदेखिकन अवकास पाउने भएँ अनिवार्य अवकास पाउन छ महिनामात्र बाँकी छ । मलाई मन्त्रालय कहिल्यै नदिइएकाले अन्याय भएको छ । बाँकी छ महिना मलाई मन्त्रालयको दायित्व दिइयोस्' उनको भनाइ थियो । साँढे तीन वर्षअघि सचिव भएका गौतम सुरुमा निर्वाचन आयोग त्यसपछि राष्ट्रिय सतर्कता केन्द्र र हाल सार्वजनिक खरिद अनुगमन कार्यालयमा छन् ।
योजना आयोगका सचिव युवराज भुषालले मन्त्रीले मन पराउँदा मन्त्रालयमा बस्न पाइने मन नपराउँदा सरुवा हुनुपर्ने विडम्बनापूर्ण प्रवृत्तिले प्रशासनिक नेतृत्व कमजोर हुन पुगेको उल्लेख गर्दै सरुवा हुनुपर्ला भनेर सचिवहरु मन्त्रीहरुलाई खुसी पार्न उनीहरुको निजी स्वार्थको पूर्ति गर्न कानुनले नमिल्ने नाजायज काम गर्नसमेत बाध्य भइरहेको बताए । उनले मन्त्रालयको प्रशासनिक नेतृत्वको सरुवा मन्त्रीको इच्छाअनुसार भन्दा पनि प्रधानमन्त्री र मन्त्रिपरिषदको सामूहिक निर्णयबाट सचिवको अनुभव र कार्यदक्षता हेरेर हुने व्यवस्था गर्न आग्रह गरे ।
भुषालले ट्रेड युनियनहरुले निजामती प्रशासनमा विकृति भित्र्याएको र क्रोनिक समस्या बन्दै गएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई साहस गरेर निजामती प्रशासनभित्र ट्रेड युनियन खारेज गर्न या त्यति गर्न नसके कम्तीमा आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउन आग्रह गरे ।
स्वास्थ्य सचिव डा। प्रवीण मिश्रले स्वास्थ्य सेवा ऐन संशोधन हुन नसकेकाले आफ्नो मन्त्रालय र मातहतका निकाय र अस्पतालहरुमा पदपूर्ति गर्न नपाएर सात हजार पद खाली भइसकेको उल्लेख गर्दै तत्काल पदपूर्ति हुन नसके मन्त्रालय पूरै खाली हुन पुग्ने चिन्ता व्यक्त गरे। कानुन संशोधन गरी अरु सेवालाई समावेशी ढाँचाको बनाइए पनि स्वास्थ्य सेवालाई समावेशी बनाउने विधेयक पारित हुन नसकेकाले आफ्नो मन्त्रालय र मातहतका निकायमा नयाँ पदपूर्ति र बढुवा गर्न लोकसेवा आयोगले नमानेकाले समस्या उत्पन्न भएको बताए ।
'हाम्रो मन्त्रालय र मातहतका निकायमा सात हजार पद खाली भइसके । एकातिर तलबसुविधा कम भएकाले स्वास्थ्यकर्मी सरकारी सेवामा आउन चाहँदैनन् अर्कातिर स्वास्थ्य सेवा ऐनलाई संशोधन गरी समावेशी नबनाइएकाले लोकसेवाले स्वास्थ्य सेवामा नयाँ पदपूर्ति र बढुवा गर्न मान्दैन । लोकसेवाले पहिला समावेशी बनाई कानुन संशोधन गर त्यसपछिमात्र पदपूर्ति र बढुवाको प्रकि्रया अघि बढाउँछु भन्छ अरु सेवालाई जस्तै स्वास्थ्य सेवालाई समेत समावेशी बनाउन कानुन संशोधन गर्न ढिलो भयो भने त हाम्रो मन्त्रालय र मातहतका निकाय पूरै खाली र उजाड हुनेछन्' मिश्रको भनाइ थियो । उनले आफ्नो मन्त्रालय र मातहतका निकायमा तत्काल पदपूर्ति गर्न छिट्टै अध्यादेश ल्याएर भए पनि स्वास्थ्य सेवा ऐन संशोधन गर्नु अपरिहार्य भएको बताए ।